पश्चिम बङ्गाल

पश्चिम बङ्गाल (बङ्गाली: পশ্চিমবঙ্গ, उच्चारण: पोश्चिमबङ्गो) भारतको एउटा राज्य हो जुन भारतको पूर्वी भागमा अवस्थित छ। पश्चिम बङ्गाल भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको चौथौ राज्य हो। यहाँ लगभग ९ करोड १३ लाख मानिसको बसोबास गर्छन् भने यसको क्षेत्रफल ८८७५२ वर्ग किमी क्षेत्रमा रहेको छ। पश्चिम बङ्गाल बङ्गलादेश, नेपाल तथा भुटान जस्ता राष्ट्रहरूको सिमामा रहेको छ भने यसको उत्तर-पूर्वमा ओडिशा, झारखण्ड, बिहार, सिक्किम तथा असम जस्ता राज्यहरू रहेका छन्। पश्चिम बङ्गालको राजधानी कलकत्ता हो।

पश्चिम बङ्गाल
পশ্চিমবঙ্গ
भारतको नक्सामा पश्चिम बङ्गाल राज्यको अवस्थिति
भारतको नक्सामा पश्चिम बङ्गाल राज्य
पश्चिम बङ्गाल राज्यको नक्साको अवस्थिति
पश्चिम बङ्गाल राज्यको नक्सा
देशपश्चिम बङ्गाल भारत
स्थापना१ नोभेम्बर १९५६
राजधानीकोलकाता
ठूलो सहर
ठूलो महानगरीय क्षेत्र
कोलकाता
जिल्लाहरू२०
सरकार
 • अङ्गपश्चिम बङ्गालकको सरकार
 • राज्यपालकेशरी नाथ त्रिपाठी
 • मुख्यमन्त्रीममता बनर्जी (तृणमूल कांग्रेस)
 • सभासदपश्चिम बङ्गाल संसदीय सभा (२९५* सिट)
 • उच्च अदालतकलकता उच्च अदालत
क्षेत्रफल
 • जम्मा८८७५२ किमी (३४२६७ वर्ग माइल)
 • क्रम१४औँ
जनसङ्ख्या
 (२०११)
 • जम्मा९१३४७७३६
 • क्रमचौँथो
 • घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
मानव विकास सूचकाङ्कह्रास ०.४९२ (न्यून)
एचडीआई क्रमांक१३औँ (२००७-०८)
साक्षरता७७.०८%
आधिकारिक भाषाबाङ्लाअङ्ग्रेजी
वेबसाइटwestbengal.gov.in
^* २९४ निर्वाचित, १ मनोनित

पश्चिम बङ्गालको इतिहास

पश्चिम बंगाल बंगाल शब्दबाट आएको हो। संस्कृत भाषाको बंग शब्दबाट बङ्गाल शब्द उत्पत्ति भएको हो। तत्कालिन बङ्गालको पश्चिमी भागमा पर्ने भएकोले यसलाई पश्चिम बङ्गाल नामाकरण गरिएको हो। पश्चिम बङ्गालको दार्जिलिङ केही शताब्दी पहिले नेपाल द्वारा शासित (नेपालको अभिन्न अंग) थियो।

संस्कृति

पश्चिम बङ्गाल  पश्चिम बङ्गाल 
स्वामी विवेकानन्द, युरोपसंयुक्त राज्य अमेरिकामा वेदान्त र योग दर्शनका पहिलो प्रचारक र हिन्दु धर्मलाई विश्वका प्रमुख धर्महरूको स्तरमा उकास्ने र अन्तरधार्मिक सम्बन्ध स्थापना गर्ने एक उल्लेखनीय प्रस्तावक थिए।

