नागबेली

नागबेली नेपालमा पाइने एक किसिमको लहरा हो। यो निकै आकर्षक रूपको हुन्छ त्यसैले यसलाई स्वागत द्वार निर्माण गर्न र सजावटको लागि प्रयोग गरिन्छ। वनस्पति जगतको लाईकोपोडियसी(Lycopodiaceae) परिवार अन्तर्गत पर्ने यस वनस्पतिको वैज्ञानिक नाम लाईकोपोडियम क्लाभाटम (Lycopodium clavatum Linn) हो। नागबेली विरुवा नेपाल अधिराज्यका समुद्री सतहबाट १,८०० मी.

देखि ३,६०० मी. उचाईका स्थानहरूमा पाइन्छ। यो एक लहरे झार हो। खुल्ला चौर वा मैदानमा फैलिएर रहेको हुन्छ। यसलाई बेली लहरो पनि भन्दछन्। यो लहरो विरुवा वनस्पति जगतको फूल नफुल्ने जातमा वर्गीकरण गरिएको छ। पात सानो र २ देखि १० मि. मि. लामो हुन्छ। पातहरू घुमाउरो प्रकारले मिलेर डाँठ र हाँगाहरूलाई झ्याम्मै ढाकेका हुन्छन्। जमीनमा फैलिएर रहेको डाँठबाट ५ देखि १० से.मी. लामो र ठाडो हाँगा निस्केका हुन्छन्। हरेक हाँगामा बीजाणु फल्ने ३ देखि ५ कोसा सम्म फल्दछ। कोसा छिप्पिए पछि यसभित्र रहेका नौनी रंगको मसिनो धुलो निस्कन्छ। यही धुलोलाई नागबेलीको धुलो भनिन्छ। यो धुलो चिप्लो , स्वाद र गन्धविहिन हुन्छ। हातले छुंदा टासिन्छ। यो चिसो पानीमा उत्रन्छ र आगोमा हाल्दा उज्यालो ज्वाला सहित झिलिक्क बल्दछ। यसलाई सुक्ष्मदर्शक यन्त्रले हेर्दा यसमा असंख्य अति साना बीजाणुहरू देखिन्छन्। बीजाणु २४ देखि ४० मिलिमाइक्रोन व्यासको हुन्छ। प्रत्येक बीजाणु स्तुपाकार , कोप्रो फेद भएको र बाहिरी भाग पाँच कुने आवरणले ढाकेको हुन्छ। विजाणु फोरेमा पहेंलो रंगको तेल निस्कन्छ। एक ग्राम तौलमा ९४,००० बीजाणुहरू हुन्छन्। जेष्ठदेखि श्रावणसम्ममा नागबेलीको कोसा लाग्न शुरु गर्दछ र माघ फाल्गुन तिर सङ्कलन गरिन्छ। सङ्कलन गरिएको कोसालाई घाममा सुकाइन्छ। राम्ररी सुकिसकेपछि जतनसँग कोसाबाट धुलो झारिन्छ। पात , डाँठ र हाँगाहरूको टुक्रा टुक्रा चाल्नीले छानेर अलग्याईन्छ। नागबेलीको धुलोलाई प्लाष्टिकको व्यागमा हाली राम्ररी मुख बन्द गरेर आगोबाट टाढा राख्नुपर्छ।

नागबेली
नागबेली
नागबेली
सुरक्षित  (प्रकृतिसेवा)
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
Lycopodiophyta
वर्ग:
Lycopodiopsida
गण:
Lycopodiales
कुल:
Lycopodiaceae
वंश:
Lycopodium
प्रजाति:
L. clavatum
वैज्ञानिक नाम
Lycopodium clavatum
L.

उपयोगिता

आयुर्वेदिक पद्धतिअनुसार नागबेलीको झार मृगौला र फोक्सोको रोगहरूमा प्रयोग गरिन्छ। अजीर्ण लगायत पेट सम्बन्धि साधारण रोग, रक्त विकार र सन्निपातमा पनि यसको उपयोग गरिन्छ। यसको धुलोलाई खासगरि आतिसबाजी र पटाकाहरू बनाउनमा पनि प्रयोग गरिन्छ। यसलाई मृगौला र फोक्सोको रोगहरूमा पनि प्रयोग गर्न सकिन्छ। यसको अलावा नेपालको ईलाम, ताप्लेजुङ, भोजपुर, तेह्रथुम, धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरूमा नागबेली लहरा प्रयोगगरी स्वागतद्वार समेत बनाई आकर्षक सजावटको सामग्रीको रूपमा पनि यसको प्रयोग गरेको पाइन्छ।

