टन्सिलाइटिस

टन्सिलाइटिस वा टन्सिल सुन्निने समस्या घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, रातो तथा तातो हुने (इन्फ्लामेसन) समस्या हो। यो अत्यन्तै तिब्र गतिमा देखापर्छ। यो एक प्रकारको गला सुन्निने समस्या (फ्यारिन्जाइटिस) हो। यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्। टन्सिलाइटिस बढ्दै गएमा टन्सिलबाट पिप निस्कने समस्या (पेरिटन्सिलार एब्सिस) हुने गर्दछ।

टन्सिलाइटिस
टन्सिलाइटिस
उच्चारण
विशिष्टतासङ्क्रामक रोगहरू
लक्षणहरूघाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने
जटिलताPeritonsillar abscess
अवधि~ 1 week
कारकभाइरसको सङ्क्रमण, ब्याक्टेरियाको सङ्क्रमण
पहिचानBased on symptoms, throat swab, rapid strep test
औषधिपारासिटामोल (एसिटामिनोफिन), आइबुप्रोफिन, पेनिसिलिन
बारम्बारता7.5% (in any given 3 months)

टन्सिलाइटिस साधारणतया भाइरसको सङ्क्रमणका कारणले हुने गर्दछ। तथ्याङ्क अनुसार टन्सिलाइटिसका कुल बिरामी मध्ये ५ देखि ४० प्रतिशतमा मात्र ब्याक्टेरियाको सङ्क्रमण भएको पाइन्छ। यदि 'समूह ए'को स्ट्रेप्टोकक्कस ब्याक्टेरियाका कारणले टन्सिलाइटिस भएको हो भने यस्तो अवस्थालाई स्ट्रेप थ्रोअट भनिन्छ। निकै कम अवस्थामा निसेरिया गनोरी (गनोरियाको ब्याक्टेरिया), कोरिनेब्याक्टेरियम डिफ्थेरी, वा हिमोफिलस इन्फ्लुएन्जीका कारणले पनि टन्सिल सुन्निने गरेको पाइन्छ। यो रोग प्रायजसो हावाका माध्यमबाट एक मानिसदेखि अर्को मानिसमा सर्ने गरेको पाइन्छ। सेन्टोर स्कोर नामको अङ्क दिने प्रणालीको प्रयोग गरेर यो रोगको सम्भावित कारण पत्ता लगाउन सकिन्छ। यसबाट निस्कने नतिजालाई सुनिश्चित गर्न थ्रोअट स्वाब वा र्यापिड स्ट्रेप परीक्षण गर्न सकिन्छ।

टन्सिलाइटिसको उपचार गर्दा यसका लक्षणहरूलाई नियन्त्रण गर्ने र जटिलता घटाउने प्रयास गरिन्छ। यसका कारणले हुने पीडा कम गर्न पारासिटामोल (एसिटामिनोफेन) तथा आइबुप्रोफेन जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ। स्ट्रेप थ्रोअट भएको छ भने पेनिसिलिन नामको एन्टिबायोटिक मुखबाट दिन सिफारिस गरिएको छ। पेनिसिलिनको एलर्जी भएका मानिसहरूलाई सेफालोस्पोरिन वा म्याक्रोलाइड दिन सकिन्छ। लगातार रूपमा टन्सिलाइटिस हुने बालबालिकाहरूमा टन्सिलको सल्यक्रिया गरेर भविस्यमा हुने यसको जोखिमलाई केही मात्रामा घटाउन सकिन्छ।

विश्वभरका मानिसहरूमध्ये करीब ७.५ प्रतिशत मानिसहरूलाइ तीन महिनाको अवधि भित्र घाँटी दुख्ने समस्या हुने गरेको पाइन्छ। त्यस्तै प्रत्येक वर्ष करीब २ प्रतिशत मानिसहरू टन्सिलाटिसका कारण अस्पताल पुग्ने गरेको पाइन्छ। यो रोग विद्यालय जाने उमेरका बालबालिकाहरूमा साधारणतया रूखहरूको पात झर्ने समय तथा हिउँदका महिनाहरूमा बढी मात्रामा देखा पर्ने गर्दछ। धेरै मानिसहरूले औषधि प्रयोग नगरी पनि यो रोगबाट छुटकारा पाउने गरेका छन्। करीब ४०% मानिसहरूमा टन्सिलाइटिसको लक्षण तीन दिनमा हराएर जान्छ र स्ट्रेप्टोकक्कस ब्याक्टेरियाका कारणले यो रोग लागेको भए पनि ८०% मानिसहरूमा यसका लक्षणहरू हराउने गरेको पाइन्छ। एन्टिबायोटिक औषधिको प्रयोग गरेर लक्षणको अवधिलाई १६ घण्टा कम गर्न सकिन्छ।

