शेख मुजिबुर रहमान

शेख मुजिबुर रहमान (बङ्गाली: শেখ মুজিবুর রহমান)(ⓘ) (जन्म: १७ मार्च १९२० - १ अगस्ट १९७५), छोटकरीमा शेख मुजिब वा मुजिब बङ्गलादेशका प्रथम राष्ट्रपति तथा दक्षिण एसियाका सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्वहरू मध्ये एक थिए जसले बेलायती भारतबाट भारतको विभाजनका लागि र सन् १९७० मा पश्चिम पाकिस्तानबाट पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि सङ्घर्ष गरेका थिए। प्राचीन बङ्गाली सभ्यताको आधुनिक वास्तुकारका रूपमा शेख मुजिबुर रहमान राष्ट्रपिता वा बङ्गलादेशको राष्ट्र जनक मानिन्छन्। उनी माओलाना आब्दुल हामिद खान भासानीले स्थापना गरेका आवामी लिगका सभापति तथा यसको सँगसँगै देशका राष्ट्रपतिको रूपमा पनि काम गरिरहेका थिए र पछि देशमा संसदिय व्यवस्था लागु भएपछि उनी देशका प्रधानमन्त्री पनि बनेका थिए। उनी बङ्गाली जनताहरू माझ शेख मुजिब र शेख साहेब भनेर चिनिन्थे भने उनलाई बङ्गोबोन्धु उपाधिबाट सम्मानित गरिएको थियो। उनकी छोरी शेख हसिना बङ्गलादेश आवामी लिगको वर्तमान सभापति तथा बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री हुन्।

बङ्गोबोन्धु
शेख मुजिबुर रहमान
शेख मुजिबुर रहमान
बङ्गलादेशका प्रथम राष्ट्रपति
कार्यकाल
११ अप्रिल १९७१ – १२ जनवरी १९७२
प्रधानमन्त्रीताजउद्दिन आहमेद
पूर्वाधिकारीराष्ट्रपति पदको स्थापना गरिएको
उतराधिकारीसैयद नजरुल इसलाम (अस्थायी)
बङ्गलादेशका दोस्रो प्रधानमन्त्री
कार्यकाल
१२ जनवरी १९७२ – २४ जनवरी १९७५
राष्ट्रपतिआबु साइद चौधुरी
मोहाम्मदउल्लाह
पूर्वाधिकारीताजउद्दिन आहमेद
उतराधिकारीमुहाम्मद मनसुर आली
बङ्गलादेशका ४औँ राष्ट्रपति
कार्यकाल
२५ जनवरी १९७५ – १५ अगस्ट १९७५
प्रधानमन्त्रीमुहाम्मद मनसुर आली
पूर्वाधिकारीमोहाम्मदउल्लाह
उतराधिकारीखोन्दकार मोशताक आहमेद
व्यक्तिगत विवरण
जन्म(१९२०-०३-१७)१७ मार्च १९२०
टुङ्गिपाडा, गोपालगञ्ज, फरिदपुर जिल्ला, बाङ्ला राज्य , बेलायती भारत
(वर्तमान बङ्गलादेश)
मृत्यु (१९७५-०८-१५) १५ अगस्ट १९७५ (उमेर ४८)
आफ्नै निवासस्थान, धानमोन्डी, ढाका, बङ्गलादेश
मृत्युुको  कारणसामूहिक हत्याकाण्ड
नागरिकताशेख मुजिबुर रहमान बेलायती भारत (सन् १९४७ सम्म)
शेख मुजिबुर रहमान पाकिस्तान (सन् १९७१ भन्दा पहिला)
शेख मुजिबुर रहमान बङ्गलादेश
राष्ट्रियताबङ्गलादेशी
राजनीतिक दलबङ्गलादेश कृषक श्रमिक आवामी लिग (सन् १९७५)
अन्य राजनीतिक
संलग्नता
निखिल भारत मुस्लिम लिग (सन् १९४९ भन्दा पहिला)
बङ्गलादेश आवामी लिग (१९४९-१९७५)
जीवन साथीबेगम फजिलातुन्नेसा
सन्तान(हरू)शेख हासिना
शेख रेहाना
शेख कामाल
शेख जामाल
शेख रासेल
मातृ शिक्षाप्रतिष्ठानमौलाना आजाद महाविद्यालय
ढाका विश्वविद्यालय
हस्ताक्षरशेख मुजिबुर रहमान

सन् १९४७ मा मा भारतको विभाजन पछि पूर्वी पाकिस्तानी राजनीतिको सुरुवाती चरणमा शेख मुजिब एक युवा विद्यार्थी नेता थिए। उनी पछि माओलाना आब्दुल हामिद खान भसानीले स्थापना गरेको आवामी लिगका सभापति बनेका थिए। समाजवादको पक्षधर भएर उनले पूर्वी पाकिस्तानका जनता माथि गरिएका सबै प्रकारका विभेदहरूका विरुद्ध आन्दोलन सुरु गरेका भने उनले उनले एकपटक जनताको अधिकार स्थापित गर्न स्वायत्तताको ६ बुँदे योजना पश्चिम पाकिस्तान समक्ष प्रस्ताव गरेका थिए जुन पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तानको स्वतन्त्रताको योजना रूपमा हेरिएको थियो। ६ बुँदे मागहरूमध्ये प्रमुख प्रान्तीय स्वायत्तता बढेकोले उनी अयुब खानको सैन्य शासनको विरोधी भएर प्रकट हुन सुरु गरेका थिए। भारत सरकारसँग मिलेर षड्यन्त्र रचेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर पछि उनी आरोप मुक्त हुँदै कारागारबाट रिहा भइका थिए। उनको नेतृत्वमा आवामी लिगले सन् १९७० को चुनावमा ठूलो जीत हासिल गरेको थियो तर पश्चिम पाकिस्तान सरकारले उनलाई पूर्वी पाकिस्तानमा सरकार गठन गर्नबाट बञ्चित बनाएको थियो।

पाकिस्तानको तत्कालीन राष्ट्रपति याह्या खान र पश्चिमी पाकिस्तानी राजनीतिज्ञ जुल्फिकार अली भट्टुसँग पाकिस्तानको नयाँ सरकार गठनबारे वार्ता असफल भएपछि पाकिस्तान सेनाले सन् १९७१ मार्च २५ को मध्यरातमा ढाकामा नरसंहार गरेको थियो भने सोही रात उनलाई पक्राउ गरी पश्चिम पाकिस्तान लगिएको थियो जहाँ उनलाई रहीमुद्दीन खानले सैन्य अदालतमा मृत्युदण्ड सुनाएका थिए तर त्यो कार्यान्वयन हुन सकेन। पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण सुरु गरेपछि भारत पनि युद्धमा सामेल भएको थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानले ढाकामा २६ डिसेम्बर १९७९ मा आत्मसमर्पण गरेको थियो। युद्धले दक्षिण एसियाको भौगोलिक परिदृश्य परिवर्तन गर्योि भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो। १० जनवरी १९७२ मा शेख मुजिब कारागार मुक्त हुँदै पाकिस्तानबाट घर फर्किँदै बङ्गलादेशका प्रथम राष्ट्रपति बनेका थिए। १२ जनवरी १९७२ मा उनले सरकारको संसदीय प्रणाली सुरु गर्दै देशका प्रधानमन्त्री पनि बनेका थिए।। वैचारिक हिसाबले उनी बङ्गाली राष्ट्रवाद, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा विश्वास गर्ने व्यक्ति थिए जसलाई सामूहिक रूपमा मुजिबवाद भनिन्छ। राष्ट्रियता, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा आधारित संविधानको मस्यौदा तयार गर्दै र त्यस अनुरुप राज्य चलाउने प्रयास गरिरहेको अवस्थामा उनी चरम गरीबी, बेरोजगारी, व्यापक अराजकता र व्यापक भ्रष्टाचारको सामना गर्न गाह्रो अवस्थामा थिए। उनले बढ्दो राजनीतिक अस्थिरता रोक्नका लागि सन् १९७५ मा एक दलीय राजनीतिको घोषणा गरेका थिए। उक्त घोषणाको ७ महिना पश्चात् सन् १९७५ अगस्ट १५ का दिन सैन्य कार्यकर्ताको एक समूहले उनी लगायत उनका परिवारका सबै सदस्यको सामूहिसक हत्या गरेको थियो। सन् २००४ मा गरिएको बीबीसी सर्वेक्षणमा, शेख मुजिबुर रहमानलाई "सबै समयका सर्वश्रेष्ठ बङ्गाली" को रूपमा मतदान गरिएको थियो।

बाल्यकाल

जन्म

शेख मुजिबुर रहमान 
शेख मुजिबुर रहमानको पैतृक घर

शेख मुजिबुर रहमानको जन्म सन् १९२० मार्च १७ का दिन तत्कालीन भारतीय उपमहादिपको बङ्गो प्रदेश अन्तर्गत पर्ने फरिदपुर जिल्लाको गोलापगञ्ज महाकुमको पाटागाति सङ्घ परिषद्को टुङ्गिपाडा गाउँमा भएको थियो। उनको बुबाको नाम शेख लुत्तफर रहमान थियो (जो दायरा अदालतमा हिसाब किताब राख्ने काम गर्थे) भने उनकी आमाको नाम सायेरा खातुन थियो। आफ्ना बुबा आमाको चार छोरी तथा दुई छोराहरू मध्ये उनी तेस्रो सन्तान थिए। उनका दिदीहरूको नाम फातेमा बेगम, आछिया बेगम र हेलेन थियोे भने उनकी बहिनीको नाम लाइली थियो। उनका एक भाइ थिए जसको नाम शेख आबु नासेर थियो।

शेख मुजिबुर रहमानको नाम उनको हजुरबुबा शेख आब्दुल मजिदको नामको आधारमा राखिएको थियो। शेख मुजिबुरको बाल्यकालको उपनाम "खोका" थियो। सानो उमेरदेखिनै उनको मानिसहरू प्रति निकै सहानुभूति राख्ने गरेका थिए। उनले अकालको समयमा आफ्नो खेतबाट धान वितरण गर्ने गरेका थिए भने उनले यसको साथसाथै अरूबाट धान र चामल जम्मा पारी गरीब विद्यार्थीहरूमा वितरण गर्ने गरेका थिए।

शिक्षा

शेख मुजिबुर रहमान 
सन् १९४० मा फुटबल खेलको उपाधि विजेता मुजिब

सन् १९२७ मा सात वर्षको उमेरमा शेख मुजिबले गिमाडाङ्गा विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका थिए भने ९ वर्षको उमेरसम्म उक्त विद्यालयमा प्राथमिक शिक्षा हासिल गरिसकेपछि उनलाई सन् १९२९ मा गोपालगञ्जमा रहेको गोपालगञ्ज सरकारी विद्यालयमा भर्ना गरिएको थियो जहाँ उनले सन् १९३४ सम्म अध्ययन गरेका थिए। सन् १९३१ देखि उनले गोपालगञ्ज माथुरानाथ शिक्षण संस्थामा अध्ययन गर्न सुरु गरेका थिए भने त्यससम्मा उनी सात कक्षामा भर्ना भएका थिए। सन् १९३४ मा उनको आँखामा एक जटिल रोगको सङ्क्रमण देखिएका कारण उनको आँखाको सल्यक्रिया गरिएको थियो भने सल्यक्रिया गरेर आँखा ठीक हुनलाई चार वर्ष लागेको थियो। उक्त चार वर्षे अन्तरालमा उनी विद्यालय जानबाट बञ्चित हुनु परेको थियो। शेख मुजिबलेपछि गोलापगञ्ज विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। मुजिबले सन् १९४४ मन इस्लामिया कलेज, कलकत्ताबाट (हाल माओलाना आजाद कलेज) आफ्नो आइए स्तरसम्मक‍ अध्ययन र सन् १९४८ मा इतिहास तथा राजनीति विज्ञानमा स्नातकोत्तर प्राप्त गरेका थिए। कलकत्ता विश्वविद्यालयबाट सम्बद्ध यस कलेज त्यस समयको निकै प्रसिद्ध शिक्षण संस्थाहरू मध्ये एक थियो। इस्लामिया कलेजका एक विद्यार्थीको रूपमा उनी बेकार छात्रावासका २४ सङ्ख्याको कक्षामा बसोबास गरेका थिए। सन् १९९८ मा पश्चिम बङ्गाल सरकारले २३ र २४ कक्षलाई शेख मुजिबुर रहमानको सम्मानमा "बङ्गोबोन्धु स्मारक कक्षको नाा दिएक‍ थियो। सन् २०११ मा त्यस कक्षको अगाडि उनक‍ मुर्ति खडा गरिएक‍ो थियो। भारतको विभाजन पश्चात् उनले कानुन विषयको अध्ययन गर्नका लागि ढाका विश्वविद्यालयमा भर्ना भएका थिए तर सन् १९४९ मा उनको उचित मागका लागि विश्वविद्यालयको अधिकारीहरूको उदासीनताको विरुद्ध आवाज उठाएको र चौँथो श्रेणीका कर्मचारीहरूलाई उक्साएको भन्दै उनलाई विश्वविद्यालयबाट निष्कासित गरिएको थियो। यसपछि सन् १९१० अगस्ट १४ का दिन ढाका विश्वविद्यालयका अधिकारीहरूले निष्कासन आदेश फिर्ता लिएका थिए।

बेलायती भातरमा राजनैतिक सक्रियता

सन् १९३९ मा एक सैनिक विद्यालयमा अध्ययन गरिरहँदा मुजिबको राजनैतिक जीवन सुरु भएको थियो। यस वर्ष बाङ्लाका तत्कालीन मुख्यमन्त्री शेरे बाङ्ला एके फजलुल हक र पछि बाङ्लाका प्रधानमन्त्री र पाकिस्तानका प्रधानमन्त्री होसेन मोहाम्मद शाहीद सोह्रावार्दीले यो विद्यालयको भ्रमण गरेका थिए जहाँ उनीहरू उक्त विद्यालयको छत सुधारको मागको आधारमा एक टोलीको साथ आएका थिए जसको नेतृत्व उनी आफैले गरेका थिए। सन् १९४० मा मुजिब अखिल भारतीय मुस्लिम छात्र महासङ्घमा सामेल भएका थिए भने त्यहाँ उनी एक वर्षको अवधिको लागि निर्वाचित भएका थिए। सन् १९४१ मा फरिदपुर जिल्ला छात्रलिगको सम्मेलनमा काजी नजरुल इसलाम, हुमायुन कविर र इब्राहिम खाँले उपस्थिति जनाउँदै योगदान दिएका थिए। सन् १९४२ मा प्रवेश परीक्षा उत्तीर्ण गरेपछि उनी कलकत्तामा रहेको इस्लामिया महाविद्यालय (हाल मओलाना आजाद महाविद्यालयमा) मा कानून विषयको अध्ययन गर्नका लागि भर्ना भएका थिए भने कलकत्ता विश्वविद्यालयसँग समवद्ध रहेको यो क्याम्पस तत्कालीन समयको निकै प्रशिद्ध शिक्षण संस्था थियो। यस क्याम्पसबाट उनले विद्यार्थी राजनीतिलाई थप सक्रियताका गरेका थिए। उनी सन् १९४३ मा बाङ्ला मुस्लिम लिगसँग आवद्ध हुँदै कश्मीरी मूलका अग्रणी बङ्गाली मुसलमान नेता हुसेन शहीद सोहरावर्दीको सम्पर्कमा आएका थिए। उनको विद्यार्थी आन्दोलनको मुख्य विषय भने, एक छुट्टै मुस्लिम राज्यको रूपमा पाकिस्तान स्थापनाको आन्दोलन थियो। सन् १९४३ मा उनी बाङ्ला मुस्लिम लिगको परिषद्मा निर्वाचित भएका थिए।

सन् १९४४ मा वर्तमान बङ्गलादेशको कुष्टियामा अखिल बाङ्ला मुस्लिम विद्यार्थी लिगको सम्मेलन भएको थियो भने यस सम्मेलनमा शेख मुजिबको विशेष भूमिका रहेको थियो। शेख मुजिब पछि कलकत्तामा बस्ने फरीदपुरका बासिन्दाहरूले बनेको फरीदपुर जिल्ला सङ्घका सचिवका लागि मनोनीत भएका थिए। दुई वर्ष पछि उनी इस्लामीया कलेज विद्यार्थी सङ्घका महासचिवमा निर्वाचित भएका थिए। सन् १९४७ अर्थात् विशाल भारत विभाजन भएको वर्ष मुजिबले कलकत्ता विश्वविद्यालय अन्तर्गत इस्लामीया क्याम्पसबाट स्नातकोत्तर उतिर्ण गर्न सफल भएका थिए। भारत र पाकिस्तानको विभाजन हुँदा कलकत्तामा एक हिंस्रक हिन्दू-मुस्लिम दङ्गा भडकिएको थियो। त्यस समयमा मुजिबले मुसलमानहरूलाई बचाउन र हिन्दु मुस्लिम दङ्गालाई नियन्त्रण गर्नका लागि विभिन्न राजनीतिक गतिविधिमा सोहरावर्दीसँग हात मिलाएका थिए।

पाकिस्तान र भारतको विभाजन पश्चात् शेख मुजिब पूर्वी पाकिस्तान फर्किए र ढाका विश्वविद्यालयको कानून विभागमा भर्ना भएका थिए। उनले सन् १९४८ जनवरीमा पूर्वी पाकिस्तान मुस्लिम छात्रा लिगको स्थापना गरेका थिए जसको माध्यमबाट उनी यस प्रदेशको एक अग्रणी विद्यार्थी नेतामध्ये एक हुन सफल भएका थिए। यस समयमा उनले समाजवादतर्फ झुकाव राख्दै गरीबी, बेरोजगारी र निम्न स्तरको जीवन स्तरको विकासको एक मात्र समाधान समाजवादलाई लिएका थिए।

पाकिस्तान आन्दोलन र देशको विभाजन

सन् १९४० मा लाहोर प्रस्तावको उठान गरिएपछि मुस्लिम लिगले पाकिस्तानको स्थापना गर्न मैदानमा उत्रिएको थियो। मुस्लिम लिगका युवा विद्यार्थी नेता शेख मुजिब यस समय पाकिस्तान आन्दोलनमा सामेल भएका थिए। सन् १९४६ को चुनावमा "पाकिस्तानको मागको लागि जनमत सङ्ग्रह" भनेर चिनिने आन्दोलनलाई शेख मुजिबले वृहत् फरिदपुर अञ्चलको लिगका कर्यकर्ता प्रमुखको रूपमा काम गरेका थिए। पछि मुस्लिम लिगले मुसलमानको बाहुल्यता रहेको क्षेत्रहरूमा चुनाव जितेको थियो यद्यपि चुनावमा बङ्गालमा मात्र एकल बहुमत प्राप्त गरेका कारण सोहरावर्दीको नेतृत्वमा सरकार गठन गरिएको थियो।

