क्यान्डी (सिंहली: මහ නුවරcode: si is deprecated ) श्रीलङ्काको मध्य भागमा अवस्थित एक सहर हो। यो सहर कोलम्बोबाट १ सय १५ किलोमिटर टाढा तथा समुद्री सतहदेखि ४ सय ६५ मिटर उचाइमा छ। यो श्रीलङ्काको पुरानो केन्द्रीय राजधानी हो। यसको वास्तविक नाम महा नुवारा अर्थात् महाननगर हो। चौधौँ शताब्दीमा स्थापना भएको यो सहरका पुराना महलहरूमा औपनिवेशिक झलक देख्न पाइन्छ। यो सहरको डाल्दा मालिगावा (टेम्पल अफ टुथ) विश्व सम्पदा क्षेत्रमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको विश्वास गरिन्छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको अवलोकनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ। यो सहरमा हेर्नलायक थुप्रै स्थलहरू छन्। यात्राको सुरुवात टेम्पल अफ टुथबाट सुरु गर्न सकिन्छ जुन विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। यहाँ गौतम बुद्धको एउटा दाँत राखिएको छ। प्रत्येक वर्ष जुलाई-अगस्टमा यहाँ आयोजना हुने क्यान्डी पेराहेरा कार्यक्रममा उक्त दाँत मानिसहरूको दर्शनका लागि निकालिन्छ। कार्यक्रमका क्रममा बजाइने बाजा, नृत्य एवं हात्तीहरूको लस्कर विश्वभर परिचित छ। मन्दिरसँगै रहेको महलको एक भागमा पुरातन सङ्ग्रहालय बनाइएको छ। टेम्पल टुथको नजीकै क्यान्डी ताल छ। क्यान्डीलाई राम्रोसँग हेर्न भ्यु टावर जानुपर्छ। यहाँ प्राकृतिक सुन्दरताका साथै मनैदेखि शान्ति महसुस हुन्छ। क्यान्डीमा बेलुकीको समयमा सञ्चालन हुने कल्चरल शो हेर्न छुटाउनु हुँदैन जसको सुरुवात पाँच वटा फरक-फरक बाजाबाट सुरु हुन्छ। गुरूलाई समर्पण गरिएको कोब्रा डान्ससँगै अन्त्य हुने यो कार्यक्रममा रोमाञ्चकारी आगोको खेल पनि देखाइन्छ। यसमा कलाकारहरूले कोइलामा हिँड्ने र बलिरहेको अगुल्टो शरीरमा लगाउने खेल पनि देखाउँछन्। पत्थरप्रेमी माइनिङ वर्कसप हेर्न बिर्सनु हुँदैन। दम्बुलाको गुफा मन्दिर पनि दर्शनयोग्य छ जुन पौराणिक अजन्ता अलोराको समयको मानिन्छ। यो गुफालाई भगवान् बुद्धको जीवन्त मूर्तिद्वारा सजीव बनाइएको छ। क्यान्डीबाट कोलम्बो जाने बाटोबाट बाहिर निस्कनासाथ पिरदेनिया बोटानिकल बगैँचा छ। १ सय ४७ हेक्टरमा फैलिएको यो बगैँचामा ४ हजारभन्दा बढी प्रजातिका रुख-बिरुवा छन। त्यहाँको बम्बु सङ्ग्रहालय वर्णनयोग्य छ। एलिफेन्ट आर्फनेजमा हात्तीले बोतलबाट दूध पिएको, खाना खाएको र पानीमा पौडिएको दृश्य हेर्न सकिन्छ। क्रिकेट स्टेडियम पनि पर्यटकका लागि लोकपि्रय छ।
क्यान्डी මහ නුවර கண்டி | |
---|---|
सहर | |
देश | श्रीलङ्का |
प्रदेश | मध्य प्रदेश |
जिल्ला | क्यान्डी |
क्यान्डी नगरपालिका निगम | १८६५ |
सरकार | |
• प्रकार | नगरपालिका निगम |
• अङ्ग | क्यान्डी नगरपालिका निगम |