लक्षण तथा चिह्नहरू

टन्सिलाइटिसका मुख्य लक्षणहरू यस प्रकार छन्:

  • घाँटी दुख्ने
  • राता र सुन्निएका टन्सिलहरू
  • निल्ने बेलामा पीडा महशुस हुने
  • शरीरको तापक्रम बढ्ने (ज्वरो)
  • टाउको दुख्ने
  • थकान महशुस हुने
  • जाडो अनुभव हुने
  • बिसञ्चो महशुस हुने
  • टन्सिल ग्रन्थीहरूमा पिप भरिएका से tf फोका देखा पर्ने
  • घाँटी वरपरका लिम्फ नोडहरू (ग्रन्थीहरू) सुन्निने
  • कान तथा गर्धनमा पीडा महशुस हुने
  • शरीरको तौल घट्ने
  • खाना वा पानी निल्न गाह्रो हुने
  • सुत्न गाह्रो हुने

त्यस्तै केही मानिसहरूमा निम्न लक्षणहरू पनि देखिने गरेको पाइन्छ:

  • वाकवाकी लाग्ने
  • थकान
  • पेट दुख्ने
  • बान्ता हुने
  • जिभ्रोमा रौं पलाए जस्तो हुने
  • सास गन्हाउने
  • आवाज परिवर्तन हुने
  • मुख खोल्न अप्ठेरो हुने
  • खाना खान मन नलाग्ने
  • तर्सिने/खाना अड्किने डर हुने

अचानक देखा पर्ने अक्युट टन्सिलाइटिस भएको बेलामा टन्सिल रातो हुन्छ र त्यसमा स्पष्ट देखिने पिपका सेता गिर्खाहरू वा धर्साहरू देखा पर्छन्। टन्सिलाइटिस पटकपटक दोहोरिएर आउने मध्ये करीब १० प्रतिशत मानिसहरूमा टन्सिलमा कडा गिर्खा देखिने समस्या (टन्सिलोलिथ्स) हुने गरेको पाइन्छ।

रोग लाग्ने कारणहरू

टन्सिलाइटिस 
टन्सिलाइटिस ब्याक्टेरिया तथा भाइरसहरूका कारणले लाग्ने गर्दछ

यो रोग मुख्यतया भाइरसहरूका कारणले लाग्ने गर्दछ। विशेष गरी एडेनोभाइरस, राइनोभाइरस, इन्फ्लुएन्जा, कोरोनाभाइरस र रेस्पिरेटरी सिन्साइटलभाइरसका कारणले टन्सिलाइटिस हुन्छ भने कहिलेकाहीँ इप्स्टेन-बरभाइरस, हर्पेस सिम्प्लेक्सभाइरस, साइटोमेगालोभाइरस वा एचआइभीका कारणले पनि यो समस्या देखिने गरेको पाइन्छ। त्यस्तै करीब १ देखि १०% टन्सिलाइटिस इप्स्टेन-बरभाइरस कारणले लाग्ने गर्दछ। टन्सिलाइटिसको दोस्रो मुख्य कारण ब्याक्टेरियाको सङ्क्रमण पनि हो। ब्याक्टेरियाको सङ्क्रमणबाट हुने टन्सिलाइटिस प्राय भाइरल टन्सिलाइटिस लागेका मानिसमा देखिने गरेको पाइन्छ। खास गरी स्ट्रेप थ्रोअट लगाउने ब्याक्टेरिया ग्रुप ए बिटा-हेमोलाइटिक स्ट्रेप्टोकक्कस (जिएबिएचएस)का कारणले टन्सिलाइटिस हुने गर्दछ। कहिलेकाहीँ स्टाफाइलोकक्कस अरिअस(मेथिसिलिनको प्रतिरोध क्षमता भएको प्रजाति वा एमआरएसएसमेत), स्ट्रेप्टोकक्कस निमोनाई, माइकोप्लाज्मा निमोनाइ, बर्डेटेला पर्ट्युसिस, फ्युजोब्याक्टेरियमका केही प्रजातिहरू, कोरिनेब्याक्टेरियम डिफ्थेरी, ट्रेपोनेमा प्यालिडम तथा निसेरिया गनोरी जस्ता ब्याक्टेरियाहरूका कारणले पनि टन्सिलाइटिस हुने गरेको पाइन्छ।

