साङ्घाई सहयोग सङ्गठन

साङ्घाई सहयोग सङ्गठन (एससीओ ), वा साङ्घाई सम्झौता, एक युरेसियाली राजनीतिक, आर्थिक र सुरक्षा गठबन्धन हो। यसको स्थापनाको घोषणा सन् २००१ जुन १५ का दिन चीन, कजाख्स्तान, किर्गिस्तान, रूस, ताजकिस्तान र उज्बेकिस्तानका नेताहरूले चीनको साङ्घाईमा गरेको थिए। साङ्घाई सहयोग सङ्गठन बडापत्रमा जुन सन् २००२ को जुन महिनामा हस्ताक्षर भएको थियो भने सन् २००३ सेप्टेम्बर १९ का दिनदेखि लागु भएको थियो। मूल पाँच राष्ट्रहरूमा उज्बेकिस्तान बाहेक २६ अप्रिल १९९६ मा स्थापित साङ्घाई पाँच समूहका सदस्यहरू थिए। त्यसबेलादेखि जब भारत र पाकिस्तान ९ जुन २०१७ मा कजाख्स्तान अस्तानामा आयोजित शिखर सम्मेलनमा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यका रूपमा सम्मिलित भएका थिए। यस सङ्गठनले आठ सदस्य राष्ट्रहरूमा यसको सदस्यता विस्तार गरेको छ। राज्य परिषदका प्रमुख यस सङ्गठनमा सर्वोच्च निर्णय गर्ने सर्वोच्च निकाय हो। यसको बैठक वर्षमा एक पटक हुन्छ र सङ्गठनको सबै महत्त्वपूर्ण मामिलामा निर्णय र दिशानिर्देश गर्दछ। सहयोग र समन्वय बढाउन, आतङ्कवाद र अन्य बाह्य खतराहरूको विरुद्ध र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि नियमित रूपमा सैनिक अभ्यास पनि गरिन्छ। भौगोलिक क्षेत्रको र जनसङ्ख्याको हिसाबले यस सङ्गठन विश्वको सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठन हो। यसले युरेसिया महाद्वीपको ३/५ भाग र मानव जनसङ्ख्याको आधा हिस्सा ओगट्छ। यस सङ्गठनलाई यसका सदस्य राष्ट्रहरूले मानवअधिकार उल्लङ्घन सम्बन्धी अन्तर्राष्ट्रिय आलोचनाबाट जोगिन उपयोग गर्छन् भनेर आलोचना गरिन्छ।

साङ्घाई सहयोग सङ्गठन
चिनियाँ: 上海合作组织
रूसी: Шанхайская организация сотрудничества
साङ्घाई सहयोग सङ्गठन
Logo
साङ्घाई सहयोग सङ्गठन
      सदस्य       पर्यवेक्षक       संवाद साझेदार       पर्यवेक्षक आवेदक       विवादित क्षेत्र
सङ्क्षिप्त नामएससिओ
पूर्वाधिकारीसाङ्घाई पाँच समूह, २६ अप्रिल १९९६ मा स्थापित
गठनसन् २००१
प्रकारआपासी सुरक्षा, राजनैतिक, आर्थिक सङ्गठन
प्रधान कार्यालयबेइजिङ, चीन
सदस्यता
आधिकारिक भाषा
चिनियाँरूसी
महासचिव
भ्लादिमिर नोरोभ
उप-महासचिव
  • Sabyr Imandosov
  • Wang Kaiwen
  • Aziz Nosirov
  • Vladimir Potapenko
वेबसाइटSectSCO.org

उत्पत्ति

चीन, कजाख्स्तान, किर्गिस्तान, रूसताजकिस्तानका राष्ट्र प्रमुखहरूले चीनको साङ्घाईमा सीमा क्षेत्रहरूमा सैन्य कोषको गहिराइ सम्बन्धी सन्धिमा हस्ताक्षर गरेपछि सन् १९९६ अप्रिल २६ का दिन साङ्घाई पाँच समूह गठन गरिएको थियो।

