चन्द्रशेखर वेङ्कट रामन

चन्द्रशेखर वेङ्कट रामन् (तमिल: சந்திரசேகர வெங்கடராமன்) (७ नोभेम्बर, १८८८ - २१ नोभेम्बर, १९७०) नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिक-शास्त्री थिए। उनको जन्म दक्षिण भारतको तमिलनाडु प्रांतको तिरुचिरापल्‍ली नामक स्थानमा भएको थियो। प्रकाशका प्रकीर्णनमा उत्कृष्ट कार्यको लागि वर्ष १९३० मा उनीलाई भौतिक शास्त्रको प्रतिष्ठित नोबेल पुरस्कार दिइएको हो। उनका आविष्कार उनको नैं नाममा रमन प्रभावका नामबाट जानिन्छ।

सर चंद्रशेखर वेङ्काटरमण
चन्द्रशेखर वेङ्कट रामन
जन्म(१८८८-११-०७)७ नोभेम्बर १८८८
तिरुचिरापल्ली, तमिलनाडु
मृत्यु२१ नोभेम्बर १९७०(1970-11-21) (उमेर ८२)
बङ्गलुरु, कर्नाटक, भारत
राष्ट्रीयताचन्द्रशेखर वेङ्कट रामन भारत
क्षेत्रभौतिक शास्त्र
संस्थानभारतीय वित्त विभाग
इंडियन एसोसिएशन फर कल्टिभेशन अफ साइन्स
भारतीय विज्ञान संस्थान
शिक्षाप्रेसीडहरूसी कालिज
डॉक्टरी शिष्यजी एन रामचंद्रन
प्रसिद्धिरमण इफेक्ट
उल्लेखनीय सम्माननाइट बैचेलर (१९२९)
भौतिकशास्त्रमा नोबल पुरस्कार (१९३०)
भारत रत्न
लेनिन शान्ति पुरस्कार

चन्द्रशेखर वेङ्कट रमनको प्रारम्भिक शिक्षा वाल्टीयरमा भयो। १२ वर्षको अवस्थामा प्रवेशिका परीक्षा उत्तीर्ण गरे पछि उनले भौतिकीमा स्नातक र एमएको डिग्री मद्रास (अब चेन्नई)का प्रेसीडहरूसी कालेजबाट पूरा गरे। यस कालेजमा उनले १९०२ मा भर्ना भए र १९०४ मा पूरा विश्वविद्यालयमा प्रथम स्थान प्राप्त गरे। उनले १९०७ मा मद्रास विश्वविद्यालयबाट गणितमा प्रथम श्रेणीमा एमएको डिग्री विशेष योग्यता सहित हासिल गरे। तत्पश्चात उनले सहायक वित्तीय मैनेजरका रूपमा भारतीय वित्तीय निगम कोलकातामा नौकरी शुरु गरे। तर यस काममा उनको रुचि थिएन अतः १९१७ मा उनले सरकारी सेवाबाट राजिनामा दिए र इण्डियन अशोसिएशन फर कल्टीवेशन अफ साईंसमा भौतिकीका आफ्ना प्रयोग शुरु गरे। अनुसन्धान कार्यका प्रति यिनको रूचिलाई देखेर कलकत्ता विश्वविद्यालयका उप कुलपति सर आशुतोष मुखर्जीले उनलाई भौतिक विज्ञान विभागका प्रधान अध्यापकका पदमा कार्य गर्न अनुरोध गरे। भौतिक विज्ञानमा खोजहरूका फलस्वरूप कलकत्ता विश्वविद्यालयले इनको डीएससीको डिग्रीबाट विभूषित गरे। १९२४ मा यी फेलो अफ रोयल सोसाइटीका सदस्य निर्वाचित भए। १९३० मा यिनलाई रमन प्रभावमा नोबेल पुरस्कार मिलयो।१९४८ मा सेवानिवृति पछि उनले रामन् अनुसन्धान संस्थानको बेंगलोरमा स्थापना गरे र यसै संस्थानमा शोधरत रहे। १९५४ ई.मा भारत सरकार द्वारा भारत रत्नको उपाधिबाट विभूषित रामनलाई १९५७ मा लेनिन शान्ति पुरस्कार पनि प्रदान गरे थियो।

२८ फेब्रुअरी १९२८लाई चन्द्रशेखर वेङ्कट रमनले रमन प्रभावको खोज गरेका थिए जसको यादमा भारतमा यस दिनलाई प्रत्येक वर्ष विज्ञान दिवसका रूपमा मनाइन्छ

सन्दर्भ


Tags:

तमिलनाडुनोबेल पुरस्कारभारतभौतिक शास्त्र

🔥 Trending searches on Wiki नेपाली:

मदन पुरस्कारजनमत सङ्ग्रहहिमालयन बैंक लिमिटेडतारा तालनेपालका सहरहरूको सूचीत्रिभुवन वीरविक्रम शाहस्लमडग मिलियनेयरसहकारीदक्षिण कोरियासञ्चारविप्रेषणयौनिक अल्पसङ्ख्यकमहिला सशक्तिकरणपश्चिम रुकुम जिल्लास्वास्थ्यहनुमान ढोकाकार्ल मार्क्सनेपालको पहिलो संविधान सभावाच्य (व्याकरण)नीति शाहइन्टरनेटन्यायिक समितिरत्ननगर नगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीअनुष्टुप छन्दभक्ति थापादाङ जिल्लाचाँगुनारायण मन्दिरविष्णुनेपालको जनआन्दोलन २०४६नेपाल प्रजा परिषद्विकसित देशपारिस्थितिक प्रणालीकोशी प्रदेशको मुख्यमन्त्रीनेपालको सर्वोच्च अदालतसूचना प्रविधिभीमनिधि तिवारीधनगढी उपमहानगरपालिकाअर्घाखाँची जिल्लाभद्रपुर नगरपालिकाहस्तमैथुनखैरहनी नगरपालिकाकोशिका सिद्धान्तगण्डकी प्रदेशचाडपर्वशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जतापमानव विकास चरणसहरीकरणहात्तीआनन्द जिल्लाबाल दिवससमावेशीकरणचार्ल्स डार्विनकाठमाडौँऊर्जादैलेख जिल्लास्याङ्जा जिल्लाराष्ट्रिय स्वतन्त्र पार्टीभूमध्यरेखाआँखाछन्दश्लोकशाह वंशनेपालको भूगोलझापा जिल्लालुम्बिनीविधिशास्त्रवैज्ञानिकनेपालको मन्त्रिपरिषद्ऐँसेलुकानूनप्रदेश सभा (नेपाल)राजतन्त्रध्रुवचन्द्र गौतम🡆 More