यासुनारी कावाबाता

यासुनारी कावाबाता (जापानी:川端 康成) ११ जुन १८९९ – १६ अप्रिल १९७२) एक जापानी प्रख्यात आख्यानकार तथा उपन्यासकार थिए। कावाबातालाई सन् १९६८ साहित्यको नोबेल पुरस्कार द्वारा सम्मानित गरिएको थियो। उनी द्वारा रचित कृतिहरू अझै पनि जापान लगायत अन्य देशहरूमा पनि विश्वव्यापी रूपमा पढिन्छन्।

यासुनारी कावाबाता
यासुनारी कावाबाताको एक तस्वीर
यासुनारी कावाबाताको एक तस्वीर
जन्म(१८९९-०६-११)११ जुन १८९९
ओसाका, जापान
मृत्यु१६ अप्रिल १९७२(1972-04-16) (उमेर ७२)
जुशी, कानागावा, जापान
पेशालेखक
राष्ट्रियताजापानी
नागरिकताजापानी
अवधिसन् १९२४–१९७२
विधाउपन्यास, आख्यान
उल्लेखनीय पुरस्कारहरूसाहित्यको नोबल पुरस्कार (सन् १९६८)

बाल्यकाल

कावाबाताको जन्म सन् १८९९ जुन ११ का दिन जापानको ओसाकामा एक आर्थिक स्थिति सम्पन्न भएको परिवारमा भएको थियो। उनको बुवा एक स्वास्थ्य कर्मी थिए। उनका बुवाले उक्त पेशाबाट राम्रै आय आर्जन पनि गर्थे। कावाबाता ४ वर्षको छँदा उनको आमा बुवाको मृत्यु भएको थियो। जसका कारण उनी आफ्ना हजुरबुबा हजुरआमाको रेखदेखमा हुर्किएका थिए। उनकी एक दिदी थिइन् जसलाई सानै उमेरमा उनको काकीले पाल्नका लागि लगेकी थिइन्। जसलाई उनले मात्र एक पटक भेट्न पाएका थिए। कावाबाता ११ वर्षको छँदा उनको दिदीको पनि मृत्यु भएको थियो। सन् १९०६ मा उनले सात वर्षको उमेरमा आफ्नी हजुरआमालाई गुमाए भने सन् १९१४ मा उनी १५ वर्षको छँदा उनको हजुरबुबाको पनि मृत्यु भएको थियो। आफ्ना सबै आफन्तलाई गुमाएका कावाबाता पनि आमाको परिवारसँग बसोबास गर्न थाले। सन् १९१६ जनवरीमा कावाबाता घर नजिक रहेको एक शिक्षण संस्थामा अध्ययन आरम्भ गरेका थिए। सन् १९१७ मा प्रारम्भिक शिक्षा हासिल गरेका कावाबाताले १८ वर्षको उमेरमा उनी टोकियोमा उच्च शिक्षाका लागि गएका थिए। उनी पछि टोकियो स्थित इम्पेरियल विश्वविद्यालयमा भर्ना भई अध्ययन अगाडि बढाएका थिए। कावाबाता बङ्गाली साहित्यकार रवीन्द्रनाथ टेगोरको प्रसंसक पनि थिए। कावाबाताले सन् १९२४ मा सोही विश्वविद्यालय मार्फत स्नातक पनि गरेका थिए भने तात्कालिक समयमा उनले अर्का जापानी लेखक तथा सम्पादक किकुची कनको आफू माथि ध्यानाकर्षण गराएका थिए। काल्पनिक कथाहरू लगायत कावाबाताले पत्रकारको रूपमा पनि काम गरेका थिए। दोस्रो विश्वयुद्धका बेला उनले युद्धमा भाग लिने भनेता पनि उनलाई छनोट गरिएको थिएन्।

साहित्यिक कार्यकाल

उनले पछि साहित्यलाई मुल विषय बनाएर पढ्न शुरू गरेका थिए भने उनी संस्कृति र परम्परातर्फ पनि आकर्षित भएका थिए। जापानी परम्परा र संस्कृतिलाई उनले नजिकबाट नियालेका थिए। कावाबाताको लेखनयात्रा पत्रकारिताबाट शुरू भएको थियो। अौपचारिक अध्ययन सकाएपछि उनले आफूलाई भाषा र साहित्यतिर अझै सक्रिय गराए र विभिन्न लेखकहरू रसँग पनि सम्बन्ध गाँसेका थिए। कावाबाताले स्नातक सकाएपछि उनले साहित्यमा कलम चलाएका थिए भने तात्कालिक समयमा उनले केही छोटा कथा सङ्ग्रहहरू सार्वजनिक गरेका थिए। कावाबाताले सन् १९२७ मा 'द इजु डान्सर' नामक एक उपन्यास लेखेका थिए। चौधवर्ष नर्तकको व्यवहार तथा आकर्षणसँग सम्बन्धित यो कृति युवा पाठकलाई सजिलै तान्यो। उनले नर्तकप्रति गहिरो प्रेम देखाएर कृति रचना गरे। यस उपन्यासमा उनले प्रमुख विषयलाई चित्ताकर्षण रूपमा राखेका थिए। यस उपन्यास मार्फत कावाबाताले आफ्नो निजी अनुभवलाई पनि सार्वजनिक गरेका थिए। यस उपन्यासमा प्रारम्भमा तीव्र अनुराग र अन्त्यमा वियोग प्रस्तुत गरिएको छ। द इजु डान्सर उनको सर्वाधिक मन पराइएको उपन्यास थियो। यस उपन्यास पछि कावाबाताको लेखन क्षमताको निकै प्रशंसा गरियो जसका कारण उनलाई थप आँट आयो।

