विश्वव्यापी मोबाइल सञ्चार प्रणाली

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली वा सामान्यतया जिएसएम, युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) द्वारा विकास गरिएको एक मानक हो जसले दोस्रो-पीढी (२ जी) डिजिटल सेलुलर सञ्जालमा मोबाइल यन्त्रहरू जस्तै मोबाइल फोन र ट्याब्लेटहरूद्वारा प्रयोग गरिएको प्रोटोकुलहरूको वर्णन गर्ने गर्दछ। यसलाई पहिलो पटक फिनल्यान्डमा डिसेम्बर १९९१ मा तैनाथ गरिएको थियो। सन् २०१४ सम्म, यो मोबाइल सञ्चारको लागि विश्वव्यापी मानक बनेको छ जसमा यसले १९३ भन्दा बढी देश वा इलाकाहरूमा ९०% भन्दा बढी बजार साझेदारी गरेको छ। २ जी सञ्जालहरू पहिलो पुस्ता (१ जी), एक एनालग सेलुलर सञ्जाललाई प्रतिस्थापन गर्दै विकसित गरिएको थियो र जिएसएम मानकले मूलभूत रूपमा डिजिटल, सर्किट-स्विच गरिएको सञ्जाललाई वर्णन गरेको छ। यो समयसँगै डाटा सञ्चार समावेश गर्न विस्तार भएको छ जसमा यो पहिलो पटक सर्किट-स्विच्ड ट्रान्सपोर्ट र पछि जिपिआरएस मार्फत प्याकेट डाटा ट्रान्सपोर्ट र एज वा इजिपिआरएस सम्म विस्तार भएको छ। लगत्तै, ३जीपिपिले तेस्रो-पुस्ता (३जी) युएमटिएस मानक विकास गर्यो र त्यसपछि चौँथो-पुस्ता (४जी) एलटिई मानकको विकास गर्‍यो जुन चाहिँ युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) को जिएसएम मानकको भाग बनेन। विश्वव्यापी मोबाइल सञ्चार प्रणाली जिएसएम सङ्घको स्वामित्वमा रहेको व्यापार प्रतीक चिन्ह हो।

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली
जिएसएमको लोगो, जुन चाहिँ उपयुक्त उपकरणहरूको पहिचान गर्ने गर्दछ। तिनवटा थोप्लोले गृह सञ्जालमा ३ जाना ग्राहक १ वटा थोप्लो भने एक रोमिङ ग्राहकको चिनारी गराउँदछ।

इतिहास

युरोपेली पोष्टल तथा दूरसञ्चार प्रशासन सम्मेलन (सिइपिटि) ले ग्रुपी स्पेसल मोबाइल (जिएसएम) को स्थापना गर्‍यो र पेरिसमा आधारित उक्त संस्थाले एक स्थायी प्राविधिक-सहायता समूहको रूपमा सेवा प्रदान गरेको थियो र सन् १९८३ मा, डिजिटल सेलुलर आवाज दूरसञ्चारको लागि एक युरोपेली मानकको विकासका लागि काम सुरु गरिएको थियो।

पाँच वर्ष पछि, सन् १९८७ मा, १३ वटा युरोपेली देशहरूबाट १५ प्रतिनिधिहरूले डेनमार्कको राजधानी कोपनहेगनमा सम्झौता ज्ञापन गर्दै युरोप भरी एक साझा सेलुलर टेलीफोन प्रणालीको विकास र तैनात गर्न, र जीएसएमको अनिवार्य मानक बनाउन युरोपेली सङ्घको नियमहरूलाई पारित गरेको थियो। एक महाद्वीपीय मानक विकास गर्ने निर्णयले अन्ततः एकताबद्ध, खुल्ला, मानक आधारित सञ्जालको स्थापना गरेको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा पनि ठूलो थियो।

प्रविधिक विवरण

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली 
जिएसएम सञ्जालको संरचना

प्रविधि विवरण संरचना

सन्दर्भ सामग्रीहरू

बाह्य सुत्रहरू

Tags:

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली इतिहासविश्वव्यापी मोबाइल सञ्चार प्रणाली प्रविधिक विवरणविश्वव्यापी मोबाइल सञ्चार प्रणाली सन्दर्भ सामग्रीहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणाली बाह्य सुत्रहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणालीफिनल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

गाउँपालिकानेपालको प्रमाणिक समयरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोआम सञ्चारकच्छ जिल्लारारातालकैलास पर्वतभलिबलसंविधानकाठमाडौँ जिल्लाघरेलु हिंसाझोला (चलचित्र)विश्व व्यापार सङ्गठनबारा जिल्लावराहक्षेत्रबेलबसाइँ सराईमारी अँतवानेतसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)धनुषा जिल्लासामन्तवादबुद्ध धर्मएसियापानीआचार्य (थर)सुशासनमौरिससदिनेश अधिकारीकैलाली जिल्लानेपालको अन्तरिम संविधान २०६३चितवन राष्ट्रिय निकुञ्जकावासोती नगरपालिकाअम्लपित्तरत्ननगर नगरपालिकाडिजिटल साक्षरतानेपाल स्टक एक्सचेन्जमुख्यमन्त्री (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीहावापानीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाली राष्ट्रिय क्रिकेट टोलीनेपाल सम्वत्खड्गप्रसाद ओलीपृथ्वीनारायण शाहभूपरिवेष्ठित राष्ट्रसन्दुक रुइतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भाषाग्रिससगरमाथा राष्ट्रिय निकुञ्जकिम्बुसार्वजनिक सेवा प्रवाहविकिपिडियानेपालमा भूकम्पको इतिहासयोगमाया न्यौपानेबालीमानव विकास चरणसमूहनेपाल दूरसञ्चार प्राधिकरणकाल भैरवमहावीर पुनसगरमाथाबुटवल उपमहानगरपालिकाउपेन्द्र यादवअङ्ग्रेजी भाषाश्रेष्ठइलाम २ (निर्वाचन क्षेत्र)अहमदाबाद जिल्लान्यायिक समितिपहिलो विश्वयुद्धनेपालका राजाप्रतिनिधि सभा (नेपाल)सङ्गठनमारुनी नाचनेपालका स्थानीय तहहरू🡆 More