इटालीको एकीकरण

इटालीको एकीकरण ( इटालेली: Unità d'Italia ) १९ औँ शताब्दीको इटलीमा एक राजनैतिक र सामाजिक अभियान थियो । यस अभियानको सुरुवात र अन्त तिथि इतिहासकारमा विवाद छ ।

इटालीको एकीकरण
इटालीको एकीकरण

सन् १८७० मा इटालीको एकीकरण सम्पन्न भएको हो । एकीकरण अघि अर्थात १९ औँ शताब्दीको सुरुमा इटाली ५ भागमा विभाजित थियो र ती क्षेत्रमा विभिन्न साम्राज्यको अधिकार थियो । त्यस समय इटालीको स्थिती निम्नानुसार थियो ।

  1. नेपल्स र सिसिली नामक दक्षिणका दुई क्षेत्राहरू बुर्बो राजवंशको अधीनमा एक राज्यको एउपमा थिए ।
  2. रोम र यसको आसपासको चर्चको राज्यमा फ्रान्सको प्रभाव थियो ।
  3. मध्य इटालीको परमा, मेडेना, टस्कनी र रोम्पागनामाथी अस्ट्रिया साम्राज्यको प्रभाव थियो ।
  4. उत्तरतर्फको लोम्बार्डी - भेनेसियाको क्षेत्र अष्ट्रीया साम्राज्य अन्तर्गत पर्दथ्यो ।
  5. सार्डिनिया तथा पिड्मन्ट राज्य मात्र स्वतन्त्र राज्यको रूपमा थिए ।

पृष्ठभुमि

मेज्जिनी

मेज्जिनीले युवा इटाली (Young Italy) नामक संस्था स्थापना गरी इटालीलाई गणतन्त्र राज्य बनाउने लक्ष्य राखेका थिए । त्यसैले उनलाई ´इटालियन राष्ट्रियताको जनक´ मानिन्छ ।

इटालीको एकीकरण 
Giuseppe Mazzini

गेरीबाल्डी

इटालीको एकीकरण 
Giuseppe Garibaldi

गेरीबाल्डीको जन्म सन् १८०५ मा भएको थियो । विदेशी शक्ति सँग युद्ध गरी इटालीको एकीकरण गर्नका लागि एक हजार युवाहरूको सङ्गठन गरेका थिए जसलाई ´रातो सर्ट´ भनिन्थ्यो । उनले भूमिगत तथा खुला दुवै किसिमका युद्धद्वारा इटालीको एकीकरणमा महत्त्वपूर्ण काम गरेकाले ´राष्ट्रियताका योद्धा´ मानिन्छन् ।

काबुर

काबुर(Cavour) इटालीको पिडमन्ट र सार्डिनियाका राजा इमान्युअलका प्रधानमन्त्री थिए । उनले इटालीका स-साना राज्यहरूलाई एकीकरण गरी इटालीलाई एउटा विशाल र शक्तिशाली राष्ट्र बनाउन महत्त्वपूर्ण काम गरे ।

१८५६को पेरिस शान्ति सम्मेलन

क्रीमियाको युद्धमा रुसी साम्राज्यअटोमन साम्राज्य टर्की बीच लडाइँ भयो । बेलायत र फ्रान्सले टर्कीको पक्षमा सहायता गरेकोले काबुरले पनि उनीहरूलाई साथ दिए । अन्त्यमा टर्की , बेलायत र फ्रान्स पक्षको विजय भएकाले सन् १८५६ को पेरिस शान्ति सम्मेलनमा सार्डिनियाले पनि भाग लिने मौका पायो । यस अवसरमा अस्ट्रियाले इटालीमा गरेको अत्याचारका विरुद्ध काबुरले आवाज उठाउने मौका पाए । उनको अस्ट्रियाविरोधी भनाइलाई बेलायत र फ्रान्सले सहानुभूति देखाए ।