टन्सिलाइटिस रोग लागेको बेलामा अकस्मात सुन्निने प्रक्रियामा एनारोबिक ब्याक्टेरिया सम्लग्न रहने गरेको तथ्यलाई चिकित्सा विज्ञानका विभिन्न अध्ययनहरूले पुष्टी गरेको पाइन्छ।

सामान्य परिस्थितिमा जब ब्याक्टेरिया तथा भाइरसहरू नाक तथा मुख हुँदै हाम्रो शरीरमा प्रवेस गर्छन्, तिनीहरूलाई टन्सिलले रोकेर राख्छ। टन्सिलमा हुने प्रतिरोध प्रणाली अन्तर्गतका सेता रक्तकोषिकाहरूले फस्फोलाइपेज ए टू नामको साइटोकाइन निकालेर ब्याक्टेरिया र भाइरसहरूलाई मार्छ। जसका कारणले टन्सिल सुन्निएर तातो तथा रातो हुन्छ र ज्वरो पनि आउन सक्छ। यो रोग लागेको बेलामा टन्सिलमा मात्र नभएर घाँटी तथा आसपासका भागहरूमा पनि सङ्क्रमण हुने गरेको पाइन्छ। कहिलेकाहीँ स्पाइरोचिता तथा ट्रेपोनेमा प्रजातिका ब्याक्टेरियाका कारण पनि टन्सिलाइटिस हुने गरेको पाइन्छ। यस्तो अवस्थालाई भिन्सेन्टस एन्जाइना वा प्लाउट-भिन्सेन्टस एन्जाइना भन्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

दक्षिण एसियाआमामानव संसाधन व्यवस्थापननेपालको सैन्य दर्जाअक्षांशभोजपुरी भाषापञ्चकर्मनेपाली रुपैयाँधीरेन्द्र प्रेमर्षिझमक घिमिरेरेखा शर्माअङ्कोरवाटनेपाली साहित्यलुम्बिनी प्रदेशवास्तुशास्त्ररोमानियापूर्वी रुकुम जिल्लाआँखाचीनएडल्फ हिटलरकृष्णबुढासुब्बा मन्दिरनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूराजमानेपाली चलचित्रचाँगुनारायण मन्दिरइलाम जिल्लापाल्पा जिल्लामनोविज्ञानमानव विकास चरणजनमत सङ्ग्रहगणेशअन्तर्राष्ट्रिय नारी दिवससुधासागरसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपालका विकास क्षेत्रहरूप्रियङ्का चोपडास्वास्थ्यन्यायनेपालको अर्थतन्त्रलामामुस्ताङ जिल्लापूर्णबहादुर खड्काहृदयचन्द्रसिंह प्रधानसगरमाथाअधिकारहात्तीनेपालका प्रधानमन्त्रीहरूको सूचीमुलुकी ऐनशाह वंशसंयुक्त राष्ट्र सुरक्षा परिषद्अलौ पर्वएसआइ एकाइउपयोगितानेपालका हिमालहरूको सूचीनेपाली राष्ट्रिय क्रिकेट टोलीमहेन्द्र वीर विक्रम शाहनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)भानुभक्त आचार्यकोशी प्रदेश सभाप्राङ्गारिक मलनेपाल-भारत सम्बन्धयोगमाया न्यौपानेएथेन्सनागरिकतायुरी गागरिनबलभद्र कुँवरबिन्दु रावलजर्मनीचिलिमे जलविद्युतगाउँ सभारेडियोनेपाली कांग्रेससुशील कोइराला🡆 More