टेन्सेन्ट होल्डिङ्स लिमिटेड (चिनियाँ: 腾讯; फिनयिन: Téngxùn) एक चिनियाँ बहुराष्ट्रिय प्रविधि समूह र नियन्त्रक कम्पनी हो जसको प्रधान कार्यालय सेन्जेनमा रहेको छ। यो राजस्वको आधारमा विश्वको सबैभन्दा धेरै कमाई गर्ने मल्टिमिडिया कम्पनीहरू मध्ये एक हो। यो यसको इक्विटी लगानीमा आधारित भिडियो गेम उद्योगमा विश्वको सबैभन्दा ठूलो कम्पनी पनि हो, टेन्सेन्ट गेम्स टेनसेन्ट इन्टरएक्टिभ इन्टरटेन्मेन्ट ग्रुप (आइइजी)को उपविभाजन हो जुन खेलहरूको प्रकाशनमा केन्द्रित छ।
Wiki नेपाली | |
Wiki नेपाली | |
मौलिक नाम | 腾讯控股有限公司 |
---|---|
रोमन लिपिमा नाम | Téngxùn Kònggǔ Yǒuxiàn Gōngsī |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | KYG875721634 |
उद्योग | बहुउद्योग कम्पनी |
स्थापित | ११ नोभेम्बर १९९८ |
स्थापनाकर्ताहरू |
|
केन्द्रीय कार्यालय | नान्सान सेन्जेन, ग्वाङदोङ, चीन |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
राजश्व | ¥५५४.५५२ अर्ब ($७७.९९ अर्ब) (सन् २०२२) |
परिचालन आय | ¥२३५.७०६ अर्ब ($३३.१५ अर्ब) (सन् २०२२) |
खुद आम्दानी | ¥१८८.७०९ अर्ब ($२६.५४ अर्ब) (सन् २०२२) |
कुल सम्पत्ति | ¥१.५७८ खर्ब ($२२१.९४ अर्ब) (सन् २०२२) |
कुल इक्विटी | ¥७८२.८६० अर्ब (US$११०.१० अर्ब) (सन् २०२२) |
मालिकहरू |
|
कर्मचारी सङ्ख्या | ११२,७७१ (सन् २०२१) |
विभाग |
|
ASN | |
वेबसाइट | tencent.com |
टेन्सेन्ट | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
"टेन्सेन्ट" सरलीकृत चिनियाँ (माथि) र परम्परागत (तल) चिनियाँ अक्षरहरू | |||||||||||||||
सरलीकृत चिनियाँ | 腾讯 | ||||||||||||||
परम्परागत चिनियाँ | 騰訊 | ||||||||||||||
| |||||||||||||||
टेन्सेन्ट डोल्डिङ्स लिमिटेड | |||||||||||||||
सरलीकृत चिनियाँ | 腾讯控股有限公司 | ||||||||||||||
परम्परागत चिनियाँ | 騰訊控股有限公司 | ||||||||||||||
|
सन् १९९८ मा स्थापना भएको यसको सहायक कम्पनीहरूले विश्वव्यापी रूपमा मनोरञ्जन, कृतिम बौद्धिकता र अन्य प्रविधि लगायत इन्टरनेटसँग सम्बन्धित विभिन्न सेवा र उत्पादनहरूको बजारीकरण गर्दछ। यसको प्रधान कार्यालय सेन्जेनको नान्सन जिल्लामा रहेको छ।
टेन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम विक्रेता हो, साथै सबैभन्दा आर्थिक रूपमा मूल्यवान कम्पनीहरू मध्ये एक हो। यो सबैभन्दा ठूलो सामाजिक सञ्जाल, उद्यम पूँजी, र लगानी निगमहरू मध्ये एक हो। यसको सेवाहरूमा सामाजिक सञ्जाल, सङ्गीत, वेब पोर्टलहरू, ई-वाणिज्य, मोबाइल गेमहरू, इन्टरनेट सेवाहरू, भुक्तानी प्रणालीहरू, स्मार्टफोनहरू, र बहुखेलाडी अनलाइन गेमहरू समावेश छन्। यसले तत्काल सन्देश वाहकहरू टेन्सेन्ट क्युक्यू, विच्याट सञ्चालन गर्दछ, र क्युक्यू डटकम सञ्चालन गर्दछ। यसको स्वामित्व टेन्सेन्ट सङ्गीत पनि रहेको छ।
कम्पनीले सन् २०१८ मा ५०० अर्ब अमेरिकी डलरको बजार मूल्य पार गरेको थियो र यो मूल्याङ्कन सीमा पार गर्ने पहिलो एसियाली प्रविधि कम्पनी बनेको थियो। त्यसपछि यो चीनमा सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गरिएको कम्पनीको रूपमा उदाएको छ, र फेब्रुअरी २०२२ सम्म बजार मूल्यको आधारमा विश्वको दसौँ सबैभन्दा मूल्यवान कम्पनी हो। सन् २०१५, २०१८ र २०२० मा, कम्पनीलाई बोस्टन कन्सल्टिङ ग्रुप र फास्ट कम्पनीद्वारा विश्वव्यापी ५० सबैभन्दा नवीन कम्पनीहरूको सूचीमा स्थान दिइएको थियो। टेन्सेन्टको ६०० भन्दा बढी कम्पनीहरूमा हिस्सेदारी रहेको छ, र सन् २०१७ मा एसियामा प्रविधि कम्पनीहरूमा ध्यान केन्द्रित गर्न सुरु गरेको थियो। सन् २०२१ को जनवरीमा टेन्सेन्टको मूल्याङ्कन १ खर्ब अमेरिकी डलर पुगेको थियो।
This article uses material from the Wikipedia नेपाली article टेन्सेन्ट, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.