भीम शमशेर जङ्गबहादुर राणा

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दिप सिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दिप माथी गोली प्रहार गर्‍का थिए। यिनी थोरै समयमा धेरै शोषण गर्ने शासक हुन्। २९ वर्ष अवधि सम्म प्रधान सेनापति रहेका यिनीलाई बुढा महाराज पनि भनिन्छ।

भीम शमशेर जङ्गबहादुर राणा
भीम शमशेर जङ्गबहादुर राणा
नेपालका १४ औँ प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७
पूर्वाधिकारीचन्द्र शमशेर
उतराधिकारीजुद्ध शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९२२ बैशाख ०५
मृत्युवि.सं. १९८९ भाद्र १७
अभिभावकs

जन्म

उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का पाँचौं र अन्तिम पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् ।

४२ सालको पर्व

देवशमशेरको अपदस्त

कम्यान्डर इन चिफ

देव शमशेरलाई पदच्युत गरेर धनकुटा पठाएपछि चन्द्र शमशेर श्री ३ तथा प्राइममिनिस्टर बने। भीम शमशेर कम्यान्डर इन चिफ (प्रधानसेनापति) बने। उनी नेपाली सेनामा सबैभन्दा लामो समय प्रधानसेनापति बन्ने व्यक्ती हुन्। उनी १९५९ देखि २८ वर्ष सैनिक नेतृत्वमा रहे।

श्री ३ महाराज

१९८३ मा चन्द्र शमशेरको निधन भएपछि भीम शमशेर श्री ३ महाराज तथा प्राइममिनिस्टर भएका थिए।

कार्यहरू

भीम शमशेरले श्री ३ चन्द्रका जति कार्यहरू गरेनन् तापनि पुगनपुग ३ वर्षमा उनले केही कार्यहरू गरे ।

  • कार्यलय बिहान १० देखि ४ बजे सम्म खुल्ने र शनिबार बिदा गर्ने
  • नेपालमा चाहिने नुन, कपास भन्सार माफ। कपास खेती लाई प्रोत्साहन
  • राजकाज मुद्दा बाहेक अरू मुद्दामा मृत्युदण्ड नदिइने
  • विराटनगर र काठमाडौँमा खानेपानीको व्यवस्था र पाटन, भादगाउँमा केही विद्यालयको स्थापना

शोषण

श्री ३ भीमशमशेर अफिमची हुनाले त्यस बेलाका राजदरबारिया कुलतमा चुर्लुम्म डुबेका थिए। आफ्ना विश्वासिला मानिसलाई धनी बनाउने प्रसङ्गमा बाहिरबाट चाँदी झिकाई पैसा ढाल्ने साँचो घरघर पठाउन थाले । नेपालमा गरिबी छँदै थियो अझ थप मुद्रास्फीति पनि बढ्यो र बजारमा भाउ बेसाहा बढ्यो ।

ग्याल्पो काण्ड

मुख्य लेख :ग्याल्पो काण्ड

जनजागरण अभियान

लाइब्रेरी पर्व

लाइब्रेरी पर्वले भीमशमशेरको अनुदार छवि प्रस्तुत गर्छ। खास गरी उनले सार्वजनिक सूचना जारी गरी जनहितका निमित्त सुझाव मागेकामा लक्ष्मीप्रसाद देवकोटा लगायत ४० जनाले नेपालमा सार्वजनिक पुस्तकालय खोल्न पाउनुपर्ने माग राखे। सार्वजनिक पुस्तकालय खोल्छु भन्नेलाई उनले जेलमा कोचे। यस्तो धोखाधडीका कारण पनि उनी इतिहासमा बदनाम छन्।

प्रचण्ड गोरखापर्व

भीमशमशेरको प्रधानमन्त्रीकालको दोस्रो वर्षमा राणा शासनका विरुद्ध ठूलो षड्यन्त्र भयो, जसलाई प्रचण्ड गोरखापर्व भनिन्छ । प्रचण्ड गोरखाको उद्देश्य नेपालबाट राणाशासन खत्तम गर्ने थियो । श्री ५ राजेन्द्रका वंशका लक्ष्मण राजाले यस षड्यन्त्रको पोल भीमशमशेरलाई खोलिदिएकाले यसमा सहभागी खण्डमानसिंह बस्न्यात , मैनाबहादुर लगायत सबै गिरफ्तार भए ।

