दूरसञ्चार

दूरसञ्चार (Telecommunications) भन्नाले कुनै सङ्केत, सन्देश, शब्द, लेख, तस्वीर, आवाज वा अन्य किसिमको जानकारीको तार, रेडियो, प्रकाश वा विद्युतचुम्बकीय तरङ्गको माध्यमबाट प्रसारण गरिने पद्दतिलाई बुझिन्छ। प्रविधिको माध्यमबाट कुनै सूचना तथा जानकारीलाई प्रेषकबाट प्रापकसम्म पुर्याउने कार्य नै दूरसञ्चार हो। यस क्रममा सूचनाहरूलाई विद्युतीय रूपमा रुपान्तरण गरी भौतिक माध्यम (उदाहरण: तार) मार्फत अथवा विद्युतचुम्बकीय तरङ्गको रूपमा प्रसारित गरिन्छ। दूरसञ्चार प्रणालीमा सूचना प्रसारणको मार्गलाई प्राय: सञ्चार च्यानलहरूमा विभाजन गरिन्छ, जसले गर्दा मल्टिप्लेक्सिङ विधिको फाइदाहरु उपभोग गरी दूरसञ्चारको प्रक्रियालाई अझै प्रभाबकारी बनाउन सकिन्छ। दूरसञ्चार (Telecommunications) शब्दको प्रादुर्भाव ल्याटिन शब्द communicatio बाट भएको हो र यसको अर्थ जानकारी आदानप्रदान गर्ने सामाजिक प्रक्रिया भन्ने हुन्छ। दूरसञ्चारको शाब्दिक अर्थ लामो/टाढाको दूरीमा सम्पर्क वा सञ्चार स्थापना गर्नु भन्ने हुन्छ।

दूरसञ्चार
बाभरिया, जर्मनीमा रहेको भू-उपग्रह केन्द्र

दूरसञ्चार ऐन, २०५३ का अनुसार दूरसञ्चार भन्नाले आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति, कुनै प्रकारको गोप्य सङ्केत वा खबर उत्सर्जन (इमिसन), प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनर्व्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, सङ्केत, लेखोट, आकृति वा गोप्य सङ्केत वा खबर, विद्युतीय माध्यमबाट तार, रेडियो, प्रकाश (अप्टीकल) वा अन्य विद्युत चुम्बकीय प्रणालीद्वारा उत्सर्जन, प्रसारण वा प्राप्ति गर्ने कार्य सम्झनु पर्छ।


शब्दको उत्पति

इतिहास

परापूर्वकालमा लामो दूरीमा सञ्चार सम्पर्क स्थापना गर्न प्रकाश संकेतहरु (उदाहरण: आगो, धुँवा, झन्डा, ऐना आदि) प्रयोग गरिन्थ्यो। पूर्व-आधुनिक युगमा ध्वनि संकेतहरु (उदाहरण: बाजा, ड्रम, सिरान, सिठ्ठी आदि) मार्फत सूचना तथा जानकारीहरु प्रदान गर्न थालियो। २० औँ र २१ औँ शताब्दीमा भएका नयाँ नयाँ आविस्कारसंगै विद्युतीय तथा विद्युतचुम्बकीय प्रविधिको प्रयोग गरेर लामो दुरीमा सम्पर्क स्थापना गर्न सम्भव भयो। टेलिग्राफ, टेलिफोन, टेलिप्रिन्टर, रेडियो, माइक्रोवेव, अप्टिकल फाइबर, भू-उपग्रह आदि नयाँ प्रविधिमा आधारित दूरसञ्चार सेवा हुन।

२० औँ शताब्दीको पहिलो दशकमा वैज्ञानिक मार्कोनीले रेडियो तरङ्गमार्फत दूरसञ्चार गर्न सकिने पद्दतिको विकास गरेपश्चात ताररहित दूरसञ्चारको क्षेत्रमा क्रान्तिको सुरुवात भयो। मार्कोनीले सन् १९०९ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए। उनीलगायत अन्य विश्वप्रशिद्ध वैज्ञानिकहरु व्हिटस्टोन, मोर्स, ग्राहम बेल, आर्मस्ट्रंग आदिको अद्वितीय आविष्कार तथा योगदानले गर्दा विद्युतीय (इलेकिट्रकल) तथा इलेक्ट्रोनिक्स प्रविधिमा आधारित दूरसञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति सम्भव भयो।

मुख्य अवधारणा

समाज

सरकार

मुख्य अवधारणा

आधुनिक सञ्चार

प्रसारण क्षमता

सन्दर्भ सामग्री



Tags:

दूरसञ्चार शब्दको उत्पतिदूरसञ्चार इतिहासदूरसञ्चार मुख्य अवधारणादूरसञ्चार समाजदूरसञ्चार सरकारदूरसञ्चार मुख्य अवधारणादूरसञ्चार आधुनिक सञ्चारदूरसञ्चार प्रसारण क्षमतादूरसञ्चार सन्दर्भ सामग्रीदूरसञ्चार

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रधान सेनापतिहरूइन्टरपोलयुरोपेली सङ्घगोपाल हमालजगदम्बाश्री पुरस्कारनेपाल बैंकदिगो विकासनारायणकाजी श्रेष्ठशिक्षण विधिरेने डेसकार्टसमनोविज्ञानचेतन भगतमोहम्मद अल-अविसकृषि विकास बैंकनेपाली सेनाका गणहरुनेपाली सेनाकिराँत कालसमावेशीकरणलियोनेल मेसीयौन तथा प्रजनन स्वास्थ्य अधिकारगण्डकी नदीभारद्वाज ऋषिकविताकर्णाली नदीविक्सनरीओलम्पिक खेलकृष्ण जन्माष्टमीनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाविकिमिडिया नेपालको विधानसामन्तवादरामानुजाचार्यभाषाजस्टिन बीबरविस्तृत शान्ति सम्झौताराशि-चक्रमानव विकास अर्थशास्त्रफुटबल खेलपञ्चशीलथारू भाषासगरमाथा राष्ट्रिय निकुञ्जसिंहदरबारसिन्जा उपत्यकातालबाराही मन्दिरनिर्वाचन प्रणालीजैविक विविधतानवदुर्गासामाजिक विज्ञानसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अनुसन्धानइलाम २ (निर्वाचन क्षेत्र)मिथिला कलाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)जनमत सङ्ग्रहनबिल बैंकबूढानीलकण्ठ मन्दिरझाँक्रीगङ्गालाल श्रेष्ठमानव संसाधन व्यवस्थापनयौनचार्ल्स तृतीयनेपालका संरक्षित क्षेत्रहरूको सूचीअङ्कोरवाटमेन्छयायेम गाउँपालिकामहिला सशक्तिकरणदलितसुसाङ्ख्यलिम्बू जातियौन स्पर्शग्रहअर्थ मन्त्रालय (नेपाल)🡆 More