सन् १९४६ अगस्ट १६ का दिन प्रत्यक्ष सङ्घर्ष दिवस उपलक्ष्यमा कलकत्तामा भयङ्कर हिन्दु-मुसलमान दङ्गा भड्किएको थियो। त्यस समयमा मुजिबले मुसलमानहरूलाई बचाउन र दङ्गालाई नियन्त्रणमा राख्न हुसेन सहिद सोहरावार्दीसँग विभिन्न राजनीतिक गतिविधिमा सहभागिता जनाएका थिए। त्यस समयमा शेख मुजिब भारत र पाकिस्तानको नियन्त्रण बाहिर एक अविभाजित स्वतन्त्र बङ्गाल गठन गर्न सोहरावार्दी, आबुल हाशिम, शरतचन्द्र बोस र अन्यको नेतृत्वमा रहेको "संयुक्त बङ्गाल आन्दोलन" मा पनि सामेल भएका थिए। पछि जब भारत र पाकिस्तान नामक दुई स्वतन्त्रता देशहरूको स्थापना गरियो तब आसामका बङ्गाली मुसलमानहरूको बाहुल्यता रहेको सिलेट जिल्लाको निर्णय गर्नका लागि एक जनमत सङ्ग्रहको आयोजना गरिएको थियो। शेख मुजिबले सिलेट जनमत सङ्ग्रहमा पाकिस्तानलाई सामेल गर्नका लागि आयोजक र प्रचारकको रूपमा काम गरेका थिए। उनी त्यससमय लगभग ५०० श्रमिकहरूको साथ कलकत्ताबाट सिलेट गएका थिए। जनमत सङ्ग्रह जितेपछि पनि करिमगञ्ज पाकिस्तानको भाग हुने नसकेका कारण मुजिबले आफ्नो आत्मकथामा पूर्व पाकिस्तानको भौगोलिक कमजोरीहरूबारे सीमा निर्धारणमा आफ्नो धारणा व्यक्त गरेका थिए।

तत्कालीन पाकिस्तानको राजनैतिक नेतृत्व

बेलायत शासित भारतको विभाजन पश्चात् पाकिस्तान र भारत दुई स्वतन्त्रता मुलुक बनिसकेपछि शेख मुजिब पूर्व पाकिस्तान आएका थिए भने उनी ढाका विश्वविद्यालयको कानुन विभागमा भर्ना भएका थिए। उनी पूर्व पाकिस्तान जनप्रजातान्त्रिक जुबो लिगका संस्थापक सदस्य बनेका थिए जसको स्थापना सन् १९४७ सेप्टेम्बर ७ का दिन भएको थियो। उनले सन् १९४८ जनवरी ४ का दिन पूर्व पाकिस्तान मुस्लिम छत्र लिगको स्थापना गरेका थिए जहाँबाट उनी प्रान्तका अग्रणी छात्र नेताहरू मध्ये एक बनेका थिए। यस समयमा उनी समाजवाद तर्फ अग्रसर बन्दै गरीबी, बेरोजगारी र जीवन स्तर सुधारका लागि समाजवादलाई एकमात्र उपाय मानी अवलम्बन गरेका थिए।

बङ्गाली भाषा आन्दोलन

सन् १९५४ फेब्रुअरी २१ का दिन सहिद मिनारमा श्रद्धाञ्जली अर्पण गर्दै माओलाना भासानी र शेख मुजिबुर रहमान

शेख मुजिबको राजनीतिक गतिविधि बङ्गाली भाषालाई राष्ट्रभाषाको रूपमा स्थापना गर्ने आन्दोलनमा सहभागिताका साथ सुरु भएको थियो। सन् १९४६ फेब्रुअरी २० का दिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री खाजा नाजिमउद्दिनले मात्र उर्दु भाषालाई पाकिस्तानको सङ्घीय भाषा हुनेछ भनि घोषणा गरेका थिए। यद्यपि उर्दू ऐतिहासिक रूपमा उपमहाद्वीपको उत्तर, मध्य र पश्चिमी क्षेत्रमा मात्र प्रचलित भाषा थियो जबकि पूर्वी बङ्गालमा बङ्गालीहरूको मातृभाषा बङ्गाली थियो जुन दुई भारतीय-युरोपेली भाषाहरूको महत्त्वपूर्ण भाषाहरू हुन्। पाकिस्तानका बाङ्ला मातृभाषा हुने मानिसहरूको सङ्ख्या देशको ३० प्रतिशत थिए। भाषा सम्बन्धि त्यस सरकारी अडानले पूर्वी क्षेत्रको संस्कृति दमन गर्ने प्रयासको रूपमा व्यापक रूपमा देखिन थालेको थियो। उक्त सरकार अडानको प्रतिवादी शेख मुजिबले तुरुन्तै मुस्लिम लिगको यो पूर्व नियोजित निर्णयको विरुद्ध एक भाषा आन्दोलन सुरु गर्ने निर्णय गरेका थिए भने सोही वर्षको मार्च २ मा ढाका विश्वविद्यालयको फजलुल हक हलमा विभिन्न राजनीतिक दलका नेताहरूसँग सम्मेलन भएको थियो। सम्मेलनले मुस्लिम लिगको विरुद्ध आन्दोलनको नीति बारे छलफलमा शेख मुजिबले प्रस्ताव पेश गरेका थिए भने त्यसपछि सर्वदलीय सङ्घर्ष परिषद् गठन गर्ने निर्णय गरिएको थियो। पूर्वी बङ्गालका मानिसहरूले उनीहरूको मातृभाषा बाङ्लालाई उर्दू र अङ्ग्रेजी साथसाथै सङ्घीय दर्जा दिने माग गरेका थिए। पाकिस्तानमा भाषा आन्दोलन सन् १९४८ मा सुरु भएको थियो जब नागरिक समाजले बाङ्ला लिपिलाई मुद्रा र टिकटबाट हटाउने निर्णयलाई विरोध गरेको थियो जबकि बेलायती राजको समयदेखिनै यो प्रचलनमा रहेको थियो। यस परिषद्को आह्वानमा सन् १९४८ मार्च ११ का दिन ढाकामा हडताल तथा सरकारी अडान विरोध आन्दोलनको सुरुवात भएको थियो। हडतालको समयमा सचिवालय भवनको अगाडि शेख मुजिब र उनको साथसाथै अन्य थुप्रै राजनीतिक कार्यकर्ताहरूलाई सरकारी विरोधी आन्दोलन चर्काएको भन्दै गिरफ्तार गरिएको थियोे तर शेख मुजिब र अन्य छात्र नेताहरूलाई गिरफ्तार गरिएको जानकारी पाएपछि छात्र समुदायको तर्फबाट कडा विरोध भएपछि उनी तथा उनका सहकर्मीहरूलाई १५ मार्चका दिन रिहा गरिएको थियो। उनको रिहाईको अवसर पारेर सर्वदलीय राष्ट्र सङ्ग्राम परिषद्ले ढाका विश्वविद्यालयको बटलामा मुजिबको नेतृत्वमा र्‍यालिको आयोजना गरिएको थियो भने उक्त र्‍यालिलाई प्रहरीले अवरोध पुर्‍याएको थियो। विरोध प्रदर्शन र्‍यालीमा प्रहरीको अवरोध पश्चात् शेख मुजिबले १७ मार्च १९४८ का दिन देशव्यापी रूपमा आन्दोलनको घोषणा गरेका थिए। १९ मार्चमा उनले ढाका विश्वविद्यालयका चतुर्थ श्रेणीका कर्मचारीहरूको अधिकारका लागि पनि आन्दोलन सुरु गरेका थिए।

शेख मुजिबुर रहमान 
२६ जुन १९४९ का दिन ढाका केन्द्रीय कारागारबाट रिहा हुँदै शेख मुजिब

२१ जनवरी १९४९ का दिन शेख मुजिब कारागारबाट रिहा भएका थिए भने कारागारबाट रिहा भएपछि उनी पुनः चतुर्थ श्रेणी कर्मचारीहरूको आन्दोलनमा सामेल भएका थिए जसका लागि उनलाई विश्वविद्यालय द्वारा जरिवाना लगाएको थियो तर उनले उक्त जरिवानालाई गैरकानूनी घोषित गर्दै जरिवाना तिर्नबाट बचेका थिए। त्यसपछि २७ अप्रिलका दिन मुस्लिम लिग विरोधी उम्मेदवार शामसुल हकले टाङ्गाइलको उपचुनाव जित्न सफल भएका थिए। शेख मुजिबले आफ्नो आन्दोलनको सफलताका लागि कुलपतिको निवास भवन अगाडि भोक हडताल गरेका थिए जसका लागि उनलाई पुनः हिरासतमा लिइएको थियो भने त्यतिखेर उनलाई ढाका विश्वविद्यालयबाट रिहा गरिएको थियो। उनी माथि लगाइएको आरोप विश्वविद्यालयमा चतुर्थ श्रेणीका कर्मचारीहरूको अधिकारको लागि आन्दोलनको नेतृत्व गर्नु थियो।

आवामी लिगको स्थापना

शेख मुजिबुर रहमान 

सन् १९४९ जुन २३ का दिन सोहरावार्दी र माओलाना भासानीले पूर्वी पाकिस्तानमा आवामी मुस्लिम लिगको गठन गरेका थिए भने शेख मुजिबले उक्त राजनैतिक दलको स्थापना पश्चात् मुस्लिम लिगलाई छाडेर आवामी मुस्लिम लिगमा सामेल भएका थिए भने उनी उक्त नयाँ राजनैतिक दलको पूर्वी पाकिस्तान क्षेत्रका संयुक्त महासचिवमा निर्वाचित भएका थिए र उनलाई जुनको अन्तमा कारागारबाट रिहाई प्राप्त भएको थियो। कारागारबाट रिहाइ भैसकेपछि उनले खाद्य सङ्कटको विरुद्ध भैरहेको आन्दोलनामा सहभागी भएका थिए। उनलाई धारा १४४ को उल्लङ्घन गरेको आरोपमा सोही वर्षको सेप्टेम्बरमा अस्थायी रूपमा पक्राउ गरिएको थियो तर उनी कारागारबाट चाँडै रिहा भएका थिए। पछि उनलाई माओलाना आब्दुल हामिद खान भासानीको साथ मिलेर लियाकट अली खानलाई एक प्रतिनिधिमण्डल पठाउन कोशिश गरेका कारण पुनः पक्राउ गरिएको थियो।

सन् १९५० को प्रारम्भिक दिनहरूमा पूर्वी पाकिस्तानमा तत्कालीन पश्चिम पाकिस्तानी प्रधानमन्त्री लियाकत अली खानको आगमनलाई लिएर आवामी मुस्लिम लिगले ढाकामा विरोधी जुलुस आयोजना गरेको थियो भने यस प्रकारको विरोध जुलुसको नेतृत्व गरेका कारण उनलाई पुनः पक्राउ गरी कारागार पठाइएको थियो भने उनले सवा दुई वर्ष कारागारमा बिताउनु परेको थियो। सन् १९५२ जनवरी २६ का दिन तत्कालीन पश्चिम पाकिस्तान प्रधानमन्त्री खाजा नाजिमउद्दिनले उर्दु भाषालाई एकमात्र राष्ट्रिय भाषाको रूपमा घोषणा गरेका थिए। यस घोषणापछि उनले कारागारमै रहेको अवस्थामा सङ्ग्राम परिषद् चलाएर विरोध प्रदर्शन र प्रतिरोधको आयोजना गर्न निर्देशन दिँदै उक्त आन्दोलना अहम् भूमिका निर्वाह गरेका थिए। त्यस पछि २१ फरवरीलाई राज्य भाषाको मागलाई साकार गरेको दिनको रूपमा मनाउने निर्णय गरिएको थियो। सोही समयमा शेख मुजिबले कारागारमा फेब्रुअरी १४ देखि भोक हडताल गर्ने निर्णय गरेका थिए भने उसको उपवास १३ दिनसम्म प्रभावकारी रूपमा अघि बढेको थियो। शेख मुजिबलाई १६ फेब्रुअरीका दिन कारागारबाट रिहा गरिएको थियो।

संयुक्त मोर्चा सरकार

सन् १९५४ मा नवनिर्वाचित संयुक्त मोर्चा सरकारका कृषि तथा वन मन्त्री शेख मुजिब (बायाँबाट दोस्रो)
सन् १९५६ मा पूर्व पाकिस्तानका गभर्नर शेरेबाङ्ला एके फजलुल हकबाट मन्त्रीको रूपमा सपथ लिँदै शेख मुजिब

सन् १९५३ जुलाई ९ तारिखका दिन उनी परिषद्को अधिवेशनको अन्त्यमा पूर्वी पाकिस्तान आवामी लिगका महासचिवमा चयन भएका थिए भने सोही वर्षको नोभेम्बर १४ का दिन आम चुनावमा भाग लिन अन्य राजनैतिक दललाई गठन गर्ने निर्णय गरिएको थियो। आम चुनाव १० मार्च १९५४ का दिन सम्पन्न भएको थियो भने यस निर्वाचनमा संयुक्त मोर्चाले २३७ सीटहरूमध्ये २२३ सीटहरूमा मतदान प्राप्त गरी ठूलो मत अन्तरले चुनाव जित्न सफल भएको थियो जसमध्ये आवामी लिगले १४३ सिट जित्न सफल भएको थियो। शेख मुजिबले १३,००० मतको अन्तरले गोपालगञ्ज निर्वाचन क्षेत्रमा जित हासिल गरेका थिए भने उनको विपक्षीमा शक्तिशाली मुस्लिम लिग नेता वाहिदुज्जमान थिए। १५ मेका दिन उसलाई कृषि तथा वन मन्त्रालयको दायित्व प्रदान गरिएको थियो भने २९ मे का दिन केन्द्रीय सरकारले संयुक्त मोर्चा भङ्ग गरेको थियो। कराचीबाट ढाका फर्केपछि शेख मुजिबलाई ३० मेमा विमानस्थलमै पक्राउ गरिएको थियो भने उनले डिसेम्बर २३ का दिन कारागारबाट रिहा गरिएको थियो। सन् १९५५ जुन ५ मा शेख मुजिब ऐन परिषद्को सदस्यको रूपमा निर्वाचित भएका थिए। १७ जुनमा आवामी लिगले २१ औँ बुँदे माग पल्टन मैदानमा आयोजित सम्मेलनमा प्रस्तुत गरेको थियो जसमा पूर्वी पाकिस्तानको स्वायत्तता पनि रहेको थियो। २३ जुनका दिन दलको कार्यकारी परिषद्को बैठकमा पूर्वी पाकिस्तानले स्वायत्तता प्राप्त नगरे व्यवस्थापिकाका सबै सदस्यले राजीनामा गर्ने निर्णय भएको थियो। शेख मुजिबले अगस्ट २५ मा पाकिस्तानको कराचीमा संविधानसभालाई सम्बोधन गर्दै यस्तो भनेका थिए:

[গণপরিষদের প্রেসিডেন্ট], আপনি দেখবেন ওরা "পূর্ব বাংলা" নাमेর পরিবর্তে "পূর্ব পাকিস্তান" নাম রাখতে চায়। আমরা বহুবার দাবি জানিয়েছি যে; পাকিস্তানের পরিবর্তে আপনাদের বাংলা [বঙ্গ] ব্যবহার করতে হবে। "বাংলা" শব্দটার একটি নিজস্ব ইতিহাস, ঐতিহ্য আছে। আপনারা এই নাম আমাদের জনগণের সঙ্গে আলাপ-আলোচনা করে পরিবর্তন করতে পারেন। আপনারা যদি ঐ নাম পরিবর্তন করতে চান তাহলে আমাদের বাংলায় আবার যেতে হবে এবং সেখানকার জনগণের কাছে জিজ্ঞেস করতে হবে তারা নাম পরিবর্তনকে मेনে নেবে কিনা। এক ইউনিটের প্রশ্নটা গঠনতন্ত্রে অন্তর্ভুক্ত হতে পারে। আপনারা এটাকে এখনই কেন তুলতে চান? বাংলা ভাষাকে, রাষ্ট্রভাষা হিসেবে গ্রহণ করার ব্যাপারে কি হবে? যুক্ত নির্বাচনী এলাকা গঠনের প্রশ্ননটাই কি সমাধান? আমাদের স্বায়ত্তশাসন সম্বন্ধে ভাবছেন? পূর্ব বাংলার জনগণ অন্যান্য প্রশ্নগুলোর সমাধানের সাথে এক ইউনিটের প্রশ্নটাকে বিবেচনা করতে প্রস্তুত। তাই আমি আমার ঐ অংশের বন্ধুদের কাছে আবেদন জানাবো তারা যেন আমাদের জনগণের ‘রেফারেন্ডাম’ অথবা গণভোটের মাধ্যमे দেয়া রায়কে मेনে নেন।

सन् १९५५ अक्टोबर २१-२३ का दिनहरूको अन्तरालमा बाङ्ला आवामी मुस्लिम लिगको विशेष अधिवेशनमा यस राजनैतिक दलको नामबाट सर्वसम्मतिले "मुस्लिम" शब्द हटाउने निर्णय गरेको थियो। शेख मुजिब पछि पुनः उक्त राजनैतिक दलको महासचिवको रूपमन निर्वाचित भएका थिए। ३ फेब्रुअरीका दिन आवामी लिगका मुख्यमन्त्रीहरूको बैठकमा दलले संविधानको मस्यौदामा स्वायत्तता समावेशीकरणको माग गरेको थियो। १४ जुलाईमा राज्य प्रशासनमा सैनिक उपस्थितिको विरुद्ध एक प्रस्ताव पेश गरिएको थियो भने उक्त प्रस्ताव उनले सरकार समक्ष पेश गरेका थिए। ४ सेप्टेम्बरका दिन उनको अगुवाईमा विरोधी जुलुसको आयोजना गरिएको थियो भने खटिएका प्रहरीहरूले धारा १४४ को उल्लङ्घन गर्दै जुलुस माथि गोली हान्दा कम्तिमा तीन प्रदर्शनकारीको मृत्यु भएको थियो। १६ सेप्टेम्बरमा शेख मुजिब गठबन्धन सरकारमा सामेल भए र यसका साथसाथै उद्योग, वाणिज्य, श्रम, भ्रष्टाचार विरोधी र ग्रामीण सहायता मन्त्रीको रूपमा काम गर्न सुरु गरेका थिए। उनले राजनैतिक दलको लागि पूर्ण समय समर्पण गर्न सन् १९६७ मे ३० का दिन उनले मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए। ७ अगस्टमा उनले चीन र सोभियत सङ्घको आधिकारिक भ्रमण गरेका थिए। सन् १९५८ का दिन पाकिस्तानका राष्ट्रपति मेजर जनरल इस्कन्दर मिर्जा र सेना प्रमुख युब खानले देशमा सैनिक कानून लागू गर्दै सबै राजनैतिक गतिविधिहरूमा प्रतिबन्ध लगाएका थिए। भने सोही वर्षको अक्टुबर ११ का दिन उनलाई पक्राउ गरिएको थियो भने उनी जेलमा छँदा उनलाई कयौँ निराधार आरोपहरू लगाइएको थियो।

