महायान वर्तमान कालमा बौद्ध धर्म को दुई प्रमुख शाखाहरू मध्ये एक हो। अर्को शाखाको नाम थेरवाद हो। महायान बुद्ध धर्म नेपालबाट आरम्भ भएर उत्तर तिर धेरै अरू एसियाली देश हरूमा फैलिएर गएको पाईन्छ, जस्तै भारत, चिन, तिब्बत, कोरिया, जापान, ताइवान, भूटान, मंगोलिया र सिंगापुर। महायान सम्प्रदायको अगाडि अरू उपशाखा हरू पनि छन्, मसलन ज़ेन/चान, पवित्र भूमि, तियानताई, निचिरेन, शिन्गोन, तेन्दाई तथा तिब्बती बौद्ध धर्म।
'थेरवाद' शब्द का अर्थ हो 'श्रेष्ठ पुरुषहरूको कुरा'। बौद्ध धर्मको यो शाखामा पाली भाषा मा लेखिएको प्राचीन त्रिपिटक धार्मिक ग्रन्थहरूका पालन गर्नुमा जोर दिने गर्दछन। थेरवाद बौद्ध अनुयायीहरूको अनुसार यसलाई बौद्ध धर्मको मूलरूपमा मानिन्छन। यिनीहरूको लागि गौतम बुद्ध एक महापुरुष जरूर हो तर कुनै देउता होइन। उनीहरू बुद्ध लाई पूजा गर्दैनन् र उनीहरूको धार्मिक समारोहमा पनि बुद्ध-पूजा हुँदैनन्। जहाँ महायान बौद्ध परम्परा हरूमा देवी देउता इत्यादि धेरै दिव्य-जीवको मान्ने गर्दछन तर थेरवाद बौद्ध परम्परामा यस्तो कुनै पुजापाठ हुँदैनन्। थेरवादको मतमा हरेक मनुष्यको स्वयं निर्वाणको मार्ग खोज्नु पर्नेहुन्छा। यस समुदायमा युवा हरूको भिक्षु बनाउनेमा धेरै शुभ मानिन्छन् र युवाहरू केहि दिनको लागि भिक्षु बनाई फेरी गृहस्थमा फर्किंने चलन पनि छन्। थेरवाद शाखा दक्षिणी एशायाली क्षेत्रहरूमा प्रचलित छन्, जस्तै श्रीलङ्का, बर्मा, कम्बोडिया, भियतनाम, थाइल्याण्ड र लाओस। प्राचीन जमानामा 'थेरवाद' को 'हीनयान शाखा' भन्ने गर्दछन, तर आजकल धेरै विद्वानहरू यी दुवै अलगै भएको मानिन्छन्। महायान बौद्ध धर्मको अनुयायीहरूको अनुसार अधिकतर प्राणीको लागि निर्वाण-मार्ग स्वयंले खोज्न मुश्किल या असम्भव हुनाले यस कार्यमा सहायता गर्नु पर्ने हुन्छ। उनीहरू मतअनुसार ब्रह्माण्डको सम्पूर्ण प्राणी एक-आपसमा सम्बन्ध रहेको र सम्पूर्ण प्राणीहरूमा तथागत-गर्भ भएको मानिन्छ। त्यसै कारण सबै लाई प्रेम, करुणा र माया गरी सबैको निर्वाणक लागि बोधिसत्त्वको मार्ग अनुसार छ-प्रज्ञापारमितको अभ्यासमा प्रयत्न गरी समस्त सत्त्व अथवा प्राणीहरूको बुद्धत्व प्राप्त गर्नु यसको परम लक्ष्य मानिन्छ। त्यसैले यस सम्प्रदायको अर्को नाम बोधिसत्त्वयान पनि भन्छन। महायानको ग्रन्थहरूमा बताए अनुसार कुनै पनि प्राणीको लागि दुष्भावना गर्नु हुँदैनन् कि न कि सबै जन्म-मृत्यु के जंजाल मा फसेको छन्। एक हत्यारा वा एक तुच्छ जीव आफ्नो पुनर्जन्ममा स्वयमको पूर्वज पनि हुन सक्छन, यसै कारण उसको पनि सहायता गर्नु पर्छा। प्रेरणा र सहायताको लागि बोधिसत्त्व लाई मनिन्ने गर्दछ जो निर्वाणको प्राप्ति भैसकेको छन्। महायान शाखामा यस्ता हजारौ बोधिसत्त्वको पूजा गर्दछन र बोधिसत्त्वको यस सम्प्रदायमा भगवानको दर्जामा राखिएको पाईन्छ। यी बोधिसत्त्वहरूमा कुनै एकदम प्रसिद्ध छन्, उदाहरणको लागि अवलोकितेश्वर (अर्थ: 'जगतको नाथ अवथा जगतेश्वर'), अमिताभ (अर्थ: 'अनंत प्रकाश', 'अमित आभा'), मैत्रेय, मंजुश्री और क्षितिगर्भ। थेरवाद र महायानको फरक तिब्बती भाषामा उल्लिखित महायानको सुत्र र तन्त्र हरूमा दृष्टि, समाधि, आचरण तथा फल गरी चार प्रकारको फरक विषयबाट विस्तृत रूपले राखिएको पनि प्रशस्त भेटिन्छन।
महायान सम्प्रदायमा सूत्र र तंत्रको माध्यमले बोधिसत्त्व सुत्रयान एवं बोधिसत्त्व तन्त्रयान गरी दुई भागमा विभाजन गरिएको तिब्बती भाषामा लिखित महायान बौद्ध ग्रन्थ गुणकोषमा विस्तृतरूपले व्याख्यान गरिएको छन्।
चिन (78%)
जापान (95%)
भियतनाम (80%)
दक्षिण कोरिया (50%)
उत्तर कोरिया (70%)
सिंगापुर (30%)
This article uses material from the Wikipedia नेपाली article महायान, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.