मिया खलिफा: अश्लिल चलचित्र अभिनेत्री

मिया खालिफा (/miːə kəˈliːfə/; अरबी: ميا خليفة, लेबनानी अरबी उच्चारण: ; जन्म फेब्रुअरी १०, १९९३), मिया क्यालिस्टाको रूपमा पनि चिनिने, एक लेबनानी-अमेरिकी मिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडेल, र पूर्व अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनी सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।

मिया खालिफा
ميا خليفة
जन्म (1993-02-10) १० फेब्रुअरी १९९३ (उमेर ३१)
बेरुत, लेबनान
अन्य नाममिया कलिस्टा
पेशामिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडल, अश्लील अभिनेत्री
कार्यकालसन् २०१४–वर्तमान
उचाइ५ फिट २ इन्च (१.५७ मी)
जीवनसाथीअज्ञात
(वि. २०११; सवि. २०१६)
रोबर्ट स्यान्डबर्ग
(
वि २०२०)

लेबनानको राजधानी बेरुतमा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकी थिइन्। उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा पोर्नहब नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकी थिइन्। तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।

प्रारम्भिक जीवन

मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, लेबनानमा जन्मिएकी थिइन्। उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि सन् २००१ मा संयुक्त राज्य अमेरिकामा बसाइसराई गरेका थिए। उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्। खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले अङ्ग्रेजी बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्। खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।

खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन् र त्यसपछि उच्च विद्यालय पढ्नका लागि टेक्सस गएकी थिइन्। उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।

अश्लील भिडियो

उच्च विद्यालयमा छँदा, खलिफा पेय सेवकको रूपमा काम गर्थिन् र उनले केही मोडलका कार्य पनि गर्दथिन्। उनी एक स्थानीय स्पेनी भाषाको डिल अर नो डिल जस्तै दूर्दशन खेल कार्यक्रममा "ब्रिफकेस गर्ल" थिइन्। स्नातक पछि, उनी मियामीमा सरेकी थिइन् जहाँ उनलाई नग्न मोडल गर्न अनुरोध गरिएको थियोे जून उनले स्वीकार गरेकी थिइन्।

खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो। ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्। यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो।

दृश्यका निर्माताले खलिफाको जातीयताको शोषण गर्न कोशिस नगरेको र यसलाई अँगाल्न चाहेको बताएका थिए र कसैले पनि यसको नकारात्मकता अनुमान गर्न नसक्ने पनि उनले बताएका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

मिया खलिफा प्रारम्भिक जीवनमिया खलिफा अश्लील भिडियोमिया खलिफा सन्दर्भ सामग्रीहरूमिया खलिफा बाह्य कडीहरूमिया खलिफाअरबी भाषामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

नक्सानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुकैलाली जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालदैवज्ञराज न्यौपानेबडिमालिकाडोल्पा जिल्लादोलखा जिल्लाकर्मचारी सञ्चय कोषनेपालका जातिहरूस्थानीय कार्यपालिकामानव अधिकारबझाङ १ (निर्वाचन क्षेत्र)नेपाल सशस्त्र प्रहरी बलगणतन्त्र दिवस (नेपाल)नेपालको इतिहासफ्रान्सगङ्गालाल श्रेष्ठव्यवस्थापन सूचना प्रणालीक्रान्तिब्याडमिन्टनचितवन राष्ट्रिय निकुञ्जलाली गुराँसमानव शरीरका अङ्गहरूको सूचीव्रतबन्धलोककथायौन तथा प्रजनन स्वास्थ्य अधिकारसप्तकोशी नदीह्रस्व दीर्घ नियमचरामाधवप्रसाद घिमिरे (साहित्यकार)अर्घाखाँची जिल्लानिक्षेपसुनसंविधान सभाप्रतिलिपि अधिकारजारी (चलचित्र)एडम स्मिथनेपाल स्काउटनेपालका जिल्लाहरूरामसार क्षेत्रकालिञ्चोक भगवतीजनता समाजवादी पार्टी, नेपालग्रीष्म ऋतुपोलेको घाउह्याम्लेटओखलढुङ्गा जिल्लाराजेश हमालभूपरिवेष्ठित राष्ट्ररवि लामिछानेउधौलीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीभोजपुर जिल्ला, नेपालनेपालका दलित वर्गमा पर्ने थरहरूसुपादेउराली मन्दिरमुक्तिनाथगाउँखाने कथासुगौली सन्धियोगमाया न्यौपानेसमाजशास्त्रनेपाल प्रहरीकुल ग्राहस्थ उत्पादनविज्ञानइलाम १ (निर्वाचन क्षेत्र)महानगरपालिकालोकगीतसौर्यमण्डलएडल्फ हिटलरनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ध्रुवचन्द्र गौतममष्टो देवतावायु प्रदूषणस्थानीय तह🡆 More