शेख मुजिबुर रहमान 
सन् १९४९ मा होसेन सहिद सोहरावार्दीको साथमा युवानेता शेख मुजिब

उच्च अदालतमा रिट निवेदन दिएपछि उनी सन् १९६१ मा कारागारबाट रिहा भएका थिए भने यस पटक उनले गोप्य राजनीतिक गतिविधिहरू सञ्चालन गर्न सुरु गरेका थिए। अन्य विद्यार्थी नेताहरूको साथसाथै उनले गोप्य रूपमा बङ्गलादेशको स्वतन्त्रताको लागि काम गर्ने लक्ष्य राखेर बाङ्फा बिप्लोबी परिषद्को स्थापना गरेका थिए। उनी सन् १९६२ मा सार्वजनिक सुरक्षा ऐन अन्तर्गत पुन: पक्राउमा परेकन थिए। जुन २ मा उनलाई चार वर्षको सैनिक कानून समाप्त भएपछि कारागारबाट रिहा गरिएको थियो। २५ जुनमा उनी अरू राजनीतिक नेताहरूसँगै अयुब खानले लगाएको विभिन्न राजनीतिक मुद्दाहरूको विरुद्धमा संघर्ष गर्न सुरु गरेका थिए। ५ जुनमा उनले पल्टन मैदानमा आयोजित सम्मेलनमा अयुब खानको आलोचना गरेका थिए। २८ सेप्टेम्बरमा उनी पश्चिम पाकिस्तानको लाहोर गए र त्यहाँ सहिद सोहरावर्दीसँग मिलेर राष्ट्रिय लोकतान्त्रिक मोर्चाको गठन गरेका थिए। अक्टुबर महिनाभर सहिद सोहरावर्डीसँगै उनले संयुक्त मोर्चाको समर्थन जुटाउन बाङ्लाको विभिन्न ठाउँहरूको भ्रमण गरेका थिए। सन् १९५३ मा उनी सोहरावर्दीसँग छलफल गर्न लन्डन गएका थिए जहाँ सोहरावार्दीले स्वास्थ्य उपचार गराइरहेका थिए भने सोही वर्ष डिसेम्बरमा सोहरावर्दीको बेरुतमा निधन भएको थियो।

सैन्य शासन विरोधी आन्दोलन

सन् १९५८ अक्टोबर ७ का दिन पाकिस्तानका राष्ट्रपति मेजर जनरल इस्कन्दर मिर्जा र सेनाध्यक्ष अयुब खानले देशमा सैन्य शासन लागु गरेका थिए। अयुब खानको आलोचना गरेको भन्दै सन् १९५६ अक्टोबर ११ का दिन मुजिबलाई गिरफ्तार गरिएको थियो भने उनलाई सन् १९५९ अक्टोबर ५ का दिन निगरानीमा रिहा गरिएको थियो। सन् १९६१ देखि सन् १९६१ मा उनी व्यावहारिक रूपबाट गिरफ्तारीको अधीन रहेका थिए। यस समय अयुब खानले सबै राजनीतिक गतिविधिहरू माथि ६ वर्षका लागि प्रतिबन्ध लगाएका थिए। मुजिब कारागारमा रहेका बेला उनलाई विभिन्न आरोपहरू लगाइएको थियो। १२ सेप्टेम्बरका दिन उनलाई दुई वर्ष कैद र ५,००० टाका जरिवानाका थप जरिवाना नतिरेको भन्दै थप ६ महिनाको कारागार सजाय सुनाइएको थियो। १४ महिनाको लगातार नजरबन्दी पश्चात् उनलाई रिहा गरिएको थियो तर उनलाई कारागारको द्वारबाट पुनः नियन्त्रणमा लिइएको थियो। सर्वोच्च अदालतमा रिट दायर गर्दै उनलाई सन् १९६१ सेप्टेम्बर २२ का दिन कारागारबाट रिहा गरिएको थियो। कारागारबाट छुटेपछि उनले गुप्त राजनीतिक गतिविधिहरू सुरु गरेका थिए। अन्य छात्र नेताहरूको साथमा उनले गुप्त रूपमा स्वाधीन बाङ्ला विप्लवी परिषद् नामक एक संस्थाको गठन गरेका थिए। सय सङ्गठनको मुख्य उद्देश्य पूर्व बङ्गालको स्वतन्त्रताका लागि काम गर्नु थियो। सन् १९६१ मा जब शेख मुजिबले बङ्गालको स्वतन्त्रताका लागि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग सहयोग मागे तब नेहरूले उनलाई सहयोग नगर्ने भन्दै प्रस्ताव अस्वीकार गरेका थिए। सन् १९६० मा सैन्य सरकारद्वारा राजनीतिक गतिविधिहरूमा प्रतिबन्ध हटाए पश्चात् शेख मुजिबले पार्टीको पुनर्गठनका लागि पहल गरेका थिए। सन् १९६२ फेब्रुअरी ६ का दिन सार्वजनिक सुरक्षा अधिनियमको अन्तर्गत उनलाई पुनः गिरफ्तार गरिएको थियो। जुन २ का दिनबाट देशमा सैन्य शासनलाई पुनः लागु गरिएपछि उनलाई १८ जुनका दिन रिहा गरिएको थियो। २५ जुनका दिन उनी अयुब खानद्वारा लगाइएको विभिन्न राजनीतिक मुद्दाहरूको विरुद्ध सङ्घर्षमा अन्य राजनीतिक नेताहरूको समूहमा सामेल भएका थिए। ५ जुनका दिन उनले पल्टन मैदानमा आयोजित एक सम्मेलनमा अयुब खानको आलोचना गरेका थिए। २४ सेप्टेम्बरका दिन उनी लाहोर गई त्यहाँ सहिद सोहरावार्दीको साथ राष्ट्रिय जनतान्त्रिक मोर्चाको स्थापना गरेका थिए जुन मूल रूपबाट विपक्षी दलहरूको एक सामान्य संरचनाको रूपमा काम गर्ने गरेको थियो।

शेख मुजिबुर रहमान 
सहिद सोहरावार्दीको साथमा उनका प्रिय शिष्य शेख मुजिब

अक्टोबरको पुरै महिनाभरी शेख मुजिबले सहिद सोहरावार्दीको साथ संयुक्त मोर्चाको समर्थनका लागि बङ्गालमा विभिन्न स्थानहरूको भ्रमण गरेका थिए। सन् १९६३ मा उनी सहिद सोहरावार्दीको साथ वार्ताका लागि लन्डन प्रस्थान गरेका थिए जहाँ सहिद सोहरावार्दीको उपचार गरिएको थियो तर सोही वर्षको ५ डिसेम्बरका दिन सोहरावार्दीको बेरुतमा मृत्यु भएको थियो। सन् १९६४ जनवरी २५ का दिन मुजिबको उपस्थितिमा बसिएको एक बैठकमा आवामी लिगलाई पुनर्गठन गर्ने निर्णय गरिएको थियो। यस बैठकको प्रस्ताव के आधारमा शेख मुजिबलाई आवामी लिगको महासचिवको रूपमा चुनिएको थियो भने माओलाना आब्दुर रशीद तर्कबागीशलाई पार्टीको अध्यक्षको रूपमा चयन गरिएको थियो। सन् १९६४ मार्च ११ का दिन एक सर्वदलीय सङ्घर्ष परिषद्को गठन गरिएको थियो जसद्वारा मुजिबले साम्प्रदायिक दङ्गा रोक्नका लागि विशेष उपायहरूको अवलम्बन गरेका थिए। शेख मुजिब सैन्य शासक अयुब खानको सैन्य शासनको विपक्षका नेताहरू, राजनीतिको नाममा आधारभूत लोकतन्त्रको परिचय र पाकिस्तानको संरचनामा एक इकाई प्रणालीको अग्रणी व्यक्तित्व थिए। आधारभूत प्रजातन्त्रका अनुसार देशभरिबाट ८० हजार प्रतिनिधिहरू चुनिएका थिए र उनीहरूको मतका आधारतमा राष्ट्रपतिको चयन गरिएको थियो। यस पद्धति के अनुसार शक्तिलाई केन्द्रीकरण गर्ने योजना बनाइएको थियो भने प्रान्तहरूलनई एक साथ विकासको बाटोमा अघि बढाउन पहल गरिएको थियो। यस समय सेनाको नरसंहार र बङ्गालीहरूको जायज मागलाई पूरा गर्नमा सैन्य शासकहरूको उदासीनताले पूर्व पाकिस्तानका सर्वसाधारणहरूको निरास बनेका थिए। अन्य राजनीतिक दलहरूको साथ काम गर्न मुजिबले सर्वदलीय उम्मेदवार फतेमा जिनाहको समर्थन गरेका थिए। उनलाई भारतीय दलालको आरोपमा चुनाव आयोजना हुन भन्दा दुई हप्ता पहिला सन् १९६५ नोभेम्बर ७ का दिन गिरफ्तार गरिएको थियो। शेख मुजिबलाई राजद्रोह र आपत्तिजनक प्रस्ताव गरेको आरोपमा एक वर्ष कारागारको सजाय सुनाइएको थियो तथापि उनलाई एक उच्च अदालतको फैसला अनुसार समयावधि सकिनु भन्दा अगाडिनै रिहा गरिएको थियो।

छ बुँदे आन्दोलन

शेख मुजिबुर रहमान 

सन् १९६४ मा सोहरावार्दीको मृत्यु पश्चात् शेख मुजिबको निवासमा भएको एक बैठकले आवामी लिगलाई पुन: एकीकृत गर्ने निर्णय गरेको थियो। यस बैठकको प्रस्तावको आधारमा शेख मुजिब तत्कालीन पाकिस्तानको एक प्रमुख राजनैतिक दल आवामी लिगको महासचिव र मओलानम आबदुर रशीद तर्कबागीशलाई दलको सभापतिको रूपमा निर्वाचित भएका थिए। सन् १९६४ मार्च ११ का दिन सर्वदलीय सङ्घर्ष परिषद्को पनि गठन भएको थियो जसको माध्यमबाट शेख मुजिबले साम्प्रदायिक दङ्गा रोक्न विशेष उपायहरूको अवलम्बन गरेका थिए। सैन्य शासक अयुब खानको सैन्य शासन, राजनितीको नाममा मौलिक गणतन्त्र तथा पाकिस्तानको संरचनामा एक इकाई पद्धति विरोधी नेताहरू मध्ये शेख मुजिब अगुवा थिए। यस विधिका अनुसार शक्तिलाई केन्द्रित गर्ने योजना गरिएको थियो भने प्रदेशहरूलाई एकसाथ ल्याउन पनि पहल गरिएको थियो। अन्य राजनीतिक दलहरूसँग काम गर्दा शेख मुजिबले अयूब विरोधी सबै दलका उम्मेदवारहरूको साथसाथै फातिमा जिन्नाको पनि समर्थन गरेका थिए जसकारण उनलाई चुनाव आउनु भन्दा दुई हप्ता अघि पक्राउ गरिएको थियो भने देशद्रोह र आपत्तिजनक प्रस्ताव बनाएको आरोपमा उनलाई एक वर्ष कारागार सजाय सुनाइएको थियो। यद्यपि उनलाई उच्च अदालतको फैसलामा एक वर्ष नपुग्दै कारागारबाट रिहा गरिएको थियो। यस समयमा सेनाको नरसंहार र बङ्गालीहरूको माग पूरा गर्न सेनाका शासकहरूको उदासीनताले पूर्वी पाकिस्तानका जनतालाई आक्रोशित बनाएको थियो।

  1. যুক্তরাষ্ট্রীয় ব্যবস্থাধীনে সংসদীয় পদ্ধতির সরকার হবে। সার্বজনীন ভোটাধিকারের ভিত্তিতে নির্বাচন অনুষ্ঠান।
  2. কেন্দ্রীয় সরকারের ক্ষমতা কেবল মাত্র দুইটি ক্ষেত্রেই সীমাবদ্ধ থাকবে - দেশরক্ষা ও বৈদেশিক নীতি। অবশিষ্ট সকল বিষয়ে অঙ্গরাষ্ট্রগুলোর ক্ষমতা থাকবে নিরঙ্কুশ।
  3. সমগ্র দেশের জন্যে দুইটি পৃথক অথচ অবাধে বিনিময়যোগ্য মুদ্রা, না হয় বিশেষ শর্তসাপেক্ষে একই ধরনের মুদ্রা প্রচলন।
  4. ফেডারেশনের অঙ্গরাষ্ট্রগুলোর কর বা শুল্ক ধার্যের ব্যাপারে সার্বভৌম ক্ষমতা থাকবে। তবে, প্রয়োজনীয় ব্যয় নির্বাহের জন্য অঙ্গরাষ্ট্রীয় রাজস্বের একটি অংশ কেন্দ্রীয় সরকারের প্রাপ্য হবে।
  5. অঙ্গরাষ্ট্রগুলো নিজেদের অর্জিত বৈদেশিক মুদ্রার মালিক হবে, এর নির্ধারিত অংশ তারা কেন্দ্রকে দেবে।
  6. আঞ্চলিক সংহতি ও শাসনতন্ত্র রক্ষার জন্য শাসনতন্ত্রে অঙ্গরাষ্ট্রগুলোকে স্বীয় কর্তৃত্বাধীনে আধা সামরিক বা আঞ্চলিক সেনাবাহিনী গঠন ও রাখার ক্ষমতা দিতে হবে।
शेख मुजिबुर रहमान 
तोफाज्जल होसेज मानिक मियाको साथ लाहोरबाट आउँदै शेख मुजिब (ढाका)

सन् १९६६ फेब्रुअरी ५ का दिन विपक्षी दलहरूको राष्ट्रिय सम्मेलन लाहोरमा सम्पन्न भएको थियो। यस सम्मेलनमा शेख मुजिबले आफ्नो ऐतिहासिक ६ बुँदे माग पेश गरेका थिए जुन पूर्वी पाकिस्तानको स्वायत्तताको एक रूपरेखा रहेको थियो। शेख मुजिबले 'हाम्रो जीवन रक्षाको लागि माग' भन्ने शीर्षक अन्तर्गत यो मागको प्रचार गरेका थिए। यस मागको मुख्य मुद्दा भनेको कमजोर केन्द्रीय सरकारको अधीनमा रहेको पाकिस्तानी सङ्घमा पूर्वी पाकिस्तानको पूर्ण स्वायत्तता थियो। उक्त मागलाई सम्मेलनका आयोजकहरूले अस्वीकार गर्दै शेख मुजिबलाई बिच्छिन्नतावादी रूपमा पहिचान गरेका थिए जसकारण उनले सम्मेलन बहिष्कार गर्दै पूर्वी पाकिस्तान फर्केका थिए। सन् १९६६ मा शेख मुजिब आवामी लिगका सभापतिको रूपमा निर्वाचित भएका थिए। यस निर्वाचन पछि उनले छ बुँदाहरूको समर्थन जुटाउन राष्ट्रव्यापी अभियान चलाउँदै लगभग सबै देशहरूको यात्रा गरेका थिए भने यात्राको क्रममा उनलाई प्रहरीले सिलेट, मयमनसिङ्ह र ढाकामा थुप्रैपटक पक्राउ गरेको थियो। उनी यस वर्षको पहिलो चतुर्थाम्शमा उनलाई ८ पटक पक्राउ गरिएको थिए। उनलाई सोही वर्ष ८ मे का दिन नारायनगञ्जमा स्थित जुट कारखानाका मजदुरहरूको जुलुसमा भाग लिएको कारण पुनः पक्राउ गरिएको थियो। उनको रिहाइको माग गर्न ७ जुनका दिन राष्ट्रव्यापी हड्ताल आह्वान गरिएको थियो। हड्तालको क्रममा प्रहरीले गोलीबारी गर्द ढाका र नारायनगञ्जमा कम्तिमा तीन प्रदर्शनकारीको मृत्यु भएको थियो।

अयुब विरोधी आन्दोलन

सन् १९६८ को सुरुमा दुई वर्ष कारागार सजाय पाएपछि पाकिस्तानी सरकारले शेख मुजिब र अन्य ३४ जना बङ्गाली सेना र सीएसपी अधिकारीहरू विरुद्ध मुद्दा हालेको थियो जुन इतिहासमा अग्रताला षडयन्त्र मुद्दा भनेर परिचित थियो। शेख मुजिब लगायत अन्य अधिकारीहरूले भारतको त्रिपुरा राज्यको अगरतलामा भारत सरकारसँगको भेटमा पूर्व पाकिस्तानबाट छुट्टिने षडयन्त्र गरेका थिए भन्ने आरोप उक्त मुद्दाको रहेको थियो। शेख मुजिबलाई आरोपीहरूको शीर्ष स्थानमा राखिएको थियो भने पाकिस्तान विभाजन गर्ने षडयन्त्रको अभियोजनकर्ताको रूपमा उनलाई नामाकरण गरिएको थियो। त्यहाँ उपस्थित सबै अभियुक्तहरूलाई ढाका कारागारमा राखिएको थियो भने यो समाचार बाहिर आएपछि यसको पूरै पूर्वी पाकिस्तानमा विरोध जुलुसको सुरुवात गरेको थियो। उक्त मुद्दा मिथ्या रहेको भन्दै शेख मुजिब लगायत सबै अभियुक्तहरूको रिहाइको माग गर्दै पूर्वी पाकिस्तानका कयौँ मानिसहरू सडकमा उत्रिएका थिए। ढाका शिविर भित्र कडा सुरक्षाका बीच अभियुक्तहरूको मुद्दा १९ जुनदेखि सुरु भएको थियो।