उक्त उपन्यास पश्चात् उनले लेखनकार्यलाई व्यवसायका रूपमा ग्रहण गर्दै विषयहरूलाई छरितो र चोटिलो बनाउन खोज्ने कावाबाताले सत्यलाई बिम्बपूर्ण ढङ्गले देखाउन सफल भएका थिए। सन् १९३३ मा कावाबाताले टोकियोका युवा वामपन्थी लेखक तकिजी कोबायाशीको गिरफ्तारी, यातना र मृत्युको सार्वजनिक रूपमा खुलेर विरोध गरेका थिए। कावाबाता सन् १९३४ मा आसाकुसाबाट कामकुरा, कानागावा प्रान्तमा बसाई सरेका थिए। यद्यपि उनले युद्धका बेला त्यस सहरमा बसोबास गर्ने अन्य धेरै साहित्यकारहरू र साहित्यिक व्यक्तिहरूको बीचमा धेरै सक्रिय सामाजिक जीवन विताएका थिए। उनका सबैभन्दा प्रसिद्ध उपन्यासहरू मध्ये एक 'स्नो कन्ट्री' थियो। जुन सन् १९३४ मा शुरू भयो र पहिलो किस्ता सन् १९३५ देखि सन् १९३७ सम्ममा किस्ताबन्दी रूपमा गरिएको थियो। स्नो कन्ट्री टोकियोका पुरुष र प्रान्तीय जापानी अतिथिसेविका बीचको प्रेम सम्बन्धको कथा हो जुन कथा उत्तरी जापानको हिमाली क्षेत्रहरूबाट शुरू हुन्छ। कावाबाताले स्नो कन्ट्री नाकम उपन्यास लेखेर सफल लेखकको रूपमा चर्चित हुँदै उत्कृष्ट स्रष्टाको रूपमा पनि गनिएका थिए। कावाबाताले आफ्नो लेखनप्रतिभालाई राष्ट्रिय सीमाभन्दा बाहिर पुर्‍याउन पनि सफल भएका थिए। जसका कारण उनले अन्तर्राष्ट्रिय रूपमा परिचित हुन पुगेका थिए।

द्वितीय विश्वयुद्ध पश्चात् कावाबाताले अन्य थुप्रै कथा सङ्ग्रह तथा उपन्यासहरू पनि सार्वजनिक गरेका थिए। जुन यस प्रकार छन्; थाउजेण्ड क्रेनस (सन् १९५२), द साउण्ड अफ द माउण्टेन (सन् १९५४), द स्लिपिङ ब्युटि (सन् १९६०), द ओल्ड क्यापिटल (सन् १९६२) आदि समावेश छन्। दृतिय विश्वयुद्ध पछिको उनको सर्वाधिक लोकप्रिय कृतिहरू द सेम बेजरू (सन् १९४९ देखि १९५१) र यामा नो अटो (सन् १९४९ देखि १९५४ सम्म) हुन्। सेमबेजरू चिया समारोह र आशाजनक प्रेम सम्बन्धिमा केन्द्रित उपन्यास हो। नायक आफ्नो मृत बुबाको स्वास्नीप्रति आकर्षित हुन्छन् र उनको मृत्यु पछि उनको छोरी प्रति पनि आकर्षित हुन्छ जो नायकबाट टाडा भाग्छिन्। चिया समारोह कुरूप मानवीय मामिलाहरूको लागि एक सुन्दर पृष्ठभूमि प्रदान गर्दछ, तर काबावाताको अभिप्राय भन्दा मृत्यु को बारे मा भावनाहरु अन्वेषण छ। चिया समारोहमा प्रयोग भएका भाँडा स्थायी, मजबुत र टिकाउ हुन्छन् जबकि मानिसहरू कमजोर र क्षणिक हुन्छन्।

कावाबाताले उनका धेरै कथाहरू स्पष्ट रूपमा अधूरो छोडिदिए। कहिलेकाँही पाठक र समीक्षकहरूलाई पढ्न झन्झट हुन्छ। तर कलाको खातिर उनको कलाको सौन्दर्यवादको साथ हात लाग्यो र यसले कुनै पनि भावनात्मकता वा नैतिकतालाई छोडिदियो जुन अन्ततः कुनै पनि पुस्तकलाई दिइनेछ। यो जानाजानी गरिएको थियो, किनकि कावाबाताले महसुस गरे कि बाटोमा भएका घटनाहरूको निष्कर्ष भन्दा धेरै महत्त्वपूर्ण थियो। उनले आफ्नो लेखनको शैलीलाई जापानको परम्परागत कविता हाइकूसँग तुलना गरेका थिए।

