प्रताप मल्ल

प्रताप मल्ल मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ वर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लका माहिला छोरा प्रताप मल्ल ई.

१६२३ मा जन्मेका हुन् । ई. १६३७ तिर चौध वर्षको हुँदा नहुँदा उनको राजनैतिक महत्व बढ्दै जान थालेको थियो । अनि १८-१९ वर्षको उमेरमा ई. १६४१ मा उनले शासन गर्न थालेका थिए । उनले ई १६७४ सम्म जम्मा ३३ वर्ष शासन चलाएका थिए । मध्य र मल्लकालीन नेपाली इतिहासमा यति लामो अवधिसम्म शासन गर्ने राजा भएका थिएनन् । प्रताप मल्लको शासन-कालको अर्को महत्वपूर्ण कुरा त्यस अवधिभरि काठमाडौं उपत्यकाभरि ( र अरू ठाउँमा पनि) राजनैतिक र सांस्कृतिक जगजगी बढिरहेको देखिन्छ।

प्रताप मल्ल
प्रताप मल्ल
कान्तिपुरको राजा
शासनकालवि.स. १६९८–१७३१ (३३ वर्ष)
पूर्वाधिकारीलक्ष्मीनरसिंह मल्ल
उत्तराधिकारीनृपेन्द्र मल्ल
जन्मवि.सं. १६८०
मृत्युवि.सं. १७३१ बैशाख ९
सन्तान
वंशमल्ल वंश
बाबुलक्ष्मीनरसिंह मल्ल

शासन

सत्ता प्राप्ती

राजा प्रताप मल्ल ले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए। १६ वर्षपछि लक्ष्मीनरसिंहको बन्दीअवस्थामा मृत्यु भयो। प्रताप मल्लले काजी भीम मल्लको सहयोगबाट गद्दी हत्याएका भए पनि ती काजीलाई मार्न लगाएका थिए । प्रताप मल्लले नरदेव मयासिंह भन्ने व्यक्तिको चुक्ली सुनेर काजी भीम मल्ललाई काट्न लगाए । भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा "सतीको श्राप पाएको नेपाल" भन्ने लोककथन बनेको छ ।

कुटनीती

राजा प्रताप मल्लले पाटनमा गृहयुद्ध गराई त्यहाँका राजा श्रीनिवास मल्लको सहयोगमा भक्तपुर माथि आक्रमण गराए। त्यसबाट उपत्यका भित्रका राजाहरूले एकाआपसमा शङ्का गरी षड्यन्त्रपूर्ण कर्यहरूको आरम्भ गरे। १७२८ मा भक्तपुरको नाला भन्ने ठाउँ विजय गरे । भक्तपुरले पाटनको सहयोग लिई पुनः त्यहाँ कब्जा गर्यो। त्यसबाट उपत्यकाका राजाहरूमा एकता भएन।

उपत्यकाभित्रका राजासँग प्रताप मल्लको सम्बन्ध राम्रो नभए पनि अन्य छिमेकी राजाहरूसंग राम्रो थियो । उनको मकवानपुर , पाल्पा, गोरखाजस्ता राज्यसँग मित्रता थियो। उनको सम्बन्ध सात समुद्रपारबाट उपत्यका भित्र पसेका पादरी ग्रोबरसँग पनि राम्रो थियो। त्यसैले ती पादरीले प्रताप मल्ललाई एउटा दूरबिन उपहार दिएका थिए ।

विरासत

प्रताप मल्लको शासन-कालको अर्को महत्वपूर्ण कुरा त्यस अवधिभरि काठमाडौं उपत्यकाभरि ( र अरू ठाउँमा पनि) राजनैतिक र सांस्कृतिक जगजगी बढिरहेको देखिन्छ । यस कुराको अर्थ यस तथ्यबाट पनि प्रस्टिन्छ कि उनका आफ्नै र उनका पालाका गरी असीभन्दा बढी शिलालेख आजसम्म भनेक रूपमा थाहा पाइएका छन् र प्रकाशित भएका छन् ।

कला साहित्य

१५ भाषाका ज्ञाता प्रताप मल्ल कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा हुन् । हनुमान ढोकाको मुर्ति, काल भैरवको स्थापना, रानी पोखरी बीचको जलेश्वर महादेवको मन्दिर, पशुपति कोटिलिगं, दक्षिणकालीको मन्दिर निर्माता तथा हनुमान ढोका दरबार भित्र सुन्दरीचोक, नासलचोक, नरसिंहचोक, कालीचोक बनाउने र बूढानीलकण्ठ देखि हनुमान ढोकासम्म पानी ल्याउने कुलो बनाउने राजा प्रताप मल्ल हुन् । उनीले हनुमान ढोकाको भितामा १५ वटा लिपि कुद्न लगाएका हुन । प्रताप मल्लको पालाको १५ भाषामा लिखित शिलालेख हनुमान ढोकामा रहेको छ । यिनै मल्ल राजाको पालादेखि राज परिवारका सदश्यले बूढानीलकण्ठ मन्दिरको दर्शन गर्ने छोडेका हुन् ।

