सन् १८४८ को क्रान्ति

सन् १८४८ को क्रान्ति सन् १८४८ मा युरोपभरी फैलिएको राजनीतिक उथलपुथलको शृङ्खला थियो। यो युरोपको इतिहासको सबैभन्दा व्यापक क्रान्तिकारी लहर थियो।

सन् १९४८ को क्रान्ति
क्रान्तिको युगको भाग
सन् १८४८ को क्रान्ति
सन् १८४८ को क्रान्तिको एक चित्र
मिति२३ फेब्रुअरी – १८४९ को सुरुवातमा
स्थानपश्चिम र मध्य युरोप
यो नामले पनि चिनिन्छक्रान्तिको वर्ष
सहभागीफ्रान्सेली नागरिक, जर्मनेेेली राज्य, अस्ट्रियाली साम्राज्य, हङ्गेरी अधिराज्य, इटालेली राज्यहरू, डेनमार्क, पोल्यान्ड र अन्य
परिणाम
  • थोरै राजनैतिक परिवर्तन
  • महत्वपूर्ण सामाजिक तथा साँस्कृतिक परिवर्तन

क्रान्तिहरू प्रजातान्त्रिकउदार प्रकृति थिए। यसको उद्देश्य पुरानो राजतन्त्रवादी संरचनाहरूलाई हटाएर स्वतन्त्र राष्ट्र निर्माण गर्नु थियो। फ्रान्समा फेब्रुअरीमा प्रारम्भिक क्रान्ति सुरु भएपछि युरोपभर क्रान्तिहरू फैलिएको थियो। यस क्रान्तिबाट ५० भन्दा बढी देशहरू प्रभावित भएतापनि क्रान्तिकारीहरू बीच कुनै महत्वपूर्ण समन्वय वा सहयोगको प्राप्त भएको थिएन।

क्रान्ति सुरु हुनुको केही प्रमुख कारक तत्वहरूमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि, सरकार र लोकतन्त्रमा बढी सहभागिताको माग, प्रेस स्वतन्त्रताको माग, मजदुर वर्गले गरेका अन्य मागहरू, राष्ट्रवादको उत्थान र स्थापित सरकारी शक्तिहरूको पुनर्गठन थिए।

विद्रोहको नेतृत्व सुधारवादी, मध्यम वर्ग ("बुर्जुवा वर्ग") र मजदुरहरूको अस्थायी गठबन्धनले गरेको थियो। यद्यपि यो गठबन्धनले लामो समयसम्मसँगै टिक्न सकेन। धेरै क्रान्तिहरूलाई छिट्टै दमन गरिएपछि दसौँँ हजार मानिसहरू मारिएका थिए भने धेरै मानिसहरूलाई निर्वासित हुन बाध्य बनाइएका थिए। महत्वपूर्ण स्थायी सुधारहरूमा अस्ट्रिया र हङ्गेरीमा सर्फडम (सामन्तवाद) को उन्मूलन, डेनमार्कमा निरपेक्ष राजतन्त्रको अन्त्य र नेदरल्यान्ड्समा प्रतिनिधिमुलक प्रजातन्त्रको सुरुवात समावेश थियो।

क्रान्तिहरू फ्रान्स, नेदरल्यान्ड, इटालीको अस्ट्रिया साम्राज्य र जर्मन सङ्घका राज्यहरूमा फैलिएको थियो जसले १९औँ शताब्दीको उत्तरार्ध र बीसौं शताब्दीको पूर्वार्धमा जर्मन साम्राज्य बनाएका थिए।

उत्पत्ति

प्राविधिक परिवर्तनले श्रमिक वर्गको जीवनमा क्रान्ति ल्याइरहेको थियो। एक लोकप्रिय छापाखानाले राजनीतिक जागरूकता विस्तार गरेेेेपछि लोकप्रिय उदारवाद, राष्ट्रवादसमाजवाद जस्ता नयाँ मूल्य र विचारहरू देखा पर्न थालेका थिए। केही इतिहासकारहरू गम्भीर बालीनालीमा उत्पन्न समस्यालाई जोड दिन्छन् जसले किसान र मजदुर सहरी गरीबहरूमाझ कठिनाई उत्पन्न गरिदिएक‍ थियो।

यसपछि ब्रसेल्समा कार्यरत कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले, कम्युनिष्ट सङ्घ लिगको (जसमा मूलतः जर्मन मजदुरहरू मिलेर बनेको एउटा संस्था) अनुरोधमा कम्युनिष्ट पार्टीको घोषणापत्र (२१ फेब्रुअरी १८४८ मा लन्डनमा जर्मनेेेली भाषामा प्रकाशित) लेखेका थिए। बर्लिनमा मार्च विद्रोह पछि तिनीहरूले जर्मनीमा आन्दोलन गर्न सुरु गरेका थिए। उनीहरूले पेरिसबाट "जर्मनीमा कम्युनिष्ट पार्टीको मागहरू" मार्चमा जारी गर्दै; उक्त पर्चाले जर्मनीको एकीकरण, विश्वव्यापी मताधिकार, सामन्त कर तथा अवरोधहरूको अन्त्य र समान मध्यमवर्गीय लक्ष्यलाई जोड दिएको थियो।

