थाक्रे

थाक्रे नेपालको बागमती प्रदेश, धादिङ जिल्लामा अवस्थित गाँउपालिका हो।

थाक्रे
गाउँपालिका
देशथाक्रे नेपाल
प्रदेशबागमती
जिल्लाधादिङ
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
थाक्रे
थाक्रे गाउँपालिका

यो पनि हेर्नुहोस


थाक्रे 
Photo of Dhading District

थाक्रे गाउँपालिका धादिङ जिल्ला कै सबैभन्दा ठूलो गाउँपालिका हो । जनसङ्ख्या र भूगोल दुबै आधारमा जिल्लाकै ठूलो यो गाउँपालिका काठमाडौंबाट ३० किलोमिटर दूरीमा छ । प्रदेश नम्बर ३ अन्तर्गत बाग्मती अञ्चलमा पर्ने थाक्रे गाउँपालिकामा ११ वटा वडा छन् । देशकै पहिलो राजमार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग दुबै यो गाउँपालिका हुँदै अघि बढेको छ । यो गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, नेवार, दलित, मगर लगायत जातजातीको बसोबास छ । अधिकांश थाक्रेबासी कृषिमा निर्भर छन् । विशेषत तरकारी खेति नै थाक्रेका जनताको मुख्य आयश्रोत हो । अन्न बाली र फलफूल यहाँका जनताको बैकल्पिक आय श्रोत गर्ने माध्यम बनेको छ । पर्यटकीय हिसावले निकै सम्भावना बोकेको थाक्रेमा पर्यटन विकासका गतिविधि भने न्यून छ । २०७४ बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट यो गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य अध्यक्ष र अम्बिका रुपाखेती उपाध्यक्षमा निर्वाचित भएका हुन । थाक्रे गाँउपालिकामा साविकका भूमेस्थान, तसर्पु, केवलपुर र गोगनपानी गाविसका वडाहरु गाभिएका हुन । ९६.४१ वर्ग किमी क्षेत्रफल रहेको यो गाउँपालिकाको पूर्वी सिमानामा धुनीबेंशी नगरपालिका, पश्चिममा गल्छी गाउँपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेका छन । स्थानीय निर्वाचनका बेला सङ्कलन गरिएको तथ्यांक अनुसार थाक्रे गाँउपालिकाको जनसङ्ख्या ३२,९१४ छ । सरकारले आर्थिक वर्ष २०७४⁄७५ को स्थानीय तहका लागि बिनिमयोजन गरेको बजेटमा थाक्रेलाई ३१ करोड २२ लाख ३५ हजार रुपैंया छुट्याईएको छ । यो बजेट धुनिबेशी नगरपालिकाका लागि छुट्याईएको रकम (२६ करोड ९७ लाख ७६ हजार) भन्दा बढी हो ।

स्थानीय निर्वाचनका लागि थाक्रेमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त गठबन्धनमा उम्मेदवारी दिएका थिए । गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले निर्वाचन जितेको थियो भने वडामा पनि नेकपा एमालेकै बर्चश्व रह्यो । ११ मध्ये ८ वटा वडामा एमाले २ वडामा माओवादी केन्द्र र १ वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भए । वडा नम्बर ५बाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा सदस्यमा विजयी भएकी थिईन । जिल्लामा एक मात्रै वादी समुदायबाट निर्वाचित लक्ष्मी वादी पनि यही गाउँपालिकाको प्रतिनिधित्व गर्छिन ।

सन्दर्भ सामग्रीहरू




सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

थाक्रे यो पनि हेर्नुहोसथाक्रे सन्दर्भ सामग्रीहरूथाक्रे सन्दर्भ सामग्रीथाक्रे बाह्य सूत्रथाक्रेधादिङ जिल्लानेपालबागमती अञ्चल

🔥 Trending searches on Wiki नेपाली:

ऋग्वेदपोखरा महानगरपालिकाफेसबुकविराट कोहलीसार्की जातिगोरखालीखाद्य सुरक्षाफिफाचामलअल्पविकसित देशजनता समाजवादी पार्टी, नेपालपुस्तकमारुनी नाचमौरिससगरिबीहिमालसंयुक्त राज्य अमेरिकाविक्रम सम्वत्मुनामदनसहरीकरणसंस्कारजाजरकोट जिल्लानीति शाहनेपालको संस्कृतिजयपृथ्वीबहादुर सिंहनेपाली रुपैयाँमहाभारत पर्वत शृङ्खलाअर्थशास्त्रबर्बरसार्वजनिक सेवा प्रवाहसहरलोककथानेपालीमल्ल वंशमाझी जातिकिराँत जातिसुनवल नगरपालिकानेपालका तालहरूको सूचीपहिलो विश्वयुद्धफ्रान्सेली राज्यक्रान्तिमेटाइलाम नगरपालिकालहान नगरपालिकाआर्थिक विकासपारिजात (साहित्यकार)त्रिभुवन विश्वविद्यालयसुनिल नारायणपत्रकारिताराष्ट्रिय सभा (नेपाल)अनुराधा कोइरालाकटुसह्रस्व दीर्घ नियमगर्भपतननेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकोशी प्रदेशको मुख्यमन्त्रीदासप्रथाराष्ट्रिय प्रजातन्त्र पार्टीयुगकाभ्रेपलान्चोक जिल्लासंविधान सभा निर्वाचन, २०६४पोखरेलसंयुक्त राष्ट्रसङ्घका महासचिवबैजनीकेन्द्रीय बैङ्कनेपालको पहिलो संविधान सभानेपाल बैंकमाछापञ्चायती व्यवस्थाकटारी नगरपालिकानेपालका राजाहरूको सूचीबूढानीलकण्ठ मन्दिरनेपाल ए क्रिकेट टिमवाच्य (व्याकरण)गिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालास्याङ्जा जिल्लानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु🡆 More