आम सञ्चार

सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पुर्‍याउने प्रक्रिया हो। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पुर्‍याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ। अर्थात् आमसञ्चार, सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।

शब्दोपति

नेपाली शब्द “सञ्चार” अङ्ग्रेजी शब्द अङ्ग्रेजी: Communicationको अनुवादको रूपमा प्रयोग हुँदै आएको छ। हुनत नेपाली शब्द सञ्चार संस्कृत भाषाबाट आएको हो जसको अर्थ ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान’ भन्ने हुन्छ। सञ्चार विज्ञहरूलाई मान्दा अङ्ग्रेजी शब्द कम्युनिकेसन ल्याटिन भाषाको शब्द 'कम्युनिस' र 'कम्युनिकेर'बाट जसको अर्थ कुनै कुराको साझेदारी, आदान प्रदान गर्नु, साझा वा समान गर्नु हुन्छ। यसबाट सञ्चार भन्नाले एक अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ। कतिपय विद्धानहरूले अग्रेजी भाषा कै 'कम्युनिटी' (समाज) शब्दबाट 'कम्युनिकेसन' बनेको दाबी गरेका छन्। समाजका सदस्यहरूले आफ्ना भावना वा आफूलाई प्राप्त सूचना कुनै अर्को सदस्यलाई दिने भएकोले पनि त्यस्तो अर्थ लगाउन सम्भव भएको हो। किनकी व्यक्तिको सामाजीकरण नै सञ्चारले सम्भव तुल्याएको हो।

प्रक्रिया

सञ्चार लिखित, मौखिक, श्रव्यदृश्य वा साङ्केतिक आदि हुन्छ। सञ्चार प्रक्रियामा दुई पक्ष सहभागी हुन्छन्। एउटा सूचना दिने पक्ष र अर्को सूचना पाउने पक्ष, यी दुई पक्षबीच जति नै मात्रामा अन्तरक्रिया हुन्छ अर्थात सञ्चारको साधनबाट पठाइएका सन्देश प्रापकले बुझ्न सक्छ तब सञ्चार प्रक्रिया सफल भएको मानिन्छ। सञ्चार प्रक्रियामा मानिसका ५ वटा ज्ञानेन्द्रिय सहभागी हुन्छ जस्तै कानले सुनेर, आँखाले देखेर, जिब्रोले चाखेर, नाकले सुँघेर र छालाले महसुस गरेर सहभागिता जनाएका हुन्छन्।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

आम सञ्चार शब्दोपतिआम सञ्चार प्रक्रियाआम सञ्चार सन्दर्भ सामग्रीआम सञ्चार बाह्य कडीहरूआम सञ्चारइन्टरनेटचलचित्रचिठीटेलिभिजनपुस्तकरेडियोसञ्चारसमाचार पत्रसूचना

🔥 Trending searches on Wiki नेपाली:

बालेन शाहकोशी टप्पु वन्यजन्तु आरक्षनेपाल स्काउटजैविक विविधताबिनायोबसाइँ सराईहलोचितवन राष्ट्रिय निकुञ्जनेपालका अञ्चलहरूसौर्यमण्डलधनुषा जिल्लानुवाकोट जिल्लासिन्जा उपत्यकाबालश्रमएकसिङ्गे गैँडालोक सभाविदुर नगरपालिकाडोल्पा जिल्लाइजरायल–हमास युद्ध, सन् २०२३छुवाछुतत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलश्रेष्ठदेशान्तरनिजीकरणहोलीपाकिस्तानको प्रधानमन्त्रीभुल्ने पो हो की ?मौसमबीमानेपालमा भूकम्पको इतिहासनामनेपाली परम्परागत नापका इकाईनेपाली भाषारत्ननगर नगरपालिकाभारोपेली भाषा परिवारराजनीतिसुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशअन्नप्राशन संस्कारजानकी मन्दिरस्थानीय कार्यपालिकासङ्घीयताकोशी प्रदेश क्रिकेट टोलीनेपालको संविधान २०७२निर्वाचन प्रणालीधरहरासुशील कोइरालाप्रकृतिवर्षा ऋतुझोला (चलचित्र)आविष्कारकहरूको सूचीऊर्जादसैँइजरायलइलाम २ (निर्वाचन क्षेत्र)नेपालको पहिलो संविधान सभाकुम्भ मेलासयौँ थुङ्गा फूलका हामीअस्ट्रेलियामहोत्तरी जिल्लासुशासनगोरखा जिल्लाघरेलु हिंसाचतराधामसमाजवादसंयुक्त राष्ट्रसङ्घका महासचिवअनुराधा कोइरालाकालिञ्चोक भगवतीराउटे जातिनेपालको जनआन्दोलन २०४६आगन्तुक शब्दसगरमाथाशहिदगेटनेपाल प्रहरीनेपालमा धर्म🡆 More