विक्स डटकम

विक्स डटकम लिमिटेड (यहूदी: חברה) इन्टरनेटमा आधारित एम वेब विकास मञ्च हो जसलाई इजरायली कम्पनीले विक्सले सबैभन्दा पहिला निर्माण तथा लोकप्रिय बनाएको थियो। यसले प्रयोगकर्ताहरूलाई अनलाइन तान्ने र छोड्नु उपकरणहरूको प्रयोग मार्फत एचटिएमएल५ वेबसाइट र मोबाइल साइटहरू सृजना गर्न अनुमति दिन्छ। इजरायलमा यसको प्रधान कार्यालय रहेको छ भने अन्य कार्यालयहरू, क्यानडा, ब्राजिल, जर्मनी, भारत, आयरल्यान्ड, लिथुआनिया, संयुक्त राज्य अमेरिका र युक्रेनमा पनि रहेका छन्।

विक्स डटकम लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक कम्पनी
आइएसआइएन[१]
उद्योगइन्टरनेट
स्थापित२००६; १८ वर्ष अघि (२००६)
स्थापनाकर्ताहरूअभिसाई अब्राहमनी
नादभ अब्राहमनी
जियोरा काप्लान
केन्द्रीय कार्यालय
तेल अभिभ
,
इजरायल
शाखा सङ्ख्या
१२ (सन् २००५)
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
मार्क तुलस्कज (अध्यक्ष)
अभिसाई अब्राहमनी (कार्यकारी)
उत्पादनहरूविक्स भण्डार, विक्स आरक्ष, विक्स होटल, विक्स रेष्टुरेन्ट, विक्स श्रव्य दृश्य, विक्स सङ्गीत, विक्स साउटआउट
सेवाहरूवेबसाइट निर्माणकर्ता, व्यापार व्यवस्थापन, वेब आयोजक सेवा
राजश्ववृद्धि $६०३.७० मिलियन (सन् २०१८)
परिचालन आय
$४७.२४ मिलियन (सन् २०१८)
कुल सम्पत्तिवृद्धि $२१४.९७ मिलियन (सन् २०१६)
कुल इक्विटी$६.०८ बिलियन (सन् २०१८)
मालिकहरूटि रोवे प्राइस (१४.१%)
म्याङ्ग्रोभ पूँजी साझेदार (9.7%)
ष्टिड फाष्ट (८.५%)
फिडिलिटि इन्भेष्टमेण्ट (५.५%)
कर्मचारी सङ्ख्या
१,८०० (सन् २०१९)
सहायक कम्पनीहरू
  • डेभिएन आर्ट
  • ओपन रेष्ट
  • फ्लोर्क
वेबसाइटwix.com

प्रयोगकर्ताहरूले सामाजिक प्लग इन, इ-वाणिज्य, अनलाइन बजारशास्त्र, सम्पर्क फाराम, इ-डाँक बजारशास्त्र, र समुदायिक मञ्चहरू मार्फत उनीहरूको वेब साइटहरूमा विविध प्रकारका विक्सद्वारा विकसित वा तेस्रो पक्षीय अनुप्रयोगहरूको प्रयोग गर्न सक्दछन्। विक्स वेबसाइट निर्माणकर्ताले भुक्तान पदोन्नति माध्यमबाट यसको राजस्व आर्जन गर्दछ जुन , फ्रिमियम व्यापार नमूनामा निर्मित छ।

इतिहास

उत्पादन विकास

विक्सलाई सन् २००६ मा इजरायली विकासकर्ता अभिशाई अब्राहमनी, नादभ अब्राहमनी, र जियोरा कप्लानद्वारा स्थापित गरिएको थियो। तेल अभिभमा प्रधान कार्यालय रहेको विक्स, विक्सलाई लगानीकर्ता इन्साइट कोष साझेदार , म्याङ्ग्रोभ पूँजी साझेदार, बेसेमर भेञ्चर पार्टनर्स , डिएजी कोष , र बेञ्चमार्क पूँजीले समर्थन गरेका थिए। कम्पनीले एडोब फ्ल्यासमा आधारित मञ्चको प्रयोग गरेर सन् २००७ मा खुला परीक्षण चरणमा प्रवेश गरेको थियो।

अप्रिल २०१० मा विक्समा ३५ लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए। बेञ्चमार्क क्यापिटल र विद्यमान लगानीकर्ता बेसेमर कोष साझेदार र म्याङ्ग्रोभ पूँजी साझेदारद्वारा प्रदान गरिएको कोष सङ्कलनको तेस्रो चरणमा यसले १ करोड अमेरिकी डलर सङ्कलन गरेको थियो। मार्च २०११ मा, विक्समा ८५ लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए। कम्पनीले कोष सङ्कलनको चौथो चरणमा ४ करोड अमेरिकी डलरलाई सुरक्षित गर्न सफल भएको थियो जसले यसको सम्पूर्ण सम्पत्तिलाई त्यस मितिमा ६ करोड १० लाख अमेरिकी डलरमा पुर्‍याएको थियो।

