एओएल डाँक

एओएल डाँक एक नि: शुल्क वेब-आधारित ई-मेल सेवा हो जुन एओएलद्वारा प्रदान गरिएको छ। यो भरिजोन सञ्चारको एक विभाजन हो। 

एओएल डाँक
एओएल डाँक
एओएल डाँक
सन् २०१४ मा लिइएको एओएल डाँकको पर्दा चित्रण
साइटको प्रकार
वेब अनुप्रयोग (इ-डाँक, वेब डाँक)
उपलब्ध भाषा५४ भाषाहरू
मालिकएओएल
युआरएलmail.aol.com
व्यवसायिकहो
दर्ताआवस्यक
वर्तमान स्थितिसक्रिय
सामग्री इजाजतपत्र
स्वामित्व सफ्टवेयर

विशेषताहरू

एओएल डाँकसँग निम्न सुविधाहरू उपलब्ध छन्:

  • ई-डाँक अनुलग्नक सीमा: २५ मेगाबाइट
  • अधिकतम डाँक बाकस आकार: १,००० नयाँ सन्देश, ४,००० पुराना सन्देश र ४,००० पठाइएका सन्देश, यदि सबै सन्देशहरूमा २५ मेगाबाइट अनुलग्नक छन् भने अधिकतम २५० गिगाबाइटको क्षमता यसमा रहेको छ।
  • सामर्थित प्रोटोकुल: पिओपि३, एसएमटिपी, आइएमटिपी।
  • अन्य डाँक सेवा प्रदायकहरू (जस्तै जिमेल र हटमेल)बाट अन्य ई-डाँक खाताहरूमा सूत्रवद्ध गर्न मिल्ने सुविधा।

विज्ञापन: विज्ञापनहरू ई-डाँक खाताहरूसँग काम गर्ने क्रममा प्रदर्शित हुन्छन्। ई-डाँक भित्र लुकेका सूत्रहरू स्वत: असक्षम पारिएका छन् र ई-डाँक प्रयोगकर्ताहरूद्वारा मात्र सक्रिय गर्न सकिन्छ।

  • स्प्याम सुरक्षा
  • भाइरस सुरक्षा
  • हिज्जे जाँच
  • डोमेन: @एओएल डटकम र अतिरिक्त @लभ डटकम, @वाइजिएम डटकम (अङ्ग्रेजी - यु ह्याभ गट मेलको छोटो रूप ), @गेम्स डटकम, र @वाउ डटकम।
  • सेवाले एसएसएल / एचटिटिपिएसलाई प्रवेश पछि समर्थन गर्दछ।
  • यदि एओएल मेल खाता ९० दिनको लागि निष्क्रिय"अवस्थामा छ भने यो खाता निस्क्रिय हुन सक्छ र पठाइएको कुनै पनि ईमेल पुग्न सक्दैन र प्रेषकलाई फिर्ता हुन पनि सक्छ। १८० दिनको निष्क्रियता पछि, खाता मेटिन सक्छ। 

इतिहास

सन् १९९३ मा, दुबै अमेरिका अनलाइन (एओएल) र डेल्फीले उनीहरूको स्वामित्व इ-डाँक सेवाहरू इण्टरनेटमा जडान गर्न सुरु गरेका थिए।

अक्टोबर १९९७ सम्म, एओएल मेल विश्वको सबैभन्दा ठूलो ई-डाँक प्रदायक थियो जसमा करीव ९० लाख ग्राहकहरू रहेका थिए (एओएल सदस्यहरूको सङ्ख्याको पर्यायवाची)।

सन् १९९७ मा, एओएलले, यसको ई-डाँक सेवा अन्तर्गतको वेब-आधारित संस्करण नेटमेलको सुरुवात गरेको थियो। यसको सुरुवातमा यो इण्टरनेट एक्सप्लोररमा मात्र काम गरेकोमा यसको आलोचना गरिएको थियो, तर पछि जाभामा लिखित संस्करणले नेटस्केप नेभिगेटरसँग अनुकूलता सुनिश्चित गरेको थियो। डिसेम्बर १९९९ मा यस सेवाको नाम एओएल मेल राखिएको थियो।