अस्ट्रियाविरुद्ध युद्ध

रोम माथी नियन्त्रण

इटालीको एकीकरण 
रोम माथी अधिकार

सन् १८७० मा फ्रान्स र अस्ट्रिया बीच युद्ध भयो । त्यसबेला रोमको सुरक्षाका लागि फ्रेन्च सेना रहेको थियो । युद्धको समयमा रोमको फ्रेन्च सेना त्यहाँबाट युद्धमा भाग लिन गएको हुनाले सार्डिनियाले सजिलैसँग रोम माथी अधिकार गर्यो । २० सेप्टेम्बर १८७० ई. मा इटलीको सेनापति केडोनीले रोम माथी इटलीको अधिकार स्थापित गरे । यस प्रकार इटालीवासिको अन्तिम इच्छा पनि पूर्ण भयो । २ जून १८७१ ई. मा भिक्टर इमेनुएल रोम प्रवेश गरे । इटलीको संसद को उद्घाटन गर्दै उनले भने,

: ''हाम्रो राष्ट्रिय एकता पूर्ण भयो, अब हाम्रो कार्य राष्ट्रलाई महान बनाउनु हो।''

सन्दर्भ

यो पनि हेर्नुहोस्

फ्रान्सको क्रान्ति (१८४८) जर्मनीको एकीकरण

Tags:

इटालीको एकीकरण पृष्ठभुमिइटालीको एकीकरण मेज्जिनीइटालीको एकीकरण गेरीबाल्डीइटालीको एकीकरण काबुरइटालीको एकीकरण १८५६को पेरिस शान्ति सम्मेलनइटालीको एकीकरण अस्ट्रियाविरुद्ध युद्धइटालीको एकीकरण रोम माथी नियन्त्रणइटालीको एकीकरण सन्दर्भइटालीको एकीकरण यो पनि हेर्नुहोस्इटालीको एकीकरणen:Help:IPA/Italianइटालेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

बागलुङ जिल्लानगर कार्यपालिकाप्रतिनिधि सभा (नेपाल)नेपाली सेनारेबिजबेलग्रहदोलखा जिल्लाप्रदेश सभा (नेपाल)किराँत कालकोशी प्रदेश क्रिकेट टोलीप्रदेश सभा निर्वाचन, २०७९आम सञ्चारपाठ्यक्रममहजोडीइन्टरनेटदक्षिण एसियाकानूनघरपालुवा चौरी गाईसूचनानेपाल सम्वत्काँक्रे विहारकरारउदयपुर जिल्लागुगलगणितमष्टो देवतादार्चुला जिल्लाविसं २०७२ को महाभूकम्पयान्देक्सगजलनेपालको राष्ट्रपतिविद्यालयनेपालमा मौलिक हक र कर्तव्यजङ्गलभक्तपुर जिल्लाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)पासाङ ल्हामु शेर्पायौनसमाजवादप्रविधिहरितगृह प्रभावनम्रता श्रेष्ठइतिहासजापानसमयलुम्बिनी प्रदेशनेपालका प्रधान सेनापतिहरूहिन्दु धर्मरामकृष्ण शर्मामानव शरीरका अङ्गहरूको सूचीकास्की जिल्लागौरीशङ्कर हिमालऔद्योगिक क्रान्तिनेपालका राजाहरूको सूचीमोहन शमशेर जङ्गबहादुर राणाविकसित देशनेपालको संविधान २०७२नेपाल-भारत सम्बन्धअक्टोबर क्रान्तिनेपालको संस्कृतिकोशी प्रदेशनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)रामायणमधेश प्रदेश सभानेपालको राजनीतिस्याङ्जा जिल्लागाउँखाने कथानेपालका जिल्लाहरूलोकगीतविश्व व्यापार सङ्गठनविकिमिडिया नेपालको विधाननेपाली विकिपिडियानेपालका राष्ट्रिय विभूतिहरूउपेन्द्र यादवयोगनेपाली🡆 More