बेत्रावती सन्धि

बेत्रावती सन्धि वि.सं १८४९ (सन् १७९२ )मा बेत्रावती त्रिशुली नदीको किनारमा नेपाल –तिब्बत /चीन युद्ध अन्त्य गर्न भएको नेपाल र भोट बीचको सन्धि हो ।

युद्धमा चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो। भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो र नेपालले चीनसँग वेत्रावतीको सन्धी गर्नु पर्यो।

पृष्ठभूमि

नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले चिनियाँ सेनापति फुकाङ्गसंग वार्ता गरे । वार्तामा चिनियाँ सेनापतिले नेपालले लुटेको सम्पत्ति फिर्ता गर्ने, बन्दी बनाइएका भोटका काजीहरूलाई रिहा गर्ने, स्यामार्पा लामालाई तिब्बत सरकारलाई बुझाउनु पर्ने ३ वटा शर्तहरू राखे । नेपालले २ वटा शर्तहरू स्वीकारे तापनि स्यामार्पा लामालाई सुम्पन्न चाँहदैनथे । ई. १७९२ मा स्यामार्पा लामाको मृत्यु भयो र वार्ताको ढोका खुल्यो । पुनः सेनापतिले ३ वटा शर्तहरू राखे । श्यामार्पा लामाको हाडखोर चिनियाँ सेनापति छेउ बुझाउने, दिगर्चामा लुटेको सम्पत्ति फिर्ता गर्ने, ई. १७८८ को सन्धिको सक्कल प्रति चिनियाँ सेनापतिलाई बुझाउने । परन्तु बहादुर शाहले यस बारेमा जवाफ पठाएनन् । यसरी वार्ताले सकारात्मक रूप लिन नसक्दा पुनः युद्ध चर्कने स्थिति देखेर बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे । चिनियाँ सेनापति फूकाङ्गले नेपाली फौजमाथि आक्रमण गर्ने आदेश दिए। यो आक्रमण नेपालको लागि घातक सिद्ध भयो । चिनियाँ फौज बेत्रावतीसम्म आइपुगेकाले काठमाडौंलाई खतरा भई ढुकुटी नै मकवानपुर सारिएका प्रसङ्गहरू उल्लेख छन् । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो । यस युद्धमा नेपालको पराजय भएको हुँदा सन्धिमा नेपाललाई निकै तल पारियो । त्यसपछि नेपालले चिनियाँ शर्तहरू बाध्य भएर मान्नु पन्यो र ई. १७९२ मा नेपाल + तिब्बत + चीनका बीचमा बेत्रावतीमा सन्धि भई युद्धको अन्त्य भयो ।


धाराहरु

बेत्रावती सन्धिका प्रमुख धारा यस प्रकार छन् :

  • नेपाल र भोट बीच सदाकाल भातृत्व सम्बन्ध कायम गर्ने र आपसी मतभेदको समाधानको लागि ल्हासास्थित चीनियाँ अम्बालाई अनुरोध गर्ने ।
  • नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्षमा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने ।
  • नेपाल र भोटको सिमाना चिनियाँ अधिकारीले निर्धारण गर्ने ।
  • नेपालमा तेश्रो मुलुकबाट आक्रमण भएमा चीनले नेपाललाई सहयोग गर्ने ।
  • नेपालले डिगर्चा मठबाट लुटेर ल्याएको सम्पति फिर्ता गर्ने तथा समर्पा लामाका वस्तुहरु र नोकर चाकर भोटलाई बुझाउने ।
  • नेपालले सन् १७८९ को सन्धि तथा मुद्रा सम्बन्धि सुबिधाको दावी गर्न नपाउने ।

परिणाम / असर

  • समर्पा लामालाई नेपालले बुझाउनु पर्ने भएपछी उनले आत्महत्या गरे । नेपाल भोट सम्बन्ध झनै जटिल बन्यो । नेपालले समर्पा लामाको शव भोटलाई बुझायो ।
  • नेपाल चीनको संरक्षित राज्य सरह भयो ।
  • नेपालको सिक्का टक मुद्रा अब भोटले नचलाउने भए पछि नेपाललाई ठुलो आर्थिक क्षति भयो ।
  • बहादुर शाहको पतन भयो ।
  • नेपालको एकीकरण अभियानमा धक्का

कुटनीतिक आदान प्रदान

सन्धि अनुसार नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्ष मा उपहार पठाउने, नेपालबाट जाने आउने व्यबस्था चीनबाट हुने र चीनबाट पनि उपहार पठाउने कुरा थियो । त्यसको लिखतमा नेपाली राजाले चीनलाई "मौसुफ" भनेर सम्बोधन गर्थ्यो भने चीनले नेपाललाई "तिमी" भनेर सम्बोधन गर्थ्यो ।