साहित्य

बङ्गाली भाषामा लेखिएका साहित्यहरू निकै समृद्ध र प्राचीन परम्पराका वाहक मानिन्छन्। बङ्गाली भाषाको सबैभन्दा पुरानो नमूना चर्यपद (१०औँ-१२औँ शताब्दी) हो। तत्कालीन समयका कविहरूले पश्चिम बङ्गालको रारह क्षेत्रको बोलिने भाषालाई साहित्यको भाषाको रूपमा अपनाएको मानिन्छ। बङ्गाली साहित्यको दोस्रो सबैभन्दा पुरानो नमूना श्रीकृष्णकीर्तनका (१५औँ शताब्दी) लेखक बडु चण्डीदास हालको बाँकुडा जिल्लाको छतनाका बासिन्दा थिए। मध्ययुगमा राधाका धेरै कविहरूका रचनाहरू पनि मङ्गलकाव्य विधामा पाइन्छन्। मनसमङ्गल विधाका कवि नारायण देव पूर्वी बङ्गालको किशोरगञ्ज क्षेत्रका बासिन्दा थिए। यस विधाका कवि केतकदास खेमानन्द गङ्गा पश्चिम बङ्गाल क्षेत्रका मूल निवासी थिए। चण्डीमङ्गल विधाका महान् कवि मुकुन्दराम चक्रवर्ती बर्दवान जिल्लाको दामुन्या गाउँका एक बासिन्दा थिए।

यस साहित्यका उदाहरणहरू मङ्गलकाव्य, श्रीकृष्णकीर्तन, ठाकुरमार झुली र गोपाल भाण्डका कथाहरू हुन्। उन्नाइसौँ र बीसौँ शताब्दीमा बङ्गाली साहित्यको आधुनिकीकरण बङ्किमचन्द्र चट्टोपाध्याय, माइकल मधुसूदन दत्त, रवीन्द्रनाथ ठाकुर, काजी नजरुल इसलाम, सैयद मुज्तबा अली, शरतचन्द्र चट्टोपाध्याय, जीवनानन्द दास, हासान राजा, माणिक बन्दोपाध्याय, शेख फजलुल करिम, ताराशङ्कर बन्दोपाध्याय, मीर मोसर्रफ हुसेन, विभूतिभूषण बन्दोपाध्याय, महाश्रेता देवी आदि लेखकहरूको हातबाट पूरा भएको थियो। साहित्यतर्फको नोबेल पुरस्कारका लागि महाश्वेता देवी, सन्नेट मण्डल, बेन्साधर मजुमदार, श्री अरबिन्दो, हरिमोहन बनर्जी, सञ्जीव चौधरी र नलिनीकुमार मुखर्जीलाई मनोनयन गरिएको थियो। अर्कोतर्फ रवीन्द्रनाथ ठाकुर, सरोजिनी चट्टोपाध्याय र काजी नजरुल इसलामलाई विश्व इतिहासका उत्कृष्ट कविहरूमध्येमा लिइन्छ।

जिल्लाहरू

पश्चिम बङ्गाल 
पश्चिम बङ्गालका जिल्लाहरू
पश्चिम बङ्गाल 
हुगली जिल्लामा रहेको एउटा गाउँ

पश्चिम बङ्गालमा १९ वटा जिल्लाहरू रहेका छन:

क्रम जिल्ला जनसङ्ख्या वृद्धि दर लैङ्गिक अनुपात साक्षरता जनघनत्व प्रति वर्ग किमी
उत्तर २४ परगना १०,०८२,८५२ १२.८६ ९४९ ८४.९५ २४६३
दक्षिण २४ परगना ८,१५३,१७६ १८.०५ ९४९ ७८.५७ ८१९
वर्धमान ७,७२३,६६३ १२.०१ ९४३ ७७.१५ ११००
मुर्शिदाबाद ७,१०२,४३० २१.०७ ९५७ ६७.५३ १३३४
१४ पश्चिम मेदिनीपुर ५,९४३,३०० १४.४४ ९६० ७९.०४ ६३६
१६ हुगली ५,५२०,३८९ ९.४९ ९५८ ८२.५५ १७५३
१८ नादिया ५,१६८,४८८ १२.२४ ९४७ ७५.५८ १३१६
२० पूर्व मेदिनीपुर ५,०९४,२३८ १५.३२ ९३६ ८७.६६ १०७६
२३ हावडा ४,८४१,६३८ १३.३१ ९३५ ८३.८५ ३३००
३५ कोलकाता ४,४८६,६७९ −१.८८ ८९९ ८७.१४ २४२५२
५८ मालदह ३,९९७,९७० २१.५० ९३९ ६२.७१ १०७१
६६ जलपाईगुडी ३,८६९,६७५ १३.७७ ९५४ ७३.७९ ६२१
८० बाँकुडा ३,५९६,२९२ १२.६४ ९५४ ७०.९५ ५२३
८४ बीरभूम ३,५०२,३८७ १६.१५ ९५६ ७०.९० ७७१
१२४ उत्तर दिनाजपुर ३,०००,८४९ २२.९० ९३६ ६०.१३ ९५६
१२९ पुरुलिया २,९२७,९६५ १५.४३ ९५५ ६५.३८ ४६८
१३६ कूचबिहार २,८२२,७८० १३.८६ ९४२ ७५.४९ ८३३
२५७ दार्जिलिङ १,८४२,०३४ १४.४७ ९७१ ७९.९२ ५८५
२९५ दक्षिण दिनाजपुर १,६७०,९३१ ११.१६ ९५४ ७३.८६ ७५३

