राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेपालमा २०६३ सालमा स्थापना भएको हिन्दु दक्षिणपन्थी, सांस्कृतिक संरक्षणवादी सुशासनको परिकल्पना गर्ने पार्टी हो। वि.सं २०६३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको रूपमा यस दलको गठन भएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

(राप्रपा नेपाल)
सभापतिकमल थापा
स्थापनावि.सं २०६३
टुक्रिएकोराष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुख कार्यालयकाठमाडौँ
विद्यार्थी सङ्गठनराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल
युवा सङ्गठनराष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन, नेपाल
Labourराष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ
विचारधाराहिन्दु राष्ट्रवाद
सर्व धर्म सम भाव
सम्बर्द्धनवाद
सुशासन
उदारवादी आर्थतन्त्र
राजनीतिक स्थानदक्षिणपन्थी राजनीति
अन्तर्राष्ट्रिय सम्बद्धताInternational Democratic Union
निर्वाचन चिह्न
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
वेबसाइट
www.rppn.org.np

दल शाह वंशको अधिनमा रही नेपालमा हिन्दू राज्य पुनर्स्थापनाको पक्षमा रहेको थियो। संविधानसभा निर्वाचन, २०६४ अगाडी यस दल नेपालको निर्वाचन आयोगमा दर्ता भएको थियो। चुनाव अघि नै पार्टीले राजनितिज्ञ दलहरूको मोर्चा बनाउन सुरु गरेको थियो।

संविधानसभा निर्वाचन २०७०मा कुल ५७५ सिटमध्ये २४ स्थानमा विजयी भएको यस दल संविधानसभाको चौथो ठूलो दलको रूपमा रहेको थियो।

इतिहास

स्थापना

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा गृहमन्त्री कमल थापाको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टुक्र्याउने गुटको रुपमा यसको सुरुवात गरिएको थियो। थापाले वि.संं २०६३ कात्तिकमा दलको अध्यक्षको पदबाट राजीनामा दिएका थिए।

राप्रपाले २०६३ को नगरपालिका चुनावमा सबैभन्दा धेरै नगरप्रमुख जितेको थियो। राजधानी काठमाडौँमा राजाराम श्रेष्ठ, यसैगरी धरानमा खड्गप्रसाद पलुङ्गुवा, विराटनगरमा प्रल्हादप्रसाद शाह हलुवाई, जलश्वोरमा रामशङ्कर शाह, भक्तपुरमा सुमित्रा मधिने, हेटौडामा मधुकरप्रसाद अग्रहरी, वीरगञ्जमा विमलप्रसाद श्रीवास्तव, बाग्लुङमा बिदुर खड्का र पोखरामा भीमसेन थापा विजयी भएका थिए। तथापि, यो चुनावलाई अधिकांश प्रमुख दलहरूले बहिष्कार गरेका थिए।

२०६३ मै नेपाल समता पार्टी (समाजवादी) यस दलमा विलय भएको थियो।

वि.सं २०६४ मा राजेश्वर देवकोटाको समूह अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामक अर्को दल यस दलम सामेल भएको थियो। जितबहादुर अर्जेलको विद्वत परिषद् पनि आपसमा गाभिएको थियो।

२०६४ फागुन १९ मा, रवीन्द्रनाथ शर्माले स्वास्थ्यको कारण उल्लेख गर्दै पार्टी अध्यक्षको पदबाट राजिनामा दिएका थिए जस पश्चात्, कमल थापा पुन: फेरि अध्यक्ष बनेका थिए।

संविधानसभा निर्वाचन २०६४ र २०७०

संविधानसभा निर्वाचन, २०६४मा पार्टीले चार सिट जितेको थियो। २०६५ जेठ १५ मा भएको संविधानसभाको पहिलो बैठकमा गणतन्त्र घोषणाको विरोध गर्ने यो एक मात्र पार्टी थियो। गणतन्त्रको पक्षमा ५६० मत र विपक्षमा पार्टीको चार मत मात्र थियो। उनले २०६५ असार ६ मा, मुलुकले आसन्न 'विपद्'को सामना गर्नुपरेको भन्दै पार्टीबीच सचेतरहन आग्रह गरेका थिए। पछि उनले राजनीतिक परिवर्तन भए पनि पार्टीको नीति तथा कार्यक्रम एउटै रहने बताएका थिए।

प्रमुख दलहरूले निर्वाचनलाई भागबण्डाको रुपमा लिएको आधारमा पार्टीले संविधानसभाको राष्ट्रपतीय निर्वाचनलाई बहिष्कार गरेको थियो।

