मस्तिष्क (साधारण भाषामा दिमाग) स्नायु प्रणालीको एक महत्त्वपुर्ण अङ्ग हो |मस्तिष्क केन्द्रिय स्नायु प्रणाली को सञ्चालक हो। यसको सुरक्षा खप्परले गर्छ। यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरूमा पाईन्छ । ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङग हो। यो अङ्ग हेराई ,बोलाई ,सुनाई ,स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो। यो निम्न भागहरु मा विभाजित छ : १.प्रमस्तिष्क(Cerebral Hemisphere) २.अनुमस्तिष्क(cerebellum) ३.ब्रेनस्टेम(जसमा मिडब्रेन, पन्स र मेदुल्ला हुन्छ)
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक "कवच"हरु हुन्छन जसलाई "मेनिञ्जेस" भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामातर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरूलाई निर्देशन दिन र अन्य अंगहरूसँग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। मस्तिष्कबाट निस्कने नसाहरूलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरूलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुंदै निस्कने नसाहरूलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अंगहरूबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अंगहरूमा जानकारी लग्ने नसाहरूलाई इफरेन्ट भनिन्छ।
मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अंगहरूमा झैं मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन। मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरूले मस्तिष्क भित्र एउटा धमनीचक्र बनाउंछन जसलाई सर्कल अफ विली भनिन्छ। यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुनै कारणवशः अवरुद्ध हुंदा पनि अर्को धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ।
मस्तिष्कमा खैरो र सेतो पदार्थ हुन्छन। साधारण भाषामा भन्नुपर्दा, मस्तिष्कले गर्ने निर्षयहरु/कामहरु खैरो पदार्थमा हुन्छ भने सेतो पदार्थले यस्ता निर्णयहरूलाई एक स्थानबाट अर्को स्थानमा लग्ने काम गर्दछ।
This article uses material from the Wikipedia नेपाली article मस्तिष्क, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.