अश्वगन्धा

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक-डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ । जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ ।

अश्वगन्धा
अश्वगन्धा
अश्वगन्धाको बोट
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
Eudicots
(श्रेणीविहीन):
Asterids
गण:
Solanales
कुल:
Solanaceae
वंश:
Withania
प्रजाति:
W. somnifera
वैज्ञानिक नाम
Withania somnifera
(L.) Dunal
पर्याय
  • Physalis somnifera L.
  • Withania kansuensis Kuang & A. M. Lu
  • Withania microphysalis Suess.
अश्वगन्धा
अश्वगन्धाको बुटो
अश्वगन्धा

अश्वगन्धाको औषधीय गुणहरू

यौन र बीर्य दुर्बलता तथा नपुंसकता, मुर्छा, भ्रम र अनिद्रा, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त विकार आदि रोगहरूको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ । यसको फलको बीउ दूधमा राख्दा दूध तत्काल दहीमा परिणत हुन्छ । यसको लेपले सुन्निएको, फोका, गाँठा-गिर्खा, दुखेको आदिको उपचार गरिन्छ । अश्वगन्धाको चुर्णले मांशपेशी तथा नसालाई शक्ति प्रदानगर्ने गर्दछ । त्यस्तै जोर्नीको बाथ लगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकिटको कमि आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चुर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुई पटक खाने गरिन्छ ।

अश्वगन्धाको प्रयोग

अश्वगन्धा तीन हजार वर्षदेखि प्रयोग हुँदै आएको एक महत्त्वपूर्ण जडीबुटी हो । आयुर्वेदमा अश्वगन्धा यौनवद्र्धक, वृद्धवृद्धाहरूका लागि रसायन (क्षय भएका धातुहरू पोषण गर्ने, बुढ्यौली रोक्ने, यौनक्षमता वृद्धि गर्ने) को रूपमा प्रयोग हुन्छ भने वाथरोग (रियुमाटिज्म) तथा मानसिक विकारमा यसको प्रयोग हुन्छ । सन् १८८० को दशकमा डा. ट्रेबुटले एल्गरको अस्पतालमा अश्वगन्धालाई निद्रा लगाउने, सम्मोहित पार्ने औषधिको रूपमा प्रयोग गर्थे । औषधिको रूपमा यसको जरा प्रयोग हुन्छ । अश्वगन्धामा पाइने मुख्य तत्वहरू अश्वगन्धामा अल्काल्वाइडहरू कुस्कोहाइग्रिन, एनाहाइग्रिन, ट्रोपिन, सिउडोट्रोपिन, एनाफेरिन पाइन्छ भने स्टेरोइडयुक्त ल्याक्टोनहरू– विथानोलाईड्स, विथाफेरिन पनि सक्रिय जैविक रसायनहरू हुन् । अश्वगन्धामा भएको विथानोलाईड्स शरीरमा भएको हर्मोनहरूलाई सन्तुलित अवस्था राख्ने काम गर्दछ, जसले गर्दा शारीरिक प्रक्रियाहरू नियन्त्रित हुन्छन् । शरीरमा कुनै हर्मोन बढी उत्पादन भएमा त्यसको उत्पादन रोक्ने र कम भएमा उत्पादन गर्न सम्बन्धित कोषलाई उत्तेजित गर्दछ ।