खेती

नागबेली खेती गर्नको लागि शीतोष्ण (Temperate) जलवायुको आवश्यकता पर्दछ। बीजाणु (Spore)बाट यसको विरुवा उत्पादन गर्न सकिन्छ। यस्त बीजाणुहरू माघ\फाल्गुण महिनामा सङ्कलन गरिसक्नु पर्नेहुन्छ। यदि उक्त अवधि भित्र सङ्कलन नगरेमा कोसा फुटी हावाले बीजाणुहरू (Spore) उडाएर लगि दिनाले बीउ सङ्कलन गर्न कठिन पर्दछ। बीजाणुहरू अतिसानो भएकोले ट्रे वा नर्सरी बेडमा बालुवा वा खरानी मिलाई यसको दल राख्नुपर्ने हुन्छ। यस विरुवाको विकास क्रम अन्य विरुवाहरूको भन्दा केही फरक किसिमको हुन्छ। अङ्कुरण (Germination) पछि बिरुवाले १ देखि ३ सेमी लामो गाँजरको जस्तो आकार लिन्छ र यसमा भाले र पोथी दुवै विकास हुन्छ। भाले र पोथी प्रजनन अन्ग संसर्ग (Fertilization)पश्चात भ्रुण (Embryo) उत्पत्ती हुन्छ। यही भ्रुण विस्तारै विरुवामा परिणत हुन्छ। यसरी तयार भईसकेको विरुवा मलजल गरी तयार गरीएको स्थानमा सावधानिपूर्वक सार्नुपर्दछ। विरुवा परिपक्क हुन ६ देखि १५ वर्ष लाग्दछ र धेरै वर्ष सम्म बाँच्दछ। नागबेलीको बिरुवा वयस्क भएपछि काण्ड र हाँगाको कक्षबाट कोपिला फुल्दछ जुन भुईमा मुरेर अङ्कुरण भई नयाँ, विरुवा तयारहुने क्रम जारि रहन्छ। यसको अलवा विरुवा तयार गर्न आवश्यक अन्य नर्सरी प्राविधिहरू कार्यपात्रोको आधारमा होशियारि पूर्वक अवलम्वन गर्न अत्यावश्यक छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नागबेली उपयोगितानागबेली खेतीनागबेली चित्र दिर्घानागबेली यो पनि हेर्नुहोस्नागबेली सन्दर्भ सामग्रीहरूनागबेली बाह्य कडीहरूनागबेली

🔥 Trending searches on Wiki नेपाली:

जनता समाजवादी पार्टी, नेपालपाण्डवनेपालका नगरपालिकाहरूविश्वेश्वरप्रसाद कोइरालारुसकुकुरमहिनावारीरिटसम्पत्तिविश्वका अग्ला हिमालहरूसमाजनेपालका राष्ट्रिय विभूतिहरूइथानोलसङ्गठनअश्वगन्धापुष्पकमल दाहालनेपालको आमसञ्चारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)स्तरीय भिन्नतागौरी (शोककाव्य)मस्तिष्कउत्पादन (अर्थशास्त्र)युट्युबस्याङ्जा जिल्लासहिद स्मारक ए-डिभिजन लिगएकादशी व्रतनेपाली व्याकरणसोह्र श्राद्धनेपाल विद्यार्थी सङ्घचुरेनेपाली रुपैयाँढुङ्गे युगकीर्तिपुर नगरपालिकाथारू जातिबेडेन पावेल शिखरलिम्बू जातिस्थानीय कार्यपालिकाग्रामिण विकासनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)ब्राह्मणराजनीतिनेपालका राष्ट्रिय चिह्नहरूटेलिभिजनयुनेस्कोबज्रयोगिनी मन्दिरकालिञ्चोक भगवतीसेतो मछिन्द्ननाथ मन्दिरलियोनेल मेसीजीवननेपाल सरकारनिबन्धचन्द्र शमशेर जङ्गबहादुर राणासगरमाथानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८सात सालको क्रान्तिप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालको झन्डापद्यसुनसरी जिल्लागण्डकी प्रदेशलोकगीतदेवनागरी लिपिमानव अधिकारकिराँत कालमहिला विरुद्धका हिंसातराईविश्वकर्मा जातिनेपालका स्थानीय तहहरूनेपालका बैङ्कहरूको सूचीफोक्सुन्डो तालकालीगण्डकी नदीबालकृष्ण समहिन्दु पञ्चाङ्गगुरुङ जातिजनसङ्ख्या शिक्षा🡆 More