बाबासाहेब आम्बेडकर भनेर चिनिने भीमराव रामजी आम्बेडकर एक भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक थिए जसले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका थिए। उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए।
भीमराव रामजी आम्बेडकर | |
---|---|
राज्य सभाको सदस्य, बम्बई राज्य | |
कार्यकाल ३ अप्रिल १९५२ – ६ डिसेम्बर १९५६ | |
राष्ट्रपति | राजेन्द्र प्रसाद |
प्रधानमन्त्री | जवाहरलाल नेहरू |
भारतका प्रथम कानुन एवम् न्याय मन्त्री | |
कार्यकाल १५ अगस्ट १९४७ – सेप्टेम्बर १९५१ | |
राष्ट्रपति | राजेन्द्र प्रसाद |
प्रधानमन्त्री | जवाहरलाल नेहरू |
पूर्वाधिकारी | पदको स्थापना |
उतराधिकारी | चारु चन्द्र बिस्वार |
भारतीय संविधान सभाको मसौदा समितिका अध्यक्ष | |
कार्यकाल २९ अगस्ट १९४७ – २४ जनवरी १९५० | |
श्रम मन्त्री, वायसरायको कार्य परिषद्् | |
कार्यकाल जुलाई १९४२ – सन् १९४६ | |
पूर्वाधिकारी | फिरोज खान नून |
बम्बई विधान सभाका विरोधी राजनेता | |
कार्यकाल सन् १९३७ – सन् १९४२ | |
बम्बई विधान सभाका सदस्य | |
कार्यकाल सन् १९३७ – सन् १९४२ | |
निर्वाचन क्षेत्र | बम्बई सहर |
बम्बई विधान परिषद््का सदस्य | |
कार्यकाल सन् १९२६ – सन् १९३६ | |
व्यक्तिगत विवरण | |
जन्म | भिवा, भीम, भीमराव १४ अप्रिल १८९१ महू, मध्य प्रान्त र बरार, ब्रिटिस भारत (वर्तमान डा. आम्बेडकर नगर, मध्य प्रदेश, भारत) |
मृत्यु | ६ डिसेम्बर १९५६ डा.आम्बेडकर राष्ट्रिय स्मारक, नयाँ दिल्ली, भारत | (उमेर ६५)
चिहान | चैत्य भूमि, मुम्बई, महाराष्ट्र |
राष्ट्रियता | भारतीय |
राजनीतिक दल |
|
अन्य राजनीतिक संलग्नता |
|
जीवन साथीहरू | रमाबाई आम्बेडकर ( वि १९०६; मृत्यु १९३५)सविता आम्बेडकर ( वि १९४८; मृत्यु २००३) |
नाता | आम्बेडकर परिवार |
सन्तान(हरू) | यशवन्त आम्बेडकर |
निवासहरू |
|
मातृ शिक्षाप्रतिष्ठान |
|
जीवनवृति |
|
पुरस्कार |
|
हस्ताक्षर | |
आम्बेडकर विपुल प्रतिभाका छात्र थिए। उनले कोलम्बिया विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्स, दुबैबाट नै अर्थशास्त्रमा विद्यावारिधिको उपलब्धि प्राप्त गर्नुका साथै कानुन, अर्थशास्त्र र राजनीति विज्ञानमा शोध कार्य पनि गरेका थिए। पेसागत जीवनको प्रारम्भिक भागमा अर्थशास्त्रका प्राध्यापक र वकालतमा लागेका बाबासाहेब आम्बेडकर पछि राजनीतिमा सक्रिय भए। उनले भारतको स्वतन्त्रताको प्रचारप्रसार तथा चर्चामा सहभागी हुँदै पत्रिकामा लेख प्रकाशन, राजनीतिक अधिकारहरूको वकालत र दलित समुदायको सामाजिक स्वतन्त्रका लागि आवाज उठाई स्वतन्त्र भारतको पुनर्निर्माण तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
सन् १९५६ मा उनी र उनका अनुयायीहरूले बौद्ध धर्मलाई अँगाले जसको केही महिना पछि नै उनको निधन भयो। सन् १९९० मा उनलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान, भारत रत्नद्वारा सम्मानित गरियो। प्रत्येक वर्ष उनको जन्मदिनलाई भारत लगायत अन्य देशहरूमा आम्बेडकर जयन्तीको रूपमा मनाइन्छ। सन् २०१२ मा भारतमा लिइएको सर्वेक्षण अनुसार आम्बेडकरलाई महानतम भारतीय घोषणा गरिएको थियो। वर्तमानमा प्रचलित संस्कृतिमा पनि विभिन्न प्रतिमा र चित्रले आम्बेडकर अमर बनेका छन्।
