फोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित ताल हो। यो ताललाई स्थानीय तहमा रिग्म तालको नामले पनि चिनिन्छ। यो ताल शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुन्डो ताल नेपालको सबभन्दा गहिरो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी.
र गहिराई ६५० मीटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुन्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणमा यस तालको अधिकतम गहिराइ १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोकसुण्डो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो ।
फोक्सुन्डो ताल | |
---|---|
भौगोलिक निर्देशांक | २९°१२′३०″उ॰ ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E ८२°५७′३०″पू॰ / २९.२०८३३°N ८२.९५८३३°E |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ५.१५ किलोमिटर |
अधिकतम चौडाई | ८०० मिटर |
सतहको क्षेत्रफल | ४९४ बर्गकिमी |
अधिक गहिराई | १४५ मिटर |
पानीको आयतन | ४०,९०,००,००० घनमिटर |
सतहको उचाई | ३६१२ मिटर |
यस तालको दक्षिणी छेउमा स्थित रिंग्मो गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला भएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।
यस तालको वरिपरीको क्षेत्रमा २० वटा बौद्ध स्तुप रहेको छ भने पुर्व दिशामा एउटा गोम्पा रहेको छ जसमा बौद्ध धर्मावालाम्बीहरु बार्षिक रूपमा यहाँ आएर पुजा पाठ गर्ने गर्छन ।
This article uses material from the Wikipedia नेपाली article फोक्सुन्डो ताल, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.