मेइजी पुनर्स्थापना

मेइजी पुनर्स्थापना (जापानी: 明治維新, मेइजी इसिङ) १९औँ शताब्दीमा जापानमा भएको एक घटनाक्रम थियो। यसबाट सन् १८६८ मा सम्राटको शासनको पुनर्स्थापना भएको थियो। यसबाट जापानको राजनीतिक र सामाजिक परिवेशमा धेरै महत्त्वपूर्ण परिवर्तन भएसँगै जापान द्रुत आर्थिक, औद्योगिक र सैन्य विकासतर्फ अघि बढेेेेको थियो। यो क्रान्तिले जापानको एदो युगको अन्त्य गरी मेइजी युगको प्रारम्भ गरेको थियो। यस पुनर्स्थापना अगाडि, जापानका सम्राट नाममा मात्र शासक थिए र वास्तवमा सोगुन (将軍) उपाधिका एक सैनिक तानाशाहको राज थियो।

मेइजी पुनर्स्थापना
मेइजी पुनर्स्थापनाको अन्त्यमा, सोगुनले औपचारिक रूपमा आफ्नो शासन सम्राट मेइजीलाई हस्तान्तरण गरेका थिए।
मेइजी पुनर्स्थापना
इतो हिरोबुमी मेइजी पुनर्स्थापना युद्धका प्रमुख नेता थिए।

घटनाहरू

अमेरिकी दबाब

अमेरिकी सरकारले उन्नाइसौँ शताब्दीको मध्यमा जापानसँग व्यापार गर्ने निर्णय गरेको थियो। सन् १८४३ मा एक जहाज र युद्धको जहाज लिएर अमेरिकी नौसेनाका कप्तान जेम्स बिडल टोकियो बन्दरगाहमा पुगेर जापानसँग व्यापारिक सम्झौताको लागि अनुरोध गरेका थिए। उनलाई अपमानपूर्वक फिर्ता पठाइएको थियो। सन् १८४९ मा कप्तान जेम्स ग्लिन नागासाकी गएर वार्ता गरी अमेरिका फर्के र अमेरिकी सरकारलाई जापानलाई बलपूर्वक व्यापारको लागि सहमत गराउने सल्लाह दिएका थिए। सन् १८५३ मा कप्तान म्याथ्यु पेरीले टोकियो बन्दरगाहमा लंगर लगाए। त्यसबेला तोकुगावा परिवारको वंशले सोगुन (तत्कालीन समयमा जापानको अधिनायक) आसनमा विराजमान थिए। जब सोगुनले पेरीको जहाजलाई फिर्ता जान आदेश दिए तब पेरीले सोगुनलाई तोपको धम्की दिएका थिए। त्यसपछि जापान व्यापार गर्न बाध्य भएको थियो।

सन् १८५३ पछि

यस घटनाबाट जापानमा गहिरो प्रभाव परेको थियो। जापानी समाज र विभिन्न क्षेत्रका शक्तिशाली व्यक्तिहरूले "जापानलाई पश्चिमी खतराबाट जोगाउन जापानलाई बलियो बनाउनुपर्छ र पश्चिमी विज्ञानलाई जापानी समाजको हिस्सा बनाउनुपर्छ" भन्ने विचार महसुस गरेका थिए। सोगुन प्रणालीको विरुद्धमा एउटा लहर उठ्यो र सन् १८६७ नोभेम्बर ९ मा तत्कालीन सोगुन, तोकुगावा योसिनोबुले औपचारिक रूपमा आफ्नो शासन अधिकार सम्राट मेइजी (明治天皇) लाई हस्तान्तरण गरेका थिए। १० दिन पछि उनले राजीनामा दिएपछि सोगुन प्रणाली समाप्त भएको थियो। यसपछि पनि वास्तविक शक्ति सम्राटको हातमा गएको थिएन, तर शक्तिशाली गुटको हातमा गएको थियो जसको लक्ष्य जापानलाई द्रुत रूपमा आधुनिकीकरण गर्ने थियो। यसबाट जापानमा औद्योगिक र सैन्य क्रान्तिको लागि मञ्च तयार भएको थियो।

