जोर्डन पिकफोर्ड

जोर्डन पिकफोर्ड (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब एभर्टन र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको रूपमा खेल्छन्।

जोर्डन पिकफोर्ड
जोर्डन पिकफोर्ड
सन् २०१८ को विश्वकपमा पिकफोर्ड
व्यक्तिगत जानकारी
पुरा नाम जोर्डन लि पिकफोर्ड
जन्म नाम जोर्डन लि लोगन
जन्म मिति (1994-03-07) ७ मार्च १९९४ (उमेर ३०)
जन्म स्थान वासिङ्टन, इङ्ल्यान्ड
उचाइ ६ फिट १ इन्च (१.८५ मी)
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
एभर्टन
सङ्ख्या
युवा करियर
२००२–२०११ सुन्डरल्यान्ड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११–२०१७ सुन्डरल्यान्ड ३१ (०)
२०१२ → डार्लिङटन (ऋण) १७ (०)
२०१३ → अल्फर्टन (ऋण) १२ (०)
२०१३ → ब्रुटन एल्बियन (ऋण) १२ (०)
२०१४ → कार्लायल (ऋण) १८ (०)
२०२४–२०१५ → ब्राडफोर्ड सिटी (ऋण) ३३ (०)
२०१५–२०१६ → प्रिस्टोन नर्थ इन्ड (ऋण) २४ (०)
२०१७– एभर्टन २२५ (०)
अन्तर्राष्ट्रिय करियर
२००९–२०१० १६ वर्ष मुनि (०)
२०१०–२०११ १७ वर्ष मुनि १७ (०)
२०१०–२०१२ १८ वर्ष मुनि (०)
२०१२–२०१३ १९ वर्ष मुनि (०)
२०१५ २० वर्ष मुनि (०)
२०१५–२०१७ २१ वर्ष मुनि १४ (०)
सन् २०१७– इङ्ल्यान्ड ५५ (०)
सम्मान
पुरुष फुटबल
जोर्डन पिकफोर्ड इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
युएफा राष्ट्र लिग
कांस्य पदक – तेस्रो स्थान सन् २०१९
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:११, ३ अक्टोबर २०२१ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५२, ९ सेप्टेम्बर २०२१ (युटिसी)

पिकफोर्डले सन् २००२ मा मात्र ८ वर्षक‍ उमेरमा सुन्दरल्यान्ड नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द्रमा भर्ना भएका थिए। सन् २००११ देखि पिकफोर्ड आधिकारिक रूपमा सोही क्लबको वरिष्ठ फुटबल क्लबमा पदोन्नति भएका थिए भने उनले त्यस क्लब मार्फत व्यावसायिक फुटबल खेल जीवनको सुरुवात गरेका थिए। सन् २०१२ पिकफोर्डलाई डार्लिङ्टन नामक एक फुटबल क्लबले ऋणमा आफ्नो क्लबमा आवद्ध गराएको थियो भने लगभग १ वर्षको अवधिमा उनले उक्त क्लबका लागि गोलरक्षकको रूपमा १७ उपस्थितिहरू जनाएका थिए। सन् २०१३ मा पिकफोर्डलाई अलफर्टन नामक एक फुटबल क्लबले ऋणमा आफ्नो क्लबमा आवद्ध गराएको थियो भने लगभग १ वर्षको अवधिमा उनले उक्त क्लबका लागि गोलरक्षकको रूपमा १२ उपस्थितिहरू जनाएका थिए। उनी प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने क्लब एभर्टनमा २ करोड ५० लाख युरोमा आवद्ध हुनु अघि उनले सन् २०१३ मा ब्रुटल एल्बियर, सन् २०१४ मा क्रिस्ले युनाइटेड, सन् २०१४ देखि सन् २०१५ सम्म ब्राडफोर्ड सिटी र सन् २०१६ देखि सन् २०१७ सम्म प्रस्टन नर्थ इन्ड नामक फुटबल क्लबहरूसँग ऋणमा आवद्ध भएका थिए भने उनले सबै क्लबहरूका लागि १० भन्दा बढी उपस्थितिहरू जनाएका थिए।