प्रयोग

अश्वगन्धालाई आयुर्वेदमा रसायनको रूपमा लिइएको छ । यसले शरीरमा क्षय भएका धातुहरू (रस, रक्त, मांस आदि) को वृद्धि गर्दछ र वृद्धहरूलाई पुनः जवान बनाउँदछ । एक अनुसन्धानमा १ सय १ जना ५० देखि ५९ वर्षसम्मका पुरूषहरूलाई दैनिक अश्वगन्धाको जराको धुलो सेवन गराइएको थियो । एक वर्षसम्मको सेवनमा ती पुरूषहरूको हेमोग्लोविन, रक्तकण तथा कपालको मेलानिनमा सुधार भएको पाइयो । त्यस्तै रगतमा कोलेस्ट्रोलको मात्रा र इराथ्रोसाइट सेडिमेन्टेशन दर (इएसआर) मा उल्लेख मात्रामा घटेको पाइयो । साथै ७१ दशमलव ४ प्रतिशतमा यौनक्षमता वृद्धि भएको पाइयो । अश्वगन्धाले स्नायुहरूलाई पोषण प्रदान गर्ने र यसका क्रियाहरूलाई सुचारू राख्दछ । अतः चिन्ता र नैराश्यतामा यसको प्रयोग उपयोगी देखिएको अनुसन्धानहरूले पनि देखाएको छ । कृत्रिम तवरले तनाव उत्पन्न गराइएको मुसामा गरिएको अध्ययनमा अश्वगन्धाको प्रयोगले तनाव घटेको देखाएको छ । यसैगरी अश्वगन्धामा एन्टिअक्सिडेन्ट र क्यान्सर प्रतिरोधात्मक गुण रहेको तथ्या अनुसन्धानले प्रमाणित गरिसकेको छ भने सूक्ष्मजीवाणु प्रतिरोधात्मक क्षमता (एन्टिमाइक्रोबियल) पनि रहेको छ । अश्वगन्धा उच्च रक्तचाप, अल्सर, पार्किसन रोग, दम, पाठेघरसम्बन्धी रोगमा पनि उपयोगी देखिएको छ । अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक-डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ । जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ । अश्वगन्धाको औषधीय गुणहरू यौन र बीर्य दुर्बलता तथा नपुंसकता, मुर्छा, भ्रम र अनिद्रा, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त विकार आदि रोगहरूको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ । यसको फलको बीउ दूधमा राख्दा दूध तत्काल दहीमा परिणत हुन्छ । यसको लेपले सुन्निएको, फोका, गाँठा-गिर्खा, दुखेको आदिको उपचार गरिन्छ । अश्वगन्धाको चुर्णले मांशपेशी तथा नसालाई शक्ति प्रदानगर्ने गर्दछ । त्यस्तै जोर्नीको बाथ लगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकिटको कमि आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चुर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुई पटक खाने गरिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अश्वगन्धा को औषधीय गुणहरूअश्वगन्धा को प्रयोगअश्वगन्धा प्रयोगअश्वगन्धा यो पनि हेर्नुहोस्अश्वगन्धा सन्दर्भ सामग्रीहरूअश्वगन्धा बाह्य कडीहरूअश्वगन्धा

🔥 Trending searches on Wiki नेपाली:

रुपन्देही जिल्लामदन भण्डारी राजमार्गशाह वंशनेपालका तालहरूको सूचीरौतहट जिल्लानेपालको सर्वोच्च अदालतच्याटजिपिटीविसं २०७२ को महाभूकम्परेखा थापाअनुराधा कोइरालानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ऊर्जासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)दसैँनेपालमा हिन्दु धर्मट्रेड युनियननेपाली राष्ट्रिय क्रिकेट टोलीविश्व बैङ्कघामका पाइलाहरू (उपन्यास)भूपरिवेष्ठित राष्ट्रलियोनेल मेसीधरहराअरिङ्गालसामन्तवादसंविधान सभा निर्वाचन, २०६४फुटबल खेलमुख्य पृष्ठछिमेकी (कथा)लाली गुराँसरुसऔद्योगिक क्रान्तिचितवन राष्ट्रिय निकुञ्जनेपालको एकीकरणहर्साविज्ञापनभीमसेन थापाभीमदत्त पन्तनेपालीनेपाल सरकारनेपालको कानूनी इतिहासकान्तिपुर दैनिककेकी अधिकारीमहेन्द्र सिंह धोनीग्रीष्म ऋतुहेपाटाइटिस बीजनमत सङ्ग्रह, २०३७आगन्तुकसुर्खेत जिल्लाविद्यालयबङ्गलादेशकम्प्युटरविकिमिडिया नेपालको विधानराणा वंशअङ्ग्रेजी भाषानेपालमा भूकम्पको इतिहासताप्लेजुङ जिल्लानेपालमा मौलिक हक र कर्तव्यमुक्तिनाथनेपालको संविधानअल्पविकसित देशविराटनगर महानगरपालिकायौनिक अल्पसङ्ख्यकपर्यटननेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाफेसबुकचेकनबिल बैंकदाङ जिल्लाब्राह्मणनेपाल खुला विश्वविद्यालयसगरमाथामगर जातिनाताबाल अधिकार🡆 More