प्रभाव

मेइजी पुनर्स्थापनाबाट जापानमा औद्योगिकीकरणको गति निकै तीव्र भएको थियो। ‘देशलाई धनी बनाऔँ, सेना बलियो बनाऔँ’ (富国強兵, फुकोकु क्योहेई) भन्ने नारा अन्तर्गत विकासका काम अघि सरेका थिए। धेरै जापानी विद्यार्थीहरूलाई पश्चिमी विश्वविद्यालयमा पठाइएपछि विज्ञान तथा प्राविधिक ज्ञान देशमा भित्रिएको थियो। जापानी समाज चार वर्णमा विभाजित थियो, तर शासकहरूले जातिवाद उन्मूलनमा ठूलो जोड दिएका थिए। क्रमसः सामन्त (क्षेत्रीय तानाशाह)को जमिन जफत गरेर राष्ट्रलाई राजनीतिक रुपमा सङ्गठित गरिएको थियो।

पुरानो व्यवस्थामा समुराई योद्धाहरूलाई सरकारले तलब दिने गर्दथ्यो जुन सरकारी कोषमा ठूलो भार थियो। यसलाई बन्द गरियो। यस घटनापछि थुप्रै समुराईहरूले सरकारी जागीर गर्न थाले भने केहीले विद्रोह गर्दा दङ्गा सुरु भएको थियो जसलाई नवगठित शाही जापानी सेनाले दमन गरेको थियो।

विश्व मञ्चमा जापानको नयाँ स्थान

जापानको व्यापार वाणिाज्यमा उन्नति भएसँगै सेना पनि शक्तिशाली बनेको थियो । सन् १८९४–१८९५ को चीन-जापान युद्धमा जापानले विजय प्राप्त गरेपछि कोरियालाई जापानको नियन्त्रित क्षेत्र बनाइएको थियो। सन् १९०४–१९०५ को रुस-जापानी युद्धमा पनि जापानले विजय हात पारेको थियो। कुनै एसियाली राष्ट्रले युरोपेली राष्ट्रलाई युद्धमा पराजित गरेको यो पहिलोपटक थियो। यसपछि जापान विश्व स्तरमा महाशक्तिको रुपमा चिनिन थालेेेेको थियो। सन् १९०० सम्ममा संसारको दश ठूला औद्योगिक शक्तिहरूमा जापानको पनि गणना हुन थालेेेेको थियो।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

मेइजी पुनर्स्थापना घटनाहरूमेइजी पुनर्स्थापना प्रभावमेइजी पुनर्स्थापना यो पनि हेर्नुहोस्मेइजी पुनर्स्थापना सन्दर्भ सामग्रीहरूमेइजी पुनर्स्थापनाजापानजापानी भाषा

🔥 Trending searches on Wiki नेपाली:

मनकामना मन्दिरगरिबीसन्नी लियोनपरमादेश१ वैशाखउदयपुर जिल्लामुनामदन (चलचित्र)महिला सशक्तिकरणबौद्ध धर्ममा पञ्चशीलकुखौरी मलसाँप्राभरतपुर महानगरपालिकामुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)नेपालमा भएका सडकहरूको सूचीमहागुरु फाल्गुनन्दअङ्ग्रेजी भाषाबालकृष्ण सममदर टेरेसाविराटनगर महानगरपालिकालियोनेल मेसीछुवाछुतरुरुक्षेत्र गाउँपालिकामलावीभारदार परिवारविकिमेनियाएघारौँ राष्ट्रिय जनगणना २०६८विकिमिडिया कमन्ससिद्धबाबा मन्दिरसिन्धुली जिल्लाविक्रम सम्वत्मदनमणि दीक्षितगिरिजाप्रसाद कोइरालाभक्तराज आचार्यढोरबराहि मन्दिरथारू भाषापञ्चैबाजासूचना प्रविधिअक्षरनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)विराट कोहलीरुसदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमहानगरपालिकाप्राथमिक उपचारटङ्कप्रसाद आचार्यउत्प्रेरणाबुढानीलकण्ठ स्कूलनेपाल सरकारलैङ्गिक समानताकोत पर्वकबड्डीभगवानखोटाङ जिल्लाअलङ्कार (साहित्य)कोशी प्रदेशकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)रौतहट जिल्लादाइजो प्रथापहिलो विश्वयुद्धनेपालका हिन्दू मन्दिरहरूको सूचीखस जातिआम सञ्चारनेपाल सशस्त्र प्रहरी बलबालेन शाहघोराही उपमहानगरपालिकाकिराँत जातिपञ्चशीलकर्णाली प्रदेशखड्गप्रसाद ओलीजस्टिन बीबरनेपाली व्याकरणकृष्ण मन्दिरसयौँ थुङ्गा फूलका हामीअंशुवर्माविश्वेश्वरप्रसाद कोइरालागण्डकी प्रदेश सभानेपाल राष्ट्र बैङ्कओशोनेपालका प्रधान सेनापतिहरू🡆 More