सन् १९९७ अप्रिल २४ का दिन ती देशहरूले रूसको मस्कोमा आयोजित बैठकमा सीमा क्षेत्रका सैनिक बल घटाउने सन्धिमा हस्ताक्षर गरेका थिए। सन् १९९७ मे २० का दिन रूसी राष्ट्रपति बोरिस येल्तसिन र चिनियाँ राष्ट्रपति जियाङ जेमिनले "बहुध्रुवीय विश्व" को घोषणापत्रमा हस्ताक्षर गरेका थिए।

सदस्यता

साङ्घाई सहयोग सङ्गठन 
  सदस्य राष्ट्र
  पर्यवेक्षक राष्ट्र
  संवाद साझेदार
  अतिथि उपस्थिति

सदस्य राष्ट्रहरू

सदस्यता मितिको आधारमा सदस्य राष्ट्र
देश मिति
साङ्घाई सहयोग सङ्गठन  चीन २६ अप्रिल १९९६
साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान
साङ्घाई सहयोग सङ्गठन  किर्गिस्तान
साङ्घाई सहयोग सङ्गठन  रूस
साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान
साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान १५ जुन २००१
साङ्घाई सहयोग सङ्गठन  भारत ९ जुन २०१७
साङ्घाई सहयोग सङ्गठन  पाकिस्तान
साङ्घाई सहयोग सङ्गठन  इरान ४ जुलाई २०२३

पर्यवेक्षक राष्ट्र

अफगानिस्तानले पर्यवेक्षक राष्ट्रको मान्यता सन् ६ जुन २०१२ जुन ६ का दिन चीनको राजधानी बेइजिङमा भएको आयोजित साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलन प्राप्त गरेको थियो।

सन् २००८ मा बेलारुसले यस सङ्गठनमा साझेदारको लागि आवेदन दिएको थियो। यद्यपि रूसी रक्षा मन्त्री सेर्गेई इभानोभले बेलारुस विशुद्ध रूपमा युरोपेली राष्ट्र भएकाले बेलारुसको सदस्यतामा आशंका व्यक्त गरेका थिए। यसको बाबजुद बेलारुसलाई सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा संवाद साझेदारको रूपमा स्वीकृत प्रदान गरिएपछि यसले सन् २०१५ मा पर्यवेक्षक मान्यता प्राप्त गरेको थियो।

यस सङ्गठनमा इरान पर्यवेक्षकको रूपमा रहेको छ र सन् २००८ मार्च २४ का दिन २४ इरानले पूर्ण सदस्यताको लागि आवेदन दिएको थियो। यद्यपि त्यस समयमा इरानले संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध बेहोरी रहेको हुनाले इरानलाई नयाँ सदस्यको रूपमा स्वीकार गरिएको थिएन। साङ्घाई सहयोग सङ्गठनले इरानलाई राष्ट्र सङ्घले प्रतिबन्ध लगाएका कारण सदस्यता प्रदान नगर्ने बताएको थियो चिनियाँ राष्ट्रपति सि जिनपिङको सन् २०१६ जनवरीको इरान भ्रमणको क्रममा उनले इरान माथि लागेको संयुक्त राष्ट्र सङ्घको प्रतिबन्ध हटेपछि इरानको पूर्ण सदस्यताका लागि समर्थन गर्ने बताएका थिए। १५ सेप्टेम्बर २०२२ मा, इरानले साङ्घाई सहयोग सङ्गठनमा सहभागी हुने सहमतीपत्रमा हस्ताक्षर गर्यो . २७ नोभेम्बर २०२२ मा, इरानी संसदले साङ्घाई सहयोग सङ्गठन सदस्यतालाई अनुमोदन गर्यो ।.