आगरतला षड्यन्त्र मामला

सन् १९६८ जनवरी ३ का दिन दुई वर्षे कारागार जीवन बिताएपछि पाकिस्तानी सरकार ने ३५ बङ्गाली सैन्य र सिएसपी अधिकारीहरूको विरुद्धमा एक मामला दर्जा गराएका थिए जसमा शेख मुजिब पनि सामेल थिए जुन अगरतला षड्यन्त्र मामलाको रूप मा परिचित छ। सन् १९६८ जनवरी ६ का दिन एसपी अधिकारी सहित २६ मानिसहरूलाई गिरफ्तार गरिएको थियो। उनीहरूको गिरफ्तारी मा एक आधिकारिक विज्ञप्ति यस प्रकार छ;

গত মাসে (অর্থাৎ डिसेम्बर, १९६७) পূর্ব-পাকিস্তানে উদঘাটিত জাতীয় স্বার্থবিরোধী এক ষড়যন্ত্রে লিপ্ত থাকার অভিযোগে এঁদের গ্রেফতার করা হয়েছে।

तत्कालीन पाकिस्तान सरकारले यस मामलालाई "अगरतला षडयन्त्र मामला"को सङ्ज्ञा दिएको थियो जहाँ शेख मुजिब पनि यसको अभियोगमा परी सन् १९६८ जनवरी १८ का दिन गिरफ्तारीमा परेका थिए। उक्त मुद्दाको आरोपमा पाकिस्तान दण्ड संहिताको धारा १२१ र १३१ अन्तर्गत शेख मुजिब लगायतका अधिकारीहरूले भारतको त्रिपुरा राज्यको अगरतलामा भारत सरकारसँगको बैठकमा पूर्व पाकिस्तानलाई पाकिस्तानबाट छुट्टाउने षड्यन्त्र रचेको भनिएको थियो। त्यसपछि शेख मुजिब पश्चिम पाकिस्तान ससरकध नजरमा खलनायक बनेका थिए भने उनलाई यी मामलाको योजनाकारीको सङ्ज्ञा दिइएको थियो। सबै अभियुक्तहरूलाई ढाका सैनिक किल्लामा राखिएको थियो। सन् १९६८ जुन १९ का दिन ढाका सैन्य निवासको एक विशेष समारोहमा यस मामलाको फैसला सुरु भएको थियो जहाँ २६ वकिलहरू उपस्थित रहेका थिए जसमध्ये शेख मुजिबको पक्षबाट वकालत आब्दुस सालाम खानले गरेका थिए। अधिवक्ता थोमस विलियम्स बेलायतबाट एक अधिवेशनको लागि आएका थिए। उनलाई आमिरुल इस्लाम र मओदुद आहमेदले सहयोग गरेका थिए। यस मामलामा कुल १०० अनुच्छेदहरू रहेका थिए। ११ जना राजसाक्षी सहित २२७ साक्षीहरूको सूची अदालतमा पेश गरिएको थियो। पूर्वपरराष्ट्र मन्त्री मन्जुर कादेर, एमआर खान र मुकसुदुल हाकिम सरकारका वकिल थिए। यसको मामला लगत्तै समग्र पूर्व पाकिस्तानमा विरोधको आँधीबेहरी छाएको थियो। उक्त मुद्दालाई झुठो र बनावटी भएको बताउँदै शेख मुजिब लगायत सबै अभियुक्तलाई रिहा गर्नका लागि विभिन्न क्षेत्रका मानिस सडकमा उत्रिएका थिए।

उनन्सत्तरीको जनआन्दोलन

परीक्षणको क्रममा सन् १९६९ जनवरी ५ तालिखमा केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले आफ्ना एघार बुँदे मागहरू प्रस्तुत गरेको थियो जसमा शेख मुजिबका ६ बुँदे मागहरू समावेश थिए। यस परिषद्को निर्णयले आगरतला षड्यन्त्र मुद्दा फिर्ता लिने माग गर्दै देशव्यापी विद्यार्थी आन्दोलनको तयारीमा ल्याएको थियो। यस सङ्घर्षले एक समयमा जनआन्दोलनको रूप लिएको थियो भने यो जनआन्दोलन उनन्सत्तरीको जन विद्रोह भनेर परिचित छ। महिनौँको विरोध र प्रतिरोध आन्दोलनले धारा १४४ को उल्लङ्घन, कर्फ्यू, प्रहरीको गोलीबारी चरम सीमामा पुगेपछि र हताहतको सङ्ख्यामा वृद्धि आएपछि पाकिस्तान सरकारले सहुलियतहरू दिन बाध्य भएको थियो। उक्त मुद्दा तत्कालीन राष्ट्रपति अयूब खानले राजनीतिक नेताहरूसँग गोलमेच बैठक पछि फिर्ता लिएको थियो। मुद्दा फिर्ता भएपछि शेख मुजिब लगायत सबै अभियुक्तहरूलाई रिहा गरिएको थियो। केन्द्रीय विद्यार्थी सङ्घर्ष परिषद्ले शेख मुजिबको सम्मानमा सोही वर्ष २३ फेब्रुअरीका दिन ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावर्डी उद्यान) एक सभाको आयोजना गरेको थियो। लाखौँ जनता उपस्थित उक्त सम्मेलनमा शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि दिइएको थियो भने तत्कालीन छात्र नेता तोफायेल आहमेदले उक्त उपाधिको घोषणा गरेका थिए।यस सभामा भाषण दिँदै शेख मुजिबले विद्यार्थी सङ्घर्ष परिषद्को एघार बुँदे मागको पूर्ण समर्थन व्यक्त गरेका थिए।

" একটা সময় ছিল যখন এই মাটি আর মানচিত্র থেকে "বাংলা" শব্দটি মুছে ফেলার সব ধরণের প্রচেষ্টা চালানো হয়েছিল। "বাংলা" শব্দটির অস্তিত্ব শুধু বঙ্গোপসাগর ছাড়া আর কোথাও খুঁজে পাওয়া যেত না। আমি পাকিস্তানের পক্ষ থেকে আজ ঘোষণা করছি যে, এখন থেকে এই দেশকে 'পূর্ব পাকিস্তানের' বদলে 'বাংলাদেশ' ডাকা হবে।"

सन् १९६९ मा अयूब खानको आह्वानमा एक सर्वदलीय सम्मेलनको आयोजना गरिएको थियो जहाँ मुजिबले आफ्नो छ-बुँदे योजना सहित अन्य राजनीतिक दलहरूको मागलाई स्वीकृत गर्न भनेका थिए तर उक्त माग अस्वीकृत भएपछि उनी सम्मेलनबाट बाहिरिएका थिए। सन् १९६९ डिसेम्बर ५ का दिन सोहरावार्दीको पुण्यतिथिको अवसर पारि शेख मुजिबले एक सभामा पूर्वी पाकिस्तानलाई बङ्गलादेश भनि घोषणा गरेका थिए। शेख मुजिबको उक्त घोषणाको परिणाम स्वरूप अफवाहहरू देशभरि फैलिएको थियो भने पश्चिमी पाकिस्तानी राजनीतिज्ञ र सैन्य अधिकारीहरूले उनलाई विच्छिन्नतावादी नेताको रूपमा मूल्याङ्कन गर्न सुरु गरेका थिए। बङ्गाली संस्कृति र जातीय पहिचानलाई मुजिबको अभिव्यक्तिले प्रान्तीय स्वायत्ततामा भएको बहसलाई नयाँ आयाम थपेको थियो। थुप्रै बौद्धिक व्यक्तित्वका अनुसार बङ्गाली आन्दोलनले जातियतावादलाई स्वीकार गर्दैन तर पाकिस्तान राज्य जातीयताका माध्यमबाटै सिर्जित भएको थियो। शेख मुजिब पूर्वी पाकिस्तानमा व्यापक जनमत निर्माण गर्न सक्षम थिए भने सन् १९७० को दशकमा भारतीय उपमहाद्वीपका एक प्रभावशाली नेताको रूपमा उनी उदाएका थिए।

सन् १९७० को निर्वाचन

राष्ट्रपति अयुब खानको विरुद्धमा गरिएको विद्रोहको प्रतिकूल प्रभावहरूका कारण २४ मार्च १९६९ का दिन उनले राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। याह्या खानले त्यसको अर्को दिन पाकिस्तानको राष्ट्रपतिको रूपमा पद ग्रहण गरेका थिए। सन् १९६९ मार्च २६ का दिन गरिएको एक घोषणामा आमा निर्वाचन गरिने उल्लेख गरिएको थियो। सन्‌ १९७० मा भोला नामक एक चक्रवातले पूर्वी पाकिस्तानको तटवर्ती क्षेत्रमा नोभेम्बर १२ को साँझको समयमा आँधीको प्रभाव परेको थियो जसकारण अनुमानित ३ देखि ५ लाख मानिसहरूको मृत्यु भएको थियो। आँधीको एक हप्ता पछि सरकारले विपत्तिको परिमाण बुझ्न नसक्दा राहत कार्यहरूलाई सम्बोधन गर्न ढिलाइ भएको भनी राष्ट्रपति खानले स्वीकार गरेका थिए। पूर्व पाकिस्तानका ११ राजनीतिक नेताहरूद्वारा जारी एक बयान चक्रवातको दश दिन पछि जारी गरिएको थियो जसले सरकारलाई घोर उपेक्षा, कठोर र पूर्ण उदासीनताको आरोप लगाएको थियो। उनीहरूले राष्ट्रपति माथि समाचार नबनाइएको समस्याको परिमाणलाई कम गर्नेहरूको पनि आरोप लगाएका थिए। १९ नोभेम्बरमा विद्यार्थीहरूले सरकारले प्रतिक्रिया दिनलाई ढिलासुस्ती गरेको भन्दै ढाकामा एक विरोध र्‍यालिको आयोजना गरेका थिए। आब्दुल हामिद खान भसानीले २४ नोभेम्बरमा ५० हजार मानिसहरूको एक र्‍यालीलाई सम्बोधित गरेका थिए जहाँ उनले राष्ट्रपति माथि अक्षमताको आरोप लगाउँदै उनको राजिनामा माग गरेका थिए। यस विपतको समयमा शेख मुजिब विस्थापित, घरबारबिहिन र पीडितहरू सहयोगमा सक्दो पहल गरेका थिए। राहत र उद्धार कार्यका लागि निर्वाचनलाई पनि तत्कालका लागि।स्थगित गरिएको थियो। पछि सन् १९७० डिसेम्बर ७ का दिन (राष्ट्रिय) र १६ डिसेम्बरमा (प्रान्तीय) एक व्यक्ति एक मतको आधारमा निर्वाचन सम्पन्न भएको थियो। यस समय राष्ट्रिय परिषदका सदस्यहरूको कुल सङ्ख्या ३१३ रहेको थियो। निर्वाचनमा पूर्व पाकिस्तानबाट १८९ पश्चिमी पाकिस्तानबाट १४४ प्रतिनिधिहरू रहेका थिए। सन् १९७० को निर्वाचनमा शेख मुजिबको नेतृत्वमा आवामी लिगले राष्ट्रिय र प्रान्तीय विधानसभाहरूमा पूर्ण बहुमत हासिल गर्न सफल भएको थियो। ७ दिसेम्बर १९७० मा पाकिस्तानमा भएको पहिलो साधारण निर्वाचन पूर्वी पाकिस्तानको आवामी लिगको जित्न सफल भएको थियो जसले पूर्वी पाकिस्तान विधानसभामा १६९ मा १६७ सिटहरूका साथ पूर्ण बहुमत हासिल गर्दै ३१३ सिटहरू भएको राष्ट्रिय विधानसभामा लगभग पूर्ण बहुमत प्राप्त गर्न सफल भएको थियो भने तात्कालिक समयमा आवामी लिगका नेता शेख मुजिबुर रहमान थिए। पाकिस्तान पिपल्स राजनितीक दलले पश्चिम पाकिस्तानमा राष्ट्रिय विधानसभामा ८१ सिटहरूको साथ अधिकांश मत जित्न सफल भएको थियो भने तात्कालिक समयमा उक्त राजनितीक दलका नेता जुलफिकार अली भुट्टो रहेका थिए।

जुल्फिकार अली भुट्टोले शेख मुजिब र उनको नजिकमा रहेका सहयोगीहरूलाई गृह युद्ध हुनसक्ने डरले आफ्नो अधिकारीहरूको साथ वार्ताका लागि एक गुप्त सन्देश पठाएका थिए। पाकिस्तान पिपुल्स पार्टीका मुबाशिर हसनले शेख मुजिबलाई भुट्टोको साथ गठबन्धन सरकार बनाउनका लागि मनाएका थिए जहाँ शेख मुजिब प्रधानमन्त्री र भुट्टो राष्ट्रपति हुने कुरा उल्लेख गरिएको थियो। बैठकलाई पुरै गोपनीयताका साथ आयोजना गरिएको थियो जुन सेनाका कुनै पनि सदस्यहरूका लागि अदृश्य रहेको थियो। सोही समय भुट्टोले आगामी सरकारको गठनलाई विफल गर्नका लागि याह्या खानलाई दबाब दिन सुरु गरेका थिए।

७ मार्चको भाषण

शेख मुजिबुर रहमान 
सन् १९७१ मार्च ७ का दिन भाषण दिँदै शेख मुजिब

आवामी लिगले राष्ट्रिय परिषद्को।निर्वाचनमा पूर्ण बहुमत हासिल गरेतापनि सैन्य सत्ताधारी पार्टीलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिएको थियो। वास्तव मा पश्चिम पाकिस्तानी राजनीतिज्ञहरूको उद्देश्य कुनैपनि प्रकारले पश्चिम पाकिस्तानी राजनेताहरूको हातमा सत्ता कायम राख्नु रहेको थियो। यस्तो परिस्थितिहरूमा १४ फेब्रुअरीका दिन पाकिस्तानका राष्ट्रपति याह्या खानले ३ मार्चका दिन ढाकामा राष्ट्रिय परिषद्को अधिवेशन आह्वान गरेका थिए। पूर्व पाकिस्तानका बङ्गालीहरूले बहुमत पाए पनि मुजिबको पार्टीलाई सरकार गठन गर्न दिइने छैन भन्ने महसुस गर्न सकुन् भन्ने उद्देश्यका साथ याह्या खानले अप्रत्याशित रूपमा मार्च १ को अधिवेशन अनिश्चित कालको लागि स्थगित गरिदिएका थिए। यस समाचारले पूर्व पाकिस्तानका सर्वसाधारणहरूलाई आक्रोशित बनाएपछि विशाल रूपमा प्रदर्शन गरिएको थियो। लिगका प्रमुख शेख मुजिबुर रहमानको नेतृत्वमा मार्च २ का दिन ढाका र मार्च ३ का दिन देशभर एकैसाथ हड्ताल गरिएको थियो। सन् १९७१ मार्च ७ का दिन शेख मुजिबुर रहमानले ढाकाको रेसकोर्स मैदानमा (हाल सोहरावार्दी उद्यान) लगभग २० लाख मानिसहरूको ठूलो जनसभामा दिउँसोको २ बजेर ४५ मिनेटदेखि ३ बजेर ३ मिनेटसम्म एक ऐतिहासिक भाषण दिएका थिए। त्यस समय तत्कालीन पूर्व पाकिस्तान र शक्तिशाली पश्चिम पाकिस्तानको बीच पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि तनाव बढ्दो अवस्थामा पुगेको थियो। आफ्नो यस ऐतिहासिक भाषणमा शेख मुजिबुर रहमानले "यस समयको सङ्घर्ष हाम्रो स्वतन्त्रताको हो, यस यमसको हाम्रो सङ्घर्ष स्वाधीनताको सङ्घर्ष हो" भनि एक महत्त्वपूर्ण वाक्य बोलेका थिए। उनले बाङ्ला प्रदेशमा नागरिक अवज्ञा आन्दोलनको घोषणा गर्दै प्रत्येक घरहरूबाट मानिसहरूको स्वतन्त्रताका लागि लड्न तथा अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउन आह्वान गरेका थिए भने यही ऐतिहासिक भाषणका कारण बाङालीहरू स्वतन्त्रताका लागि पश्चिम पाकिस्तान विरुद्ध उत्रिन प्रेरित बनेका थिए। यस ऐतिहासिक भाषणलाई लिएर एक लिखित प्रतिलिटर सार्वजनिक गरिएको थियो जसमा ताजउद्दिन आहमेदले केही हदसम्म संशोधन गरेका थिए। यस भाषणलाई संसोधित गरिनुको मुख्य उद्देश्य सामरिक शासनलाई निरस्त गर्ने र निर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नेका लागि जोड दिइएको थियो। भाषण पश्चातका दिनहरूमा पश्चिम पाकिस्तानबाट सशस्त्र सैन्य कार्वाहीको सुरुवात हुने लक्षण देखा परेको थियो। मुजिबुरको यस ऐतिहासिक भाषणको मात्र १८ दिन पश्चात् पश्चिम पाकिस्तानी सेनाले बङ्गाली, बुद्धिजीवी, विद्यार्थी, राजनीतिज्ञ तथा पूर्वी पाकिस्तानको सशस्त्र सैनिक विरुद्ध अपारेशन सार्चलाइट नामक एक सुनियोजित सैन्य कार्वाहीको सुरुवात गरेका थिए जसकारण पूर्वी पाकिस्तानको स्वतन्त्रताका लागि लडाइँ सुरु भएको थियो।

“... রক্ত যখন দিয়েছি, রক্ত আরো দেবো। এই দেশের মানুষকে মুক্ত করে ছাড়বো ইনশাল্লাহ্। এবারের সংগ্রাম আমাদের মুক্তির সংগ্রাম, এবারের সংগ্রাম স্বাধীনতার সংগ্রাম। জয় বাংলা। ...”