१४ अप्रिल १८९१ मा ब्रिटिस भारतको मध्य भारत प्रान्त (वर्तमान मध्य प्रदेश) मा अवस्थित महू नगरको सैन्य छाउनीमा आम्बेडकरको जन्म भएको थियो। उनी रामजी सकपाल र भीमबाई सकपालका चौधौँ तथा अन्तिम सन्तान थिए। उनी वर्तमान महाराष्ट्रको रत्नागिरी जिल्लाको आम्बडवेमा बसोबास गर्ने कबीर पन्थको अनुसरण गर्ने मराठी मूलको परिवारको सदस्य थिए। तत्काल अछुत मानिने हिन्दु महार भएको हुनाले उनले र उनको परिवारले सामाजिक र आर्थिक भेदभावको सहन गर्नुपर्थ्यो। बाबासाहेब आम्बेडकरका पुर्खा केही पुस्ता देखि इस्ट इन्डिया कम्पनीको सेनामा कार्यरत थिए र उनका पिता पनि भारतीय सशस्त्र सेनाको महू छाउनीमा सेवारत सुबेदार थिए। उनले मराठी र अङ्ग्रेजीमा औपचारिक शिक्षा प्राप्त गरेका थिए।
आफ्नो जातिको कारणले बाबासाहेबले सानै देखि सामाजिक प्रतिरोध सहनुपरेको थियो। विद्यालयको शिक्षामा सक्षम भएपनि उनले छुवाछुतको कारण थप चुनौतीको सामना गर्नुपरेको थियो। सन् १८९८ मा बाबासाहेबका पिताले जिजाबाईसँग पुनर्विवाह गरे। ७ नोभेम्बर १९०० मा उनलाई सातारामा अवस्थित सरकारी उच्च माध्यमिक विद्यालयमा उनको बाल्यकालको नाम भिवा रामजी आम्बडवेकरको नाममा भर्ना गराइदिए। कोकण विभागमा गाउँको नामसँग सम्बन्धित उपनाम राखिने हुनाले उनको उपनाम पनि आम्बडवेको नाममा आम्बडवेकर राखिएको थियो। पछि बाबासाहेबलाई पढाउने र माया गर्ने ब्राह्मण शिक्षकले उनको उपनामलाई "आम्बडवेकर" बाट "आम्बेडकर" बनाइदिए। त्यसबेला देखि उनले आफैँलाई आम्बेडकर भनी परिचय गराउन थाले।
भारतमा बाल विवाह प्रचलनमा रहेको बेला रामजी सकपाल सपरिवार बम्बई (वर्तमानमा मुम्बई) आई अप्रिल १९०६ मा १५ वर्षको आम्बेडकरको विवाह नौ वर्षकी रमाबाईसँग गराइदिए। तब आम्बेडकर पाँचौँ अङ्ग्रेजी कक्षामा अध्ययनरत थिए।
सन् १९४८ देखि नै आंबेडकर मधुमेहबाट पीडित थिए। जून देखि अक्टूबर १९५४ सम्म उहाँ एकदमै बिमार रहिन, उस समयमा उहाँ कमजोरी भैरहेको दृष्टिबाट ग्रसित थियो। राजनीतिक मुद्दा हरू द्वारा उदास आंबेडकरको स्वास्थ्य असाध्यै खराब हुँदै गयो र सन् १९५५ को समयमा गरिएको निरन्तर कामले उहाँलाई सिकिस्त बनाइदियो। आफ्नो अन्तिम पाण्डुलिपि "बुद्ध र उनको धर्म" को पुरा गरिएको तीन दिन पछि ६ दिसम्बर १९५६ मा अम्बेडकरको महापरिनिर्वाण दिल्ली उहाँको घरमै भएको थियो। ७ डिसेम्बर को दिन मुम्बईमा दादर चौपाटी समुद्र तट मा बौद्ध शैलीले अन्तिम संस्कार गरिएको थियो जसमा उहाँको लाखौं समर्थकहरू, कार्यकर्ताहरू र प्रशंसकहरू ले भाग लिए। उहाँको अन्तिम संस्कारको समय उहाँलाई साक्षी राखेर उहाको लगभग १०,००,००० अनुयायी हरूले बौद्ध धर्मको दीक्षा लिएको थियो, जुन विश्वको इतिहासमा पहिलो चोटि भएको थियो। मृत्युपछि आंबेडकर को परिवारमा उहाको दोस्रो श्रीमती डा० सविता आंबेडकर रहेको थियो जो जन्म देखि नै ब्राह्मण थियो तर उहाँको साथै उनी पनि धर्म परिवर्तन गरी बौद्ध भएको थियो, तथा दलित बौद्ध आन्दोलनमा बाबासाहेब आंबेडकर पछि (बाबासाहेब को साथ) बौद्ध बन्ने पहिलो व्यक्ति थियो। विवाह भन्दा पहिले उहाँको पत्नीको नाम डा० शारदा कबीर थियो। डा० सविता आंबेडकर को एउटा बौद्धको रूपमा सन् २००३ मा मृत्यु भए, आंबेडकर नाति, प्रकाश यशवंत आंबेडकर, भारिपा बहुजन महासङ्घको नेतृत्व गर्दछन् र भारतीय संसदको दुवै घरमा सदस्य पनि रहेको थियो।
