फेन्टम

चित्रकथा का अदभुत नायक फेन्टम अमेरिकी कार्टूनिस्ट ली फाक का सृजाना हुन| दैनिक अखबारका कमिक स्टि्रपको रूपमा फेन्टम शृङ्खला सन् १९३६ फेब्रुअरी १७ मा सुरू भएको हो । सन् १९३९ मे २८ देखि 'सन्डे स्टि्रप' को रूपमा रङ्गीन स्टि्रप सुरू भएको हो । यी दुवै शृङ्खला अझै पनि विभिन्न अखबारहरूमा जारी नै छन् । ७५ वर्ष सम्म (वि सं २०७० मा) लगातार प्रकाशन भई रहेको यो सृखला प्रकाशन को छोटो समयमा नै विश्वमा निकै मन पराइयो । कुनै बेला यो विश्वमा नै सर्वाधिक मन पराइने कमिक पात्रको रूपमा पनि रहृयो । विश्वका विभिन्न देशमा फेन्टमका कमिकहरू प्रकाशित गरिदा फेन्टम लाई आ-आफ्नो देश अनुकूल नाम दिने काम भने भयो ।भारतबाट प्रकाशित हुने इन्द्रजाल कमिक्सले नेपाली पाठकलाई फेन्टमलाई 'बेताल' का रूपमा राम्ररी नै चिनाइदिएका छन् ।

चित्र:First Phantom Sunday strip.jpg
प्रकाशन को प्रथम स्ट्रिप

thumb

चित्रकथा का यी नायक सधैं मकुन्डो लगाएर हिँड्छन् । आँखामा सधैं कालो चश्मा हुन्छ । शरीर सधैं रङ्गीन कपडाबाट ढाकिएको हुन्छ । उनी मान्छेको खप्परको आकारको गुफामा रहन्छन् । घोडा र बाज उनका बफादार साथी हुन् । एउटा भनाइ छ, फेन्टमको मुख देख्ने मानिस यस संसारमा जीवित रहँदैनन् । उनी आˆना मित्रका लागि एक प्रकारको चिहृन प्रयोग गर्दछन् र आपत्बिपत्मा सहयोग गर्न आइपुग्छन् । शत्रुका लागि खप्परको चिहृन प्रयोग गर्दछन् । उनी 'हिँडडुल गर्ने भूत' वा 'वाकर' आदि नामबाट पनि परिचित छन् । लामो समयसम्म फेन्टमले युवालाई खराबी, अन्याय-अत्याचार विरुद्ध सङ्घर्ष गर्न प्रेरित गरेको भनाइ पनि छ ।

फेन्टमको जन्मको कहानी पनि रमाइलो छ । त्यसबेला ली फाक अखबारहरूका लागि 'जादुगर मैन्ड्रेक' का कमिक स्टि्रप बनाउँथे । 'मैन्ड्रेक' ले राम्रो बजार लियो । त्यसबाट आकषिर्त भएर अमेरिकाको एउटा फिचर एजेन्सी 'किङ् फिचर्स' ले ली फाकसमक्ष कमिक्सको नयाँ पात्र सिर्जना गर्ने हो भने विभिन्न अखबारहरूमा सुरू गर्ने प्रस्ताव राख्यो । ली फाकले प्रस्ताव स्वीकार गरे । त्यसबेला अमेरिका ठूलो मन्दीको मारमा थियो । ली फाकले आˆनो कमिकका नायकमा त्यस्ता पात्रको सिर्जना गरे, जुन आममानिस जस्ता उच्च आदर्शयुक्त थिए । उनी समाजलाई अपराध र अपराधीबाट मुक्त राख्न चाहन्थे । मित्रहरूको रक्षाका लागि सधैं तत्पर रहन्थे । मन्दीको मार झेलिरहेको अमेरिकीहरूले फेन्टममा उनीहरूको रक्षा गर्नसक्ने, मुक्ति दिलाउनसक्ने एक महानायकको छवि देखे । उनी त्यस्ता पात्र थिए, जुन अमानवीय थिएनन् । उनी एक सामान्य मानिस थिए, जसले बुद्धि विवेक प्रयोग गरेर यस्ता यस्ता काम गर्दथे । भनिन्छ, मन्दीको समयमा अमेरिकी किशोरहरूमा आत्मविश्वासजगाउन र भविष्यप्रति आशावादी बन्न फेन्टमले निकै ठूलो सहयोग गरेको थियो ।

सन १९४०को दशकमा फेन्टमका कहानीमा आधारित उपान्यास नै पनि धेरै लोकप्रिय थिए । टेलिभिजन तथा चलचित्रहरूमा फेन्टम शृङ्खला धेरै मन पराइन्थे । फेन्टमलाई लिएर भिडियो गेमहरू पनि बनेका छन्। इन्टननेट सुरूआत भएपछि केही उत्साहीहरूले फेन्टमका कथाहरूलाई अनलाईन उपलब्ध गराउन पनि थाले ।सन् १९९९ मा निधन हुनुअघिसम्म ली फाकले फेन्टमका एक्काइसौं अवतारका कहानीहरू आˆना पाठकसमक्ष अटुट रूपमा प्रस्तुत गरिरहे । ली फकको निधनपछि भने लेखक टोनी डेपल र कलाकार पाउल रायनले फेन्टम तयार गर्दै आएका छन् ।

/महानायक फेन्टम[dead link]

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालका संवैधानिक निकायहरूअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलिच्छवि कालनेपालमा भएका सडकहरूको सूचीदोस्रो विश्व युद्धसाम्यवादकरारग्रहपरिवार नियोजनप्रेमयोगमाया न्यौपानेहिमनदीरेडियो नेपालझलकमान गन्धर्वपञ्चायती व्यवस्थायुरोपउपमहानगरपालिका१८औँ सार्क शिखर सम्मेलननेपालमा पर्यटनलिनक्सगाईकाठमाडौँ जिल्लागणतन्त्र दिवस (नेपाल)महिनायेले सम्वत्धर्म निरपेक्षतानेपालका सहिदहरूशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)माओवादी जनयुद्धवाच्य (व्याकरण)कृष्ण जन्माष्टमीसिस्नोढुसीरामवरण यादवदार्जिलिङकोत पर्वकृषि प्रसारलेखा प्रणालीनेपालका बैङ्कहरूको सूचीपाण्डवनेवारी गहनाविवाह संस्कारनेपालमा कृषिसुनुवार जातिजानकी मन्दिरजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीनेपालको सैन्य दर्जानेपालको जनआन्दोलन २०६३मोन्टी देसाईमनाङ जिल्लाफुटबल खेलमौरीजल तथा शक्ति आयोग (नेपाल)स्वास्थ्यदेवघाट धामअनलाइन खबरबालकृष्ण समपारसी धर्मकर्णाली नदीकीर्तिपुर नगरपालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनबुद्ध धर्मयोगयोनीनेपालका हिमालहरूको सूचीपाल (थर)क्लोनिङनिर्वाचन प्रणालीएकलौटी व्यवसायफेसबुकदाइजोखनिजविद्युतीय अपराधहिन्दु पञ्चाङ्गनारायणगोपाल गुरूवाचार्यपाथीभरा देवी (ताप्लेजुङ)चीनजिल्ला सभा🡆 More