तत्कालीन पाकिस्तान सरकारले ७ मार्च १९७१ का दिन शेख मुजिबुर रहमानले दिन लागेका उक्त ऐतिहासिक भाषणलाई ध्वनि तरङ्ग तथा टेलिभिजनमा प्रसारण गर्न रोक लगाएको थियो। सरकारको उक्त निर्णयका बाबजुद पनि पाकिस्तान अन्तर्राष्ट्रिय चलचित्र निगमका तत्कालीन अध्यक्ष एएचएम सालाउद्दीन र प्रबन्ध निदेशकले तत्कालीन फरिदपुर जिल्लाको पाँच निर्वाचन क्षेत्रहरूको सांसद एम आबुल खायेरको भाषणलाई एकैपटक खिच्ने निर्णय गरेका थिए। यस कार्यमा उनले पाकिस्तानका तत्कालीन सरकारको चलचित्र विभागमा एक चलचित्र निर्देशक तथा अभिनेता आबुल खायरले ठूलो सहयोग प्रदान गरेका थिए भने उनले उक्त भाषण दिइरहेका मुजिबुर रहमानको तस्वीर तथा भिडियोहरू खिचेका थिए। तत्कालीन सूचना मन्त्रालयको एक प्राविधिक एचएन खन्दोकारले उक्त भाषणको ध्वनि सङ्ग्रहीत गर्न सहयोग गरेका थिए।

याह्या-मुजिब-भुट्टो बैठक

जब याह्या खानले १० मार्चका दिन चुनिएका १२ शीर्ष संसदीय नेताहरूको बैठकमा सबैलाई आमन्त्रण गरे तर शेख मुजिबले बैठक नगई १५ मार्चका दिन असहयोग आन्दोलनका लागि ३५ विशिष्ट निर्देशहरूको जारी गराएका थिए। जब पूर्वी पाकिस्तानका मानिसहरू स्वतन्त्रताको खोजीमा थिए तब याह्या खान ढाका आउँदै सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने सम्बन्धमा शेख मुजिबसँग छलफल गर्न सुरु गरेका थिए। तर सोही समयमा पश्चिम पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानमा नरसंहार गर्ने तयारी गरिरहेको थियो। बलूचिस्तानका हत्यारा भनेर चिनिने जनरल टिक्का खानलाई पूर्वी पाकिस्तानको गभर्नरका रूपमा ढाका पठाइएको थियो तर पूर्व-पाकिस्तानी न्यायाधीशहरू, जस्टिस सिद्दिक लगायतले उनको शपथ लिन अस्वीकार गरेका थिए। पश्चिम पाकिस्तानबाट पछि भारि मात्रामा सेना र हतियारहरू पूर्वी पाकिस्तानमा ल्याउन सुरु गरिएको थियो। मार्च १० देखि १३ मार्चको बीचमा पाकिस्तान एअरलाइन्सले पूर्वी पाकिस्तानमा "सरकारी यात्रीहरू" ढुवानी गर्न सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको थियो। प्राय: ती सबै "सरकारी यात्रीहरू" सेता पोशाक लगाएका पश्चिम पाकिस्तानी सैनिकहरू थिए। याह्या-मुजिबको तेस्रो बैठकको १९ मार्चका दिन भएको थियो जुल्फिकार अली भुट्टो सहित १२ सलाहकारहरू वार्तामा सामेल हुनका लागि २१ मार्चका दिन ढाका आएका थिए। २२ मार्चका दिन भुट्टो र मुजिब बीच ९० मिनेटसम्म वार्ता चलेको थियो। कयौँ आशाहरूको बाबजुद पनि भुट्टो-मुजिब-याहिया बैठक असफल भएको थियो। सन् १९७० मार्च २५ का दिन भुट्टो र याह्या खान बीच बन्द ढोका भित्र गरिएको बैठक पश्चात् खान गुप्त रूपबाट नरसंहारको हरित सङ्केत दिँदै साँझ तिर पश्चिम पाकिस्तानको लागि प्रस्थान गरेका थिए। विङ सेनापति खन्दोकारले शेख मुजिबलाई यसको बारेमा जानकारी दिएका थिए। शेख मुजिबुर रहमानले २५ मार्च रातको १२:२० बजे बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए भने सोही दिनको राति १ बजेर १० मिनेट जाँदा उनलाई गिरफ्तार गरी ढाका सैनिक किल्लामा लगिएको थियो।

कारावास जीवन

शेख मुजिबुर रहमानले आफ्नो राजनैतिक जीवनको ४ हजार ६८२ दिन कारागारमा बिताएका थिए। बेलायती शासनकाल अन्तर्गत उनी एक विद्यार्थीको रूपमा सात दिन कारागारमा बस्नु परेको थियो। उनी पाकिस्तान शासन अन्तर्गत बाँकी ४,७४५ दिन कारागारमा रहेका थिए। शेख मुजिबुर रहमान आफ्नो जीवनको लगभग १३ वर्ष कारागारमा बिताएका थिए। सन् १९३८ मा जब उनका सहपाठी आब्दुल मालेकलाई गोपालगञ्ज हिन्दु महासभाका अध्यक्ष सुरेन बेनर्जीको घरमा कुटपिट गरियो तब शेख मुजिबले बेनर्जीको पिछा गरेका थिए। शेख मुजिबलनई पहिलोपटक हिन्दु महासभाका नेताहरूद्वारा दर्ज गरिएको एक मामिलामा गिरफ्तार गरिएको थियो जहाँ झडप भएको थियो। सात दिन कारागारमा बिताएपछि यस मामिलालाई फिर्ता लिइँदै शेख मुजिबलाई रिहा गरिएको थियो। यसबाहेक शेख मुजिबलाई सन् १९४१ मा दुईपटक आपत्तिजनक भाषण दिएको भन्दै अस्थायी रूपमा गिरफ्तार गरिएको थियो भने यससमय उनी अखिल बङ्गाल मुस्लिम छत्र लिगको फरिदपुर जिल्ला शाखाका उपाध्यक्ष रहेका थिए। पाकिस्तानको स्थापना पश्चात् शेख मुजिबलाई सन् १९४७ मार्च ११ का दिनदेखि १५ मार्चसम्म ५ दिनका लागि गिरफ्तार गरी कारागार चलान गरिएको थियो। उनलाई सोही वर्षको ११ सेप्टेम्बरका दिन गिरफ्तार गरिएको थियो भने सन् १९४९ को जनवरी २१ का दिन रिहा गरिएको थियो जसअन्तर्गत उनी १३२ दिनसम्म हिरासतमा बसेका थिए। उनलाई सन् १९४९ अप्रिल १९ का दिन पुनः गिरफ्तार गरी हिरासतमा राखिएको थियो भने ६० दिनसम्म हिरासतमा बसेपछि उनलाई २६ जुनका दिन रिहा गरिएको थियो। शेख मुजिबले सन् १९४९ अक्टोबर २५ देखि सन् १९४९ डिसेम्बर २६ सम्म गरी ६३ दिन, सन् १९५० फेब्रुअरी २६ का दिनदेखि सन् १९५२ सम्म उनलाई लगातार गिरफ्तार गरी कारागारमा राखिएको थियो।

बङ्गलादेशको स्थापना

जब पूर्वी पाकिस्तानका मानिसहरू स्वतन्त्रताको खोजीमा थिए तब याह्या खान ढाका आए र सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने सम्बन्धमा शेख मुजिबसँग छलफल गर्न सुरु गरेका थिए। तर सोही समयमा पश्चिम पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानमा नरसंहार गर्ने तयारी गरिरहेको थियो। राजनीतिक अस्थिरताको बीचमा याह्या खानसँगको संसदमा ढिलाइ भएको थियो जसको फलस्वरूप बहुमत हुँदैहुँदै पनि मुजिबको आवामी लिगलाई सरकार गठन गर्न पश्चिम पाकिस्तानी शासकहरूले दिनेछैनन् भन्ने महसुस पूर्वी पाकिस्तानीहरूले गरिसकेका थिए। सन् १९७१ मार्चको ७ का दिन रेसकोर्स मैदानमा आयोजित एक सार्वजनिक सभामा शेख मुजिबले बङ्गलादेशको स्वतन्त्रताको आह्वान गर्दै जनतालाई सर्वसम्बन्धित असहयोग आन्दोलनका लागि तयार रहन आग्रह गरेका थिए। शेख मुजिबको उक्त भाषण पश्चात् याह्या खानले सैनिक कानून लागू गर्दै आवामी लिगमाथि प्रतिबन्ध लगाएकन थिए जसको फलस्वरूप मुजिब र अन्य आवामी लिग नेताहरूलाई पक्राउ गर्ने आदेश दिइएको थियो। पाकिस्तानी सेनाले राजनीतिक र सार्वजनिक असन्तुष्टि रोक्न मार्च २५ मार्च १९७१ का दिनदेखि पूर्वी पाकिस्तानमा अपरेसन सर्चलाइट नामक एक सैन्य कार्वाही सुरु गरेको थियो। २१ मार्चमा, बङ्गबन्धु शेख मुजिबुर रहमानको तर्फबाट, जियाउर रहमानले बङ्गलादेशका जनतालाई औपचारिक रूपमा चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट स्वतन्त्रता युद्धमा भाग लिन आग्रह गरेका थिए। सन् १९७१ मार्च २५ को आधी रातमा (लगभग बिहानको १:३० बजे तिर) शेख मुजिबुर रहमानलाई पाकिस्तानी आक्रमणकारीहरूले पक्राउ गरेका थिए भने पक्राउ पर्नुभन्दा केही समय अघि २५ मार्च बिहानको १२ बजेतिर उनले बङ्गलादेशको स्वतन्त्रता घोषणा पत्रमा हस्ताक्षर गरे जसलाई प्रसारण गर्न चट्टोग्रामको तात्कालीन इपिआर प्रसारण केन्द्रमा पठाइएको थियो। मार्च २६ मा, बेलाल मोहाम्मद, आबुल कासिम र चट्टोग्राम बेतार केन्द्रका केही अन्य अधिकारीहरू र स्थानीय आवामी लिगका नेता एम.ए हान्नानले सर्वप्रथम भाषण गर्दै शेख मुजिबको स्वतन्त्रताको घोषणालाई प्रचार गरेका थिए। २६ मार्चमा तत्कालीन पाकिस्तान सेनाका बाङाली अफिसर मेजर जियाउर रहमानले चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए। धानमोन्डीस्थित घर सङ्ख्या ३२बाट आकाशवाणिका माध्यमबाट उनले स्वतन्त्रताको घोषणा गरेका थिए जुन यस प्रकार रहेको छ:

"এটাই হয়ত আমার শেষ বার্তা, আজ থেকে বাংলাদেশ স্বাধীন। আমি বাংলাদেশের মানুষকে আহ্বান জানাই, আপনারা যেখানেই থাকুন, আপনাদের সর্বস্ব দিয়ে দখলদার সেনাবাহিনীর বিরুদ্ধে শেষ পর্যন্ত প্রতিরোধ চালিয়ে যান। বাংলাদেশের মাটি থেকে সর্বশেষ পাকিস্তানি সৈন্যটিকে উৎখাত করা এবং চূড়ান্ত বিজয় অর্জনের আগ পর্যন্ত আপনাদের যুদ্ধ অব্যাহত থাকুক।"

शेख मुजिबुर रहमानको घोषणाको टेलिग्राम मार्फत पाढ्ने चट्टोग्राका केही विद्यार्थीसम्म पुगेको थियो। उक्त सन्देशलाई बङ्गालीमा अनुवाद डा मञ्जुला अनवरले गरेका थिए। केही विद्यार्थीहरूले पाकिस्तान प्रसारण निगमको नजिक एबटआबाद स्टेसनबाट सन्देश प्रसारित गर्नका लाग उच्च अधिकारीहरूबाट अनुमति प्राप्त गर्न विफल रहेका थिए। तर यस सन्देशलाई केहीपटक स्वतन्त्र स्वाधीन बाङ्ला रेडियो केन्द्र कलुरघाटमा केही विद्रोही बाङाली रेडियो कार्यकर्ताहरूद्वारा स्थापित गरिएको थियो। पछि उक्त रेडियो स्टेसनलाई सुरक्षा प्रदान गर्न र उक्त घोषणालाई पढ्न प्रमुख अधिकारी जियाउर रहमानलाई आग्रह गरिएको थियो। जियाउर रहमानले शेख मुजिबुर रहमानको तर्फबाट बङ्गलादेश स्वतन्त्र भएको भन्दै घोषणा गरेका थिए। कलुरघाट रेडियो स्टेसनको प्रसारण क्षमता सीमित थियो तर सन्देश बङ्गालको खाडीमा रहेको एक जापानी जहाजद्वारा पुनः प्रसारण गरिएको थियो र त्यसपछि रेडियो अस्ट्रेलिया र पछि बीबीसीद्वारा पनि यस समाचारलाई प्रसारण गरिएको थियो। कलुरघाट रेडियो स्टेसनको प्रसारण क्षमता सीमित थियो तर सन्देश बङ्गालको खाडीमा रहेको एक जापानी जहाजद्वारा पुनः प्रसारण गरिएको थियो र त्यसपछि रेडियो अस्ट्रेलिया र पछि बीबीसीद्वारा पनि यस समाचारलाई प्रसारण गरिएको थियो। सन् १९७१ मार्च २७ को यो घोषणाले बङ्गलादेशी भूमिमा ९ महिनासम्म चलेको स्वतन्त्रताको रक्तपातपूर्ण युद्धको सुरूवात गर्दछ।

मुजिबलाई गिरफ्तार गरी पश्चिम पाकिस्तान लगिएको थियो भने उनलाई फैसलआबाद कारागारमा कडा सुरक्षामा भित्र राखिएको थियो। तत्कालीन समयमा पाकिस्तानी जनरल रहिमुद्दीन खानले मुजिबको मुद्दा सम्हालेका थिए भने उक्त मुद्दाको वास्तविक कार्यवाही र फैसला सार्वजनिक गरिएको भने थिएन। सन् १९७१ अप्रिल १७ का दिन मुजिबनगरमा प्रतिष्ठित तत्कालीन बङ्गलादेश सरकारका राष्ट्रप्रधान तथा सशस्त्र सैनिकहरूका प्रमुख शेख मुजिब थिए। शेख मुजिबलाई गिरफ्तार गरिसकिएपछि उनको अनुपस्थितमा तत्कालिक बङ्गलादेश सरकारका उपराष्ट्रप्रमुख सैयद नजरुल इसलामले उनको भूमिका निर्वाह गरेका थिए।

सन् १९७१ को हत्याकाण्ड चलिरहँदा पूर्वी पाकिस्तानका सर्वसाधारणहरूले स्वतन्त्रता युद्धको सुरुवात गरेका थिए जसलाई बर्बरतापूर्वक दबाउनका लागि पश्चिम पाकिस्तानी सेना र जमाते इस्लामी नामक एक कट्टर इस्लामी लडाकु दलले भयानक नरसंहार गरेका थिए जसमा ३ लाखदेखि ३० लाखसम्म अनुमानित सङ्ख्यामा सर्वसाधारणहरूको हत्या गरिएको थियो। यस हत्याकाण्डमा चलिरहँदा २ लाखदेखि ४ लाखको बीच बङ्गाली महिला तथा युवतीहरू पश्चिम पाकिस्तानी सेनाले बलात्कारका गरेका थियो। महिलाहरूको विरुद्ध गरिएको अपराधहरूलाई जमाते इस्लामीको समर्थन प्राप्त थियो। जमाते इस्लामका नेताहरूले बङ्गाली महिलाहरू 'सार्वजनिक सम्पत्ति' हुन् भनि घोषणा गरेका थिए। यस सैन्य कार्वाही तथा सङ्घर्षका कारण ८० लाखदेखि १ करोड मानिसहरू पूर्वी पाकिस्तानबाट भागेर छिमेकी देश भारतमा शरणार्थीको रूपमा शरण लिएका थिए जसमा अधिकांश हिन्दु धर्मवलम्बी थिए। यसै समय बङ्गाली र उर्दू भाषी बिहारीको बीच पनि दङ्गाको सुरुवात भएको थियो। पाकिस्तानी सेना र प्रहरीको रूपमा सेवारत पूर्वी बाङाली सदस्यहरूले तुरुन्त विद्रोहको घोषणा गर्दै र लिग सदस्यहरूले ताजुद्दीन अहमदको नेतृत्वमा कलकत्तामा निर्वासनमा बङ्गलादेश सरकार गठन गरेका थिए। पूर्वी पाकिस्तानमा मुक्तिवाहिनीको नेतृत्वले ठूलो सङ्ख्यामा विद्रोह तथा सामूहिक हत्याकाण्डको सुरुवात भएको थियो। अन्तर्राष्ट्रिय दवावको बाबजुद पनि पाकिस्तान सरकारले मुजिबलाई रिहा गर्न अस्वीकार गर्दै उनको सम्झौतालाई अस्वीकार गरिदिएको थियो।

युद्धको क्रममा मुजिबको परिवारलाई नजरबन्दमा राखिएको थियो। उनका छोरा शेख कामाल मुक्तिवाहिनीका प्रधान सेनापति मुहम्मद अताउल गनी ओस्मानीका सहयोगी थिए भने उनी एक महत्त्वपूर्ण अधिकारीको रूपमा पनि काम गरेका थिए। मुक्तिवाहिनी र पाकिस्तानी सेना बीचको युद्धलाई स्वतन्त्रता युद्ध भनेर चिनिन्छ। डिसेम्बर १९७१ मा भारत सरकारको सहभागिता पछि पाकिस्तान सेनाले मुक्तिवाहिनीको समक्ष आत्मसमर्पण गरेको थियो भने भारतीय सेना र लिग नेताहरू सरकार गठन गर्न ढाका फर्किएका थिए। २० डिसेम्बर १९७१ मा पाकिस्तानका राष्ट्रपति र मुख्य सैन्य प्रशासकको रूपमा सत्ता लिएपछि जुल्फिकार अली भुट्टोले सन् १९७२ जनवरी ८ का दिन मुजिबलाई रिहा गरेका थिए। त्यसपछि उनी लन्डन हुँदै नयाँ दिल्ली फर्किए र भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेटवार्ता गरेका थिए। उनी १० जनवरी १९७२ मा बङ्गलादेश फर्किँदै विमानस्थलबाट सिधै रेसकोर्स मैदानमा आइपुगेपछि उनले त्यस दिन करीव पाँच लाख जनताको अगाडि भाषण दिएका थिए।

बङ्गलादेशमा शासन

नव राष्ट्र पुनर्गठन

शेख मुजिबुर रहमान छोटो समयको लागि अन्तरिम राष्ट्रपति थिए भने उनी नवनिर्मित बङ्गलादेशका प्रधानमन्त्री पनि बनेका थिए। सन् १९७ मा पूर्वी पाकिस्तान विधान सभामा निर्वाचित राजनीतिज्ञहरूले नयाँ राज्यको पहिलो संसद गठन गरेका थिए। नव निर्मित राष्ट्र बङ्गलादेशको सैनिकहरूमा मुक्ति बहिनी तथा स्वतन्त्रता युद्धका समयमा राष्ट्रका लागि लडेका सैनिकहरू मिलेर बनेको थियो। उनको अनुरोधमा सन् १९७२ मार्च १७ मा भारतीय सेनाले आधिकारिक रूपमा बङ्गलादेश छाडेका थिए।। शेख मुजिब युद्धले क्षतिग्रस्त बनेको देशको प्रधानमन्त्री दायित्व पालन गरेका थिए भने सन् १९७२ जनवरी १७ का दिन टाइम प्रत्रिकामा उनले दिएको भाषण यस प्रकार छ:

