बान्तवा भाषा

बान्तवा भाषा (जसलाई अन युङ, वान्तबा, बान्तवा दम, बान्तवा योङ, बान्तवा युङ, बोन्तवा, किरावा यिङ पनि भन्ने गरिएको छ), बान्तवा जाति समूहद्वारा पूर्वी नेपालको हिमालय तथा पहाडी क्षेत्रमा बोलिने किराँती भाषा हो। यो भाषाले एउटा शब्दांश वर्णमाला प्रणालीको उपयोग गर्छन् जसलाई किराँत खम्बु (राई) को रूपमा चिन्ने गरिन्छ। भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ तथा पूर्वी नेपालको भोजपुर जिल्ला, धनकुटा जिल्ला, इलाम जिल्ला, झापा जिल्ला, खोटाङ जिल्ला, मोरङ जिल्ला, ओखलढुङ्गा जिल्ला, पाँचथर जिल्ला, सुनसरी जिल्ला, ताप्लेजुङ जिल्ला र उदयपुर जिल्लामा बसोबास गर्ने किराँत जातिका मानिसहरूद्वारा यो भाषा मातृभाषाको रूपमा व्यापक प्रयोग गरिन्छ। नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार, कुल जनसङ्ख्याको १,३२,५८३ (०.५०%) मानिसहरू बान्तवा भाषा बोल्ने गर्दछन्। यो विश्वका सङ्कटापन्न भाषाहरूको श्रेणीमा १,००,००० मुनि पर्दछ। बान्तवा भाषा व्यापक रूपले प्रयोग गरिने विविधताभित्र पर्दछ। विशेषगरी नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने किराँत जातिका मानिसहरूबीच यो भाषा र नेपाली भाषा बोल्ने बीच सङ्घर्ष रहेको छ।

बान्तवा
क्षेत्रनेपालको पूर्वी क्षेत्र तथा भारतको सिक्किम, दार्जिलिङकालिम्पोङ
मातृभाषी वक्ता१३०,०००
चिनियाँ-तिब्बती
देवनागरी
भाषा सङ्केतहरू
आइएसओ ६३९-३bap – inclusive code
व्यक्तिगत कोडहरू:
wly – Waling
ग्लोटोलगbant1280

बान्तवा भाषा विषय-वस्तु-क्रिया क्रममा बोलिने गरिन्छ र यस भाषामा कुनै संज्ञा, वर्ग वा लिङ्ग हुँदैन।

बोली

वर्तमान समयमा प्रायजसो रैथाने बान्तवाहरू भोजपुर, धरान, इलाम र धनकुटामा बसोबास गरिरहेका छन्। वर्तमान तथ्याङ्क अनुसार यिनीहरू मध्ये धेरैजसो बान्तवा भाषीहरू धरानमा बसोबास गरिरहेका छन्। एथ्नोलग अनुसार बान्तवा भाषा नेपालको निम्नलिखित जिल्लाहरूमा बोलिने गरिन्छ।

बोलीहरू निम्नानुसार रहेको छ:

  • उत्तरी बान्तवा (दिलपाली)
      'उत्तरी उप-क्षेत्र': मङ्पहाङ, रायपछा, आवाछा, रुङचेनबङ र याङ्मा
  • दक्षिणी बान्तवा (चेवाली, ओखरेली, हतुवाली, हङ्खिम)
      दक्षिणी र उत्तरी बान्तवा, समान 'मध्यवर्ती बान्तवा' को रूपमा एकत्रित हुन सक्छ।
  • पूर्वी बान्तवा (धनकुटा)
      पूर्वी बोली सबैभन्दा भिन्न छ। यो डुङ्माली भाषासँग एकदमै नजिक छ, यद्यपि यो बोली पुमा भाषा, साङ्पाङ भाषा र छिन्ताङ्गे भाषासँग समेत सम्बन्धित छ।
  • पश्चिमी बान्तवा (अम्चोके, अम्चौके)
      अम्चौके बोली: सोरुङ, सहाराजा, लुलम, र सुकिता
  • वाना बान्तवा (जसलाई बान्तवा पनि भनिन्छ) बान्तवा उपजातिद्वारा बोल्ने गरिन्छ। विशेष गरी पूर्वी नेपालको इलाम जिल्लामा लिम्बु बहुल क्षेत्रमा आमचौके बोली बोल्ने गरिन्छ।

किराँती परिवारमा बान्तवालाई एउटा उत्कृष्ट रैथानेको रूपमा मान्ने गरिन्छ। भारतको हिमाली क्षेत्र तथा भुटानमा राई अल्पसङ्ख्यकहरूबीच बान्तवा भाषालाई 'सम्पर्क भाषा'को रूपमा प्रयोग गर्ने गरिएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

बान्तवा भाषा बोलीबान्तवा भाषा सन्दर्भ सामग्रीहरूबान्तवा भाषा बाह्य कडीहरूबान्तवा भाषा यो पनि हेर्नुहोस्बान्तवा भाषाइलाम जिल्लाउदयपुर जिल्लाएघारौँ राष्ट्रिय जनगणना २०६८ओखलढुङ्गा जिल्लाकालेबुङकिराँत जातिखोटाङ जिल्लाझापा जिल्लाताप्लेजुङ जिल्लादार्जिलिङधनकुटा जिल्लानेपाली भाषापाँचथर जिल्लाभोजपुर जिल्ला, नेपालमोरङ जिल्लासिक्किमसुनसरी जिल्लाहिमालय

🔥 Trending searches on Wiki नेपाली:

इन्द्रजात्रानेपालको उपराष्ट्रपतिनेपाली चलचित्रहरूको सूचीनारायणगोपाल गुरूवाचार्यनेपालमा महिला अधिकारअधिकारउदयपुर जिल्लास्थानीय तह निर्वाचन, २०७४संविधानशक्तिबलभद्र कुँवरबजेटभोजपुर जिल्ला, नेपालमकैको खेतीरामेछाप जिल्लानेपालको इतिहासपर्यटनविनोद चौधरीपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीव्रतबन्धनेपालको पहिलो संविधान सभाकुपोषणजीवनीविद्युतराशि-चक्ररगतवित्तीय विवरणहरूघले गाउँसुनुवार जातिजनमत पार्टीनेपालको अन्तरिम शासन विधान २००७शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालमा भ्रष्टाचारअरनिको राजमार्गकुखुरा पालननाममानव विकास चरणसङ्खुवासभा जिल्लाविद्यावारिधीपहिलो विश्वयुद्धलैङ्गिक समानताबालकृष्ण समसिंहदरबारस्थानीय व्यवस्थापिकासमाजशास्त्रश्राद्धतराई प्रदेश (नेपाल)ध्रुवचन्द्र गौतम (साहित्यकार)नेपाल रेल्वेमगर भाषाटाइगर श्रोफबौद्धनाथसौर्यमण्डलनेपालका राजासङ्घीयतादेवकुमारी थापाभिक्टोरिया क्रस विजेता नेपालीहरूकुमारी (चलचित्र)विष्णुनेपालका जातिहरूपञ्चैबाजाकिराँत जातिदोस्रो विश्व युद्धन्यायिक समितिगण्डकी प्रदेशशिक्षानेपाली साहित्यजङ्गलसाकेला नाचनेपालको राष्ट्रपतिनजिरकार्कीप्रदेश सभा (नेपाल)प्रतिनिधि सभा (नेपाल)नेपालको कानूनी इतिहासतोसिमा कार्की🡆 More