शेरबहादुर थापा

शेरबहादुर थापा (जन्म: सन् १९२१ नोभेम्बर २० — सन् १९४४ सेप्टेम्बर १९) ब्रिटिस सैनिकहरूको सर्वोच्च उपाधि भिक्टोरिया क्रस प्राप्त गर्ने खस मूलका नेपाली गोर्खाली थिए। उनी ब्रिटिस भारतीय सैनिकको ९औँ गोर्खा राइफल्सको प्रथम बटालियनमा भर्ना भइ जवानको रुपमा कार्यरत थिए।

शेरबहादुर थापा

शेरबहादुर थापा
जन्म२० नोभेम्बर १९२१
गालेचाप,तनहुँ, नेपाल
मृत्यु१९ सेप्टेम्बर १९४४ (उमेर २२)
सान मारिनो, इटाली
निष्ठाब्रिटिस भारत
सेवा/शाखाब्रिटिस भारतीय सैनिक
सक्रिय सेवा अवधिसन् १९४२- सन् १९४४
सैन्य क्रमजवान
एकाइप्रथम बटालियन, ९औँ गोर्खा राइफल्स
युद्धदोस्रो विश्वयुद्ध
  • इटालेली अभियान
  • सान मारिनोको युद्ध
पुरस्कारहरू

जीवनी

थापाको जन्म सन् १९२१ नोभेम्बर २० मा तनहुँको गालेचापमा भएको थियो । उनको पिता रामध्वज थापाले उनलाई सानै उमेरदेखि ब्रिटिस भारतीय सैनिक बनाउन अभ्यास गराएका थिए।

सान मारिनोको युद्ध

जवानको रूपमा भर्ना भएका शेरबहादुरको पल्टन दोस्रो विश्वयुद्धका क्रममा इटालीको सान मारिनो क्षेत्रको अग्रखण्ड अन्तर्गत लाइट मेसिन गनसहित तैनाथ रहेको थियो। उक्त पल्टनमा शेरबहादुर 'ए कम्पनी' जसलाई म्यागाई कम्पनी भन्ने गरिन्थ्यो सो अन्तर्गत उनी पर्दथे। सन् १९४४ सेप्टेम्बर १९ को दिन आफ्नो पल्टन कमान्डरको आदेशानुसार उनी पाइट विभागको जिम्मेवारी वहन गर्दै शत्रु सैनिक दल रहेको स्थानमाथि गोलीबारी गरी नष्ट बनाएका थिए।उक्त आक्रमणबाट त्यस ठाउँ वरिपरी रहेका अन्य शत्रु सैनिकहरूलाई समेत भाग्न बाध्य भएका थिए। सो आक्रमणको केही बेरमा शत्रु खेमाबाट हमला हुँदा उनको दलको विभागीय कमान्डर घाइते भएका थिए। आफ्नो दलको नेतृत्वकर्ता घाइते हुँदासमेत शेरबहादुरले बहादुरीपूर्वक आफ्नो लाइट मेसिन गनबाट शत्रुपक्षका सैनिकहरूमाथि फायर गर्दै कयौं सैनिकलाई मारेका थिए भने कयौंलाई घाइते बनाएका थिए। आफ्नो स्थानमा कायम रहदै उनले शत्रुपक्षका सैनिकहरूसँग आफ्नो गोली गठ्ठा नसकेसम्म युद्ध गरिरहे र शत्रुपक्षमाथि दवाब बनाइराखे।

युद्धको समयमा विभागीय कमान्डरको निरीक्षणमा पछाडि हटाउने काम हुँदा शेरबहादुरले आफ्नो स्थान छोडेर पछाडि आउने आदेश भएसँगै पछाडि आउने क्रममा आफ्नो अगाडि रहेको शत्रुपक्षको ढलानमा घाइते सैनिक साथीलाई दौडेर आफूतर्फ बोकी आफ्नो हतियार लिएर आफ्नो खेमातर्फ आउँदै गर्दा केही परबाट आएको शत्रुपक्षको मेसिनगनको ब्रस्ट फायरका गोलीहरू लागेर घाइते साथीसमेत शेरबहादुर थापा त्यही ढले र दुवैको मृत्यु भयो। विभागीय कमान्डरले उनको साहस र निडरताको उच्च मूल्याङ्कन गर्दै उनको नाम 'भिक्टोरिया क्रस' सम्मानको लागि सिफारिस गरे र अन्तत: बेलायत सरकारले शेरबहादुर थापालाई मरणोप्रान्त भिक्टोरिया क्रसबाट सम्मानित गरेको हो।

सन्दर्भ सामग्रीहरू

Tags:

गोर्खालीभिक्टोरिया क्रस

🔥 Trending searches on Wiki नेपाली:

नेपाल प्रजा परिषद्प्युठान जिल्लासगरमाथा राष्ट्रिय निकुञ्जहरितगृह प्रभावमदन भण्डारीयान्देक्सलक्ष्मीप्रसाद देवकोटाआर्थिक विकासनवलपरासी जिल्लालैङ्गिक विभेदसुदूरपश्चिम प्रदेश सभाभानुभक्त आचार्यसन्दीप लामिछानेचिठीजैविक विविधताराष्ट्रिय वाणिज्य बैंकअरिजीत सिंहदासप्रथानेपाल कानुन आयोगवैदेशिक रोजगारअनुसन्धानन्याय सेवा आयोग (नेपाल)जनमत सङ्ग्रह, २०३७शार्दूलविक्रीडित छन्दबागमती नदीयुरोपकान्तिपुर दैनिकचाँगुनारायण मन्दिरनेपाल टेलिभिजनरुपन्देही जिल्लाविद्युतजनावरनेपालको निसानछापद्वन्द्वात्मक भौतिकवादजङ्गबहादुर राणासूर्ययोगमानव विकास सूचकाङ्कनेपालका जिल्लाहरूसार्वजनिक सेवा प्रवाहशिक्षानेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीआइएसबिएनभक्तपुर नगरपालिकानेपालको प्रधानमन्त्रीइजरायल–हमास युद्ध, सन् २०२३नेपालका बीमा कम्पनीहरूको सूचीनेपाल राष्ट्रिय विकास परिषदपूँजीवादमहाकाव्यनेपालको अन्तरिम संविधान २०६३फौजदारी कानुनग्रिसअङ्ग्रेजी भाषाशिखरिणी छन्दबजारशास्त्रसूचना प्रविधिशब्दकोशजलवायु परिवर्तनकिम्बुगङ्गालाल श्रेष्ठपाठ्यक्रमभिरिङ्गीबूढानीलकण्ठ मन्दिरशेरबहादुर देउवासल्यान जिल्लाबालकृष्ण समन्युटनको गतिका नियमहरूसंस्कृतिनेपालको जनआन्दोलन २०६३धनुषा जिल्लाठकुरीबालीनागरिक उन्मुक्ति पार्टीजयस्थिति मल्ल🡆 More