मृत्यु

भीमशमशेरको निधन सन् १९३२ सेप्टेम्बर १ (१९८९ भदौ १७) को बेलुकी ९ बजेर ५ मिनेटमा भएको थियो। उनको निधन पित्तथैली सुन्निने कारणबाट भएको हो। नेपालमा उनको निधन शूलबाट भएको भनिन्छ। उनका नातिहरू सुवर्ण र महावीरशमशेरले त चन्द्रशमशेरका पाँच भाइ छोराले धनको बलमा उपचारमा संलग्न डाक्टरमार्फत षड्यन्त्र गरेको भनी मान्छन् भनेर पनि लेखिएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

भीम शमशेर जङ्गबहादुर राणा जन्मभीम शमशेर जङ्गबहादुर राणा ४२ सालको पर्वभीम शमशेर जङ्गबहादुर राणा देवशमशेरको अपदस्तभीम शमशेर जङ्गबहादुर राणा कम्यान्डर इन चिफभीम शमशेर जङ्गबहादुर राणा श्री ३ महाराजभीम शमशेर जङ्गबहादुर राणा शोषणभीम शमशेर जङ्गबहादुर राणा ग्याल्पो काण्डभीम शमशेर जङ्गबहादुर राणा जनजागरण अभियानभीम शमशेर जङ्गबहादुर राणा मृत्युभीम शमशेर जङ्गबहादुर राणा सन्दर्भ सामग्रीहरूभीम शमशेर जङ्गबहादुर राणा बाह्य कडीहरूभीम शमशेर जङ्गबहादुर राणाराणा शासन

🔥 Trending searches on Wiki नेपाली:

लियोनेल मेसीऔद्योगिक क्रान्तिसरकारबर्दिया जिल्लासंयुक्त राष्ट्रसङ्घको वडापत्रत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलफेसबुकरामप्रसाद ज्ञवालीमुस्ताङ जिल्लाकाठमाडौँनेपाली चलचित्रहरूको सूचीगोपाल वंशलोकतन्त्रनेपालको प्रधानमन्त्रीललितपुर जिल्लामाझी जातिभक्तपुर दरबार क्षेत्रदोस्रो विश्व युद्धतिर्यक कारकलेखा प्रणालीकञ्चनपुर जिल्लाडाँफेतामाङ जातिकिरिबाटीनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुशाह वंशनेपालको राष्ट्रपतिगोरखा दरबारभुईँचालोलोसारतराईभारतको भूगोलतापनेपाल प्रजा परिषद्रेखा थापानेपाल सशस्त्र प्रहरी बलआसियानगगन थापाजनता समाजवादी पार्टी, नेपालअमेरिकी गृहयुद्धरानी पोखरीआगन्तुक शब्दनेपाल विद्युत प्राधिकरणकर्णाली प्रदेशकुकुरनेपालमा कृषिसंविधान सभा निर्वाचन २०७०सूचनाअल्लोसूर्यसौर्यमण्डलसुपादेउराली मन्दिरनेपालको शिक्षा मन्त्रीहरूडिजिटल साक्षरतास्वरवर्ण र व्यञ्जनवर्णसगरमाथा राष्ट्रिय निकुञ्जसुगौली सन्धिमनकामना मन्दिरदहीक्लोनिङनेपाली परम्परागत नापका इकाईग्लोबल आईएमई बैंकदिनेश अधिकारीनेपालका गाउँपालिकाहरूसिन्धुपाल्चोक जिल्लास्वास्थ्यनेपालको पत्रकारिताको इतिहासनेपाली राष्ट्रिय क्रिकेट टोलीमुलुकी ऐनमुलुकी देवानी संहिता१९६२ फिफा विश्वकपरवि लामिछाने🡆 More