मुम्बईमा उहाँकोधेरै अधुरा टंकलिपित तथा हस्तलिखित मसौदहरू आंबेडकरको नोट र पत्रमा पाएको छन्। त्यस मध्ये वेटिङ फर अ भिसा (Autobiography) जुन सन् १९३५-३६ बीचको आत्मकथानात्मक काम हो र Untouchables or the Children of India's Ghetto जुन सन् १९५१ को जनगणनामा सम्बन्धित् छन्। एउटा स्मारक आंबेडकरको दिल्ली स्थित उहाँको घर २६ अलीपुर रोड मा स्थापित गरिए को थियो। आंबेडकर जयन्तीमा सार्वजनिक अवकाश राखिन्छन। सन् १९९० मा उहाँले मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न ले सम्मानित गरे को थियो। धेरै सार्वजनिक संस्थानका नाम उहाँको सम्मान को लागि उहाँको नाम मा राखिएको छन्, जस्तै हैदराबाद, आंध्र प्रदेश को डा० अम्बेडकर मुक्त विश्वविद्यालय, बी आर अम्बेडकर बिहार विश्वविद्यालय- मुजफ्फरपुर, डा० बाबासाहेब अम्बेडकर अंतरराष्ट्रिय विमानस्थल नागपुर मा छन्, जुन पहिले सोनेगांव हवाई अड्डको नाम ले चिनिन्थियो। आंबेडकर को एउटा विशाल आधिकारिक चित्र भारतीय संसद भवन मा प्रदर्शित गरिए। मुम्बईमा उहाँको स्मारक हरेक साल लगभग पन्ध्र लाख मानिसहरू वार्षिकोत्सव (14 अप्रैल), पुण्यतिथि (6 दिसम्बर) र धर्मचक्र प्रवर्तनको दिन (14 अक्टूबर) नागपुरमा, उहाँलाई आफ्नो श्रद्धांजलि अर्पित गर्नुको लागि जम्मा हुने गर्दछन। अम्बेडकरको सयकडौ पुस्तकालय स्थापित भए र लाखौं रुपियाँको पुस्तकहरू बिक्री गरिन्छन। आफ्नो अनुयायि हरूको लाई उहाँको महान् संदेश थियो, शिक्षित बन्नु, सङ्गठित रहन्नु र सङ्घर्ष गर्नु!
बाबासाहेब आम्बेडकर ज्ञानका भण्डार थिए। वहाँलाई अङ्ग्रेजी, हिन्दी, मराठी, पाली, संस्कृत, गुजराती, जर्मन, फारसी, फ्रान्सेली तथा बङ्गाली भाषाको राम्रो स्तरको ज्ञान थियो। बाबासाहेबले अन्य भारतीय राजनीतिज्ञहरूको तुलनामा सबैभन्दा बढी लेख लेखेका छन्। सामाजिक सङ्घर्षमा सक्रिय र व्यस्त भएपनि उनले विभिन्न किताबहरू, निबन्ध, लेख तथा भाषणको सङ्ग्रह लेख्न भ्याएका थिए। उनी असामान्य प्रतिभाको धनी हुनुका साथै कठिन परिश्रमद्वारा आफ्नो प्रतिभा र क्षमता विकास गरेका थिए।
बाबासाहेबको किताबहरू भारतमा मात्र नभई विश्वभरी प्रसिद्ध र लोकप्रिय छन्। वहाँले लेख्नु भएको भारतीय संविधानलाई भारतको राष्ट्रग्रन्थ मानिन्छ। 'भगवान बुद्ध र उनको धम्म' नामक ग्रन्थ बौद्ध देशहरूमा धेरै प्रसिद्ध र महत्त्वपूर्ण छ। राजनीति, अर्थशास्त्र, मानवविज्ञान, धर्म, समाजशास्त्र, कानुन आदि क्षेत्रमा वहाँले किताब लेख्नुभएको थियो।
This article uses material from the Wikipedia नेपाली article बाबासाहेब आम्बेडकर, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.