গত मार्चে পাকিস্তান সেনাবাহিনী ধ্বংসযজ্ঞ চালানোর পর বিশ্বব্যাংকের পরিদর্শকদের একটি বিশেষ টিম কিছু শহর প্রদক্ষিণ করে বলেছিলেন, ওগুলোকে দেখতে ভুতুড়ে নগরী মনে হয়। এরপর থেকে যুদ্ধ শেষ হওয়া পর্যন্ত এহেন ধ্বংসলীলার ক্ষান্তি নেই। ६० লাখ ঘরবাড়ি মাটির সঙ্গে মিশিয়ে দেওয়া হয়েছে এবং २४ লাখ কৃষক পরিবারের কাছে জমি চাষের মতো গরু বা উপকরণও নেই। পরিবহনব্যবস্থা পুরোপুরি ভেঙে পড়েছে। রাস্তাঘাট ক্ষতিগ্রস্ত হয়েছে, পুল-কালভার্টের চিহ্নও নেই এবং অভ্যন্তরীণ নৌ-যোগাযোগেও অনেক বাধাবিঘ্ন। এক মাস আগে পাকিস্তান সেনাবাহিনীর আত্মসমর্পণ পর্যন্ত দেশের ওপর নির্বিচার বলাৎকার চলেছে। যুদ্ধের শেষদিকে পাকিস্তানি মালিকানাধীন ব্যবসা প্রতিষ্ঠানগুলো (কার্যত প্রতিটি ব্যবসা ক্ষেত্রই পাকিস্তানিদের দখলে ছিল) তাদের সব অর্থ-সম্পদ পশ্চিম পাকিস্তানে পাচার করে দেয়। যুদ্ধ শেষে চট্টগ্রাमे পাকিস্তান বিমানের অ্যাকাউন্টে মাত্র ११७ রুপি জমা পাওয়া গিয়েছিল। পাকিস্তান সেনাবাহিনী ব্যাংক নোট ও কয়েনগুলো ধ্বংস করে দেয়। ফলে সাধারণ মানুষ নগদ টাকার প্রকট সংকটে পড়ে। রাস্তা থেকে প্রাইভেটকারগুলো তুলে নেওয়া হয়, গাড়ির ডিলারদের কাছে থাকা গাড়িগুলো নিয়ে নেওয়া হয় এবং এগুলো নৌবন্দর বন্ধ হওয়ার আগমুহূর্তে পশ্চিম পাকিস্তানে পাচার করে দেওয়া হয়।

अर्थनैतिक नीति

सन् १९७१ मा देश छोडेर गएका लाखौँ शरणार्थीहरूको पुनर्वास, खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध र अन्य आवश्यकता सहित मुजिबको नवनिर्मित सरकारले गम्भीर चुनौतीहरूको सामना गरेको थियो। सन् १९७० मा आएको महाचक्रवातको प्रभाव कम हुँदै गएको थियो भने युद्धले अर्थव्यवस्था माथि नकारात्मक प्रभाव पारेको थियो। आर्थिक रूपबाट मुजिबले राष्ट्रियकरण गतिविधियहरूको एक विस्तृत शृङ्खला सुरु गरेका थिए। वर्षको अन्तमा हजारौँ बाङालीहरूले पाकिस्तान छाडेका थिए भने हजारौँ गैर बाङालीहरू पाकिस्तानमा बसाइँसराइ गरेका थिए जसमध्ये तत्कालीन समयमा हजारौँ मानिसहरू शरणार्थी शिविरहरूमा रहेका थिए। सबै ठूला कदमहरू करिब १० करोड शरणार्थीहरूको पुनःस्थापनाका लागि लिएका थिए। आर्थिक स्थिति बिस्तारै सुधार आएका कारण देशभरि अनिकालको खतरा रोक्न सम्भव भएको थियो। सन् १९७३ मा कृषि, सहरी पूर्वाधार तथा साना उद्योगहरू सम्बन्धी राज्य अनुसन्धान प्रतिवेदन समीक्षा गरेपछि पञ्चवर्षीय योजना प्रकाशित भएको थियो। त्यसपछि धानको मूल्यमा अचानक वृद्धि भएको कारण सन् १९७४ मा खाद्यान्न सङ्कट देखा परेको थियो भने तत्कालीन समयमा रङ्पुर जिल्लामा सबै बढी खाद्यान्न अभाव देखा परेको थियो। मुजिबको शासनकालमा स्वदेशी उद्योगको पतन, बङ्गलादेशी उद्योगमा भारतको नियन्त्रण र जाली नोटको कारोबार जस्ता घटनाहरू देखा परेका थिए।

वैदेशिक नीति

प्रमुख शक्तिहरूबाट मान्यता प्राप्त गरेपछि शेख मुजिबले पाकिस्तानको मान्यता र ओआइसी, संयुक्त राष्ट्र सङ्घ र गैर-गठबन्धन आन्दोलनमा बङ्गलादेशको सदस्यता पुष्टि गरेका थिए। उनले बङ्गलादेशका लागि मानवीय र विकास सहायताका प्राप्तका लागि संयुक्त राज्य, बेलायत तथा अन्य युरोपेली मुलुकहरूको यात्रा गरेका थिए। उनले भारतसँग २५ वर्षीय साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै आर्थिक र मानव संसाधन विकासमा व्यापक सहयोगको आश्वासन दिएका थिए। सम्झौतामा बङ्गलादेशका सुरक्षा बल र सरकारी अधिकारीहरूका लागि प्रशिक्षण शर्तहरू सम्मिलित थिए। मुजिबले भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएका थिए। भने मुजिबको जीवनकाल भरिमा भारत र बङ्गलादेश बीच आपसी समझदारी भएका थिए।

संविधान

मुजिबले आफ्नो अन्तरिम संसदहरूलाई नयाँ संविधानको निर्माण गर्ने जिम्मेवारी दिँदै राष्ट्रवाद, धर्मनिरपेक्षता, प्रजातन्त्र र समाजवाद गरी चार सिद्धान्तहरूको रूपमा संविधानको घोषणा गरेका थिए जसलाई समग्रमा मुजिबवाद पनि भनिन्छ। मुजिबले सञ्चालनमा नरहेका सय भन्दा बढी उद्योग तथा कम्पनीहरूलाई राष्ट्रियकरण गर्दै जग्गा र पूँजी जफत गरेर जग्गा पुनः वितरण गरी किसानहरूलाई सहयोग गर्न पहल गरेका थिए। मुजिबले बङ्गलादेश स्वतन्त्रता युद्धका बेला भारतमा शरण लिएका करिब १ करोड शरणार्थीहरूको पुनःस्थापनाका लागि ठूला कदमहरू चालेका थिए जसको फलस्वरूप आर्थिक सङ्कट बिस्तार अन्त्य हुँदै जाँदा बङ्गलादेश अनिकालबाट जोगिएको थियो। बङ्गलादेशमा नयाँ संविधान १६ डिसेम्बर १९७२ मा जारी भएको थियो भने राष्ट्रिय संसद निर्वाचन सन् १९७३ मन सम्पन्न भएको थियो। उक्त निर्वाचनमा शेख मुजिब र उनको राजनैतिक दलले पूर्ण बहुमत प्राप्त गरेका कारण मुजिबले बङ्गलादेशको पहिलो निर्वाचित सरकार गठन गर्न सफल भएका थिए। उनले प्राथमिक शिक्षा, स्वास्थ्य सेवा, खाद्य सामग्री, स्वास्थ पिउने पानी र विद्युत् आपूर्ति सुनिश्चित गर्न राज्यमा विभिन्न गतिविधिहरू विस्तार गर्दै लगेका थिए। बङ्गलादेशको पहिलो पञ्चवर्षीय विकास योजनाले सन् १९७३ मा तय गरिएको थियो। शेख मुजिबले कृषि, ग्रामीण पूर्वाधारका साथसाथै साना घरेलु उद्योगहरूको विकासका लागि रकम विनियोजन गर्ने निर्देशन दिएका थिए।

धर्मनिरपेक्ष प्रति राज्य प्रतिबद्धताको बाबजुद पनि मुजिबले आफ्नो व्यक्तिगत र राज्य गतिविधिहरू मार्फत इस्लामिक अनुशासनको बाटो अपनाएका थिए। उनले सन् १९७२ मा पाकिस्तानी सेनाहरूसँग मिलेर काम गरेको आरोपमा प्रतिबन्धित इस्लामिक एकाडेमी पुनः सञ्चालनमा ल्याएका थिए। उनको निर्णय पश्चात् बङ्गलादेश इस्लामिक सम्मेलन र इस्लामिक विकास बैङ्कको संगठनको सदस्यता प्राप्त गरेको थियो। मुजिब सन् १९७४ मा पाकिस्तानको लाहोर गएका थिए भने उनले त्यहाँ ओआइसी सम्मेलनमा भाग लिएका थिए जसले बङ्गलादेश पाकिस्तान सम्बन्धलाई केही हदसम्म उकास्न र पाकिस्तानको मान्यता प्राप्त गर्न मद्दत पुर्‍याएको थियो। आफ्नो सार्वजनिक उपस्थिति र भाषणको क्रममा शेख मुजिबले इस्लामिक अभिवादन र नाराको प्रयोग बढाए र इस्लामिक विचारधारालाई जनाउन अग्रसर बनेका थिए। त्यस वर्षदेखि मुजिबले आफ्नो "जोय बाङ्ला" अभिवादनको सट्टा मुसलमानहरूको अभिवादन "खुदा हाफिज" प्रयोग गर्न सुरु गरेका थिए।

वामपन्थी विद्रोह

विजय प्राप्त भए लगत्तै शेख मुजिब सत्तामा आएपछि राष्ट्रिय समाजवादी राजनैतिक दलको सशस्त्र सेनाद्वारा आयोजित वामपन्थी विद्रोहीहरूले मार्क्सवादी सरकार स्थापना गर्न मुजिब सरकारको विरुद्ध लड्न सुरु गरेका थिए।यसको जवाफमा सन् १९७१ डिसेम्बर १८ का दिन ढाकामा आयोजित पहिलो मन्त्रिपरिषद्को बैठकले बङ्गलादेश स्वतन्त्रता युद्धमा भाग लिने विभिन्न सेनाका सदस्यहरू तथा पूर्व पूर्वी पाकिस्तानी लडाकु र एक राष्ट्रिय सैन्य बोर्डको साथ राष्ट्रिय सैन्य गठन गर्ने निर्णय गरेको थियो। शेख मुजिबुर रहमान सन् १९७२ जनवरी १० का दिन देश फिर्ता भए पश्चात् उनले एक आदेश जारी गरेका थिए। सन् १९७२ फेब्रुअरी ८ का दिन राष्ट्रिय रक्षावाहिनी गठन गर्न सरकारी आदेश जारी गरिएको थियो। सुरुमा गठन गरिएका रक्षावाहिनीहरूले धेरै हतियार र तस्करीका सामानहरू पुनःप्राप्ति गर्न थुप्रै प्रभावकारी उपायहरू अपनाउँदै कालो बजारीलाई प्रतिरोध गर्न सक्षम भएका थिए। उक्त सुरक्षा परिषद्क गठन भएको छिटै समयमा राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरू हत्या तथा बलात्कारमा संलग्न भएका कारण राष्ट्रिय सुरक्षा परिषद्का सेनाहरूको छवि बिग्रिन गएको थियो तर उनीहरूको मनमानी नियन्त्रण वा तिनीहरूको गतिविधिहरूका लागि उत्तरदायित्व कुनै कानूनी व्यवस्थाको स्थापना गरिएको थिएन। राष्ट्रिय सुरक्षावाहिनीका आरोपित सदस्यहरूलाई पक्राउ गरिएको थियो भने उक्त व्यक्तिको विरुद्ध जबरजस्ती चन्दा, लुटपाट र बलात्कारको आरोप लगाइएको थियो। सन् १९७३ अक्टोबर १८ का दिन सरकारले राष्ट्रिय सुरक्षावाहिनीका सबै गतिविधिहरूलाई कानूनी घोषणा गर्दै राष्ट्रिय सुरक्षावाहिनी (संशोधन) अध्यादेश १९७३ जारी गरिएको थियो। सेनाको संरचनात्मक कमजोरी र जनताको अनुभवमा यसले झरेको छविको कारण धेरै सुरक्षाकर्मीहरू सेनाबाट भागेका थिए। जसकारण सरकारले सेनालाई पुनःस्थापना गर्न मूल उद्देशका साथ (राष्ट्रिय रक्षावाहिनी (संशोधन) अध्यादेश १९७५) संशोधन जारी गरेको थियो।

बाकशाल

स्वतन्त्र भएपछि मुजिबको सरकारले बढ्दो असन्तुष्टिको सामना गर्नुपरेको थियो। यसका राष्ट्रियकरण र औद्योगिक समाजवादका नीतिहरू प्रशिक्षित जनशक्ति, अकुशलता, व्याप्त भ्रष्टाचार र कमजोर नेतृत्वले क्षतिग्रस्त बनाएका थिए। शेख मुजिब राष्ट्रिय नीतिमा केन्द्रित भएका कारण स्थानीय सरकारले आवश्यक महत्त्व दिन सकेको थिएन। आवामी लिग र केन्द्र सरकारले पूर्ण राज्यको नियन्त्रण लिएपछि प्रजातन्त्र कमजोर भएको थियो भने त्यस समयमा कुनै तल्लो तहको चुनाव आयोजित थिएन। आवामी लिगका राजनीतिक विपक्षमा कम्युनिष्ट र इस्लामिक कट्टरपन्थीहरू थिए। बङ्गलादेशलाई धर्म निरपेक्ष राज्य घोषित गर्नाले मुसलमान जनजातिहरूमा असन्तुष्टि फैलिएको थियो। यस बाहेक शेख मुजिबले आफ्ना आफन्तहरूलाई महत्त्वपूर्ण पदमा नियुक्ति गरेका आरोप उनलाई लगाइएको थियो। सन् १९७४ को अनिकालले खाद्यान्न सङ्कटलाई निम्त्याएका कारण कृषि क्षेत्र नराम्री प्रभावित बनेको थियो जुन अर्थतन्त्रको मुख्य आधार हो। उनको राजनीतिक नेतृत्वको कमी, मूल्य असन्तुलन र सरकारी स्वामित्व भएका उद्यमहरूको असफलताको लागि मुजिबको आलोचना गरिएको थियो। राजनीतिक अस्थिरताको कारण द्वन्द्व र तनाव उच्च भएका कारण मुजिबले डिसेम्बर १९७४ मा आपतकालिन अवस्थाको घोषणा गरेका थिए। सन् १९७५ मा धेरै पार्टीहरूले बङ्गलादेश कृषक श्रमिक आवामी लिग नाम गरेको राजनीतिक दलको गठन गरेका थिए जसलाई बाकशाल भनिन्थ्यो। बाकशाल विपक्षी राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइएको थियो भने देशकम चार बाहेक सबै समाचार पत्रिकाहरू माथि प्रतिबन्ध लगाइएको थियो। यस राजनैतिक दलले आफूलाई दुर्गम जनता, किसान र मजदुरको प्रतिनिधि ठान्दै राज्य उपकरणको अधिकार लिएको थियो। राजनैतिक दलले ठूलो मात्रामा समाजवादी गतिविधिहरू सुरु गरेको थियो भने सरकारी सेना र समर्थकहरूको गठबन्धन राष्ट्रिय सुरक्षा परिषद्को सहयोगमा मुजिबले विपक्षी राजनीतिक नेताहरूलाई पक्राउ गर्दै देशभरिको राजनीतिक गतिविधिमा कडा नियन्त्रण लगाएका थिए। राष्ट्रिय सुरक्षा परिषद् र प्रहरी विरुद्ध यातना र राजनैतिक हत्याको आरोप लगाइएको थियो। यस्तो प्रतिबन्ध प्रति मुक्ति युद्धका नेताहरू मुजिबसँग असन्तुष्ट भएका थिए भने मुजिबका कार्यहरू लोकतान्त्रिक र नागरिक अधिकार विरोधी रहेको उनीहरूको ठम्याई रहेको थियो। तिव्र असन्तुष्टि र सरकारको असफलताको विरुद्ध मुजिबका विपक्षीहरूले उनको विरुद्ध विरोध जुलुसको आयोजना गरेका थिए।

हत्याकाण्ड

शेख मुजिबुर रहमान 
शेख मुजिबुर रहमानको चिहान

सन् १९९५ अगस्ट १५ का दिन बिहान सेनाका एक अधिकारीले राष्ट्रपतिको निवासस्थान धानमोन्डीलाई घेरा हालि शेख मुजिबुर रहमान र उनको परिवारक सबै सदस्यहरूको हत्या गरेका थिए भने उनको हत्यामा संलग्न उनकै व्यक्तिगत कर्मचारीहरू रहेका थिए। उनका दुई छोरीहरू शेख हासिना र शेख रेहाना मात्र पश्चिमी जर्मनीमा रहेका कारण बाँच्न सफल भएका थिए भने उनीहरूलाई तत्कालीन समयमा बङ्गलादेश फर्कन प्रतिबन्ध लगाइएको थियो। शेख मुजिबुर रहमानको हत्याको योजना आवामी लिगका नेता तथा सैन्य अधिकारीहरूले बनाएका थिए। ती मध्ये एक शेख मुजिबका पूर्व सहयोगी खोन्दकार मुशताक आहमेद पनि थिए जो उनी पछि उनको उत्तराधिकारी बनेका थिए।

सन् १९७५ सेप्टेम्बर २६ का दिन खोन्दकार मुश्ताक सरकारले मुजिबको हत्याको मुद्दालाई रोक्दै दायमुक्ति अध्यादेश जारी गरेको थियो भने जनरल जियाउर रहमान र पाकिस्तान समर्थक प्रधानमन्त्री शाह अजिजुर रहमानको नेतृत्वमा बनेको संविधानको पाँचौँ संशोधनमा यसलाई वैधानिकता प्रधान गरेका थिए तर १२ अगस्त १९७६ का दिन यसलाई संसदमा रद्द गरिएको थियो। अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सिआइएलाई उक्त हत्याको लागि जिम्मेवार ठहराइएको थियो। बङ्गलादेशमा अवस्थित तत्कालीन राजदूत युजिन लरेन्स लिफसुल्जले नरसंहार तथा शेख मुजिबको हत्याको पछाडि सिआइएलाई दोषी ठहराएकी थिइन्। उनको शवलाई उनको जन्मस्थल टुङ्गिपाडा पठाइएको थियो भने सैनिक निरीक्षणमा उनलाई एक चिहानमा गाडिएको थियो भने शख मुजिबका परिवारका अन्य सदस्यहरूलाई भने ढाकामा स्थित एक चिहानमन गाडिएको थियो।