यस युद्धपस्चात सम्वत १८४६ को केरुङ सम्झौता पछिशुरु भएको नेपाल र चीनको बीच शिष्टमण्डलहरू पठाएर सौगातको आदानप्रदान पुन:चालु हुन गयो । यस युद्धको तत्कालपछि काजी देवदत्त थापा सौगात लिई चीन गएका थिए । त्यसबखत नेपाल र पेकिङको चीच आवताजाअवत गर्ने यातायातको साधन कठिनाताम हुनाले यो सौगात मण्डल प्रत्एक पाँच वर्षमा पठाउने चलन चल्न गयो, तथापि परिसथिति अनुसार कहिले ८/१० वर्षको बीच पनि सैगात पठाउने गर्दथ्यो । यो सम्बन्ध यस बेला देखी संवत् १९६३ साल सम्म चीनमा शाही शासन रहुन्जेल रह्यो, तथा चीनमा गणतन्त्र स्थापित भएपछियो सम्बन्ध टुट्न गयो । त्यसपछि श्री ५ महेन्द्र वीर विक्रम शाह देवको राज्यारोहणपछि संवत् २०१२ सालमा नेपाल र चीनको बीच पञ्चशीलको सिद्धान्तको आधारमा नयाँ सम्झौता भाई पुन: सम्बन्ध स्थापना हुन गयो ।  

यो पनि हेर्नुहोस्

यस सन्धिले नेपालले आदिकालदेखि प्राप्त गरेको हिमाली क्षेत्रको व्यापारमा एकाधिकार समाप्त गयो ।तिब्वती बजारमा वर्षौंदेखि चालु रहँदै आएको नेपाली मुद्रा बाहेक नयाँ मुद्रालाई प्रतिबन्ध लगायो । तिब्बतमा नेपालको जुन स्थिति थियो । त्यो समाप्त भई चीनले प्राप्त गयो । कुती र केरूङ्गका क्षेत्रमा चिनियाँ अधिकारीले रेखाङ्कन गरेको सिमानालाई मान्न नेपाल बाध्य भयो । प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउनु पर्ने भयो । यो सम्झौता नेपालका लागि हानिकारक तथा घातक सिद्ध भए तापनि नेपालले यस सम्झौतालाई उल्लंघन गर्ने कोशिस गरेन । बरू प्रत्येक ५-५ वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउने भयो । बेत्रावतीको सन्धिमा नेपाललाई चीनको अधिनता स्वीकार्नु पर्ने वा कुनै प्रकारको हानि हुने शर्त नरहेकाले नेपालले केही कुरा गुमाउनु परेन

यसप्रकार शताब्दीयौं देखि रहेको नेपाल + तिब्बत सम्बन्धमा गतिरोध आउनुको बदला यस सन्धि पश्चात्चीनको संलग्नता पनि बढ्न गई नेपालको कूटनैतिक इतिहासमा नयाँ अध्यायको शुरूआत भएको पाइन्छ ।

सन्दर्भ

Tags:

बेत्रावती सन्धि पृष्ठभूमिबेत्रावती सन्धि धाराहरुबेत्रावती सन्धि परिणाम असरबेत्रावती सन्धि कुटनीतिक आदान प्रदानबेत्रावती सन्धि यो पनि हेर्नुहोस्बेत्रावती सन्धि सन्दर्भबेत्रावती सन्धित्रिशूली नदीनेपाल –तिब्बत /चीन युद्ध

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय प्रकृति संरक्षण कोषपर्यटनअरुणा लामापूँजीवादविवाह संस्कारसगरमाथास्याङ्जा जिल्लादुलालनेपालको सङ्घीय संसदनेपालका प्रमुख नदीहरूको सूचीविश्वव्यापीकरणपौडेलनेपाल प्रजा परिषद्लेखनाथ पौड्यालप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको पहिलो संविधान सभाकार्यालयमङ्गलसेन दरबारलखन थापा मगरस्त्री प्रजनन प्रणालीकर्णाली नदीमानव विकास चरणमृगौलावनस्पतिप्रतिव्यक्ति आयबर्बरबाघयौनकरारनेपालमा हिन्दु धर्मराष्ट्रिय सहकारी दिवसकार्यसम्पादन मूल्याङ्कनपाँचऔंलेबालश्रमअन्तर्राष्ट्रीय मात्रक प्रणालीमौरीशारीरिक व्यायाममोजिला फायरफक्सनेपाली सेनाश्रेष्ठसमाचारजनकपुरधाम उपमहानगरपालिकाविश्वका प्रमुख शासन प्रणालीपदयोगनेपाल लेखामान बोर्डविवाहका प्रकारहरूमाधवप्रसाद घिमिरे (साहित्यकार)प्रजनन स्वास्थ्यगोरखा दरबारयुरोपसमाजशास्त्ररक्तचन्दनवानीरा गिरिअफ्रिकासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)चन्द्र शमशेर जङ्गबहादुर राणासुनवल नगरपालिकानेपालका तालहरूको सूचीपाल्पा जिल्लासंयुक्त राष्ट्रसङ्घका महासचिवनबिल बैंकजनता समाजवादी पार्टी, नेपालछुवाछुतमेटामधुमेहनिबन्धकञ्चनपुर जिल्लासूर्यग्रहणनेपालको पत्रकारिताको इतिहासमाटोकिराँत जातितिर्यक कारकमेमोरी (कम्प्युटर)नृत्यलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूरामवरण यादवस्कटल्यान्डसौराहा, चितवन🡆 More