इबुक: डिजिटल किताब

इलेक्ट्रोनिक बुक वा इबुक (अङ्ग्रेजी: E-book) किताबको डिजिटल प्रकार हो । इबुक कम्प्युटर वा अन्य इबुक रीडरको प्रयोग गरी पढ्न सकिन्छ । अमेजन किन्डल, द कोबो इरीडर र बार्न्स एण्ड नोबल नूक जस्ता आधुनिक यन्त्रहरूमा इबुक पढ्न सकिन्छ ।

इबुक: इतिहास, फाइदा, बेफाइदा[२]
इबुकमा विकिपिडियाको लेख ।

इतिहास

सन् १९४० तिर रोबेर्टो बुसाले बनाएका इन्डेक्स थोनिस्टिकसलाई प्रथम इबुक मानिन्छ तर पहिले यसको डिजिटल लेखलाई आफ्नै संस्करणको रूपमा प्रकाशित नगरी अनुक्रमणिका बनाउन प्रयोग गरेको हुनाले कतिले यसलाई इबुक मान्दैनन् ।

इबुकको विस्तृत र बहस्योग्य इतिहास भएपनि इलिनोइ विश्वविद्यालयको कम्प्युटरमा संयुक्त राज्यको स्वतन्त्रताको घोषणापत्रको प्रतिलिपि बनाएका माइकल एस. हार्टलाई पहिलो इबुक निर्माता मानिन्छ ।

इबुक रीडरको पहिलो नमुना सन् १९७० को डाइनाबुकलाई मानिन्छ किनभने यसमा पढ्नको लागि टन्नै किताबहरू उपलब्ध थियो ।

सन् १९९२ मा सोनीले डाटा डिस्कम्यान नामक इबुक रीडर निकाल्यो, जसमा कम्प्याक्ट डिस्कको प्रयोग गरी किताबहरू पढ्न सकिन्थ्यो । तीमध्ये द लाइब्रेरी अफ द फ्युचर नामक प्रकाशन प्रीलोड गरिएको हुन्थ्यो ।

पुराना इबुकहरू सीमित पाठकहरूको लागि मात्रै उपलब्ध हुन्थ्यो । यस्ता इबुकहरू अन्तर्गत हार्डवेयरका निर्देशन पुस्तिका तथा अन्य विषयका छोटा किताबहरू पर्दथे । सन् १९९० तिर इन्टरनेटको उपलब्धि बढ्दै गएपछि इबुकलगायत अन्य इलेक्ट्रोनिक दस्तावेजहरूको पहुँच बढ्दै गयो ।

फाइदा

  • इबुकहरू खोजीयोग्य हुन्छन् । इबुकमा जानकारी लिन पाना पल्टाइराख्न जरुरी हुँदैन ।
  • निश्चित जानकारी पाउन इबुक डाउनलोड गर्न सकिन्छ ।
  • इबुक बनाउन कुनै रूख नकाटिने हुनाले यो वातावरणीय दृष्टिकोणले पनि राम्रो हुन्छ ।
  • इबुकहरूमा थप जानकारीका लागि बाह्य कडी र सन्दर्भ सामग्री जडान गरिएको हुन्छ ।
  • इबुकले कम ठाउँ ओगट्ने हुनाले कम्प्युटरमा हजारौँ इबुकहरू राख्न सकिन्छ ।
  • प्रकाशन र परिवहनको खासै पैसा लाग्दैन ।
  • इबुक कम्प्युटरको अन्य सफ्टवेयरहरूसँग समायोजित हुनाले यसको प्रयोग कार्यात्मक र सरल हुन्छ ।
  • लेखक र प्रकाशकहरूले सजिलै गरी आफ्ना किताबहरूको पुनरावलोकन र सम्पादन गर्न सक्छन् ।
  • पाठकहरूले आफ्नो इच्छा अनुसार अक्षर र पृष्ठभूमि मिलाउन सक्छन् ।
  • कागजी किताब प्रकाशन नगरेका व्यक्तिहरूले पनि इन्टरनेटको माध्यमबाट किताब प्रकाशन गर्न सक्छन् ।

बेफाइदा

  • स्क्रिनमा लामो समयसम्म हेर्दा आँखाको समस्या देखा पर्न सक्छ ।
  • इबुक पढ्नका लागि विद्युत चाइने हुनाले बत्ती गएको बेला इबुक पढ्न सकिँदैन ।
  • इरीडरहरूमा प्लास्टिक र धातुको प्रयोग हुन्छ, जुन वातावरणको लागि कागजभन्दा पनि हानिकारक हुन्छ ।
  • इबुक पढ्दा कागजी किताब पढेको जस्तो मजा आउँदैन ।
  • इबुकहरू विशेष नियमहरूले बाँधिएका हुनाले यसलाई अरूहरूसँग बाँड्न प्रतिबन्धित वा कडा रूपमा नियन्त्रित छ ।
  • कागजी किताबहरूको बिक्री कम हुँदै जाँदा किताब पसलहरू घाटामा पर्छन् । पेपरट्रेल जस्ता किताब पसलहरूले आफ्नो लाभ बढाउन आफ्नो वेबसाइटमा इबुक बेच्न थालेका छन् ।

सन्दर्भ सामग्री

Tags:

इबुक इतिहासइबुक फाइदाइबुक बेफाइदा[२]इबुक सन्दर्भ सामग्रीइबुकen:E-bookसुसाङ्ख्य

🔥 Trending searches on Wiki नेपाली:

भारद्वाज ऋषिमगर जातिपूँजीवादबारा जिल्लाथापानगर सभालखन थापा मगरतत्समपञ्चैबाजा२०२० नेपालमा कोरोनाभाइरस महामारीनेपालको चलचित्रको इतिहासनेपाल रेडक्रस सोसाइटीमेटाभूमध्यरेखावासुकी इन्डिकस्फिफानेपाल धितोपत्र बोर्डआन्तरिक राजस्व विभाग (नेपाल)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनश्रीमद्भगवद गीताबनेपा नगरपालिकासमाजशास्त्रगाउँखाने कथाअलङ्कार (साहित्य)लाइब्रेरी पर्ववैज्ञानिककिसानमानव विकास चरणकिशोरावस्थाबाघमधेश प्रदेशजुद्ध शमशेर जङ्गबहादुर राणानेपालको पञ्चवर्षीय योजनानेपाल सशस्त्र प्रहरी बलविज्ञापननेपाली परम्परागत नापका इकाईभीमबहादुर रावलनेपालको प्रधानन्यायाधीशनेपालको झन्डाविष्णुहिन्दु धर्मविकिमिडिया नेपालको विधानअनुराधा कोइरालाअन्तिम संस्कारक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीसंस्कारकीर्तिपुर नगरपालिकाव्रतबन्धभक्तपुर जिल्लालैङ्गिक समानतासहरीकरणराजनीतिक दलदर्शननेपालका मन्त्रिपरिषद्हरूखस ब्राह्मणनेपालमा मौलिक हक र कर्तव्यखड्गप्रसाद ओलीमालारानी गाउँपालिकाछाउपडीविप्रेषणन्युटनको गतिका नियमहरूदोधारा चाँदनी पुलचार्ल्स डार्विनकुसुम (फल)इन्द्रबहादुर राईअमरेली जिल्लाबैतडी जिल्लाइन्डोनेसियानेपाली विकिपिडियाच्याटजिपिटीरेडियो नेपालकार्यसम्पादन मूल्याङ्कन🡆 More