विश्वव्यापी मोबाइल सञ्चार प्रणाली

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली वा सामान्यतया जिएसएम, युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) द्वारा विकास गरिएको एक मानक हो जसले दोस्रो-पीढी (२ जी) डिजिटल सेलुलर सञ्जालमा मोबाइल यन्त्रहरू जस्तै मोबाइल फोन र ट्याब्लेटहरूद्वारा प्रयोग गरिएको प्रोटोकुलहरूको वर्णन गर्ने गर्दछ। यसलाई पहिलो पटक फिनल्यान्डमा डिसेम्बर १९९१ मा तैनाथ गरिएको थियो। सन् २०१४ सम्म, यो मोबाइल सञ्चारको लागि विश्वव्यापी मानक बनेको छ जसमा यसले १९३ भन्दा बढी देश वा इलाकाहरूमा ९०% भन्दा बढी बजार साझेदारी गरेको छ। २ जी सञ्जालहरू पहिलो पुस्ता (१ जी), एक एनालग सेलुलर सञ्जाललाई प्रतिस्थापन गर्दै विकसित गरिएको थियो र जिएसएम मानकले मूलभूत रूपमा डिजिटल, सर्किट-स्विच गरिएको सञ्जाललाई वर्णन गरेको छ। यो समयसँगै डाटा सञ्चार समावेश गर्न विस्तार भएको छ जसमा यो पहिलो पटक सर्किट-स्विच्ड ट्रान्सपोर्ट र पछि जिपिआरएस मार्फत प्याकेट डाटा ट्रान्सपोर्ट र एज वा इजिपिआरएस सम्म विस्तार भएको छ। लगत्तै, ३जीपिपिले तेस्रो-पुस्ता (३जी) युएमटिएस मानक विकास गर्यो र त्यसपछि चौँथो-पुस्ता (४जी) एलटिई मानकको विकास गर्‍यो जुन चाहिँ युरोपेली दूरसञ्चार मानक संस्थान (इटिएसआई) को जिएसएम मानकको भाग बनेन। विश्वव्यापी मोबाइल सञ्चार प्रणाली जिएसएम सङ्घको स्वामित्वमा रहेको व्यापार प्रतीक चिन्ह हो।

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली
जिएसएमको लोगो, जुन चाहिँ उपयुक्त उपकरणहरूको पहिचान गर्ने गर्दछ। तिनवटा थोप्लोले गृह सञ्जालमा ३ जाना ग्राहक १ वटा थोप्लो भने एक रोमिङ ग्राहकको चिनारी गराउँदछ।

इतिहास

युरोपेली पोष्टल तथा दूरसञ्चार प्रशासन सम्मेलन (सिइपिटि) ले ग्रुपी स्पेसल मोबाइल (जिएसएम) को स्थापना गर्‍यो र पेरिसमा आधारित उक्त संस्थाले एक स्थायी प्राविधिक-सहायता समूहको रूपमा सेवा प्रदान गरेको थियो र सन् १९८३ मा, डिजिटल सेलुलर आवाज दूरसञ्चारको लागि एक युरोपेली मानकको विकासका लागि काम सुरु गरिएको थियो।

पाँच वर्ष पछि, सन् १९८७ मा, १३ वटा युरोपेली देशहरूबाट १५ प्रतिनिधिहरूले डेनमार्कको राजधानी कोपनहेगनमा सम्झौता ज्ञापन गर्दै युरोप भरी एक साझा सेलुलर टेलीफोन प्रणालीको विकास र तैनात गर्न, र जीएसएमको अनिवार्य मानक बनाउन युरोपेली सङ्घको नियमहरूलाई पारित गरेको थियो। एक महाद्वीपीय मानक विकास गर्ने निर्णयले अन्ततः एकताबद्ध, खुल्ला, मानक आधारित सञ्जालको स्थापना गरेको थियो जुन संयुक्त राज्य अमेरिकाको भन्दा पनि ठूलो थियो।

प्रविधिक विवरण

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली 
जिएसएम सञ्जालको संरचना

प्रविधि विवरण संरचना

सन्दर्भ सामग्रीहरू

बाह्य सुत्रहरू

Tags:

विश्वव्यापी मोबाइल सञ्चार प्रणाली इतिहासविश्वव्यापी मोबाइल सञ्चार प्रणाली प्रविधिक विवरणविश्वव्यापी मोबाइल सञ्चार प्रणाली सन्दर्भ सामग्रीहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणाली बाह्य सुत्रहरूविश्वव्यापी मोबाइल सञ्चार प्रणालीफिनल्यान्ड

🔥 Trending searches on Wiki नेपाली:

सिन्जा उपत्यकाबनेपा नगरपालिकामहान्यायाधिवक्ताको कार्यालयव्यवसायसंयुक्त राष्ट्र सुरक्षा परिषद्नेपालका विश्वविद्यालयहरूको सूचीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीक्षेत्रप्रताप अधिकारीनेपालको राष्ट्रिय जनगणनानेपालका अञ्चलहरूखस राज्यलिच्छवि राज्यआर्थिक विकासकोशी प्रदेश सभाहजसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारअध्यक्षमानव विकास सूचकाङ्कपाँच पोखरीपरराष्ट्र मन्त्रालय (नेपाल)पासाङ ल्हामु शेर्पापाठ्यक्रमसंस्कारसमाजवादस्थानीय तह निर्वाचन, २०७४मादलदियोनेपालको भूगोलइसाई धर्मडोटी जिल्लाआमा (वि.सं. २०२१ चलचित्र)होलीयोगनेपालका प्रधानमन्त्रीहरूको सूचीआँपग्रहबैजनीभाषाबेलका नगरपालिकाथापाकोलोम्बिया राष्ट्रिय फुटबल टोलीआमा समूहवर्ण विन्यासउत्तर आयरल्यान्डइजिप्टदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवइलाम २ (निर्वाचन क्षेत्र)नेपाली राष्ट्रिय क्रिकेट टोलीनिजीकरणबर्दिया राष्ट्रिय निकुञ्जलियोनेल मेसीस्वास्थ्यराष्ट्रिय वाणिज्य बैंकअर्थ मन्त्रालय (नेपाल)सीताआगन्तुकखप्तड राष्ट्रिय निकुञ्जef52iगौरवमय क्रान्तिअन्तर्राष्ट्रिय श्रम सङ्गठननेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाविकिमिडिया कमन्सभारतनेपालका स्थानीय तहहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)शिवविकिमिडिया नेपालको विधानचेतन भगतविश्वव्यापीकरणअन्नप्राशन संस्कारअलैँचीकोपा अमेरिकाबझाङ जिल्लाबिस्केट जात्रान्यायिक समितिझोला (चलचित्र)🡆 More