पाटन दरवार

पाटन दरवार पाटन नगरपालिकामा रहेको नेपालको मल्ल कालिन एक दरवार हो। यहाँ रहेको कृष्ण मन्दिर जयस्थिति मल्ल्ले निर्माण गरेका हुन। काठमाडौँ उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबारक्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो। पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि.

सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए। पाटन दरबारको महत्त्वपूर्ण अङ्ग सुन्दरीचोक पनि एक हो। यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गराएका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्। यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८मा योगनरेन्द्र मल्लले गराएका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ।

पाटन दरवार
पाटन दरवार

चोकहरू

पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्- केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्दार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए।


फोटो ग्यालरी

पाटन दरवार 
भण्डारखाल बगैँचा

Tags:

ललितपुर महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

नेपाली रुपैयाँचिठीप्रजनन स्वास्थ्यपाँचथर जिल्लापर्वत जिल्ला२०२३ इन्डियन प्रिमियर लिगगुरुङ जातिबहादुर शाहविवाहका प्रकारहरूहिमनदीनिर्वाचन प्रणालीनिखिल उप्रेतीसंयुक्त अरब इमिरेट्सइतिहासपाटन दरबार क्षेत्रस्नातक तहबाँके जिल्लापृथ्वीनारायण शाहयार्सा गुम्बाप्रतिनिधि सभा निर्वाचन, २०७९कबड्डीलैङ्गिक पहिचाननेपालका झरनाहरूको सूचीथापायोगमाया न्यौपानेप्राइभेट लिमिटेड कम्पनीह्रस्व दीर्घ नियमकिराँत धर्मस्वास्थ्यगाउँ सभाभण्डारखाल पर्वछुवाछुतबजार निर्मातासवारी दुर्घटनानविकरणीय उर्जानौमती बाजादलहनन्यायिक समितिभक्ति थापाइलाम जिल्लाअन्तःशुल्क करजङ्गलसुनसरी जिल्लापञ्चैबाजादक्षिण अमेरिकास्थानीय कार्यपालिकागर्भपतनसङ्खुवासभा जिल्लाअमरसिंह थापाभ्रष्टाचारखड्गप्रसाद ओलीसन्दुक रुइतराउटे जातिमानव विकास सूचकाङ्कवीरेन्द्र सैनिक अस्पतालनेपाली साहित्यक्षेत्रीमयूरस्थानीय तह निर्वाचन, २०७४घले गाउँआन्तरिक राजस्व विभाग (नेपाल)बृहत हिमालय पदमार्गसङ्घीयताविश्वका प्रमुख शासन प्रणालीसल्यान जिल्लाभूपरिवेष्ठित राष्ट्रनेपालमा भ्रष्टाचारदसैँभाषावैशाखस्थानीय तहकार्ल मार्क्सआविष्कारकहरूको सूची🡆 More