सज्जनराज वैद्य: नेपाली गायक र गीतकार

सज्जन राज वैद्य एक नेपाली गायक, गीतकार, गिटार वादक र रेकर्ड निर्माता हुन् । उनले सन् २०१४ मा आफ्नो पहिलो गीत आज मात्र निकालेका थिए । सन् २०१६ मा हवाईजहाज र सन् २०१८ मा चिठीभित्र निकालेपछि उनी प्रख्यात भएका हुन् । हतारिँदै, बतासिँदै उनको सबैभन्दा नाम चलेको गीत हो । उनले फेब्रुअरी २०२० मा बराली लग्यो यो हावाले (BLYHL) नामक गीत निकाले । उनले मे १६, २०२० मा निकालेको फुत्की जाने जोवन मा २०१९-२० कोरोना भाइरस प्रकोपमा विश्वभरिका, विशेष गरी नेपाली नागरिकहरूका भिडियो देख्न सकिन्छ ।

सज्जन राज वैद्य
सज्जनराज वैद्य: बाल्यकाल, कार्य जीवन, कथा
न्यु योर्क सहरमा सज्जन राज वैद्यको प्रत्यक्ष प्रदर्शन ।
व्यक्तिगत विवरण
उत्पत्तिकाठमाडौँ, नेपाल
विधापप सङ्गीत, स्वतन्त्र सङ्गीत
पेशा
  • गायक
  • गीतकार
  • गिटार वादक
  • रेकर्ड निर्माता
वाद्ययन्त्र
  • गायन
  • गिटार
  • पियानो
  • बेस गिटार
सक्रिय वर्षसन् २०१४ - अहिलेसम्म
वेबसाइटsajjanrajvaidya.com'

बाल्यकाल

वैद्य काठमाडौँ, नेपालमा जन्मेका र हुर्केका थिए । उनले आफ्नो सङ्गीतसँगको लगावको श्रेय आफ्नो परिवारलाई दिन्छन् । उनको सङ्गीत र त्यसप्रतिको दृष्टि उनको परिवारबाट प्रभावित भएको उनले बताएका छन् ।

वैद्य दी इगल्ज़, यूबी ४०, लिङ्किन​ पार्ककर्णदास जस्ता गीतकारहरूबाट प्रभावित छन् । विद्यालयमा हुँदा प्रत्यक्ष प्रदर्शन गर्न थालेका वैद्यले पछि फेसबुकमा आफ्नो गीतहरू राख्न थाले ।

कार्य जीवन

सन् २०१४ को "आज मात्र" वैद्यको प्रथम प्रमुख कार्य थियो । उनको दोस्रो गीत "हवाईजहाज" ले टन्नै सफलता हासिल गर्यो । उक्त गीतको भिडियो फज फ्याक्ट्री प्रोडक्शन्सले बनाएको थियो । उनले सन् २०१८ मा "मुस्कान" नामक गीतलाई दोस्रो पल्ट निकाले । त्यही वर्ष उनले "अनौठो मुटु" निकाले । जनवरी १, २०१९ मा उनले "हतारिँदै, बतासिँदै" निकाले, जसको भिडियोमा विषमयौनिक जोडीका साथै दुई समयौनिक पुरुष बिचको चुम्बन देखाइन्छ, जुन नेपाली मिडियामा दुर्लभ छ । यस भिडियोले गर्दा वैद्य एलजिबिटी समुदायको प्रतिनिधित्व गर्ने केही नेपाली कलाकारहरूको सूचीमा पर्न गएका छन् ।

"हतारिँदै, बतासिँदै" लेख्दा भिडियोको कुनै विचार नगरेका वैद्यले पछि मात्रै एलजिबिटी समुदायको कमै हुने प्रतिनिधित्वमा प्रकाश पर्न खोजेको बताए । यस गीतलाई नेपालको जून २०१९ मा आयोजित पहिलो गौरव यात्रामा बजाइएको थियो ।