जुन २०११ मा, विक्सले फेसबुक भण्डार मोड्युलको सुरु गरेको थियो, जसले गर्दा यसको सामाजिक वाणिज्य प्रवृत्तिमा आफ्नो पहिलो चरण बनाएको थियो।

मार्च २०१२ मा, विक्सले एडोब फ्ल्यास प्रविधिलाई प्रतिस्थापन गर्दै, एक नयाँ एचटिएमएल५ साइट निर्माणकर्ताको सुरू गरेको थियो। अक्टोबर २०१२ मा, विक्सले प्रयोगकर्ताको कम्पनीको स्वचालित वेब विकास प्रविधिसँग निर्मित अनुप्रयोगहरू बेच्न अनुप्रयोग बजारको सुरू गरेको थियो। विक्सको सफ्टवेयर विकास प्रणालीले, अनुप्रयोग विकासकर्ता र विश्वभरिका लाखौं विक्स प्रयोगकर्ताहरूलाई वेब अनुप्रयोगहरूको सृजना र प्रस्ताव गर्न अनुमति दिन्छ।

अगष्ट २०१३ सम्ममा, विक्सको मञ्चमा ३ करोड ४० लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका थिए।

प्रारम्भिक सार्वजनिक प्रस्ताव तथा अधिग्रहणहरू

५ नोभेम्बर २०१३ मा, विक्सले नसडकमा प्रारम्भिक सार्वजनिक प्रस्ताव दाखिला गरेको थियो र यसले कम्पनी र केही सेयर धनीहरूका लागि करिब १२७ मिलियन डलर उठाएको थियो।

अप्रिल २०१४ मा, विक्सले, मूल मोबाइल वाणिज्य अनुप्रयोगहरू सृजना गर्नका लागि सञ्चालनमा ल्याइएको एक इजरायली कम्पनी एपिक्सियाको अधिग्रहणको घोषण गरेको थियो। अगष्ट २०१४ मा, विक्सले विक्स होटलको सुरू गरेको थियो। विक्सले विक्स सङ्गीत, स्वतन्त्र सङ्गीतकारहरूको बजार बिक्री र उनीहरूको सङ्गीत बेच्नको लागि एक मञ्चको रूपमा सन् २०१५ मा सुरू गरिएको थियो। विक्स रेष्टुरेण्ट सन् २०१७ मा सुरु गरिएको थियो।

२३ फेब्रुअरी २०१७ मा, विक्सले अनलाइन कला समुदाय डेभिएण्ट आर्टलाई ३६ मिलियन अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।

विवरण

प्रयोगकर्ताले उनीहरूको साइटलाई उनीहरूको डोमेनमा जडान गर्न, विक्स विज्ञापन हटाउन, फारम निर्माणकर्ताको पहुँच गर्न, इ-वाणिज्य क्षमताहरू थप्न, वा अतिरिक्त डाटा भण्डारण र ब्यान्डविथ खरीद गर्न भुक्तान प्याकेजहरू खरीद गर्नु पर्दछ।

विक्सले अनुकूलन योग्य वेबसाइट ढाँचा र तान्ने एण्ड छोड्ने एचटिएमएल५ वेब साइट निर्माणकर्ता प्रदान गर्दछ जसले अनुप्रयोग, रेखाचित्र, तस्वीर सङ्ग्रह , भेक्टर, एनिमेसन र अन्य विकल्पहरूको समावेश गर्दछ। प्रयोगकर्ताहरूले स्क्र्याचबाट उनीहरूको वेब साइटहरू सृजना गर्न पनि सक्दछन्। अक्टोबर २०१३ मा, विक्सले एक मोबाइल सम्पादक पेश गरेको थियो जसले प्रयोगकर्ताहरूलाई मोबाइल अवलोकनका लागि उनीहरूको साइटहरू समायोजित गर्न अनुमति दिन्छ।

विक्स अनुप्रयोग बजारले दुबै नि: शुल्क र सदस्यतामा आधारित अनुप्रयोगहरूको प्रदान गर्दछ जसमा विकासकर्ताका लागि ७०% र विक्सका लागि ३०% राजस्व विभाजन हुन्छ। ग्राहकहरूले तेस्रो पक्षीय अनुप्रयोगहरू आफ्नै वेब साइटहरूमा एकीकृत गर्न सक्दछन्, जसमा तस्वीर सम्बन्धित सामग्री, ब्लगिङ, सङ्गीत प्रवाहसूची, अनलाइन समुदाय, इ-डाँक बजारशास्त्र, र फाइल प्रबन्धन समावेश छ।