पिकफोर्डले सन् २००९ मा इङ्ल्यान्डको १६ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल जीवनको सुरुवात गरेका थिए भने उनको उक्त टोलीका लागि १ वर्षको अवधिमा ५ उपस्थितिहरू जनाएका थिए। सन् २०१७ मा पिकफोर्डको इङ्ल्यान्ड राष्ट्रिय टोलीमा पदोन्नति हुनु अगाडि उनले १७,१८,१९,२० र २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका थिए। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेलमा इङ्ल्यान्डको सामाना स्लोभेनियासँग भएको थियो भने उनले उक्त खेलमा गोलरक्षकको रूपमा खेल खेल्नका लागि बोलाइएको थियो भने उक्त खेल सन् २०१६ अक्टोबरमा आयोजना गरिएको थियो। पिकफोर्डले सन् २०१७ को नोभेम्बर महिनामा जर्मनीको विरुद्धको एक मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। सन् २०१८ को फिफा विश्वकपमा पिकफोर्डले राष्ट्रिय टोलीका गोलरक्षकको रूपमा भूमिका निर्वाह गरेका थिए भने उक्त प्रतियोगितामा इङ्ल्यान्डले चौँथो स्थान सुनिश्चित गरेको थियो।

क्लब खेलजीवन

सन्डरल्यान्ड

पिकफोर्डले सन् २००२ मा मात्र ८ वर्षको उमेरमा सन्डरल्यान्ड नामक एक फुटबल क्लबको प्रशिक्षण केन्द्रमा भर्ना भई फुटबलमा प्रशिक्षण लिन सुरु गरेका थिए भने सन् २०११ मा उनको सोही क्लबको वरिष्ठ टोलीम पदोन्नति भएपश्चात् उनको व्यावसायिक फुटबल जीवनको सुरुवात भएको थियो। सन् २०११ मा पिकफोर्डले उक्त क्लबसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए जुन उनको पहिलो सफलता रहेको थियो। त्यसको अर्को वर्षदेखि उनी मुख्य रूपमा सोही क्लबमा आवद्ध भएतापनि उनले विभिन्न क्लबहरूसँग ऋणमा आवद्ध भएका थिए।

एभर्टन

सन् २०१७-१८ संस्करण

सन् २०१७ जुन १५ का दिन पिकफोर्डले प्रिमियर लिग नामक इङ्ल्यान्डको सर्वोच्च फुटबल लिगमा प्रतिस्पर्धा गर्ने क्लब एभर्टनसँगको पाँच वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए। उनलाई एभर्टन फुटबल क्लबले ३० मिलियन युरोमा खरिद गरेका थियो जसकारण उनी इतिहासकै सबैभन्दा तेस्रो महङ्गो गोलरक्षक बन्न सफल भएका थिए। पिकफोर्डले सन् २०१७ अगस्ट १२ का दिन प्रिमियर लिगको एक खेलमा क्लब लागि पर्दापण गरेका थिए भने उक्त खेल एभर्टन र स्टोक सिटी बीच आयोजना गरिएको थियो। एभर्टन र स्टोक सिटी बीचको उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो भने उक्त खेल गुडिसन पार्कमा आयोजना गरिएको थियो। उनले उक्त वर्ष लिग चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनी एभर्टनका उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।

सन् २०१८-१९ संस्करण

सन् २०१८-१९ संस्करणको प्रिमियर लिग पनि पिकफोर्डले एभर्टनकै लागि खेलेका थिए भने सन् २०१८ डिसेम्बर २ का दिन लिभरपुलका विरुद्ध आयोजित एक खेलको ९६औँ मिनेटमा उनको सानो गलतीका कारण लिभरपुलका दिभोग ओहिगीले एक गोल गरेका कारण उक्त खेल लिभरपुलले १-० गोल अन्तरले जितेको थियो। सन् २०१९ मार्च १० का दिन न्यु क्यासल युनाइटेड विरुद्धको खेलमा युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो भने पिकफोर्डले युनाइटेडका म्याट रिचीको पेनाल्टीलाई बचाउन सफल भएका थिए भने खेलको निर्धारित समय समाप्त हुनु अघि एभर्टनले १ गोल गर्दै क्लबले दोब्बर अग्रताका साथ खेल जित्न सफल भएको थियो। हालसम्म पिकफोर्ड एभर्टनका लागि १०० भन्दा बढी खेलहरूमा गोलरक्षकको रूपमा उपस्थिति जनाइसकेका छन्।

