नरबहादुर साउद: नेपाली लेखक

नरबहादुर साउद (२०१९ फागुन ४ -) मदन पुरस्कार विजेता नेपालका कृषि प्राविधिक हुन्। साउँदले कृषि विधामा लेखेको नेपालका बालीनाली र तिनको दिगो खेती पुस्तकका लागि २०६६ सालको मदन पुरस्कार पाएका हुन्।

जन्म र शिक्षा

उनको जन्म बैतडीको रिम-३ बन्डामा २०१९ सालमा बुबा धनबहादुर साउँद र आमा धर्मादेवी साउँदका सन्तानका रूपमा भएको हो।

उनले गाउँकै पञ्चदेव माविबाट २०३६ सालमा एसएलसी सकेका हुन्। साउँदले रामपुर क्याम्पसबाट २०३९मा कृषिमा आईएस्सी- एजी गरे। ०४१ सालमा सरकारी छात्रवृत्तिमा हिमाञ्चल प्रदेशको कृषि विश्वविद्यालय, पालमपुरबाट कृषि बिषयमा स्नातक, बीएस्सी- एग्री गरे।

जागीर र दुर्घटना

सन् १९८९मा सहायक स्याउ उत्पादन अधिकृतका रूपमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् खुमलटारबाट सेवा सुरू गरेका हुन्। उनी दुग्ध विकास संस्थानको प्राविधिक अधिकृत बने।

उनी २०४७ मै संस्थानमा कार्यरत थिए। बुटवलबाट सुर्खेत जाँदै गर्दा दूधको ट्यांकर दुर्घटनामा भयो। उनी घाइते भए। साउँदले थुप्रै उपचार गरे पनि सञ्चो भएन। कम्मरमुनि नचल्ने गरी अशक्त भए। दुर्घटनामा परेर अपांग भएपछि माइती गएकी श्रीमती फर्किनन्।

ओछ्यानमै पल्टेर उनले कृति तयार पारे। करिब १० वर्ष लगाएर पुस्तक तयार भएको हो। नेपालका बालीनाली र तिनको दिगो खेती २०६५ सम्म अपडेट छ। पहिले पाण्डुलिपि साझा प्रकाशन पठाइयो। सुरूमा विश्वास गरिएन। कृषि विशेषज्ञ डा. फणिन्द्रप्रसाद न्यौपानेको पाण्डुलिपि पढेपछि कृषिको क्षेत्रमा प्रथम दर्जाको कृति टिप्पणी गरेपछि किताब २०६७ वैशाखमा मात्र बाहिर आएको हो। साउँदको ९४० पृष्ठको उनको उक्त किताब सात खण्डमा बाँडिएको छ।

अहिले उनी च्याउ उत्पादनसम्बन्धी किताब लेख्दै छन्।

हाल उनी भीमदत्त नगरपालिका-१, उल्टाखाम कन्चनपुरमा बुबा, आमा र बहिनीहरूसँग बस्दै आउनु भएको छ।

बाहिरी लिङ्कहरू

Tags:

नेपालका बालीनाली र तिनको दिगो खेतीमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

बृहत हिमालय पदमार्गकर्णाली प्रदेशराष्ट्रिय स्वतन्त्र पार्टीस्वर्गद्वारीसुर्खेत जिल्लापञ्चायती व्यवस्थादीपेन्द्र वीरविक्रम शाहनेपालका राजाहरूको सूचीअन्तःशुल्क करपञ्चैबाजाझलकमान गन्धर्वसामाजिक सञ्जालविश्वेश्वरप्रसाद कोइरालाकमलरीदराजनेपालका जिल्लाहरूश्रीमद्भगवद गीतादैलेख जिल्लाचन्द्रमागिरिजाप्रसाद कोइरालासंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपालका हिमालहरूको सूचीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनागरिक उन्मुक्ति पार्टीपाचन प्रणालीपूँजीवादअनुराधा कोइरालानेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाल विद्युत् प्राधिकरणमुक्तिनाथहरितगृह प्रभावजेम्स वाटगोरखा दक्षिण बाहुनुवाकोट दरवारदेवघाट धामनेपालका मल्ल राजाहरूको सूचीपोखरा महानगरपालिकाखुकुरीघले गाउँअनलाइन खबरनेपाली भाषादर्शनसंविधान सभावीरेन्द्र वीरविक्रम शाहनेपालका स्थानीय तहहरूनेपाल अङ्ग्रेज युद्ध२०२३ इन्डियन प्रिमियर लिगप्रधानमन्त्रीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूअधिकारअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनशिरीषको फूलकानूनबन्दिपुर गाउँपालिकाकास्की जिल्लानेपालको निशान छापनवौँ राष्ट्रिय खेलकुद २०७९अशेष मल्लअनुसन्धान प्रस्तावदेउकी प्रथाबाबुराम भट्टराईविज्ञापनबझाङ राज्यमितिभूपरिवेष्ठित राष्ट्रसुनसरी जिल्लानेपाल सरकारनेपालगन्ज उपमहानगरपालिकाएघारौँ राष्ट्रिय जनगणना २०६८व्यवस्थापिकाविकिमिडिया कमन्सनेपालको भूगोलसूर्यपहिलो लुम्बिनी प्रदेश सभामोबाइल फोनथापाविद्युतीय अपराधरामप्रसाद ज्ञवालीमल्ल वंश🡆 More