रानीपोखरी निर्माण

प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा रानी पोखरीको निर्माण गरेका थिए ।

तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् ।

मृत्यु

वि.स. १७३१ मा हरिसिद्धिको नाच हेर्दा हेर्दै उनको मृत्यु भयो। उनको मृत्यु भएपछी कान्तिपुर राज्यमा अस्थिरता फैलियो। उनका चार जना छोरा थिए। र चारै जना पालैपालो राजा हुने, मारिने क्रम चल्यो।

प्रताप मल्लको मृत्यु हुँदा कान्तिपुरको गद्दीमा को बस्ने भन्ने कुराको केही खलबली उठ्यो। त्यस बेला प्रताप मल्ल का नृपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल र महीपतेंद्र मल्ल समेत तीन छोरा थिए। प्रताप मल्लले कान्छा छोरा महीपतेन्द्र मल्ललाई मा पछि कान्तिपुरको गद्दीमा राख्नु भन्ने व्यवस्था बाँधेर गएका थिए। यसबाट आफ्नो अधिकार खोसिएको हुनाले नृपेन्द्र मल्ल प्रसन्न थिएनन्। चिकुटी, प्रताप मल्लका एक प्रभावशाली भारदार जसलाई प्रताप मल्लले पहिले कैद र पछि देश निकाला गरेका थिए, ले नृपेन्द्र मल्लको पक्ष लिए। पाटनका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा लाई पनि नृपेन्द्र मल्लको पक्षमा ल्याए। पछि श्रीनिवास मल्ल अघि सरी दाजु छदै भाइलाई राजा बनाउनु न्यायसंगत कुरा होइन भनी आफैले तिलक लाइदिई नृपेन्द्र मल्ललाई गद्दीमा राखिदिए। यस अवसरमा भक्तपुरका राजा जितामित्र मल्लले पनि उपस्थित भई यस कुराको अनुमोदन गरे। चौतारा (तात्कालिक प्रधानमन्त्री पद) पद चाँही चिकुटीले पाए।

सन्दर्भ सामग्रीहरू

Tags:

प्रताप मल्ल शासनप्रताप मल्ल विरासतप्रताप मल्ल मृत्युप्रताप मल्ल सन्दर्भ सामग्रीहरूप्रताप मल्ल

🔥 Trending searches on Wiki नेपाली:

कञ्चनपुर जिल्लाएस्टन भिल्ला फुटबल क्लबप्राथमिक उपचारअमेजन (कम्पनी)विज्ञानभाषाविज्ञानश्रीमद्भगवद गीताकाठमाडौँरोगतीव्रग्राहिताअरनिकोभीमनिधि तिवारीमगर जातिपञ्चशीलभवानी भिक्षुत्रिपिटककिभनोबेल पुरस्कारराई जातिनेपाली परम्परागत नापका इकाईतराईविकिपिडिया१८औँ सार्क शिखर सम्मेलनसिन्धुली जिल्लास्थानीय कार्यपालिकागोपाल वंशनेपालको जनआन्दोलन २०४६पाथीभरा देवी (ताप्लेजुङ)ललितपुर महानगरपालिकापशु पालनकार्यसम्पादन मूल्याङ्कनदेवकुमारी थापाडोल्पा जिल्लामानव विकास सूचकाङ्कसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूचन्द्रागिरी केबलकारचारकोसे झाडीपुष्पकमल दाहालपुष्पलाल राजमार्गकारकसमाचारश्राद्धप्रतिव्यक्ति आयपाटन दरबार क्षेत्रभूपि शेरचननेपालपहिलो विश्वयुद्धडेभिड वार्नरजनै खटिरामष्टो देवतागोरखा जिल्लाहोलीतद्भवचितवन राष्ट्रिय निकुञ्जकार्ल मार्क्सदरबार हत्याकाण्डनामबललखन थापा मगरमुगु जिल्लाललितपुर जिल्लाटेरा प्याट्रिकमुनामदनजनमत सङ्ग्रह, २०३७बजारशास्त्रदिगो विकासका लक्ष्यहरूजानकी मन्दिरलुम्बिनी प्रदेशनेओमी हेरिसमुस्ताङ जिल्लाबनेपा नगरपालिकाधरान उपमहानगरपालिकापाकिस्तानविवाह संस्कारसन्दुक रुइतघोराही उपमहानगरपालिका🡆 More