वार्णिक छन्द

यो छन्दको सबै चरणहरूमा वर्णहरूको संख्या एउटै हुन्छ र लघु-गुरूहरूको क्रम एउटै रहन्छ।

प्रमुख वर्णिक छन्दहरू: अनुष्टुप छन्द, प्रमाणिका (८ वर्ण); स्वागता, भुजंगी, शालिनी, इन्द्रवज्रा, दोधक (सबै ११ वर्ण); वंशस्थ, भुजंगप्रयाग, द्रुतविलम्बित, तोटक (सबै १२ वर्ण); वसंततिलका (१४ वर्ण); मालिनी (१५ वर्ण); पंचचामर, चञ्चला (सबै १६ वर्ण); मन्दाक्रान्ता, शिखरिणी (सबै १७ वर्ण), शार्दूल विक्रीडित (१९ वर्ण), स्त्रग्धरा (२१ वर्ण), सवैया (२२ से २६ वर्ण), घनाक्षरी (३१ वर्ण) रूपघनाक्षरी (३२ वर्ण), देवघनाक्षरी (३३ वर्ण), कवित्त / मनहरण (३१-३३वर्ण)।

वार्णिक छन्दको प्रकार

यस्को २ प्रकार हुन्छ

  1. गणात्मक वर्णिक छन्द
  2. अगणात्मक वर्णिक छन्द
  1. गणात्मक वर्णिक छन्दको अर्को नाम वृत्त हो।
    • रचना: ३ लघु र दीर्घ गणहरूबाट बनिएको गणहरूको आधारमा हुन्छ।
      • लघु र दीर्घको विचारबाट यदि वर्णहरूको प्रस्तार व्यवस्था गरियो भने ८ रूप बन्दछ। यसैलाई "आठ गण" भनिन्छ।
      • भ, न, म, य हरूलाई शुभ गण मानिन्छ।
      • ज, र, स, त हरूलाई अशुभ मानिन्छ।
      • वाक्यको सुरुको पहिलो ४ गणहरूमा प्रयोग राम्रो मानिन्छ
      • अंतिमको ४ गणहरूमा प्रयोग निषिद्ध छ।
      • यदि अशुभ गणहरूबाट प्रारंभ हुने छन्द गर्नु छ भने, देवतावाची वा मंगलवाची वर्ण अथवा शब्दको प्रयोग पहिले गर्नु पर्दछ। यसो गर्दा गणदोष हट्छ।
      • यो गणहरूमा परस्पर मित्र, शत्रु र उदास भाव मानिएको छ।
      • छन्दको सुरुवातलाई २ गणहरूको मिलन मानिएको छ।
      • वर्णहरूलाई लघु र दीर्घ मानिने पनि नियम छ।
        • लधु स्वर अथवा एक मात्राहुने वर्ण लघु अथवा ह्रस्व मानिन्छ र यस्तोलाई एक मात्रा मानीन्छ।
        • दीर्घ स्वरहरूको युक्त संयुक्त वर्णहरूको अगाडिको लघु वर्ण पनि विसर्ग युक्त र अनुस्वार वर्ण तथा छंदको वर्ण दीर्घ मानिन्छ।
  2. अगणात्मक वर्णिक वृत्त:
    • गणहरूको विचार राखिएको हुँदैन। केवल वर्णहरूको निश्चित संख्याको विचार राखिन्छ।
    • विशेष मात्रिक छन्दहरूमा सिर्फ मात्राहरूको निश्चित विचार राखिन्छ र यो एउटा विशेष लय अथवा गति (पाठप्रवाह अथवा पाठपद्धति)मा आधारित रहन्छ। त्यसैले यो छंद लयप्रधान हुन्छ।

वार्णिक छन्दको गण

वार्णिक छन्दमा लघु (ह्रस्व) र गुरू (दीर्घ) स्वरलाई तीन तीनको समूहमा विभाजन गरिन्छ। यो समूह नै गण हो। यस्ता फरक फरक समूह आठ ओटा हुन्छन्।

यी नै लघुगुरूका भिन्न भिन्न क्रम पार्दा भिन्न भिन्न छन्द बन्छन्।

गण चिह्न उदाहरण
सुरुमा लघु हुने, यगण ।ऽऽ विधाता
सबै गुरू हुने, मगण ऽऽऽ काकाको
अन्त्यमा लघु हुने, तगण ऽऽ। वाचाल
मध्यमा लघु हुने, रगण ऽ।ऽ बाध्यता
मध्यमा गुरू हुने, जगण ।ऽ। मनीष
सुरुमा गुरू हुने , भगण ऽ।। बादल
सबै लघु हुने, नगण ।।। समय
अन्त्यमा गुरू हुने, सगण

वार्णिक छन्दको पाउ

एउटा छन्दमा चार पाउ या चार हरफ हुन्छन्।

  • समपाद: सबै पाउ एकै क्रम र संख्याका लघु गुरू मिलेर बन्ने छन्द समपाद वृत्त या छन्द हुन्छ।
  • विषमपाद: फरक क्रम र संख्या भए विषमपाद वृत्त या छन्द हुन्छ
  • अर्धसमपाद: दुई पाउ एक खाले र दुई पाउ अर्को खाले भए अर्धसमपाद या मिस्रित वृत्त या छन्द हुन्छ।

References

Tags:

वार्णिक छन्द को प्रकार[२]वार्णिक छन्द को गणवार्णिक छन्द को पाउवार्णिक छन्दछन्दवर्ण

🔥 Trending searches on Wiki नेपाली:

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जनामकरण संस्कारकर्जासङ्घीयतापूँजीवादइतिहासमल्ल वंशजापानदेशान्तरजाभाधनगढी उपमहानगरपालिकानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपालको प्रधानन्यायाधीशरुसआइएसबिएननेपाल राष्ट्र बैङ्कअनुष्टुप छन्दभरतपुर महानगरपालिकाभूगोलव्यवस्थापिकारसायन शास्त्रप्रतिनिधि सभा निर्वाचन, २०७४दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसिद्धिचरण श्रेष्ठबाल अधिकारगाउँ सभानेपाल बैंकछाउपडीकाभ्रेपलान्चोक जिल्लानेपाल प्रजा परिषद्पुम्दिकोटबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासनम्रता श्रेष्ठओखलढुङ्गा जिल्लासुशील कोइरालाअन्तर्राष्ट्रिय श्रमिक दिवसबझाङ १ (निर्वाचन क्षेत्र)शार्दूलविक्रीडित छन्दविकासशील देशअनुसन्धानप्रतिनिधि सभा (नेपाल)विदुर नगरपालिकाचूडामणि रेग्मीआन्ध्र महासागरनेपालको प्रमाणिक समयनेपालको झन्डानेपालका औद्योगिक क्षेत्रहरूको सुचीआयुर्वेदमुनामदन (चलचित्र)उपमहानगरपालिकापिनासगुगलरामेछाप जिल्लाकृषिलिच्छवि राज्यनेवार जातिनेपालको कानूनी इतिहासबागमती नदीबङ्गलादेशनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपाल विद्युत प्राधिकरणसात सालको क्रान्तिगुरुङ जातिनेपालको संविधाननेपालमा खेलकुदभक्तपुर जिल्लानेपालमा पाइने चराहरूको सूचीलोक सभामटिहानीआविष्कारकहरूको सूचीसमानुपातिक प्रतिनिधित्व प्रणालीबजारशास्त्र🡆 More