जनवरी २००१ मा, पाठमा आधारित अङ्कीय सेलफोन र पेजरहरूको लागि एक इ-मेल सचेत सेवाको सुरूवात गरिएको थियो।

सन् २००४ मा, एओएलले सदस्यता लिने ग्राहकहरूको आवश्यकता बिना नै सार्वजनिकको लागि नयाँ नि: शुल्क वेबमेल सेवाको परीक्षण गरेको थियो। यसको सृजना आउटलुक, याहु र जिमेलको बिरूद्धमा प्रतिस्पर्धा गर्ने उद्देशका साथ गरिएको थियो। मे २००५ मा सेवा एआइएम मेलको नामले शुरू भएको थियो। यसको सेवा सन् २००४ मा कम्पनीले अधिग्रहण गरेको प्रविधि मेलब्लक्समा आधारित छ।

अगष्ट २००६ देखि, एओएल विस्तृत पट्टि प्रयोगकर्ताहरूको लागि पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध बनाइएको थियो। सोही महिना, नेटस्केप मेल एआइएम मेलमा सारिएको थियो।

नोभेम्बर २०१० मा, एओएलले फिनिक्स नामक परियोजनाको सार्वजनिक गरेको थियो। सन् २०१२ मा, एओएलले अल्टो मेल सफ्टवेयर जारी गरेको थियो। जुलाई २०१२ सम्म, एओएल मेलका २ करोड ४० लाख प्रयोगकर्ताहरू रहेका थिए। १६ मार्च २०१७ मा, भेरिजनले एओएललाई अधिग्रहण गरेको थियो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एओएल डाँक विशेषताहरूएओएल डाँक इतिहासएओएल डाँक यो पनि हेर्नुहोस्एओएल डाँक सन्दर्भ सामग्रीहरूएओएल डाँक बाह्य कडीहरूएओएल डाँक

🔥 Trending searches on Wiki नेपाली:

वाच्य (व्याकरण)काठमाडौँयाक्खा जातिगाउँ खाने कथाबुद्ध पूर्णिमाजिमेलमार्क्सवादमोन्टी देसाईनेपालको प्रधानन्यायाधीशलोक सेवा आयोग (नेपाल)नेपाली सेनालुम्बिनी प्रदेशनेपाली साहित्यको इतिहासमोरङ जिल्लासम्पत्तिसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसुडानसंयुक्त राज्य अमेरिकामगर जातिदेवकुमारी थापादुबईकेन्द्रीय बैंकअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसमयढुङ्गे युगमहाभारतकर्णाली प्रदेशनगद प्रवाह विवरणपानीकृषि विकास बैंकआन्तरिक राजस्व विभाग (नेपाल)लिम्बु जातिप्रदेश सभा (नेपाल)कुरिलोनेपालीभीमनिधि तिवारीगोलभेडागरिबीमध्यवर्ती क्षेत्रछन्दमदन पुरस्कारकृष्ण मन्दिरलेखनाथ पौड्यालनेपाल टेलिभिजननेपालका राष्ट्रिय निकुञ्जहरूसती प्रथारारातालदाङ जिल्लाअनुसन्धानविद्युतअष्टाङ्गयोगसिद्धिचरण श्रेष्ठझलकमान गन्धर्वबहादुर शाहसार्की जातिसुलोचना (महाकाव्य)स्थानीय कार्यपालिकारेडियो नेपालछालाबालाजु बाइसधारा मेलाराशि-चक्रदाइजो प्रथाडाँफेदोलखा जिल्लारामप्रसाद ज्ञवालीनेपालको सैन्य दर्जाशुक्रराज शास्त्रीह्वाट्सएपइन्द्रबहादुर राईअन्तरिक्षगुरुङ जातिनेपालका राजाहरूको सूचीहिन्द महासागरछुवाछुतशिक्षागाउँ कार्यपालिकासत्य युगनेपालको प्रमाणिक समय🡆 More