नोबेल पुरस्कार

विश्वयुद्ध पछि धेरै वर्ष जापानी पेनका अध्यक्षको रूपमा (सन् १९४८- १९६५) रहेका कावाबाता जापानी साहित्यको अङ्ग्रेजी र अन्य पश्चिमी भाषाहरूमा अनुवाद गर्नु पछाडि प्रेरक शक्ति थियो। उनी सन् १९६० मा फ्रान्सको कला र पत्रको एक अधिकारीको रूपमा नियुक्त भए र अर्को वर्ष जापानको अर्डर अफ संस्कृतिबाट सम्मानित पनि भएका थिए। १६ अक्टोबर १९६८ का दिन कावाबातालाई साहित्यको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो भने उक्त पुरस्कार द्वारा सम्मानित हुने उनी पहिलो जापानी साहित्यकार समेत बन्न सफद भएका थिए। पुरस्कार प्रदान गर्दा नोबेल समितिले उनका तीन उपन्यासहरू 'स्नो कन्ट्री', 'थाउजेण्ड क्रेन्स' र 'ओल्ड क्यापिटल राजधानी'लाई उद्धृत गरेको थियो।

मृत्यु

जीवनको पछिल्लो चरणमा उनले विभिन्न देशहरूको भ्रमण गर्ने अवसर पाएका थिए भने केही देशका प्रख्यात विश्वविद्यालयहरूमा उनले व्याख्यान तथा मन्तव्य पनि दिएका थिए। कावाबाताले जापानी प्रकृति, संस्कृति, मान्यता र सभ्यतालाई श्रोता तथा दर्शकसमक्ष पुर्‍याउन सफल भएका थिए। उनले चिनियाँ साँस्कृतिक आक्रमणबाट भएको क्षतिमा पिडा पनि अनुभव गरेका थिए। मानिसहरूले आफ्नो आवस्यकताका लागि निर्माण गरेका साँस्कृतिक सम्पदा नष्ट गर्न खोज्नेहरूको उनले खुलेर आलोचना गरेका थिए। जीवनको अन्त्यतिर कावाबाताले आफूलाई राजनैतिक क्रियाकलापमा संलगन गराएका थिए। प्रवचन, राजनिती अनि समाजसेवाको कामलाई कावाबाताले गौण रूपमा भए पनि उपयोग गरेका थिए। उनले पूर्णरूपमा शब्दशिल्पाी बने र वाङ्मयहस्ती भए। कावाबाताले सन् १९७२ मा विषालु ग्याँस सुँधेर आत्माहत्या गरेका थिए तर उनकी श्रीमती लगायतका धेरै नजिकका साथीहरूले उनको मृत्युलाई आकस्मिक रूपमा भएको ठान्छन्।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

यासुनारी कावाबाता बाल्यकालयासुनारी कावाबाता साहित्यिक कार्यकालयासुनारी कावाबाता नोबेल पुरस्कारयासुनारी कावाबाता मृत्युयासुनारी कावाबाता सन्दर्भ सामग्रीयासुनारी कावाबाता बाह्य कडीहरूयासुनारी कावाबाताजापान

🔥 Trending searches on Wiki नेपाली:

सप्तरी जिल्लासापेक्षता सिद्धान्तभरतपुर महानगरपालिकाखेलराणा शासननेपालका जातिहरूमागश्वेता खड्कानबिल बैंकराशि-चक्रडिजिटल साक्षरतानेपाल आयल निगम लिमिटेडमस्कोबालश्रमरातो मच्छिन्द्रनाथको रथयात्राभण्डारखाल पर्वथारू जातिनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानेपालको एकीकरणमनकामना मन्दिरदुर्गानन्द झाराउटे जातिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालचामलसात सालको क्रान्तिउत्प्रेषणवासलाततामाङ जातिविश्व बैङ्कसमानुपातिक प्रतिनिधित्व प्रणालीनिक्षेपगुल्मी जिल्लासल्यान जिल्लावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्यवर्ती क्षेत्रशेर्पा जातिवर्गपाटन दरबार क्षेत्रयोगमाया न्यौपानेनेपालमा कृषिमुक्तिनाथनेपालमा महिलाको अवस्थानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीप्रतिनिधि सभा निर्वाचन, २०७४इन्टरनेटजीवनीअन्तर्राष्ट्रिय खगोलीय सङ्घउच्च अदालतछन्दमाझी जातिइलाम जिल्लामिथिलापरिवारपरेवारामनेपालका प्रधानमन्त्रीहरूको सूचीविक्रम सम्वत्नवलपरासी जिल्लातथ्याङ्कबुल्गेरियामहिषपाल वंशकौशिक गोत्रखड्गप्रसाद ओलीसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूकेराबारी गाउँपालिकापारिजात (साहित्यकार)नेपाली चलचित्रसामाजिक विज्ञानदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनरामेछाप जिल्लाअसुरोसङ्खुवासभा जिल्लादैलेख जिल्लाफिफापोलेको घाउधनकुटा जिल्लासिन्दुरे जात्रा (नुवाकोट)लहान नगरपालिका🡆 More