यःमरि

यःमरि हरेक वर्ष यःमरि पुन्हिको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो । नेवारी भाषामा यः अर्थात मन पर्ने र मरि अर्थात रोटी भन्ने बुझिन्छ। यःमरि भित्र विषेशगरी चाकु र आजकाल खुवा पनि राख्ने चलन छ । यःमरि पुन्हिको दिन बहेक महत्तोपुर्ण दिनहरु जस्तै जन्मदिन्,घरको उदघाटनमा पनि यःमरि बनाउने चलन छ ।

यःमरि
यःमरि

इतिहास

यःमरि को पुछर जती लामो भयो, पुस को जाडो त्यती नै कम हुने विश्वास जनमानसमा रही आएको छ । यःमरिले पुर्णता र उदरता लाई जनाउछ । जसरी मन्दिरको गजुरले पुर्णतलाई जनाउछ त्यसैगरी यःमरिले पनि पुर्णतालाई जनाउछ ।

पकाउने विधी

यःमरि बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेपाल भाषामा 'पो/प्वँ', अथवा 'जाकि' भनिन्छ । चामलको पिठो 'पोचुं' अथवा 'जाकिचुं'। 'चुं' भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।

यःमरि 
नेवारी परम्परा अन्तर्गत बनाइने विशेष मिष्ठान्न "यःमरि"

मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा यःमरिको रूप बन्छ। यःमरि बनाउने काम सिपालु काम हो । सीपविना यःमरि बन्दैन। जुन आकारको यःमरि तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको यःमरिलाई "बायो" भनिन्छ। 'बायो' आकार विम्बात्मक छ। 'बायो' तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ।

यःमरि 
यःमरिको भित्री भाग

यःमरिको अर्को आकार त्रिकोणात्मक हुन्छ। त्यसलाई "मायो" भनिन्छ। बनाउने तरिका र प्रविधि एकै हो। त्रिकोण पनि विम्बबोधक बन्छ। मायोभित्र तिलचाकु मिश्रण हालिन्न। त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ। मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ। कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ। अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ। मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

यःमरि इतिहासयःमरि पकाउने विधीयःमरि चित्र दिर्घायःमरि यो पनि हेर्नुहोसयःमरि सन्दर्भ सामग्रीहरूयःमरि बाह्य कडीहरूयःमरियःमरि पुन्हि

🔥 Trending searches on Wiki नेपाली:

जनसङ्ख्याजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसमयसेयरथारु जातिको संस्कृतियुट्युबनेपालका गाउँपालिकाहरूनेपाल टेलिभिजननेपाल प्रजा परिषद्देवनागरी लिपिसङ्गठनसुदूरपश्चिम प्रदेशसिन्धुपाल्चोक जिल्लागणतन्त्र दिवस (नेपाल)भुवन केसीनोबेल पुरस्कारलोकबाजालेनिनवादप्रौढ शिक्षाअछाम जिल्लाचीनसौर्यमण्डलगोर्खालीपुष्पकमल दाहालमारिया क्युरीनेपालको अन्तरिम शासन विधान २००७मानव विकास सूचकाङ्कदूधयौन तथा प्रजनन स्वास्थ्य अधिकारनेपालको लोकतन्त्र दिवसभण्डारखाल पर्वनौमती बाजासमाजवादप्रशान्त महासागरराशि-चक्रनवजात अवस्थाकर्जामोतीराम भट्टसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूभुक्तानीकानूनशिवभक्ति थापादर्शनसमाजशास्त्रबाबुराम भट्टराईकेन्द्रीय बैंकग्रहसंविधान सभा निर्वाचन, २०६४नगदे वालीकिराँत धर्मसंविधान सभाशेरबहादुर देउवाबसन्त बहादुर कुँवरविप्रेषणकाजीकावासोती नगरपालिकादेउकी प्रथाबाइबलकम्प्युटरसप्तकोशी नदीमादलबडी चलचित्रनेपालको निशान छापफौजदारी कानुनएन्टोनियो गुटेरेसनेपालको सर्वोच्च अदालतखड्गप्रसाद ओलीउन्यूनेपालका मन्त्रिमण्डलहरूमाइकल फराडेगुठीआँखाभूपरिवेष्ठित राष्ट्रऋतु🡆 More