बारा जिल्ला

बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गढीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ।

बारा जिल्ला

जिल्लाको नामाकरण

यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ।

ऐतिहसिक पृष्ठभुमि

नेपालको इतिहासमा घटेका खासगरी दुई महत्त्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।

  1. (१) मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
  2. (२) राणाशासनका सुत्रधार जंगबहादुर राणा बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा उनको मृत्यु भएको थियो। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको सुवर्ण शमसेर जबराको दरबार,कलैया स्थित दिप बिक्रम शाहको दरबार,भिस्वाको दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।
  3. राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी बसालेको अमलेखगंज यहीँ जिल्लामा रहेको छ।

भौगोलिक अवस्थिति

  • अक्षांश: २६.५१" देखि २७.२" उत्तरसम्म
  • देशान्तर: ८४.५१" देखि ८५.१६" पूर्वसम्म
  • सिमाना: पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा, उत्तर मकवानपुर जिल्ला, दक्षिण: भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला
  • सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ९१५ मिटर
  • सबभन्दा होचोस्थान : समुद्र सतहबाट १५२ मिटर
  • क्षेत्रफल: १,१९० वर्ग किलोमिटर (१२९५६३ हेक्टर)
  • हावापानी: उष्ण

भौगोलिक बनौट

भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ। ती हुन:-

शिवालिक क्षेत्र चुरे पहाड

समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका अमलेखगंज, रतनपुरी, निजगढभरतगंज सिङगोल गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ।

तराई क्षेत्र

समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमीन ओगटेको छ। जसमध्ये ६१.११% जमीन खेतीयोग्य छ। २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन।

प्रमुख नदी खोला तथा तालहरू

  • प्रमुख नदीहरू: अणुवा(अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही।
  • साना खोलाहरू:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला।
  • प्रमुख तालहरू:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी,कवहीपोखरी, सन्तगजपोखरी देवापुर पोखरी।

मुख्य बजारहरू

सिमरौनगढ,कचोर्वा, पिप्राढी, वरियारपुर, कलैया, बेलहिया, प्रस्टोका, गंजभवानीपुर, फेटा, प्रसौनी, परवानीपुर, चैनपुर,जीतपुर, सिमरा, डुमरवाना, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी आदि।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Symbiosis 10+2 Campus

Tags:

बारा जिल्ला जिल्लाको नामाकरणबारा जिल्ला ऐतिहसिक पृष्ठभुमिबारा जिल्ला भौगोलिक अवस्थितिबारा जिल्ला भौगोलिक बनौटबारा जिल्ला प्रमुख नदी खोला तथा तालहरूबारा जिल्ला मुख्य बजारहरूबारा जिल्ला सन्दर्भ सामग्रीहरूबारा जिल्ला यो पनि हेर्नुहोसबारा जिल्ला सन्दर्भ सामग्रीहरूबारा जिल्ला बाह्य कडीहरूबारा जिल्लाकलैया उपमहानगरपालिकागढीमाईनारायणी अञ्चलनेपालपर्सा जिल्लाबिहारभारतमकवानपुर जिल्लामध्यमाञ्चल विकास क्षेत्ररौतहट जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

तामाङ जातिजनावरभारोपेली भाषा परिवारझलकमान गन्धर्वबुढानीलकण्ठ स्कूलगौरी (शोककाव्य)महिला सशक्तिकरणनेपालका तालहरूको सूचीसिन्धु घाटीको सभ्यताबेलका नगरपालिकालिच्छवि राज्ययोगमाया न्यौपानेकिशोरावस्थारुरुक्षेत्र गाउँपालिकावी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसन ह्युङ-मिनभूमध्यरेखावासलातसौर्यमण्डलयुरोपेली सङ्घसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूवडा कार्यालय (नेपाल)खड्गप्रसाद ओलीहिन्दु पञ्चाङ्गनागरिकरौतहट जिल्लाहावापानीकिराँत कालशाह वंशचितवन जिल्लाबाजुरा जिल्लामन्त्रराणा शासनगरिबीनेपालका हिमालहरूको सूचीअध्यक्षनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपाल सम्वत्नेपाली परम्परागत नापका इकाईसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)बजाररुपन्देही जिल्लामधेश प्रदेशमृगौलानबिल बैंकउत्तर आयरल्यान्डचाँगुनारायण मन्दिरकृष्णअनुराधा कोइरालानेपाल सशस्त्र प्रहरी बलबजारशास्त्रनेपालको एकीकरणगोकर्णेश्वर नगरपालिकास्टकहोमखस राज्यनेपालका राष्ट्रिय विभूतिहरूरेडियो नेपालवर्णभानुभक्त आचार्यरामरमेश खरेलमलावी१८औँ सार्क शिखर सम्मेलननेवारी भाषारवि लामिछानेनिर्वाचन प्रणालीनेपाल प्रहरीरेबिजनवलपरासी जिल्लाभोजपुर जिल्ला, नेपालबुद्ध धर्मशान्तिनगर गाउँपालिकाउत्प्रेरणासन्दीप लामिछानेबोगटान राज्य🡆 More