मुजिबको मृत्युले बङ्गलादेशमा लामो समयसम्म राजनीतिक द्वन्द्व चर्काएको थियो। मेजर जनरल जियाउर रहमान तेस्रो सेनाको विद्रोहको परिणाम स्वरुप सन् १९७८ मा सत्तामा आएका थिए। विद्रोहको एक प्रमुख नेता कर्णेल सैयद फारुख रहमानलगायत १४ सेना अधिकारीहरू पक्राउ परेका थिए भने अन्य अधिकारीहरू विदेश भागेका थिए।

विचार तथा प्रतिक्रियाहरू

शेख मुजिबुर रहमानको हत्याको योजना आवामी लिगका नेता तथा सैन्य अधिकारीहरूले बनाएका थिए जसमध्ये एक खन्दोकर मोश्ताक आहमेद थिए जसले शेख मुजिबका पूर्व सहयोगीका रूपमा काम गरिसकेका थिए भन् पछि उनलाई राष्ट्रपतिको पदमा नियुक्त गरिएको थियो। सन् १९७५ सेप्टेम्बर २६ का दिन खोन्दकार मोश्ताक सरकारले मुजिबको हत्याको सुनवाईमा रोक लगाउँदै निषेध अध्यादेश जारी गरेको थियो। जनरल जियाउर रहमान र पाकिस्तान समर्थक प्रधानमन्त्री शाह अजिजुर रहमानको नेतृत्वमा यसलाई अवलम्बन गरिएको थियो भने सन् १९९६ अगस्ट १२ का दिन गरिएको संविधानको पाँचौँ संशोधनमा संसदमा रद्द गरिएको थियो। केन्द्रीय गुप्तचर निकायलाई हत्याका लागि सञ्चार माध्यममा दोषी ठहराइएको थियो। लरेन्स लिफसुलजले सैन्य राज्यविप्लव र नरसंहारका लागि सिआइएलाई दोषी ठहराएपछि बङ्गलादेशका तत्कालीन अमेरिकी राजदूत युजिक बुस्टरका अनुसार मुजिबको हत्या पश्चात् बङ्गलादेशमा कयौँ वर्षसम्म राजनीतिक सङ्घर्ष सुरु भएको थियो। सैन्य राज्यविप्लवका नेताहरूलाई चाँडै सत्ताबाट हटाइएको थियो भने राजनैतिक हत्याले देशमा गतिरोध पैदा गरेपछि सेनामा व्यापक अराजकता फैलिएको थियो। तेस्रो सैन्य राज्यविप्लवको फलस्वरूप सन् १९७५ नोभेम्बर ७ का दिन मेजर जनरल जियाउर रहमान सत्तामा आएका थिए। जसले पछि निषेध अध्यादेशको समर्थन गर्दै मुजिब हत्याको मुद्दालाई स्थगित गरी मुजिब समर्थक सेनाहरूलाई गिरफ्तारी गराएका थिए। सैन्य राज्यविप्लवका प्रमुख नेताहरू मध्ये एक कर्णेल सैयद फारुक रहमान सहित १४ सेना अधिकारीहरूलाई गिरफ्तार गरिएको थियो भने अन्य अधिकारीहरू विदेश पलायन भएका थिए। सन् १९९६ अक्टोबर २ का दिन शेख मुजिबुर रहमानका निजी सहायक अधिकारी महितुल इसलामले मुजिबको हत्याको प्रकरणलाई धनमोन्डी प्रहरी चौकीमा दर्ता गराएपछि १२ नोभेम्बरका दिन संसदमा निषेध अध्यादेशलाई खारेज गरिएको थियो। २०१० मा आएर मुजिबका हत्यारा सैयद फारुख रहमान र बाँकी आरोपीहरूलाई फाँसी दिइएको थियो। सन् २०२० अप्रिल १२ का दिन भूतपूर्व सैन्य अधिकारी आब्दुल माजेदलाई गिरफ्तार गरिएको थियो भने उनलाई पनि शेख मुजिबको हत्यामा संलग्न रहेका कारण मृत्युदण्ड दिइएको थियो।

व्यक्तिगत जीवन

    मुख्य पृष्ठ : शेख-वाजेद परिवार

सन् १९३४ मा शेख मुजिबुर रहमानले ३ वर्ष उमेरकी बेगम फजिलातुन्नेसासँग बिवाहा गरेका थिए। उनीहरूको विवहा भएको ९ वर्ष पछि जब मुजिब २२ वर्षका र बेगम फजिलातुन्नेसा १२ वर्षकी थिइन् उनीहरूको पुनः विवहा भएको थियो। ती दम्पतीका दुई छोरी र तीन छोरा थिए। छोरीहरू शेख हसिना र शेख रेहाना हुन्। उनका छोरा शेख कामाल, शेख जामाल र शेख रासेल हुन्। शेख मुजिबका पुत्र शेख जामाल बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा मुक्ति बहिनीको छापामार युद्धका संयोजक थिए र उनले बङ्गलादेश सेनाबाट स्वतन्त्रता युद्धको क्रममा युद्धकालिन आयोग प्राप्त गरेका थिए। उनी त्यस समयमा शेख मुजिबको उत्तराधिकारी मानिन्थे शेख जामालले बेलायतको रोयल सैनिक एकेडेमीमा सैन्य प्रशिक्षण लिएका थिए र पछि उनले बङ्गलादेश सेनामा एक प्रमुख अधिकारीको रूपमा काम गरेका थिए। सन् १९७५ अगस्ट १५ का दिन शेखको परिवारलाई नजरबन्दमा राखिएको थियो भने शेख कामाल र शेख जामाल सुरक्षाकर्मीहरूको आँखा छली भाग्न सफल भएका थिए भने उनीहरू पछि बङ्गलादेश स्वतन्त्रता युद्धमा सामेल भएका थिए। सन् १९७५ अगस्ट १५ को रात सैनिक कार्वाहीमा शेख मुजिबको सम्पूर्ण परिवारको हत्या गरिएको थियो भने केवल शेख हासिना र शेख रेहाना मात्र पश्चिम जर्मनीको यात्रामा गएका कारण बाँच्न सफल भएका थिए। शेख मुजिब बङ्गलादेशी वंशका बेलायती श्रमिक राजनैतिक दलका राजनीतिज्ञ ट्यूलिप सिद्दीकीका हजुरबुबा हुन् जो सन् २०१५ को आम चुनावबाट हेम्प्स्ट र किलबर्नका लागि संसद सदस्य भइसकेका छन्।

प्राप्ति

बङ्गलादेश

शेख मुजिबुर रहमान 
शेख मुजिबुर रहमानको स्मृति स्तम्भ

बङ्गलादेशी सिक्का तथा टाकाहरूमा शेख मुजिबको चित्रहरू छापिएका छन् भने बङ्गलादेशका धेरै सरकारी संस्थानहरू उनको नामहरू उल्लेख रहेको पाइन्छन्। केही इतिहासकारहरूका अनुसार शेख मुजिब र उनको राजनैतिक दल पूर्व र पश्चिम पाकिस्तान भित्रको द्वन्द्व र असमानतालाई बढाएको थियो भने स्वतन्त्रताले बङ्गलादेशलाई उद्योग र मानव संसाधनको पक्षमा नकारात्मक असर पुर्‍याएको थियो। पछि साउदी अरब र चीनका सरकारहरूले शेख मुजिबको आलोचना गरेका थिए भने धेरै देशहरूले मुजिबको मृत्यु पश्चात् बङ्गलादेशलाई एक स्वतन्त्रत राष्ट्रको मान्यता प्रदान दिन अस्वीकार गरेका थिए। धेरै इतिहासकारहरूले मुजिबलाई विद्रोहको समर्थकको रूपमा पहिचान गरेका थिए भने उनीहरूका अनुसार मुजिब राष्ट्रवादी आन्दोलनलाई उक्साएता पनि राज्यको सत्ता चलाउन अयोग्य रहेको धारणा व्यक्त गरेका थिए। बङ्गलादेशी नेताको रूपमा उनको शासनकालमा मुस्लिम धर्मवलम्बी नेताहरूले मुजिबको धर्मनिरपेक्षताको नीति प्रति कडा आलोचना गरेका थिए। भारत सरकारसँगको व्यापक सहयोग र महत्त्वपूर्ण क्षेत्रीय र विदेश नीतिमा भारतसँगको आफ्नो ऐक्यबद्धताको कारण धेरै मानिसहरू मुजिबसँग असन्तुष्ट भएका थिए।बङ्गलादेश भारतको एक उपराज्यको रूपमा स्थापित हुन सक्ने र भारत प्रति अति निर्भर हुन सक्ने खतरा कारण थुप्रै आलोकहरू यस कुरालाई लिएर डराइरहेका थिए। मुजिबको एकदलीय शासन र राजनीतिक प्रतिपक्षीहरूको दमनले जनतामा ठूलो असन्तुष्टि पैदा गरेको थियो भने लामो समयदेखि बङ्गलादेशमा बहुदलीय प्रजातन्त्रको अभ्यासलाई पुग्न सकेको थिएन।

सन् १९९६ मा शेख मुजिबकी छोरी शेख हासिनाको नेतृत्वमा आवामी लिगले सत्तामा फर्कनु भन्दा पहिले मुजिबपछि सरकारहरू सञ्चालन गरिरहेका नेताहरूले मुजिबको विरोध गरेका थिए। सन् १९९९ मा आवामी लिगको निर्वाचित भए पछि उनको छवि पुनः फिर्ता भएको थियो। त्यसबेलादेखि अगस्ट १५ लाई राष्ट्रिय शोक दिनको रूपमा मनाउन थालिएको थियो। सन् २०१६ मा आवामी लिग सरकारले एक कानून पारित गरी शेख मुजिबुर रहमान प्रतिको जुन कुनै आलोचनालाई अपराध भनेर परिभाषित गरिदिएको थियो।

शेख मुजिबुर रहमान अझै पनि आवामी लिगको वैचारिक प्रतीक हुन् भने उक्त राजनैतिक दलले मुजिबको समाजवादी विचारधारा पछ्याउँदै आइरहेको छ। मुजिबलाई बङ्गलादेश, भारत र विश्वभरमा बाङाली बुद्धिजीवीहरूद्वारा व्यापक प्रशंसा गरिन्छ। पाकिस्तानको सैन्य शासनको विरुद्ध आन्दोलन नेतृत्व गर्ने र पाकिस्तानमा रहेको सांप्रदायिक विभेदको विरुद्ध र बाङाली आन्दोलनलाई स्वतन्त्रतातिर पुर्‍याएकोमा उनको व्यापक सराहना गरिएको थियो।सन् २००४ मा गरिएको बीबीसी सर्वेक्षणमा, शेख मुजिबुर रहमानलाई "सबै समयका सर्वश्रेष्ठ बाङाली" को रूपमा मतदान गरिएको थियो। सन् १९९९ मा राजधानी ढाकामा रहेको आइपिजिएमआरको नाम परिवर्तन गरी बङ्गोबोन्धु शेख मुजिब मेडिकल विश्वविद्यालय राखिएको थियो। शेख मुजिब नामक सडक चट्टोग्राम सहरमा रहेको एक प्रमुख व्यावसायिक सडक हो। सन् २०१७ मा भारतको राजधानी नयाँ दिल्लीको सडकको नाम बङ्गोबोन्धु शेख मुजिब मार्ग राखिएको थियो। मुजिबले आफ्नो राजनीतिक अभियानमा लगाएको कोटलाई बङ्गलादेशको मुजिब कोट पनि भनिन्छ।

विश्वव्यापी

  • बङ्गलादेशको स्वतन्त्रता र शेख मुजिबको शासनको एक वर्ष पछि टाइम पत्रिकाले यस्तो लेखेको थियो:

মোটের উপর, বাংলাদেশের শুভ প্রথম জন্মদিন পালন করার তেমন কোন কারণ নেই। যদি এটি একসময় হেনরি কিসিঞ্জারের কথিত "খালি বাক্স" না হয়, তবে এটি মুজিবের স্বপ্ন দেখা সোনার বাংলাও হয়ে যায় নি। এতে মুজিবের ভুল কতটুকু সেটিই এখন একটি বিতর্কের বিষয়। এটা সত্য যে, বাংলাদেশের এই বিস্তর সমস্যাগুলোর বিরুদ্ধে লড়তে তিনি খুব অল্পই সময় পেয়েছেন। তবুও, কিছু সমালোচক দাবি করে যে, তিনি যুগান্তকারী ব্যক্তিত্ব হিসেবে ভূমিকা পালন করতে গিয়ে বেশ খানিকটা সময় নষ্ট করেছেন, (যেমন তিনি ব্যক্তিগতভাবে যে কোন আমন্ত্রণে সশরীরে উপস্থিত হয়ে সাড়া দিয়েছেন) যখন কিনা গুরুত্বপূর্ণ বিষয় বা রাষ্ট্রের প্রতি তার আরো মনোযোগী হওয়া উচিৎ ছিল। যদি, আশানুরূপভাবে, তিনি मार्चের নির্বাচনে জয়ী হন, তবে তিনি একটি সুস্পষ্ট পরীক্ষার সম্মুখীন হবেন যে, তিনি কি শুধুই বাংলাদেশের জনক নাকি পাশাপাশি এর ত্রাণকর্তাও।

  • सन् १९७३ मा गैर-गठबन्धन शिखर सम्मेलनमा कुबाका नेता फिदेल कास्त्रोले शेख मुजिबको व्यक्तित्वलाई हिमालयसँग तुलना गरेका थिए।
  • सन् १९७५ अगस्त २५ मा उनको मृत्यु भएको दश दिनपछि संयुक्त राज्यको टाइम पत्रिकाले "१५ अगस्ट १९७५: मुजिब स्थपतिर मृत्यु" शीर्षक यस्तो लेखेको थियो:

তার প্রশংসনীয় উদ্যোগ: স্বাধীনতার পরের তিন वर्षে ६ হাজারের ও বেশি রাজনৈতিক হত্যাকাণ্ড ঘটে। সহিংসতা সারাদেশব্যাপী ছড়িয়ে পড়ার আশঙ্কা তৈরী হলে মুজিব রাষ্ট্রীয় জরুরী অবস্থা ঘোষণা করেন । চরম-বাম ও চরম-ডানপন্থী সংগঠনগুলো নিষিদ্ধ করা হয়, পত্রিকাগুলোকে নিয়ে আসা হয় সরকারী নিয়ন্ত্রণে এবং দুর্নীতির বিরুদ্ধে অভিযান শুরু হয়। এ উদ্যোগগুলো বৃহত্তর জাতীয় স্বার্থে গৃহীত হলেও অনেকেই সমালোচনামুখর হয়ে উঠেন । সমালোচকদের উদ্দেশ্যে মুজিব তার স্বভাবসুলভ ভঙ্গিতে বলেন:- "ভুলে যেওনা আমি মাত্র তিনवर्ष সময় পেয়েছি। এই সময়ের মধ্যে তোমরা কোনো দৈব পরিবর্তন আশা করতে পারোনা।" যদি ও শেষ সময়ে তিনি নিজেই হতাশ ও বিরক্ত হয়ে কোন দৈব পরিবর্তন ঘটানোর জন্য অধৈর্য হয়ে পড়েছিলেন। সন্দেহাতীতভাবেই মুজিবের উদ্দেশ্য ছিলো তার দেশ ও দেশের মানুষের উন্নয়ন ঘটানো। শেষ মুহূর্ত পর্যন্ত মুজিব একটা 'সোনার বাংলা' গড়তে চেয়েছিলেন, যে 'সোনার বাংলা'র উপমা তিনি পেয়েছিলেন কবি রবীন্দ্রনাথ ঠাকুরের কাছ থেকে, ভালোবেসে মুজিব সেই 'সোনার বাংলা'র স্বপ্নকে তার দেশের জাতীয় সংগীত নির্বাচন করেছিলেন।

  • सन् २००३ मा फ्रन्टलाइन पत्रिकाको एक लेखमा लेखक डेभिड लुडेनले उनलाई "बिर्सिएको नायक"को रूपमा वर्णित गरेको थियो।
  • ३० अक्टोबर २०१६ का दिन युनेस्कोले शेख मुजिबले ७ मार्चका दिन दिएको भाषणलाई विश्व इतिहासका सर्वोत्कृष्ट भाषणको सूचीमा सूचीकृत गर्दै मान्यता प्रदान गरेको थियो।

उपाधि

सन् १९६९ फेब्रुअरी २३ का दिन तत्कालीन केन्द्रीय छात्र सङ्घर्ष परिषदले ढाकाको रेसकोर्स मैदानमा (हालको सोहरावर्ती उद्यान) आयोजित सम्मेलनमा लाखौँ व्यक्तिहरूको उपस्थितिमा तत्कालीन छात्र नेता ताफायेल आहमेदले शेख मुजिबलाई "बङ्गोबोन्धु" उपाधि प्रदान गरेका थिए जसको नेपालीमा अर्थ बाङालीहरूको साथी हुन्छ। स्वतन्त्र बङ्गलादेशको वास्तुकारका रूपमा शेख मुजिबुर रहमानलाई बङ्गलादेशका "राष्ट्रपिता" वा "राष्ट्रजनक" को रूपमा मान्यता दिइएको पाइन्छ। सन् २०१९ अगस्ट १६ का दिन बङ्गलादेशको स्थायी मिसनले संयुक्त राष्ट्र सङ्घमा आयोजना गरेको राष्ट्रिय शोक दिवसमा उनलाई 'विश्वको मित्र' रूपमा चित्रण गरिएको थियो।

रचित ग्रन्थवली

शेख मुजिबले दुई खण्डहरूमा आत्मकथा लेखेका थिए जसमा उनले पहिलो खण्ड अन्तर्गत आफ्ना राजनीतिक विचारहरू व्यक्त गरका थिए भने अर्को खण्डमा उनले आफ्नो व्यक्तिगत जीवनको वर्णन गरेका थिए। उनका दुई रचनाहरू उनकी छोरी तथा बङ्गलादेशकी वर्तमान प्रधानमन्त्री शेख हासिनाले उनको मृत्यु पश्चात् पुस्तक रूपमा प्रकाशन गरेकी थिइन्।