अन्तर्राष्ट्रिय खेलजीवन

जोर्डन पिकफोर्ड 
सन् २०१७ मा पिकफोर्ड

सन् २०१७ मा पिकफोर्डको इङ्ल्यान्ड राष्ट्रिय टोलीमा पदोन्नति हुनु अगाडि उनले १७,१८,१९,२० र २१ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलहरूमा सहभागिता जनाएका थिए। उनले सन् २००९ अक्टोबर महिनामा वेल्सका विरुद्ध आयोजित खेलमा इङ्ल्यान्डको १६ वर्ष मुनिको राष्ट्रिय टोलीको मार्फत अन्तर्राष्ट्रिय फुटबल खेल जीवनको सुरुवात गरेका थिए। सन् २०११ मा पिकफोर्डले मेक्सिकोमा आयोजित सन् २०११ फिफा यु १७ विश्वकपमा पनि इङ्ल्यान्ड १७ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। क्यानडा १७ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली विरुद्ध आयोजित एक खेलमा क्यानडेली गोलरक्षकको प्रहार किलियन रोबर्टसको प्रहारलाई पिकफोर्डले रोक्न नसक्दा गोलरक्षकले फिफा विश्वकपको इतिहासमै पहिलोपटक गोल गरेको एक कीर्तिमान बनेको थियो भने उक्त खेल २-२ को गोल अन्तरमा समाप्त भएको थियो। सन् २०१५ अगस्ट २५ का दिन उनलाई इङ्ल्यान्ड २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्नका लागि पहिलोपटक बोलाइएको थियो। पिकफोर्ड सन् २०१५ सेप्टेम्बर ३ का दिन संयुक्त राज्य अमेरिका विरुद्धको एक मैत्रीपूर्ण खेलमा २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरेका थिए। १४ अक्टोबरका दिन उनले कजाख्तानको विरुद्ध आयोजित एक मैत्रीपूर्ण खेलमा नेथन रेडमन्डलाई पेनाल्टी क्षेत्रबाट प्रहार गर्दै गोल गर्नका लागि सहायता प्रदान गरेका थिए। २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीले सन् २०१६ मा फ्रान्समा आयोजित तुलोँ फुटबल प्रतियोगिताको उपाधि।समेत जित्न सफल भएको थियो। सन् २०१७ को युएफा युरोपेली यु २१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २१ वर्ष मुनिको राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

जोर्डन पिकफोर्ड 
सन् २०१८ को फिफा विश्वकपमा पिकफोर्ड राष्ट्रिय टोलीका तर्फबाट खेल्दै

सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेलमा इङ्ल्यान्डको सामाना स्लोभेनियासँग भएको थियो भने उनले उक्त खेलमा गोलरक्षकको रूपमा खेल खेल्नका लागि बोलाइएको थियो भने उक्त खेल सन् २०१६ अक्टोबरमा आयोजना गरिएको थियो। पिकफोर्डले सन् २०१७ को नोभेम्बर महिनामा जर्मनीको विरुद्धको एक मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त खेल गोल रहित बराबरीमा टुङ्गिएको थियो। यस खेललाई इङ्ल्यान्डको विम्ब्ले रङ्गशालामा आयोजना गरिएको थियो। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको फिफा विश्वकपको संस्करणमा पनि पिकफिर्डलाई राष्ट्रिय टोलीका तर्फबाट मुख्य गोलरक्षकको रूपमा छनोट गरिएको थियो। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको सामना ट्युनिसियासँग भएको भने उक्त खेलमा राष्ट्रिय ट‍ोलीले २-१ गोल अन्तरले जित हासिल गरेको थियो। सन् २०१८ जुलाई ३ का दिन आयोजित उक्त प्रतियोगिताको १६ चरणको खेल इङ्ल्यान्ड र कोलोम्बिया बीच आयोजना गरिएको थियो भने उक्त खेलको निर्धारित समयसम्म दुवै टोलीका तर्फबाट समान १-१ गोल भएका कारण इङ्ल्यान्डले पेनाल्टी मार्फत कोलोम्बियालाई ४-३ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। सन् २०१८ जुलाई ७ का दिन आयोजित स्विडेन विरुद्धको खेलमा राष्ट्रिय टोलीले स्विडेनलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २०१९ जुनमा आयोजित युएफा राष्ट्र लिगको एक खेलमा राष्ट्रिय टोलीले स्वीट्जरल्यान्डलाई पराजित गर्न सफल भएका थिए भने उक्त खेलमा उनी पेनाल्टी प्रहार बचाउन सफल भएका थिए।

