आठबिसकोट नगरपालिका

आठविसकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। यस नगरपालिकाको स्थापना २०७३ सालमा भएको थियो। यस नगरपालिकालाई आथबिसकोट, आठबीस डाँडागाउँ, घेत्मा, मग्मा, गोतामकोट र स्यालाखदीका पूर्व गाउँ विकास समितिहरू गाभेर स्थापना गरिएको थियो। At २०६८ को नेपाल जनगणनाको समयमा यस नगरपालिकामा ६,४२१ व्यक्तिगत घरपरिवारमा बसोबास गर्नेको जनसङ्ख्या ३३,६०१ रहेको थियो।

आठबिसकोट नगरपालिका
आठविसकोट
आठबिसकोट नगरपालिका is located in नेपाल
आठबिसकोट नगरपालिका
नेपालको नक्सामा आठबिसकोट नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39 ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39
देशआठबिसकोट नगरपालिका नेपाल
जिल्लापश्चिम रुकुम
वडा सङ्ख्या१४
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रमुखगोरखबहादुर केसी (नेकपा माओवादी केन्द्र)
 • उप प्रमुखगीता नेपाली (नेकपा माओवादी केन्द्र)
क्षेत्रफल
 • जम्मा५६०.३४ किमी (२१६.३५ वर्ग माइल)
 • क्रमदोस्रो
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३३६०१
 • घनत्व६०/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटofficial website

रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहहरूमध्ये जनसङ्ख्या र क्षेत्रफल दुवै आधारमा ठूलो स्थानीय तहको रूपमा आठविसकोट नगरपालिका रहेको छ। आठबिसकोट नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्ग किलोमिटर रहेको छ जुन क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो हो। यो रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी नदीको किनारमा अवस्थित छ आठबिसकोटको ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिस को राजधानी थियो । बि.स.१६०० सालमा रुकुमे राजा दारे जैतम का छोरा कालु बमले दरवार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका बाह्रौ पुस्ताका राजा रणउद्दीम शाहीका पालामा बि.स. १८४३ सालमा आठबिस राज्य नेपालमा बिलय भएको थियो भन्ने कुरा बंशावलीमा उल्लेख छ ।राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । रुकुममा राजा काटी राजा कहलिएका श्रीदत्त शाही र राजकुमार विभूती शाहीलाई गोर्खालिले धपाएपछी विभूती शाही आफ्ना भाइसहित मुसिकोट भण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसङ्ग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिम शाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूती शाहीले देखे । राजकुमार विभूति शाहीले आठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसङ्ग मिलेर वि. स. १८४६ मा बिद्रोह गरे तर सफल हुन सकेनन् र विभूती शाही जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् । करीब १२ वर्ष पछि आम माफी पाई आठबिस फर्की घरजम गरी बसेको कुरा स्थानीय एक बृद्ध गौतम थरका ब्राह्मनको टिपोटमा उल्लेख छ ।

सन्दर्भ सामग्रीहरू

Tags:

आठबीस डाँडागाउँकर्णाली प्रदेशगाउँ विकास समिति (नेपाल)गोतामकोटघेत्मामग्मारुकुम जिल्लास्यालाखदी

🔥 Trending searches on Wiki नेपाली:

लखन थापा मगरभुईँचालोमगर जातिराणा वंशक्रियापदगङ्गालाल श्रेष्ठगाउँखाने कथापाटन दरबार क्षेत्रवासुदेव त्रिपाठीकरिम बेन्जेमाएड्सख्यालीलेखनाथ पौड्यालमायाउत्प्रेरणासात सालको क्रान्तिज्ञानेन्द्र वीरविक्रम शाहकोदोवडा कार्यालय (नेपाल)चन्द्र शमशेर जङ्गबहादुर राणाराष्ट्रिय प्रजातन्त्र पार्टीविश्वेश्वरप्रसाद कोइरालाअन्नप्राशन संस्कारगण्डकी नदीमनोविज्ञानमोबाइल फोनअस्ट्रेलियाअनुसन्धानविसं २०७२ को महाभूकम्पमलावीपूर्वी एसियाभक्तराज आचार्यसम्पत्तिनेपालको राष्ट्रपतिआँपझाँक्रीस्थानीय कार्यपालिकालक्ष्मीप्रसाद देवकोटासती प्रथाइन्स्टाग्रामसमानुपातिक प्रतिनिधित्व प्रणालीमहागुरु फाल्गुनन्दरुपन्देही जिल्लाआगन्तुकपृथ्वीको वायुमण्डलराई जातिकटारी नगरपालिकापूर्वी रुकुम जिल्लादोलखा जिल्लामानसिक रोगसीताकृषिनेपाल रेडक्रस सोसाइटीइमेलसंस्कारदिनेश अधिकारीनिबन्धबर्दिया राष्ट्रिय निकुञ्जआसियाननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीपृथ्वी राजमार्गलेखा प्रणालीकोपा अमेरिकागुजरातदुर्गा मल्लशान्तिनगर गाउँपालिकाजनै खटिरादायित्वफासीवादहिमालयजैविक विविधतानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली भाषागोरखापत्रयुनेस्कोनेपालका औद्योगिक क्षेत्रहरूको सुचीकुष्ठरोगउत्तर अमेरिका🡆 More