वेब प्रवेशद्वार दाउम

दाउम (कोरियाली 다음) दक्षिण कोरियामा आधारित एक वेब प्रवेशद्वार हो। यो नाभर र नेटका साथै दक्षिण कोरियामा तिन शीर्ष वेब प्रवेशद्वारहरू मध्ये एक हो। दाउमले, एक लोकप्रिय निःशुल्क वेब आधारित विडाँक, सन्देश सेवा, मञ्च, किनमेल र समाचार सहित वेब प्रयोगकर्ताहरूको लागि धेरै इन्टरनेट सेवाहरू प्रदान गर्दछ। दाउम शब्दको अर्थ अर्को हो, तर यसलाई ह्यान्जा 多音 धेरै आवाज को रूपमा पनि व्याख्या गर्न सकिन्छ।

दाउम
वेब प्रवेशद्वार दाउम
साइटको प्रकार
वेब प्रवेशद्वार
उपलब्ध भाषाकोरियाली भाषा
मालिककाकाओ निगम
युआरएलwww.daum.net
अलेक्सा क्रमवृद्धि १४८ (विश्वब्यापी, जुन २०१६)
Steady (दक्षिण कोरिया, जुन २०२०)
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मितिमे १९९७; २६ वर्ष अघि (१९९७-०५)
वर्तमान स्थितिचालू
दाउम (वेब प्रवेशद्वार)
हाङ्गुल다음
हान्जा多音

षृष्ठभूमि

दाउमको सेवा प्रदान गर्ने क्षमता मार्फत यसको लोकप्रियता बढेको थियोे तर यो तथ्यबाट पनि यो महत्त्वपूर्ण आकारको पहिलो कोरियाली वेब प्रवेशद्वार थियो। यसले दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय विद्युतीय-डाँक सेवा, दाउम डटनेट वा हानमेल डटनेटसँग भएको समायोजन पश्चात् यसको लोकप्रियता झन् बढेको थियोे। समायोजन पछि, दाउमले इन्टरनेट मञ्च सेवा दाउम क्याफेको सुरू गरेको थियोे जसले बजारमा आफ्नो स्थिर स्थिति ल्याउन मद्दत गरेको थियोे। क्याफे र इन्टरनेट क्याफे शब्द (पश्चिमी प्रयोगको सन्दर्भ राखिएको कुरा फरक रहेको छ) र यो हाल कोरियामा "इन्टरनेट फोरम" को पर्याय रूपमा प्रयोग गरिएको छ।

इतिहास

सन् २००३ मा दाउमले अनलाइन साधन बिमाको सुरुवात गरेको थियोे जसमा यसले सहायक कम्पनीको रूपमा 'दाउम प्रत्यक्ष साधन बिमा' को नामले सेवा सञ्चालन गरेको थियोे र सन् २००८ मा यसले एर्गोे बिमा समूहसँग साझेदारीमा सेवा सञ्चालन गरेको थियोे।

२ अगस्ट २००४ मा डामले संयुक्त राज्य अमेरिकामा आधारित लेकोस नामक एक वेब प्रवेशद्वार ९५.४ मिलियन अमेरिकी डलरमा खरिद गरेको घोषणा गरेको थियोे र ६ अक्टोबरमा यसले सबै लेनदेनहरू बन्द गरेको थियो। मोबाइल, सामाजिक सञ्जाल र स्थान आधारित सेवाहरूको विकास गर्नको लागि दाउमले अगस्ट २०१० मा आफ्नो सहायक कम्पनी, लाइकोसलाई ३६ मिलियन अमेरिकी डलरमा युब्रान्ट डिजिटल, एक भारतीय इन्टरनेट मार्केटिङ कम्पनीलाई बिक्री गरेको थियोे।

ट्याटर्स एण्ड कम्पनी, जो एक ब्लगिङ मञ्च हो र सन् २००७ मा दाउमले यसको सेवा प्रबन्ध गर्न सबै अधिकारहरू लिएको थियो र ट्याटर्स एन्ड कम्पनीको साथ यसले सन् २००६ मा, टिस्टोरी नामक ब्लगिङ सेवाको विकास गरेको थियोे।

कम्पनी पोर्टप्लेयर नामक मिडिया प्लेयरको विकास र बितरण गरेको छ। यसले नक्सा, शब्दकोश, क्लाउड ब्याकअप सेवा, खोज संयन्त्रका साथै विभिन्न सेवा प्रदान गर्दछ। मार्च २००९ का अनुसार, यो दक्षिण कोरियाको दोस्रो सबैभन्दा ठूलो र धेरै हेरिने वेब प्रवेशद्वार सेवा हो। कम्पनीमा ८७४ कर्मचारीहरू रहेका छन्। सन् २०१४ मा यो काकाओ निगमसँग समायोजन भई दाउम काकाओमा रुपान्तरण भएको थियोे।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

वेब प्रवेशद्वार दाउम षृष्ठभूमिवेब प्रवेशद्वार दाउम इतिहासवेब प्रवेशद्वार दाउम सन्दर्भ सामग्रीहरूवेब प्रवेशद्वार दाउम बाह्य कडीहरूवेब प्रवेशद्वार दाउमकोरियाली भाषादक्षिण कोरियानाभर

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा निर्वाचन, २०७९नेपालको इतिहासनेपाल सम्वत्संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूजनसांख्यिकीय लाभांशनेपालका स्थानीय तहहरूत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्वास्थ्यएमिलिया क्लार्कऔद्योगिक क्रान्तियौन तथा प्रजनन स्वास्थ्य अधिकारशारीरिक व्यायामविवाहका प्रकारहरूगाउँ सभापञ्चकर्मराजनीतिक दलरवि लामिछानेनेपालका प्रदेशहरूमगर जातिपुष्पकमल दाहालबजारशास्त्रमानव विकास अर्थशास्त्रन्यायजैविक विविधतासहिद दिवसउन्यूनेपालफुटबल खेलउपनिवेशत्रिभुवन शाहदूधसङ्घीयतालाली गुराँसपर्यटनबृहस्पति ग्रहदाइजोमाइतीघर (चलचित्र)विश्वव्यापीकरणकिराँत धर्मकम्प्युटर विज्ञानजनशक्तिमानव तस्करीमेटालोककथानेपाली शब्दसागरचामलअत्तरविराटनगर महानगरपालिकामानव अधिकार दिवसनेपालका उर्जा केन्द्रहरूको सूचीनेपालका राजाहरूको सूचीइलाम जिल्लातोलावेदसमयमहासागरदुर्गानन्द झातथ्याङ्कसामाजिक सुरक्षा कोषयुट्युबआगोसूर्यग्रहणदिल्ली सम्झौताभ्यागुते रोगऊर्जा सङ्कटकर्णाली प्रदेशचाडपर्वविप्रेषणकैलाली जिल्लाबिन्दु रावलप्रवेशिका परीक्षामोन्स प्यूबिस🡆 More