खेलजीवन तथ्याङ्क

क्लब

    अद्यावधिक ३ अक्टोबर २०२०
क्लबका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग एफए कप इइफएल कप अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
सुन्डरल्यान्ड २०११–१२ प्रिमियर लिग
२०१२–१३ प्रिमियर लिग
२०१३–१४ प्रिमियर लिग
२०१४–१५ प्रिमियर लिग
२०१५–१६ प्रिमियर लिग
२०१६–१७ प्रिमियर लिग २९ ३२
जम्मा ३१ ३५
डार्लिङटन (ऋण) २०११–१२ कन्फेरेन्स प्रिमियर १७ १७
अलफर्टन (ऋण) २०१२–१३ कन्फेरेन्स प्रिमियर १२ १२
ब्रुटन एल्बियन (ऋण) २०१३–१४ इएफएल लिग २ १२ १३
कार्लायल युनाइटेड (ऋण) २०१३–१४ लिग १ १८ १८
ब्राडफोर्ड सिटी (ऋण) २०१४–१५ लिग १ ३३ ३४
प्रिस्टोन नर्थ इन्ड (ऋण) २०१५–१६ इएफएल च्याम्पियनसिप २४ २७
एभर्टन २०१७–१८ प्रिमियर लिग ३८ ४६
२०१८–१९ प्रिमियर लिग ३८ ४०
२०१९–२० प्रिमियर लिग ३८ ४३
२०२०–२१ प्रिमियर लिग
जम्मा ११८ १३८
कुल २६५ १५ २९४

अन्तर्राष्ट्रिय

    अद्यावधिक ८ सेप्टेम्बर २०२०
राष्ट्रिय टोलीका जनाएको उपस्थिति तथा गरेका गोलहरू
राष्ट्रिय टोली वर्ष उपस्थिति गोल
इङ्ल्यान्ड २०१७
२०१८ १४
२०१९
२०२०
जम्मा २६

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

जोर्डन पिकफोर्ड क्लब खेलजीवनजोर्डन पिकफोर्ड अन्तर्राष्ट्रिय खेलजीवनजोर्डन पिकफोर्ड खेलजीवन तथ्याङ्कजोर्डन पिकफोर्ड सन्दर्भ सामग्रीजोर्डन पिकफोर्ड बाह्य कडीहरूजोर्डन पिकफोर्डएभर्टन फुटबल क्लबगोलरक्षक (फुटबल)

🔥 Trending searches on Wiki नेपाली:

नेपालका दलित वर्गमा पर्ने थरहरूविश्व सम्पदा क्षेत्रसुगौली सन्धिस्वर्गद्वारीविद्युतसमानुपातिक प्रतिनिधित्व प्रणालीरामलोकबाजाअक्टोबर क्रान्तिकुमाल जातिबर्दिया जिल्लाआविष्कारकहरूको सूचीनेपालको इतिहासयुनेस्कोकाँक्रे विहारमारी अँतवानेतछाउपडीअहमदाबाद जिल्लाकोत पर्वसार्की जातिवीरेन्द्रनगर नगरपालिकाकूटनीतिबीमाराजेश हमालभीमबहादुर रावलवाच्य (व्याकरण)सप्तकोशी नदीपेलेरस (काव्य शास्त्र)पर्यटनलोकगीतखेडा जिल्लाचितवन जिल्लाआर्थिक विकासबारा जिल्लाएलन मस्कनेपालको मन्त्रिपरिषद्नेपालका बीमा कम्पनीहरूको सूचीमगर जातिराम मन्दिर, अयोध्याआगन्तुकनेपालका बैङ्कहरूको सूचीबाघलुभुपशुपतिनाथ मन्दिरमहाकाली नदीअपाङ्गतादोस्रो विश्व युद्धअनुष्टुप छन्दगोरखा राज्यबजारशास्त्रहोलीधर्मभक्त माथेमामानव विकास चरणपाल्पा जिल्लायौननेपालका सर्वोच्च आठ हिमालसदर चिडियाखाना, नेपालजिल्ला सभाविद्यालयनेपालको प्रमाणिक समयनेपाली शब्दकोशबागमती प्रदेश सभाहावापानीबडीमालिका नगरपालिकाकाठमाडौँ जिल्लाधरान उपमहानगरपालिकासमयनेपालका हिमालहरूको सूचीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीअलङ्कार (साहित्य)समावेशीकरणघरेलु हिंसाप्रियङ्का कार्कीनेपाली राष्ट्रिय क्रिकेट टोली🡆 More