भदौ २०६५ मा, रवीन्द्रनाथ शर्मा र राजेश्वर देवकोटा लगायतका दलका शीर्ष नेताहरूले दल त्याग गरि, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सामेल भएका थिए।

संविधानसभा निर्वाचन २०७०मा समानुपातिक प्रतिनिधित्व अन्तर्गत २४ सिट जितेको यस पार्टी चौथो ठूलो दल बनेको थियो। पार्टीले जितेको समानुपातिक प्रतिनिधित्व सिटमा उम्मेदवारको नाम राख्ने विषयमा मतभेद पछि पार्टी विभाजन भएको थियो। २०७० पुष १५ मा निर्वाचन आयोगमा पूर्वमन्त्री टङ्क ढकाल र पूर्व काठमाडौँ नगरप्रमुख उम्मेदवार राजाराम श्रेष्ठ सहितका पार्टीका केन्द्रीय नेताहरूले 'नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी' नामक नयाँ दल दर्ता गराएका थिए। तथापि, निर्वाचन आयोगले नयाँ पार्टीको रूपमा मान्यता प्राप्त गर्न र समानुपातिक प्रतिनिधित्व सिटको दावी माग गर्दै विघटित समूहको अनुरोधलाई अस्वीकार गरेको थियो।

एकीकरण

खड्गप्रसाद ओलीको सरकारमा पार्टी सहभागी हुँदा बिक्रमबहादुर थापा र कुन्तीदेवी शाही राज्यमन्त्री बनेका थिए।

२०७३ मङ्सिर ६ मा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरेका थिए। नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम रहेको थियो। नयाँ पार्टीको कुल सामर्थ्य ३७ रहेको थियो जसले गर्दा यसलाई नेपालको संसदमा चौथो ठूलो दल बनाएको थियो। कमल थापा २०७३ फागुनमा काठमाडौँमा भएको एक विशेष महाधिवेशनमा पार्टीको अध्यक्षको रूपमा चुनिएका थिए।

चुनावी प्रदर्शन

निर्वाचन नेतम प्राप्त मत सिट स्थान गठित सरकार
२०६४ कमल थापा ११०,५१९ १.०३
४ / ५७५
१२औँ नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जन अधिकार फोरम, नेपाल
२०७० कमल थापा ६३०,६९७ ६.६६
२४ / ५७५
चौथो काङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा

सन्दर्भ सामग्रीहरू

Tags:

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल इतिहासराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनावी प्रदर्शनराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सन्दर्भ सामग्रीहरूराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालदक्षिणपन्थी राजनीतिहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

बागमती प्रदेशप्रियङ्का चोपडालैङ्गिक समानताआँकअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)त्रि-चन्द्र कलेजधरहराबुढासुब्बा मन्दिरक्षयरोगन्युटनको गतिका नियमहरूकोरियाली भाषादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबैङ्कबाह्रौँ राष्ट्रिय जनगणना २०७८म्यानचेस्टरविप्रेषणमागनेपालको इतिहासगणेशक्रिकेटकरारसूचना प्रविधिमहात्मा गान्धीकम्प्युटर नेटवर्कस्थानीय व्यवस्थापिकाउपयोगिताशिक्षण विधिदक्षिण कोरियाशीतयुद्धधनकुटा जिल्लासंविधान सभा निर्वाचन, २०६४सामन्तवादराई जातिकच्चा पदार्थवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसेयरपुष्पकमल दाहालचैतकालु पाँडेनेपालको जनसाङ्ख्यिकीभूपरिवेष्ठित राष्ट्रसहिद दिवसविराटनगर महानगरपालिकाउपमन्यु गोत्रमनसूनअमरसिंह थापायुट्युबसंयुक्त राष्ट्र जनसङ्ख्या कोषनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मनुस्मृतिनेपालका संरक्षित क्षेत्रहरूको सूचीनेपालका नगरपालिकाहरूरेडियोसमाजशास्त्रनेपालका प्रमुख नदीहरूको सूचीगिरिजाप्रसाद कोइरालादिल्ली सम्झौतासहकारीमौरी पालनजर्मनीचैते दसैँचिलिमे जलविद्युतग्रहणबसाइँ सराईलाली गुराँसनेपालको संस्कृतिविकिखनिजमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८तेह्रथुम जिल्लानेपालको कानूनी इतिहासमोन्स प्यूबिसफुटबल खेल🡆 More