वीर्य

वीर्य एक जैविक तरल पदार्थ जुन संभोगको अन्त्यमा लिङ्गबाट निस्किएर चरमसुख सिर्जना गर्दछ। जब शुक्रकीटले भरिपूर्ण पुरुषको वीर्यमा महिलाको डिम्ब निषेचित हुन्छ, तब गर्भाशयमा मानव भ्रूण बन्छ। यसलाई यौनसम्पर्कको समयमा मात्र नभई यौन सुखका प्राप्त गर्नका लागि गरिने हस्तमैथुनबाट पनि स्खलन गराइन्छ। यसका साथै स्वप्नदोषका माध्यमबाट पनि वीर्य स्खलन हुन्छ जान्छ।

वीर्यलाई शुक्र, धतु, वीर्यरस आदि विभिन्न नामले चिनिन्छ। वीर्य चिप्लोपन भएको एक कार्बनिक तरल पदार्थ हो जसमा सामान्यतया शुक्राणुहरू समावेश हुन्छन्। यो कुनै पशु प्रजातिको भाले वा उभयलिङ्गी जनावरको अण्डकोषबाट उत्पन्न हुन्छ र त्यस प्रजातिको पोथी जनावरको गर्भाशयमा उत्पादित डिम्बलाई निषेचित गर्ने क्षमता राख्छ। मानव वीर्यमा शुक्रकीटबाहेक अन्य थुप्रै तत्व हुन्छन्। यी तत्वहरू मध्ये, प्रोटियोलाइटिक र अन्य एन्जाइमहरू र फ्रुक्टोजको उपस्थिति उल्लेखनीय छ। यी अवयवहरूले मूलतः शरीर बाहिर वा शरीरभित्र शुक्राणुको अस्तित्व सुनिश्चित गर्दछ।

वीर्य शुक्राशय नामक अङ्गबाट उत्पन्न हुन्छ भने वीर्य निस्कने प्रक्रियालाई स्खलन भनिन्छ। आनुवंशिक सामग्रीको रूपमा वीर्यको प्रयोग पनि उल्लेखनीय छ। विभिन्न दुर्लभ पशु प्रजातिहरू वा वर्णशङ्कर प्रजातिहरूको संरक्षणका लागि वीर्यको प्रयोग गरिन्छ।

शरीरविज्ञान

प्रजातिहरूको विशेषताका आधारमा, शुक्राणुले आन्तरिक वा बाह्य रूपमा डिम्बाणु निषेचित गर्न सक्छ। बाह्य निषेचनमा, शुक्राणुले पोथीको प्रजनन अङ्गहरू भन्दा बाहिर सीधा डिम्बाणु निषेचित गर्दछ। उदाहरणका लागि, पोथी माछाहरूले आफ्नो जलीय वासस्थानमा आफ्नो अण्डाहरू राख्दछन् जहाँ ती अण्डाहरू भाले माछाद्वारा निषेचित हुन्छन्। अर्कोतर्फ, आन्तरिक निषेचनको समयमा निषेचन पोथी जनावरको प्रजनन अङ्गभित्र हुन्छ। आन्तरिक निषेचन तब हुन्छ जब कुनै विशेष प्रजातिको पोथी जनावरले उही प्रजातिको भाले जनावरसँग मिलन गर्दछ र वीर्य संभोगको माध्यमबाट पोथी जनावरको प्रजनन अङ्गमा प्रवेश गर्दछ।

मानव वीर्यको संरचना

वीर्य स्खलनको समयमा वीर्य स्खलन नलीमार्फत शुक्रकीट प्रवाहित हुन्छ र वीर्य उत्पादन गर्न शुक्राशय, प्रोस्टेट ग्रन्थी र बल्बोयुरेथ्रल ग्रन्थीबाट तरल पदार्थहरू मिसिएर वीर्यको रूप लिन्छ। शुक्राशयले फ्रुक्टोज र अन्य घटकहरूमा रहेको हल्का पहेेँलो चिप्लो तरल पदार्थ उत्पादन गर्दछ, जुन मानव वीर्यको कुल सामग्रीको लगभग ७० प्रतिशत हो। प्रोस्टेटबाट तरल पदार्थ स्रावको प्रक्रिया डाइहाइड्रोटेस्टोस्टेरोनको प्रभावमा हुन्छ। प्रोस्टेटद्वारा स्रावित तरल पदार्थ सेतो वा कहिलेकाँही पारदर्शी देखिन्छ भने विभिन्न प्रकारका प्रोटियोलाइटिक एन्जाइम, साइट्रिक एसिड, एसिड फास्फेट र विभिन्न प्रकारका लिपिडहरूद्वारा समृद्ध हुन्छ। बल्बोयुरेथ्रल ग्रन्थिहरूले मूत्रमार्गको लुमेनको माध्यमबाट तरल पदार्थलाई ठीकसँग चिप्लोपन प्रदान गर्नका लागि स्राव गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

वीर्य शरीरविज्ञानवीर्य सन्दर्भ सामग्रीहरूवीर्य बाह्य कडीहरूवीर्यलिङ्गसंभोगस्वप्नदोषहस्तमैथुन

🔥 Trending searches on Wiki नेपाली:

इन्डोनेसियाक्रिकेटॐ मणि पद्मे हूँनिजीकरणसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)कम्प्युटर मनिटरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपाली सेनासुदूरपश्चिम प्रदेश सभागोसाइँकुण्डगाईजात्रानेवार जातिउत्तर आयरल्यान्डलोकबाजास्वास्थ्यरामसार क्षेत्रइन्टरनेटभण्डारखाल पर्वसुशासननवदुर्गाझलकमान गन्धर्वआगन्तुकनौमती बाजानेपालका गाउँपालिकाहरूनेपालमा भएका सडकहरूको सूचीनामनेपालको पञ्चवर्षीय योजनाआमा समूहपूँजीवादमहिला सशक्तिकरणप्युठान जिल्लानिबन्धनेपालका राजाभोजपुर जिल्ला, नेपालनेपालका नगरपालिकाहरूमेमोरी (कम्प्युटर)नवलपरासी जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७९सुनवल नगरपालिकाअफ्रिकानेपाल अङ्ग्रेज युद्धफेसबुकसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूराष्ट्रिय वाणिज्य बैंककाठमाडौँ जिल्लाचार्ल्स तृतीयबनेपा नगरपालिकाइस्लाम धर्मसन ह्युङ-मिनजात्रै जात्रालक्ष्मीप्रसाद देवकोटाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपाली व्याकरणसिन्धुपाल्चोक जिल्लालिम्बू जातिॐ नमः शिवायनेपालका प्रधान सेनापतिहरूमुनामदन (चलचित्र)योगेश वैद्यमायाबुधग्रहमदर टेरेसाहिन्दु पञ्चाङ्गनेपाली शब्दकोशनयाँ पत्रिका दैनिकसंविधान सभाकरतालसिमसारसुनसरी जिल्लाब्राजिलगोरखापत्ररश्मिका मन्दानाव्यवस्थापिकापूर्वी एसियासंयुक्त राष्ट्रमौसमइलाम जिल्ला🡆 More