तबला

तबला शास्त्रीय तथा लोकसङ्गीतमा प्रयोग हुने एउटा तालबाजा हो। यो दक्षिण एसियाली देशहरूमा निक्कै प्रचलित रहेको छ। यो काठको दुई ऊर्ध्वमुखी, बेलनाकार, छालाको खरी जस्तै मुखभएको भागको रूपमा हुने गर्दछ। तबलालाई राखेर बजाउने परम्परा अनुसार 'दायाँ' र 'बायाँ' भन्ने गरिन्छ। यो तालबाजा भारतीय उपमहाद्वीपको शास्त्रीय सङ्गीतमा एकदमै महत्वपूर्ण वाद्य हो। १८औँ शताब्दीपछि तबलाको प्रयोग शास्त्रीय र उप शास्त्रीय गायन-वादनमा लगभग अनिवार्य रूपले भइरहेको छ। यस अतिरिक्त सुगम सङ्गीत र चलचित्र क्षेत्रमा यसको प्रयोग प्रमुखताले भएको छ। यो बाजा भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, र श्रीलङ्कामा प्रचलित छ। सबैभन्दा पहिले यसलाई गायन-वादन-नृत्य इत्यादिमा ताल दिनको लागि सहयोगी वाद्यको रूपमा नै बजाइने गरिन्थ्यो, तर पछि आएर धेरैजसो तबला वादकहरूले यसलाई एकल वादनको माध्यम बनाए र यसले निक्कै प्रसिद्धि समेत प्राप्त गर्न सफल भयो।

तबला
तबला
तबला उपकरण
वर्गीकरण तालबाजा, छालाको खरीसहितको तालबाजा
बजाउने दायरा
डोरीले बेरिएको काठको ढुङ्ग्रोलाई हतौडीले ठोकेर स्वर तलमाथि गर्न सकिन्छ
सम्बन्धित वाद्ययन्त्रहरू
पखवाज, मृदन्गम, खोल

'तबला' शब्दको उत्पत्ति अरबी भाषा- फारसी भाषाको मूल शब्द तब्ल बाट भएको हो। यद्यपि, यस वाद्यको वास्तविक उत्पत्ति विवादित छ। यसलाई केही विद्वानहरूले एउटा प्राचीन भारतीय परम्परामा नै 'उर्ध्वक आलिङ्यक' वाद्यहरूको विकसित रूप मान्छन् भने केही विद्वानहरू यसको उत्पत्ति पखावजबाट निर्मित भएको मानेका छन् र केही विद्वानहरूले यसको उत्पत्ति स्थल पश्चिमी एसियाबाट भएको बताउने गरेका छन्।

उत्पत्ति

तबलाको इतिहासको बारेमा स्पष्ट भन्न जानकारीको अभाव नै छ र यसको उत्पत्तिको बारेमा धेरै दुविधा रहेको छ। यसको उत्पत्तिको सम्बन्धमा वर्णित विचारहरूलाई दुई वटा समूहमा बाँड्न सकिन्छ:

तुर्क-अरब उत्पत्ति

औपनिवेशिक शासनको समयमा यसको परिकल्पनालाई धेरै बलपूर्वक पुनर्स्थापित गरिएको थियो। तबलाको मूल उत्पत्ति मुस्लिम सेनाहरूले आफूसँग लिएर हिड्ने ड्रमबाट भएको हो, यस स्थापनाको मूल अरबी 'तब्ल' शब्दमा आधारित छ जसको अर्थ 'ड्रम (ताल वाद्य)' हुन्छ। बाबरद्वारा सेनासँग यस्तै ड्रम लिएर हिड्ने उदाहरणको रूपमा प्रस्तुत गर्ने गरिएको छ, तथापि तुर्क सेनाहरूसँग भएको यो वाद्य तबलासँग कुनै समानता नराखेर यो 'नक्कारा' (बृहत् ध्वनि निकाल्ने) सँग समानता राख्ने गरेको थियो।

अर्कों विचार अनुसार, अलाउद्दीन खिलजीको समयमा अमीर खुसरोले 'आवाज बाजा' (मध्य भागमा पातलो तालवाद्य) लाई काटेर तबलाको रूप दिएको भन्ने गरिन्छ। यद्यपि, यो पनि सम्भव देखिदैन किनभने सो समयमा कुनै पनि चित्रले यसै किसिमको वाद्य यन्त्रको निरूपण गर्दैन। मुस्लिम इतिहासकारहरूले समेत आफ्नो विवरणहरूमा यस्तो कुनै वाद्ययन्त्रको उल्लेख गरेको पाइदैन। उदाहरणको लागि, अबुल फैजीले 'आइन-ए-अकबरी'मा तत्कालीन वाद्ययन्त्रहरूको लामो सूची बनाएका छन्, तर त्यसमा तबलाको बारेमा कुनै उल्लेख गरिएको छैन।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

तबला उत्पत्तितबला सन्दर्भ सामग्रीहरूतबला बाह्य कडीहरूतबला यो पनि हेर्नुहोस्तबलानेपालपाकिस्तानबङ्गलादेशभारतश्रीलङ्का

🔥 Trending searches on Wiki नेपाली:

क्यूआर कोडचुलाचुली गाउँपालिकाश्रीमद्भागवत् पुराणमगर भाषासरकारी बजेटमानव संसाधन व्यवस्थापनचरानेपालको उपराष्ट्रपतिगणतन्त्रभौगोलिक सूचना प्रणालीअर्थशास्त्रनेपालका गाउँपालिकाहरूअपी हिमालसगरमाथा राष्ट्रिय निकुञ्जजीवनीपूर्वीय दर्शनसौर्यमण्डलचिठीनेपाल कम्युनिस्ट पार्टी (विप्लव)फुलज्ञानेन्द्र वीरविक्रम शाहट्रेड युनियनदैवज्ञराज न्यौपानेसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)अरिङ्गालरौतहट जिल्लामहेन्द्र सिंह धोनीनेपाल विद्युत प्राधिकरणमेटागिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाविद्युतमहात्मा गान्धीनेपाली कांग्रेसपूर्वाञ्चल विश्वविद्यालयपूँजीवादकृष्णझोला (चलचित्र)अनुसन्धान प्रस्तावभक्तपुर दरबार क्षेत्रयौन तथा प्रजनन स्वास्थ्य अधिकारसती प्रथाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसमाजअन्तर्राष्ट्रिय श्रमिक दिवसअर्थनेपालका सर्वोच्च आठ हिमालसार्वजनिक सेवा प्रवाहकीर्तिपुर नगरपालिकानियमावलीमकवानपुर जिल्लानेपालमा कृषिनेपालको कानूनी इतिहासटिम्बुरबोटे काण्डऋग्वेदजाभास्थानीय तह निर्वाचन, २०७४तापन, वायुसञ्चार तथा वातानुकूलनप्रवेशिका परीक्षामहिला सशक्तिकरणदैलेख जिल्लामात्राअसुरोबजारशास्त्रहिन्दु धर्मनेपालका नगरपालिकाहरूनेपालको उपप्रधानमन्त्रीनेपालका प्रधानमन्त्रीहरूको सूचीकाठमाडौँ उपत्यकाकृष्णप्रसाद भट्टराईराई जातिमुनामदन (चलचित्र)श्रेष्ठहिमालसहिदइलाम २ (निर्वाचन क्षेत्र)आउँअनुसन्धाननेपालका जिल्लाहरू🡆 More