अधिग्रहणहरू

१) एपिक्सिया: "मोबाइल वाणिज्य" अनुप्रयोग निर्माणको लागि एक मञ्चको विकासकर्ता (मार्च १०१४ मा अधिग्रहण)

२) ओपनरेष्ट : रेष्टुरेन्टहरूको लागि अनलाइन खाना मगाउने र मोबाइल समाधानहरूको प्रदायक (अक्टोबर २०१४ मा अधिग्रहण)

३) मोमेण्ट डटमी: सामाजिक नेतृत्व उत्पादनको लागि कार्यक्रम र बजारशास्त्र उपकरणहरूको लागि मोबाइल वेबसाइट निर्माणकर्ता (अप्रिल २०१५ मा अधिग्रहण)

४) फ्लोक : ग्राहक वफादारी कार्यक्रम उपकरणको प्रदायक (जनवरी २०१७ मा अधिग्रहण)

५) डेभिएण्ट आर्ट: कला / बनावट रचनाकार र उत्साहीहरूको लागि अनलाइन समुदाय (फेब्रुअरी २०१७ मा अधिग्रहण)

वर्डप्रेस अङ्कको प्रयोग

अक्टोबर २०१६ मा, विक्सको वर्डप्रेसको जिपिएल अनुमति पत्र अङ्कको प्रयोगको बारेमा विवाद भएको थियो। जवाफमा, विक्सका प्रमुख कार्यकारी अधिकृत, अभिशाई अब्राहमिले एक उत्तर प्रकाशित गरेका थिए जसले खुला स्रोत अङ्कको प्रयोग गरेको भनेर बताएका थिए।

बजारशास्त्र

कम्पनीले सुपर बाउलको बेलामा विज्ञापन दिएको थियो। सन् २०१९, यो ५अौँ पटक वाणिज्यिक दौडमा आएको थियो। वर्षौंसम्म तिनीहरूले विज्ञापनमा गल गडोट, कुङ्फु पाण्डा र ब्रेट फाभरे जस्ता हस्तीहरूको प्रयोग गरेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  • विक्स डटकम  विक्स डटकमसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
  • आधिकारिक वेबसाइट
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा

Tags:

विक्स डटकम इतिहासविक्स डटकम विवरणविक्स डटकम अधिग्रहणहरूविक्स डटकम वर्डप्रेस अङ्कको प्रयोगविक्स डटकम बजारशास्त्रविक्स डटकम सन्दर्भ सामग्रीहरूविक्स डटकम बाह्य कडीहरूविक्स डटकमइजरायलक्यानडायहूदी भाषायुक्रेन

🔥 Trending searches on Wiki नेपाली:

दमाई जातिमौसमनेपालको निसानछापआमा (वि.सं. २०२१ चलचित्र)दुर्गा प्रसाईदोलखा जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)खस ब्राह्मणअल्पविकसित देशमहेन्द्र राजमार्गराष्ट्रिय पहिचानखुम्बु पासाङल्हामु गाउँपालिकाकुकुररुकुमकोटमगर जातिजनक शिक्षा सामग्री केन्द्रमाधवप्रसाद घिमिरे (साहित्यकार)तामाङ जातिअनुष्टुप छन्दसंयुक्त राष्ट्रछन्दजिल्ला मालपोत कार्यालयअनुसन्धान प्रस्तावसंस्कृतपुस्तकशिक्षण विधिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मध्यवर्ती क्षेत्रहलोनेपालका सहिदहरूभौतिक विज्ञानबज्रयोगिनी मन्दिरमाछासूर्यभ्रष्टाचारचिठीनेपालका जातिहरूमलेसियापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीनेपाली सेना पृतना प्रधान कार्यालयएडम स्मिथमहाभारतसंयुक्त अधिराज्यराष्ट्रिय परीक्षा बोर्डऋग्वेदमहावीर पुनजीव विज्ञानलेखा प्रणालीनेपालको राजनीतिरशीद खान (नेपाली क्रिकेटर)गोदावरी नगरपालिका, ललितपुरप्राथमिक उपचाररुपन्देही जिल्लापिनाससञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)दाइजोटिम्बुरबोटे काण्डअफ्रिकासञ्चारव्रतबन्धमुनामदनचीननेपालको अर्थतन्त्रआयुर्वेदउत्प्रेरणादैवज्ञराज न्यौपानेकटारी नगरपालिकानवलपरासी जिल्लाहिन्दु धर्मसुनपहिलो विश्वयुद्धनेपाल सशस्त्र प्रहरी बलपूर्वीय चिन्तन परम्पराकोशी प्रदेशको मुख्यमन्त्रीनेपाल-भारत सम्बन्धकर्णाली नदीआन्ध्र महासागर🡆 More