महानन्द सापकोटा

महानन्द सापकोटा (वि.सं.

१९५३ - वि.सं. २०३५ ) नेपाली भाषा, साहित्य, संस्कृति, शिक्षा र जनजागरणका अग्रणी व्यक्तित्व हुन्।

महानन्द सापकोटा
जन्म(वि.सं. १९५३ - वि.सं. २०३५ )
इलाम जिल्ला
पेशाकवि
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार,इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, दुलीचन्द स्वर्ण पदक

जीवनी

महानन्दको जन्म पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते पिता रामचन्द्र र माता सरस्वतीका सन्तानका रूपमा भएको थियो। उनको न्वारानको नाम यज्ञनिधि हो।

साधारण निम्नवर्गीय कृषक परिवारमा जन्मेका महानन्दको बाल्यकाल गोठालाका रूपमै बित्यो। नौ वर्षमा पितृ-वियोग सहनुपरेका महानन्दले ५३ अक्षर भएको त्यसताकाको नेपाली वर्णमाला गाउँघरमै अध्ययन गरे। महानन्द आमासँगै भारतको आसाम राज्यको जोरहाट जिल्लामा पर्ने गोरुमारामा बस्न पुगे। पशुपालनमा दिन बित्न थाल्यो। त्यही क्रममा एक अङ्ग्रेज शिक्षकसँग सम्पर्क भई परिवारसहित महानन्द तेजपुर पुगे।

तेजपुरपछि दार्जिलिङको सरकारी विद्यालयमा १६ वर्षमा महानन्द अङ्ग्रेजी अक्षर सिक्न थालेका थिए। भारतमा रहँदा महात्मा गान्धीको असहयोग आन्दोलनमा पनि भाग लिए। देहरादुनबाट प्रकाशित 'गोर्खा संसार' नेपाली पत्रिकामा पनि उनले सम्पादनकर्मीका रूपमा र केही समय एउटा जहाज कम्पनीमा काम गरे। देश फर्केर इलाम जिल्लाको करफोकमा बसी वि.सं. २००७ सालको आन्दोलनमा सक्रिय रहे। म्याट्रिकुलेशनसम्म गरेका सापकोटाले शिक्षाको क्षेत्रमा राम्रै योगदान दिएका थिए।

योगदान

वर्तमान नेपालमा

कृतिहरू

काव्य र भाषा-व्याकरणमा उच्च मानिएका सापकोटाका कृतिहरूः
१. मनलहरी (झ्यारे गीत, वि.सं. १९८०)
२. आहुति (वि.सं. २००६ साल)
३. अपुंगो (दार्शनिक कृति, वि.सं. २००७ साल)
४. विशाल नेपाल (कविता, वि.सं. २००८ साल)
५. अन्न, आशा, आँसु (झ्याउरे र वाणिर्क कविता, वि.सं. २००८ साल)
६. हाम्रो नेपाल (गीति-कविता, वि.सं. २००८ साल)
७. आँटे (कविता, वि.सं. २००८ साल)
८. सुखको बाटो र नेपाल कस्तो हुनुपर्छ (लेख, वि.सं. २००८)
९. हाम्रो साहित्य भाग १-५ (सम्पादन, वि.सं. २०१५ साल)
१०. सरिशब्द (कोश, वि.सं. २०२१)
११. ध्वनीको धन्दा (भाषा, वि.सं. २०२०)
१२. चानचुन, नेपाली धातु परिचय, जनजिब्रो (भाषा, वि.सं. २०२१)
१३. खस र खस भाषा (भाषा, वि.सं. २०२०)
१४. नेपाली निर्वचनको रूपरेखा (भाषा, वि.सं. २०२७)
१५. सापकोटा निबन्धावली (निबन्ध, वि.सं. २०२९)
१६. नेपाली शब्द-परिचय (कोश, वि.सं. २०३४)
सापकोटाका अप्रकाशित कृतिहरू - नेपाली भाषा, स्त्री शिक्षा परिषद्, क्रियान्वयी व्यञ्जना, बालोपयोगी र शब्दकोष हुन्।

पुरस्कार

उनले नेपाली निर्वाचन नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा मदन पुरस्कार २०२७ प्राप्त गरेका हुन्। उनले वि.सं. २०३१मा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, दुलीचन्द स्वर्ण पदक (भारत), गो.द.बा. पाए भने उनलाई वि.सं. २०३१मा विराटनगर नगर पंचायतद्वारा अभिनन्दन गरिएको थियो।

निधन

यिनीले आफ्नो जीवनको अन्तिम समयमा धनकुटाको मुगा गाउँमा बसे। पछि मोरङ जिल्लाको विराटनगरमा स्थायी बसोवास गर्न आइपुगेका सापकोटा २०३५ साल असार १ गते बिते।

बाहिरी लिङ्कहरू

Tags:

महानन्द सापकोटा जीवनीमहानन्द सापकोटा वर्तमान नेपालमामहानन्द सापकोटा कृतिहरूमहानन्द सापकोटा पुरस्कारमहानन्द सापकोटा निधनमहानन्द सापकोटा बाहिरी लिङ्कहरूमहानन्द सापकोटा

🔥 Trending searches on Wiki नेपाली:

नेपालका नगरपालिकाहरूपत्रकारनेपाली परम्परागत नापका इकाईसांस्कृतिक लैङ्गिक पहिचानराई जातिगुगलरस (काव्य शास्त्र)मकैको खेतीसरसफाइतोसिमा कार्कीसिस्नोझापा जिल्लागाउँ खाने कथाकानूनअनुष्टुप छन्दसुदूरपश्चिम प्रदेशभिरिङ्गीसमाजनारायणहिटी दरबार सङ्ग्रहालयगाउँ सभाढुङ्गे युगनेपाल लेखामान बोर्डनिर्वाचन प्रणालीजलवायु परिवर्तनसमासरानी पोखरीसुर्खेत जिल्लावीरेन्द्र सैनिक अस्पतालनेपालको महालेखा परीक्षकनेपालमा खेलकुदगाउँ कार्यपालिकाखेलओखलढुङ्गा जिल्लासाम्यवादविवाह संस्कारचीनआन्तरिक राजस्व विभाग (नेपाल)माओवादी जनयुद्धसम्पत्तिभाषाउखान-टुक्कातापन, वायुसञ्चार तथा वातानुकूलननेपाल विद्युत् प्राधिकरणनेपालको उपप्रधानमन्त्रीपानीनेपालको संस्कृतिप्रतापसिंह शाहझलकमान गन्धर्वभक्ति थापासंयुक्त राष्ट्रसङ्घको वडापत्रखस बाहुनताप्लेजुङ जिल्लाकोशी प्रदेशदराजनियमावलीकार्बोहाइड्रेटसञ्चारअन्तिम संस्कारगीर्वाणयुद्ध विक्रम शाहइलाम जिल्लाअनुसन्धान प्रस्तावथारू जातिगौतम बुद्धसप्तकोशी नदीनेपालको सङ्घीय संसदरामवरण यादवसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूएड्सचाडपर्वबाथवामपन्थी राजनीतिसूचनाभूपि शेरचनपूर्वीय चिन्तन परम्पराउपमहानगरपालिका🡆 More