प्रत्येक जिल्ला एउटा जिल्ला अधिकारी वा जिल्ला मजिस्ट्रेटबाट सञ्चालित हुन्छन् जो भारत सरकारद्वारा नियुक्त गरिएका हुन्छन्।

आर्थिक अवस्था

खेलकुद

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरू

    सरकार

Tags:

पश्चिम बङ्गाल को इतिहासपश्चिम बङ्गाल संस्कृतिपश्चिम बङ्गाल जिल्लाहरूपश्चिम बङ्गाल आर्थिक अवस्थापश्चिम बङ्गाल खेलकुदपश्चिम बङ्गाल यो पनि हेर्नुहोस्पश्चिम बङ्गाल सन्दर्भ सामग्रीपश्चिम बङ्गाल बाह्य कडीहरूपश्चिम बङ्गालअसमओडिशाकोलकाताझारखण्डनेपालबङ्गलादेशबङ्गाली भाषाबिहारभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूभुटानसिक्किम

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय गौरवका आयोजनाकञ्चनजङ्घा हिमालनेपालका हिमालहरूको सूचीनेपालका विश्वविद्यालयहरूको सूचीनेपालमा महिलाको अवस्थाहिमाली प्रदेश (नेपाल)राउटे जातिआम सञ्चारगणतन्त्रनेपालका मन्त्रिपरिषद्हरूभक्तराज आचार्यदोलखा जिल्लाआँखानेवारी भाषाचतराधामजनशक्तिप्रवेशिका परीक्षातेह्रथुम जिल्लागण्डकी प्रदेशरेशमलाल चौधरीग्रहपरराष्ट्र मन्त्रालय (नेपाल)जनसाङ्ख्यिकीय लाभांशलेखनाथ पौड्यालकिराँत धर्मनेपालका सहरहरूको सूचीनेपालका सहिदहरूकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)मदर टेरेसाकुलदेवतान्यायिक समितिमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीस्लमडग मिलियनेयरशाह वंशढुङ्गे युगनेपालमा बोलिने भाषाहरूविद्युतपाँचथर जिल्लानेपालका राजनीतिक दलहरूको सूचीएलन मस्कडाङ जिल्लावेब्याक मेसिनलुम्बिनी प्रदेशब्रह्माण्डदर्शनगायत्री मन्त्रनेपालका तालहरूको सूचीनेपालका प्रधान सेनापतिहरूभक्ति थापाविसं २०७२ को महाभूकम्पतारा तालसामुदायिक वनपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीवराहक्षेत्रत्रिभुवन विश्वविद्यालयसंयुक्त राष्ट्रसङ्घका महासचिवनागरिक लगानी कोषभीमनिधि तिवारीनेपालका नगरपालिकाहरूरोकायाविश्वेश्वरप्रसाद कोइरालाखनिजनुवाकोट जिल्लाअष्ट चिरञ्जीवीकार्यपालिकाइन्डियन प्रिमियर लिगआचार्य (थर)विधिशास्त्रमनास्लु हिमालमहिला विरुद्धका हिंसासमाजपशुपति प्रसादप्रविधिनिर्वाचन प्रणालीमहावीर पुनबर्बरनेपाली बृहत् शब्दकोशसहकारी🡆 More