कथा

कथा सन् २०१८ मा वैद्यको युट्युब च्यानलमा प्रकाशित भिडियो शृङ्खला हो । यस शृङ्खलामा कलाकारहरूले आफ्नो वा अन्य कलाकारको गीतको प्रत्यक्ष प्रदर्शन गरी उक्त गीत मूल भाव र रचना प्रक्रियाबारे छलफल गर्छन् ।

भागहरू

  • नथिङ इन माइ हेड बिसाइड्स तिमी
  • मेल्लो
  • मरिजाउँ (बिक्की गुरुङका साथ)

गायन

  • “आज मात्र” (सन् २०१४)
  • “हवाईजहाज” (सन् २०१६)
  • "मायालु" (सन् २०१७)
  • "चिठीभित्र" (सन् २०१८)
  • "अनौठो मुटु" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
  • "मुस्कान" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
  • नथिङ इन माइ हेड बिसाइड्स तिमी (सन् २०१८)
  • "हतारिँदै, बतासिँदै" (सन् २०१९)
  • "पहार" (सन् २०१९)
  • "कुराकानी" (सन् २०१९)
  • "सम्बडी एल्स" (सन् २०२०)
  • "सुकुम्बासी" (सन् २०२०)
  • "बराली लग्यो यो हावाले (BLYHL)" (सन् २०२०)
  • "फुत्की जाने जोवन" (सन् २०२०)
  • "लुकामारी" (सन् २०२१)
  • "उल्टा पाइला" (सन् २०२१)

सम्मान

  • सर्वोत्कृष्ट नयाँ कलाकार (सन् २०१८)
  • मासिक कलाकार (मार्च २०१९)

सन्दर्भ सामग्री

बाह्य कडी

Tags:

सज्जनराज वैद्य बाल्यकालसज्जनराज वैद्य कार्य जीवनसज्जनराज वैद्य कथासज्जनराज वैद्य गायनसज्जनराज वैद्य सम्मानसज्जनराज वैद्य सन्दर्भ सामग्रीसज्जनराज वैद्य बाह्य कडीसज्जनराज वैद्यनेपालीहतारिँदै, बतासिँदै२०१९-२० कोरोना भाइरस प्रकोप

🔥 Trending searches on Wiki नेपाली:

पिनासधर्म निरपेक्षताउपभोक्तासूचना प्रविधिसुदूरपश्चिम प्रदेशनेपालका झरनाहरूको सूचीयोगी नरहरिनाथनेपाली सेनाप्रथम राष्ट्रिय जनगणना १९६८गुरुत्वाकर्षण बलकारकचन्द्रपुर नगरपालिकाभलिबलनेपालका प्रधानमन्त्रीहरूको सूचीमकवानपुर जिल्लाफ्रान्सेली राज्यक्रान्तिनेपाल विद्यार्थी सङ्घकविताकथानकउत्तर अमेरिकाछिमेकी (कथा)चापतिनाउ नदीमूल्य अभिवृद्धि करयोगमाया न्यौपानेरारातालयुरी गागरिनमानव अधिकार दिवसबायदुनेपालको लोकतन्त्र दिवसबर्दिया राष्ट्रिय निकुञ्जराजनीतिक दलनेपाल विद्युत् प्राधिकरणपोलेको घाउगण्डकी नदीकम्पनीपुष्पकमल दाहालप्रकाशमहासागरभुवन केसीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूभौतिकराम नवमीनगरपालिकामाछा पालनमुद्रासामाजिक विज्ञानगिरिजाप्रसाद कोइरालादोहोरो लेखा प्रणालीनातातराईअभिनयव्यापारन्यायिक समितिनेपालको कानूनी इतिहासजैन धर्मऋतुलखन थापा मगरसङ्घीयताधामीझाँक्रीजानकी मन्दिरग्रामिण विकाससन्दुक रुइतस्वयम्भूनाथनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीऔद्योगिक क्रान्तिबूढानीलकण्ठ मन्दिरक्युबाकार्बनडाइअक्साइडतिहारसुम्निमा (उपन्यास)जनसांख्यिकीय लाभांशनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालमा महिलाको अवस्थाविराटनगर महानगरपालिकाघोराही उपमहानगरपालिका🡆 More