मङ्गोलिया सन् २००४ को शिखर सम्मेलनमा पर्यवेक्षक मान्यता पाउने पहिलो देश थियो। पाकिस्तान, भारत र इरानले सन् २००५ को अस्तानाको शिखर सम्मेलनमा पर्यवेक्षक रास्ट्रको मान्यता प्राप्त गरेका थिए।

संवाद साझेदार

साङ्घाई सहयोग सङ्गठन 
अफ्गान राष्ट्रपति हमिद कार्जाई सन् २००४ को शिखर सम्मेलनमा

संवाद साझेदारको स्थान सन् २००८ मा सिर्जना गरिएको थियो।

नेपाललाई संवाद साझेदारको स्थान सन् २०१५ को शिखर सम्मेलनमा प्रदान गरिएको थियो।

श्रीलङ्कालाई संवाद साझेदारको स्थान सन् २००९ को येकातेरिनबुर्ग शिखर सम्मेलनमा प्रदान गरिएको थियो।

नाटो सदस्य राष्ट्र टर्कीलाई सन् २०१२ को बेइजिङ शिखर सम्मेलनको समयमा संवाद साझेदारको स्थान प्रदान गरिएको थियो। टर्कीका प्रधानमन्त्री रजेप तैयप एर्दोगानले युरोपेली सङ्घको सदस्यता त्याग्ने र त्यसको बदलामा साङ्घाई सहयोग सङ्गठनको पूर्ण सदस्यता प्राप्त गर्ने विषयमा छलफल भइरहेको कुरा बताएका थिए। यस विषयमा सन् २०१६ नोभेम्बर २१ का दिन युरोपेली संसदमा निर्वाचन भएको थियो। दुई दिन पछि २३ नोबेम्बर २०१६ मा टर्कीलाई २०१७ वर्ष अवधिको लागि साङ्घाई सहयोग सङ्गठनको उर्जा क्लबको अध्यक्षता प्रदान गरिएपछि टर्की साङ्घाई सहयोग सङ्गठनमा पूर्ण सदस्यता बिनानै क्लबको अध्यक्षता गर्ने पहिलो राष्ट्र बनेको थियो।

गतिविधिहरू

शिखर सम्मेलन

शिखर सम्मेलनरूको सूची

राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
१४ जुन २००१ साङ्घाई सहयोग सङ्गठन  चीन साङ्घाई
७ जुन २००२ साङ्घाई सहयोग सङ्गठन  रूस सेन्ट पिटर्सवर्ग
२९ मे २००३ साङ्घाई सहयोग सङ्गठन  रूस मस्को
१७ जुन २००४ साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
५ जुलाई २००५ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अस्ताना
१५ जुन २००६ साङ्घाई सहयोग सङ्गठन  चीन साङ्घाई
१६ अगस्ट २००७ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान विस्केक
२८ अगस्ट २००८ साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान दुसान्वे
१५-१६ जुन २००९ साङ्घाई सहयोग सङ्गठन  रूस येकातेरिनबुर्ग
१०-११ जुन २०१० साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
१४-१५ जुन २०११ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अस्ताना
६-७ जुन २०१२ साङ्घाई सहयोग सङ्गठन  चीन बेइजिङ
१३ सेप्टेम्बर २०१३ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान विस्केक
११-१२ सेप्टेम्बर २०१४ साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान दुसान्वे
९-१० जुलाई २०१५ साङ्घाई सहयोग सङ्गठन  रूस उफ
२३-२४ जुन २०१६ साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
८-९ जुन २०१७ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अस्ताना
९–१० जुन २०१८ [zh] साङ्घाई सहयोग सङ्गठन  चीन सानतुङ
१४-१५ जुन २०१९ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान विस्केक
जुलाई २०२० साङ्घाई सहयोग सङ्गठन  रूस सेन्ट पिटर्सवर्ग
सरकार प्रमुखहरूको शिखर सम्मेलन
मिति देश स्थान
१४ सेप्टेम्बर २००१ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अल्माती
२३ सेप्टेम्बर २००३ साङ्घाई सहयोग सङ्गठन  चीन बेइजिङ
२३ सेप्टेम्बर २००४ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान विस्केक
२६ अक्टोबर २००५ साङ्घाई सहयोग सङ्गठन  रूस मस्को
१५ सेप्टेम्बर २००६ साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान दुसान्वे
२ नोभेम्बर २००७ साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
३० अक्टोबर २००८ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अस्ताना
१४ अक्टोबर २००९ साङ्घाई सहयोग सङ्गठन  चीन बेइजिङ
२५ नोभेम्बर २०१० साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान दुसान्वे
७ नोभेम्बर २०११ साङ्घाई सहयोग सङ्गठन  रूस सेन्ट पिटर्सवर्ग
५ डिसेम्बर २०१२ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान बिस्केक
२९ नोभेम्बर २०१३ साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
१४–१५ डिसेम्बर २०१४ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान अस्ताना
१४–१५ डिसेम्बर २०१५ साङ्घाई सहयोग सङ्गठन  चीन चेङचोऊ, हेनान
२–३ नोभेम्बर २०१६ साङ्घाई सहयोग सङ्गठन  कजाख्स्तान विस्केक
३० नोभेम्बर २०१७ साङ्घाई सहयोग सङ्गठन  रूस सोची
११–१२ अक्टोबर २०१८ साङ्घाई सहयोग सङ्गठन  ताजिकिस्तान दुसान्वे
१–२ नोभेम्बर २०१९ साङ्घाई सहयोग सङ्गठन  उज्बेकिस्तान तस्किन्त
२०२० साङ्घाई सहयोग सङ्गठन  भारत नयाँ दिल्ली