• मेयर | महिन रवाट्टी |
क्षेत्रफल | |
• जम्मा | १,९४० किमी२ (७५० वर्ग माइल) |
• जमीन | १,९१७ किमी२ (७४० वर्ग माइल) |
• पानी | २३ किमी२ (९ वर्ग माइल) |
उन्नतांश | ५०० मिटर (१६०० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ११०,०४९ |
• घनत्व | ५७/किमी२ (१५०/वर्ग माइल) |
वासिन्दा | Kandyan |
समय क्षेत्र | युटिसी+०५:३० (श्रीलङ्का समय) |
वेबसाइट | www |
ऐतिहासिक रेकर्डहरू तथा पुराना विवरणहरूका अनुसार यस क्यान्दी सहरमा पहिले सन् १३५७ देखि १३७४ सम्म भीकरमबहु तृतीयले राज्य गर्दथे। त्यतिबेलाको त्यो राज्यलाई गम्पोला भनिने गर्दथ्यो भने त्यतिबेला यो सहरलाई सेन्कदगालपुर भन्ने गरिन्थ्यो।
यो सहरमा रहेको टिचिङ् हस्पिटल, क्यान्दी श्रीलङ्काकै दोस्रो ठुलो औषधालयीक संस्था हो। यो मेडिकल संस्था श्रीलङ्काको सरकारी मान्यतामा आधारित रहेर सरकारी स्वामित्वमा रहने गरीकन स्थापना वा सञ्चालन भएको थियो।
क्यान्दी सहरमा जन्मेका विभिन्न चर्चित खेलाडीहरूले विभिन्न खेलहरू जस्तैः क्रिकेट, फुटबल, रग्वी, पौडी, एथलेटिक्स, गल्फ, हक्की, बक्सिङ तथा बास्केटबल जस्ता खेलहरूमा अनेक किर्तिमहरू राखेका छन्। यो सहरकाले श्रीलङ्काका अन्तर्राष्ट्रिय क्रिकेट टोलीका समेत कप्तान उत्पादन गरेको छ। यस्तै श्रीलङ्काको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट छाप छाड्ने खेलाडीहरू पनि यो सहरमा जन्मिएका छन्। यो सहरको प्रमुख खेलका रूपमा भने क्रिकेट, रग्वी तथा एथलेटिक्सलाई लिन सकिन्छ।
श्रीलङ्कामा रग्वीको त्यत प्रसिद्धिता नरहे पनि यो क्षेत्रमा रग्वी खेल निकै चर्चित तथा प्रसिद्ध रहेको छ। किनभने यो सहरमा रहेको स्थानीय रग्वी युनियन क्लब क्यान्दी स्पोर्ट्स क्लब (रग्वी)ले यस क्षेत्रको क्षेत्रीय रग्वी च्याम्पियनसिपमा राष्ट्रिय स्तरीय पर्दसनी गर्ने गर्दछ।यो सहरमा अन्तर्राष्ट्रिय स्तरको सिङ्गर श्रीलङ्का एअरलाइन्स रग्वी ७ नामक रग्वी प्रतियोगिता हुने गर्छ। जुन रग्वी युनियन प्रतियोगिता विश्व स्तरीय चर्चित रहेको छ।
क्यान्दी सहरमा विभिन्न खाले तीनवटा फर्स्ट क्लासका क्रिकेट टिम तथा क्लबहरू रहेका छन्। सरसेन्स स्पोर्ट्स क्लब, क्यान्दी क्रिकेट क्लब, क्यान्दी युथ क्रिकेट क्लब यो सहरका प्रमुख तीन क्रिकेट क्लबहरू अन्तर्गत प्रदछन्। यो सहरमा प्रिमियर ट्रफि क्रिकेट प्रतियोगिता चर्चित रहेको छ। हक्की तथा भलिबल खेललाई श्रीलङ्काको राष्ट्रिय खेलकुदका रूपमा लिने गरिन्छ। तर हक्की तथा भलिबलकै दाजोमा यो क्यान्दी सहरका फुटबल खेल पनि उत्तिकै प्रसिद्ध रहेको छ।
This article uses material from the Wikipedia नेपाली article क्यान्डी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.