नाम प्रकाशक प्रकाशनी विषयवस्तु स्रोत
असोमाप्तो आत्मोजीबोनी जुुन २०१२ द युनिभर्सिटी प्रेस लिमिटेड शेख मुजिबुर रहमानले सन् १९५४ सम्म एक आत्मजीवनी लेखेका थिए। यो ग्रन्थलाई अङ्ग्रेजी लगायत अन्य भाषाहरूमा अनुवाद गरिएको छ।
कारागारेर रोजनामोचा मार्च २०१७ बाङ्ला एकाडेमी यस ग्रन्थ सन् १९६६ शेख मुजिबुर रहमानको कारावास जीवनमा आधारित छ। यस ग्रन्थलाई शेख मुजिबकी कान्छी छोरी शेख रेहानाले नामकरण गरेकी थिइन्।
आमार देखा नया चीन फेब्रुअरी २०२० बाङ्ला एकाडेमी यो ग्रन्थ सन् १९५२ मा जनवादी गणतन्त्र चीनको पेकिङमा आयोजित एसियाली प्रशान्त शान्ति शिखर सम्मेलनको अवसरमा शेख मुजिबको चीन भ्रमणको अवसरमा लेखिएको थियो।
आमार किछु कथा २०२० इतिहास प्रकाशन

राजनैतिक विचारधारा

बेलायती शासनकालमा मुजिबको राजनीतिक दर्शन उपनिवेशवाद विरोधी स्वतन्त्रता आन्दोलनमा उनीहरूको सहभागिताको माध्यमबाट विकसित भएको थियो। यस समयदेखि उनी बङ्गाली राष्ट्रवादमा आकर्षित बनेका थिए। मुस्लिम लिगमा उनी सहिद सोहरावार्दी र आबुल हाशिमको नेतृत्वमा रहेको दलमा सामेल रहेका थिए जो प्रगतिवादी भनेर चिनिन्थे। यद्यपि सोहरावार्दीको व्यक्तिगत निष्ठा, मुस्लिम लिगमा भएको उनको निष्ठा भन्दा प्रबल रहेको थियो। आब्दुल गफ्फर चौधुरीका अनुसार शेख मुजिब सहिद सोहरावर्दीका राजनीतिक शिष्यका रूपमा परिचित थिए तर उनको राजनीतिक चरित्र शेरेबाङ्ला एके फजलुल हक, आबुल हाशिम, सुवास बोस र माओलाना भासानीको राजनीतिको प्रभावबाट विकसित भएको थियो। उनी पाकिस्तान आन्दोलनका कट्टर कार्यकर्ता थिए भने उनले संयुक्त बङ्गाल स्थापना गर्ने पहलहरूमा पनि भाग लिएका थिए। धेरै इतिहासकारहरूले शेख मुजिबको तत्कालीन राष्ट्रवादी झुकावलाई बङ्गाली मुसलमान राष्ट्रवाद भनेर वर्णन गर्छन्। उनको आफ्नै टिप्पणीका अनुसार उनी शिक्षि बङ्गाली मुस्लिम समुदाय, लाहोरमा प्रस्ताव गरिएको बङ्गाल र आसामको साथ भारत बाहिर एक पृथक् राज्यको पक्षमा रहेका थिए। तर तत्कालीन समयको वास्तविकतामा बङ्गाली मुसलमानहरूको नेतृत्वमा बनाइएको पाकिस्तानी राज्यमा आफ्नो भविष्य निर्माण गर्नका लागि बाध्य बनाइएको थियो।

पाकिस्तानको स्वतन्त्रता पश्चात् शेख मुजिबुर रहमानको राजनीतिक धारणा र गतिविधिहरू पूर्वी बङ्गालको स्वायत्तता, भाषा केन्द्रित बङ्गाली राष्ट्रवाद, धर्मनिरपेक्षता र पाकिस्तान राज्य भित्र लोकतान्त्रिक अधिकारको वरिपरि घुमेको थियो। शेख मुजिब लगायत धेरैजना पार्टीबाट छुट्टिँदै मुस्लिम लिग नेतृत्वको विरुद्ध विभिन्न आरोपहरू खडा गरेका थिए। उनले आफ्नो जीवनकालको १३ वर्ष पाकिस्तानको कारागारमा बिताएका थिए। एकल पाकिस्तानको अवधारणाको नाजुकता उसको व्यक्तिगत पुस्तक तथा असङ्ख्य भाषणहरूमा उठाइएको थियो। पश्चिम पाकिस्तानी शासकहरूले पाकिस्तानलाई विच्छेद गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै उनलाई प्रायः पाकिस्तानको शत्रु र भारतीय दलालको सङ्ज्ञा दिएका थिए।

शेख मुजिबुर रहमान 
सन् १९५७ मा चीनका प्रधानमन्त्री चौ एन लाई (बीचमा) र होसेन सहिद सोहरावार्दीको (बायाँ) साथमा शेख मुजिब (दायाँ)

राजनैतिक गुरु सोहरावर्दी जस्तै शेख मुजिब पनि पश्चिमी शैलीको संसदीय प्रजातन्त्रको कट्टर समर्थक थिए। उनले पाकिस्तानी शासनकालको सबै समय उनले विभिन्न सङ्घर्षहरू गरेका थिए र स्वतन्त्र बङ्गलादेशमा सत्ता पनएपछि उनले संसदीय प्रजातन्त्रको स्थापना गरेका थिए। पाकिस्तानको स्थापना पछि पनि उनी समाजवादप्रति आकर्षित भएका थिए। समाजवादी अर्थतन्त्रमा शेख मुजसबको चासो बढ्दै गएकाले खास गरी सन् १९५० को दशकमा उनले दुईपटक जन वादी गणतन्त्र चीन र एकपटक सोभियत सङ्घको भ्रमण गरेका थिए। उनी आवामी लिगलाई बेलायती मजदुर पार्टी जस्तै एक सामाजिक लोकतान्त्रिक पार्टीको रूपमा निर्माण गर्न चाहन्थे। उनले आर्थिक मुक्तिको उद्देश्यका लागि बङ्गलादेशको संविधानको सिद्धान्तको रूपमा समाजवादलाई समावेश गराएका थिए। यद्यपि उनले स्वतन्त्र बङ्गलादेशमा एकपक्षीय सरकारको स्थापना गरेकाले विपक्षी नेता तथा कार्यकर्ताहरूलाई दमन गर्दै बाकशालको परिचय दिँदै स्वतन्त्र बङ्गलादेशमा सरकारको एकदलीय प्रणालीको स्थापना गरेका थिए। शेख मुजिब प्रजातन्त्रको लागि आजीवन कारावास भोगेको र अन्ततः यसबाट विचलित भएको भन्दै धेरैले यसलाई आदर्शबाट विचलन भएको मान्दछन्।

“কোনো ‘ভুঁড়িওয়ালা’ এ দেশে সম্পদ লুটতে পারবে না। গরিব হবে এই রাষ্ট্র ও সম্পদের মালিক, শোষকরা হবে না। এই রাষ্ট্রে হিন্দু-মুসলমান ভেদাভেদ থাকবে না। এই রাষ্ট্রের মানুষ হবে বাঙালি। তাদের মূলমন্ত্র ‘সবার উপরে মানুষ সত্য তাহার উপরে নাই’।”

उनी मुस्लिम लिग मार्फत राजनीतिमा संलग्न भए पनि शेख मुजिबले पाकिस्तानको स्थापना पश्चात् धार्मिक साम्प्रदायिकता विनानै राजनीतिको अवलम्बन गरेका थिए। उनी पाकिस्तानी शासनको साम्प्रदायिक विभेदको नीतिको प्रखर आलोचक थिए। उनको राजनीतिक दल आवामी लिग पूर्व बङ्गालमा सबै धर्मका बङ्गालीहरूको सङ्गठनको रूपमा देखा परेको थियो। यस राजनीतिक दलले पछि मुजिबको नेतृत्वमा बङ्गलादेशको धर्म निरपेक्षतालनई आफ्नो विचारधाराका रूपमा अपनाएको थियो। धर्मनिरपेक्ष प्रति राज्य प्रतिबद्धता भए पनि मुजिबले आफ्नो व्यक्तिगत र राज्य गतिविधिहरूमा इस्लामी अनुशासनको बाटो अपनाएका थिए। आफ्नो सार्वजनिक उपस्थिति र भाषणको क्रममा शेख मुजिबले इस्लामी अभिवादन र नाराको प्रयोग बढाउँदै इस्लामी विचारधारालाई जनाउन जारी राखेका थिए। आफ्नो जीवनको अन्तिम वर्षहरूमा मुजीब "जोय बाङ्ला" अभिवादनको सट्टा "खुदन हाफिज"को प्रयोग गर्ने गरेकन थिए जुन मुसलमानहरूको एक पहिचान थियो। शेख मुजिबुर रहमानले सोचेका अनुस मान्छे गल्तीबाट पाठ सिक्छन्। उसको विचारधारा आफ्नै गल्तीलाई स्वीकार्नु र सच्याउनको पक्षमा रहेको थियो।

लोकप्रिय संस्कृतिमा मुजिब

ग्रन्थ

बङ्गलादेशको स्वतन्त्रता युद्धका प्रमुख नेता शेख मुजिबुर रहमानको बारेमा असङ्ख्य काल्पनिक र गैर-काल्पनिक पुस्तक, पर्चा, लेख इत्यादि प्रकाशित भएका छन्। उनको छोरी शेख हसिनाले शेख मुजिब आमार पिता नामक एक पुस्तक लेखेकी छन्। उनको बारेमा लेखिएका केही उल्लेखनीय पुस्तकहरूमा; एबिएम मुसाद्वारा रचित पुस्तक मुजिब भाइ, बेबी मओदुदद्वारा रचित पुस्तक बङ्गोबोन्धु शेख मुजिब ओ ताँर पोरिबार आदि पर्दछन् भने मुजिक हत्याको बारेमा अनुसन्धान गरी लेखिएका पुस्तकहरूमा; मिजानुर रहमान खानको मार्किन दलिले मुजिब हत्याकाण्ड एमआर आखतार ममुकुलद्वारा रचित पुस्तक मुजिब रक्त लाल आदि रहेका छन्। शेख मुजिबको शासनकालमा लेखिएका पुस्तकहरूमा; मओदुद आहमेदद्वारा रचित पुस्तक बाङ्लादेश : शेख मुजिबुर रहमानेर शासनकाल, एन्थोनी मासकारेनहासको बाङ्लादेश : रक्तेर ऋण, हुमायुन आहमेदद्वारा रचित उपन्यास देयाल, नियामत इमामद्वारा रचित उपन्यास द ब्ल्याक कोट आदि रहेका छन्।

गीतहरू

शेख मुजिबुर रहमानको बारेमा लेखिएको दुई प्रख्यात गीतहरूमा; सन् १९७१ को अप्रिल महिनामा भारतीय गीतकार गौरीप्रसन्न मजुमदारको गीत शोन एकटी मुजिबरेर थेके लक्खो मुजिबरेर कण्ठो र सन् १९९० मा हासान मतिउर रहमानद्वार लेखिएको जोदी रात पोहाले शोना जेते, बङ्गोबोन्धु मरे नेई नामक गीत रहेको छ। यी दुई गीतहरूलाई क्रमशः अंशुमान रोय र मल्ल कुमार गाङ्गुलीले धुन तयार गरेका थिए। यसबाहेक शेख मुजिबुर रहमानको बारेमा थुप्रै गीत तथा कविताहरू लेखिएको छ।

चलचित्रहरू

सन् २००७ मा लन्डनमा अवस्थित शेख मुजिब अनुसन्धान केन्द्रद्वारा प्रायोजित पलाशी थेके धानमोन्डी नामक एक चलचित्र निर्माण गरिएको थियो जुन पत्रकार तथा लेखक आब्दुल गाफ्फार चौधुरीको सोही नामको उपन्यासमा आधारित छ। यस चलचित्रमा शेख मुजिबको चरित्रमा अभिनेता पीयुष बन्दोपाध्यायले अभिनय गरेका थिए। सन् २०१४ मा मृत्युुञ्जय देवब्रेतको निर्देशनमा "जुद्धोशिशु" नामक एक भारतीय बङ्गाली-हिन्दी फिल्म सार्वजनिक भएको थियो। यस चलचित्रमा प्रदीप गङ्गोपाध्यायले शेख मुजिबुर रहमानको भूमिका निर्वाह गरेका थिए। सन् २०२० मा शेख मुजिबुर रहमानको हत्या पश्चात् १९७५ नामक एक पूर्ण लम्बाई चलचित्रको निर्माण गरिएको तर सन् २०२० अगस्ट १५ का दिन सार्वजनिक मिति तय गरिएको चलचित्रको सार्वजनिक मिति कोरोना विषाणु महामारीका कारण लम्बिएको थियो। यसबाहेक भारतीय चलचित्र निर्माता श्याम बेनेगलद्वारा निर्देशित, बङ्गलादेश र भारतद्वारा सह-निर्मित शेख मुजिबुर रहमानको जीवनीमा आधारित "बङ्गोबोन्धु" नामक एक चलचित्र निर्माणाधीन अवस्थामा रहेको छ। यस चलचित्रलाई बङ्गाली, हिन्दी र उर्दु भाषामा अनुवाद गरिने।निर्णय गरिएको छ। यसबाहेक शेख मुजिबुर रहमानको अधुरो आत्मकथामा आधारित "चिरञ्जीव मुजिब" नामक एक पूर्ण लम्बाई चलचित्र पनि निर्माणाधीन अवस्थामा रहेको छ। शेख हसिनाद्वारा लेखिएको पुस्तक "मुजिब आमार पिता"मा आधारित सोही नामको एक कार्टुन चलचित्र आवामी लिगको सूचना तथा अनुसन्धान केन्द्रको लागतमा निर्माणाधीन रहेको छ।

मुजिब वर्ष

शेख मुजिबुर रहमान 
मुजिब वर्षको प्रतीक

सन् २०१८ डिसेम्बर ३० का दिन बङ्गलादेशकी कार्यवाहक प्रधानमन्त्री तथा शेख मुजिबकी छोरी शेख हसिनाले आवामी लिगको केन्द्रीय बैठकमा बङ्गलादेश सरकारको तर्फबाट शेख मुजिबको जन्म शताब्दी वर्षलाई चिह्नित गर्नका लागि सन् २०२०-२१ लाई मुजिब वर्ष भनी घोषणा गरिएको थियो। यस वर्ष सन् २०२० मार्च १७ का दिनबाट सन् २०२१ मार्च २६ सम्म मनाउने निर्णय गरिएको थियो तर कोरोना विषाणु महामारीका कारण अधिकांश कार्यक्रम समयमा आयोजित हुन नसकेकाले मुजिब वर्षको समय सीमा सन् २०२१ डिसेम्बर १६ सम्म बढाइएको थियो। मुजिब वर्ष युनेस्कोका १९५ सदस्य देशहरूमा मनाउने गरिएको छ।

चित्र दीर्घा

सन्दर्भ सामग्री

बाह्य कडीहरू

पूर्ववर्ती:
स्वतन्त्र राज्यको रूपमा स्थापना गरिएको
बङ्गलादेशका राष्ट्रपति
११ अप्रिल १९७१ – १२ जनवरी १९७२
उत्तराधिकारी:
आबु साईद चौधुरी
पूर्ववर्ती:
ताजउद्दिन आहमेद
बङ्गलादेशका प्रधानमन्त्री
१२ जनवरी १९७२ – २६ जनवरी १९७५
उत्तराधिकारी:
मोहाम्मद मनसुर आली

Tags:

शेख मुजिबुर रहमान बाल्यकालशेख मुजिबुर रहमान बेलायती भातरमा राजनैतिक सक्रियताशेख मुजिबुर रहमान तत्कालीन पाकिस्तानको राजनैतिक नेतृत्वशेख मुजिबुर रहमान कारावास जीवनशेख मुजिबुर रहमान बङ्गलादेशको स्थापनाशेख मुजिबुर रहमान बङ्गलादेशमा शासनशेख मुजिबुर रहमान हत्याकाण्डशेख मुजिबुर रहमान व्यक्तिगत जीवनशेख मुजिबुर रहमान प्राप्तिशेख मुजिबुर रहमान उपाधिशेख मुजिबुर रहमान रचित ग्रन्थवलीशेख मुजिबुर रहमान राजनैतिक विचारधाराशेख मुजिबुर रहमान लोकप्रिय संस्कृतिमा मुजिबशेख मुजिबुर रहमान चित्र दीर्घाशेख मुजिबुर रहमान सन्दर्भ सामग्रीशेख मुजिबुर रहमान बाह्य कडीहरूशेख मुजिबुर रहमानचित्र:Bn-শেখ মুজিবুর রহমান.oggदक्षिण एसियापाकिस्तानपूर्वी पाकिस्तानबङ्गलादेशबङ्गाली भाषाब्रिटिस राजभारतको विभाजनराष्ट्रपतिशेख हसिना

🔥 Trending searches on Wiki नेपाली:

देवनागरी लिपिमुख्यमन्त्री (नेपाल)बोक्सीकिराँत धर्मसमाचारनेपाली भाषाप्रदेश सभा निर्वाचन, २०७९युट्युबमानव शरीरका अङ्गहरूको सूचीहर्सायोनीमार्गनेपाल विद्युत प्राधिकरणनेपालका जातिहरूमानिसविदुर नगरपालिकाकुखुरा पालनकाठमाडौँ २ (निर्वाचन क्षेत्र)शुक्रग्रहच्याटजिपिटीपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीविज्ञापनपञ्चैबाजानगरपालिकाचाँगुनारायण मन्दिरसमाजशास्त्रदैलेख जिल्लाढोरबराहि मन्दिरपहिलो विश्वयुद्धश्रीमद्भागवत् पुराणजुनागढ जिल्लाव्रतबन्धनेपालका प्रधान सेनापतिहरूभारतधादिङ जिल्लाकृष्णप्रकाश सपुतस्वर्गद्वारीकाभ्रेपलान्चोक जिल्लासंयुक्त राज्य अमेरिकामहेन्द्र वीरविक्रम शाहमुलुकी ऐनदेशदैवज्ञराज न्यौपानेनागार्जुन नगरपालिकाएकल परिवारलैङ्गिक पहिचानजारी (चलचित्र)नारायणहिटी दरबार सङ्ग्रहालयनेपाल कानुन आयोगजयपृथ्वीबहादुर सिंहमहालेखा नियन्त्रकको कार्यालयलागु पदार्थनेपालको सर्वोच्च अदालतआर्थिक विकासनेपालको प्रधानन्यायाधीशनेपालका राष्ट्रिय विभूतिहरूमूल्य अभिवृद्धि करशिक्षण विधिनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीसुशासनछुवाछुतपहिलो पुस्तादाइजोनेपालको सङ्घीय संसदनेपालका अञ्चलहरूनेपालको निसानछापबझाङ जिल्लानेपालका स्थानीय तहहरूबंगलामुखी मन्दिररेडियोलैङ्गिक विभेदनेपालका जिल्लाहरूरामप्रसाद ज्ञवालीबेलध्रुवचन्द्र गौतमइतिहासदिगो विकास🡆 More