सदस्य राष्ट्रहरूका वर्तमान नेताहरू

२०२१ अक्टोबर १९ का अनुसार:

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

साङ्घाई सहयोग सङ्गठन उत्पत्तिसाङ्घाई सहयोग सङ्गठन सदस्यतासाङ्घाई सहयोग सङ्गठन गतिविधिहरूसाङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलनसाङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरूका वर्तमान नेताहरूसाङ्घाई सहयोग सङ्गठन यो पनि हेर्नुहोस्साङ्घाई सहयोग सङ्गठन सन्दर्भ सामग्रीहरूसाङ्घाई सहयोग सङ्गठन बाह्य कडीहरूसाङ्घाई सहयोग सङ्गठनअस्तानाउज्बेकिस्तानकजाख्स्तानकिर्गिस्तानचीनताजकिस्तानपाकिस्तानभारतभूगोलराजनीतिरुससाङ्घाई

🔥 Trending searches on Wiki नेपाली:

जनशक्तिसम्भोगपानीक्षेत्रीप्रकाशशरण महतहिन्द महासागरमदनमणि दीक्षितपशु पालनसहस्राब्दी विकास लक्ष्यनेपालको राष्ट्रपतिमोहन शमशेर जङ्गबहादुर राणागुरुप्रसाद मैनालीगाईसरुवा रोगयोनीकोदोअक्षांशफिलिपिनि भाषानेपालका बैङ्कहरूको सूचीमाधवप्रसाद घिमिरे (साहित्यकार)मार्क्सवाद-लेनिनवादऊर्जा सङ्कटआगोप्रोटिनमानव विकास सूचकाङ्कस्वर्गद्वारीनेपालको पहिलो संविधान सभागोत्रश्रीमद्भागवत् पुराणकम्प्युटर नेटवर्कसुम्निमा (उपन्यास)विश्वव्यापीकरणमहिला सशक्तिकरणफूलवाणिज्य बैंकइन्टरनेटविकिफौजदारी कानुनप्रदेश सभा (नेपाल)टिकापुर काण्डपोखरा महानगरपालिकाकोशी बाँधस्थानीय तह निर्वाचन, २०७९नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाइसे राज्यहरूसंयुक्त राष्ट्र जनसङ्ख्या कोषएथलेटिक्सजनसांख्यिकीय लाभांशपशुपति शमशेर जङ्गबहादुर राणावडा कार्यालय (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषद्कृष्णउत्प्रेषणपोखरा उपत्यकानेपालका झरनाहरूको सूचीसंयुक्त राष्ट्रसंघका महासचिवनेपाल वायुसेवा निगमआगन्तुकनेपाली व्याकरणसीताअत्तरनेपाल बैंकसौर्यमण्डलवैज्ञानिकएकलौटी व्यवसायसहकारीमध्यवर्ती क्षेत्रफ्री जातिनेवारी भाषाविदेश नीतितराईनगरकोटव्यापारदसैँसमाजवादविद्यालय🡆 More