यसरी मध्यम र मजदुर वर्गले सुधारको चाहना साझा गर्दा धेरैले खास उद्देश्यहरूमा सहमति जनाएका थिए। यद्यपि क्रान्तिहरूमा उनीहरूको सहभागिता फरक थिए। सुरुमा विद्रोहहरू सहरहरूबाट सुरु भएको थियो।

विचारहरूको भूमिका

क्रान्तिलाई तल राख्न स्थापित र प्रतिक्रियावादी शक्तिहरूको बलपूर्वक र प्रायः हिंस्रक प्रयासहरूको बाबजुद, विघटनकारी विचारहरूले लोकप्रियता प्राप्त गरेको थियो जसमा प्रजातन्त्र, उदारवाद, कट्टरपन्थी, राष्ट्रवादसमाजवाद समावेश छन्। उनीहरूले संविधान, विश्वव्यापी सार्वभौमिक मताधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र अन्य प्रजातान्त्रिक अधिकार, नागरिक लडाकूको स्थापना, किसानहरूको स्वतन्त्रता, अर्थतन्त्रको उदारीकरण, ट्यारिफ अवरोधको अन्त्य र राजतन्त्रवादी शक्ति संरचनाको अन्त्यको र गणतान्त्रिक राज्यको स्थापना, वा कम्तिमा संवैधानिक राजतन्त्रको रूपमा राजकुमारको अधिकार प्रतिबन्ध माग गरेका थिए।

मुख्य घटनाहरूको अनुक्रम

१८४८ को ग्रीष्म: सुधारकर्ताहरू बीच विभाजन

फ्रान्समा मध्यम वर्ग सुधारवादीहरू र मजदुर वर्गका क्रान्तिकारीहरूको बीचमा रक्तपातपूर्ण सडक लडाईहरूको सुरुवात भएको थियो। त्यसपछि जर्मनेेेेेेली सुधारकर्ताहरूले उनीहरूको नतिजालाई अन्तिम रूप नदिई अविरल तर्क गरेका थिए

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

सन् १८४८ को क्रान्ति उत्पत्तिसन् १८४८ को क्रान्ति मुख्य घटनाहरूको अनुक्रमसन् १८४८ को क्रान्ति यो पनि हेर्नुहोस्सन् १८४८ को क्रान्ति सन्दर्भसन् १८४८ को क्रान्तियुरोप

🔥 Trending searches on Wiki नेपाली:

जनता समाजवादी पार्टी, नेपालझोला (चलचित्र)रवि लामिछानेमृगौलामहिला सशक्तिकरणऊर्जामाधवप्रसाद घिमिरे (साहित्यकार)यौनओजोन तहशम्भुप्रसाद ढुङ्गेलमानव विकास सूचकाङ्कगण्डकी प्रदेश सभासत्यमोहन जोशीलक्ष्मीप्रसाद देवकोटा रचनासूचीवासलातनेपाल टेलिभिजननेपालका दलित वर्गमा पर्ने थरहरूअरनिको राजमार्गफिफापूर्वी एसियाउत्तर अमेरिकाबाजुरा जिल्लानेपालका वनस्पतिहरूसुवासचन्द्र नेम्वाङशिक्षण विधिअन्तर्राष्ट्रिय तिथि रेखाभारतलिम्बू जातिमिथिलाविश्व सम्पदा क्षेत्रविराट कोहलीजात्रै जात्राशङ्खधर साख्वाकुरुक्षेत्र युद्धऋतुगोसाइँकुण्डउत्पादन (अर्थशास्त्र)दाङ जिल्लारानीमहलदक्षिण कोरियाराणा वंशवैदेशिक रोजगारसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालमा पर्यटनपिनाससमाजवादखप्तड राष्ट्रिय निकुञ्जदेवनागरी सङ्ख्या पद्धतिबाल अधिकारसन ह्युङ-मिनदोधारा चाँदनी पुलइमेलजनसङ्ख्या वृद्धिहिन्दु धर्मनेपालका गाउँपालिकाहरूलमजुङ जिल्लानवदुर्गाकोत पर्वबसाइँ सराईकम्पनीगिरिजाप्रसाद कोइरालाकालीगण्डकी नदीनेपालीभारदार परिवारमेन्छयायेम गाउँपालिकाहस्तमैथुनसञ्चारपहिलो विश्वयुद्धनेपाल प्रहरीफुटबल खेलपाणिनिनेपाली राष्ट्रिय क्रिकेट टोलीयार्चागुम्बाबागमती प्रदेश सभाफौजदारी कानुनलोकबाजाक्रिकेटगोपाल हमालअलङ्कार (साहित्य)🡆 More