एम्लि डिकिन्सन: अमेरिकी कवि

एम्लि एलिजावेथ डिकिन्सन (डिसेम्बर १०, १८३० – मे १५, १८८६, Emily Dickinson) अमेरिकाली कवि थिइन् । एकल स्वभावकी डिकिन्सन असामान्य मानिन्थिन्; उनको सेतो लुगाको रोजाइ, पाहुनालाई सत्गार नगर्नु र पछि आफ्नै कोठाबाट बाहिर ननिस्किनु जस्ता व्यवहारबाट उनी परिचित थिइन् । डिकिन्सनको लेखन कला कसैलाई थाहा नभए पनि आफ्नै जीवनकालमा १८०० जति कविताहरु प्रकाशित भए । उनका कविता मृत्यु र अमरत्व जस्ता विषयमा आधारित छन् ।

एम्लि डिकिन्सन
एम्लि डिकिन्सन: अमेरिकी कवि
जन्म(१८३०-१२-१०)डिसेम्बर १०, १८३०
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
मृत्यु१५ मे १८८६(1886-05-15) (उमेर ५५)
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
अल्मा मेटरMount Holyoke Female Seminary

डिकिन्सन लेख्छिन् भन्ने कुरा थोरैलाई थाहा भए पनि उनको मृत्यु पछि मात्र उनको कवि रुप बाहिर आयो । सन् १८९० मा उनको पहिलो कविता प्रकाशित भयो जसमा अन्य सम्पादकहरूले धेरै सम्पादन गरिदिए । उनको असम्पादित कविता संङग्रह भने सन् १९५० मा मात्र प्रकाशित भयो । १९ औँ शताब्दीको अन्त र बिसौँ शताब्दीको सुरुवात तिर उनको खण्डन गरिए पनि हाल उनलाई अमेरिकाको महत्त्वपूर्ण कविको रूपमा हेरिन्छ ।

सुरुवाती जीवन

एम्लि डिकिन्सनको जन्म सन् १८३० डिसेम्बर १० मा अमेरिकाको मेस्यीचुयुट्स राज्यको एमहरस्टमा भयो । उनका बाबु डवर्ड वकिल थिए । एम्लिका बाबू पट्टिका हजुरबुबा एमहरस्ट कलेजका संस्थापक नै थिए । बाबु एडवर्ड आफ्ना छोराछोरी अध्ययनशील भएको चाहन्थे । सन् १८४०, सेप्टेम्बर ७ मा एम्लि र उनको दिदी लेटिभिया एमहर्स्ट एकडेमीमा भर्ना भए । सात वर्ष एम्लिले अङ्ग्रेजी, ल्याटिन, साहित्य, इतिहास, भूगोल, आदिको अध्ययन गरिन् ।

डिकिन्सनलाई सानै उमेरदेखि "मृत्यु" सम्बन्धित विषयले धेरै असर पार्यो, मुख्यत: उनी नजिकका व्यक्तिका मृत्युले । उनी नजिकका मित्र सोफियाको टाइफाइडले मृत्यु भए पछि उनलाई धेरै असर पर्न गयो कि उनलाई बाबुआमाले बोस्टोन लगिदिए ।

प्रकाशन

एम्लिको बहिनि लेभिनियाले उनको १८०० कविता पत्ता लगाइसके पछि एम्लिको मृत्युको चार वर्ष पछि मात्र पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । थोमस् एच जोन्सनद्वारा सन् १९५५ मा डिकिन्सनको कम्पिलट पोइम्स प्रकाशित भएपछि अन्य सम्पादित भागहरू सँग सन् १८९० देखि डिकिन्सनको कविताहरू छापिदैँ आएका छन् ।

डिकिन्सनको मृत्यु पश्चात्, लेभिनियाले आफुलाई अह्राए झैँ सम्पूर्ण कागजपत्रहरू जलाइन् तर बाँकी रहेका ४० नोटकिताब र अन्य कविता लेखिएका कागजहरु के गर्ने भन्ने बारे उनलाई थाहा भएन । लेभिनियाले कविताहरूको मुल्य बुझिन् र ती प्रकाशित भएको हेर्न चाहिन् ।

सन् १९८१ मा, The Manuscript Books of Emily Dickinson प्रकाशन भयो । यस प्रकाशनमा डिकिन्सनका कविताहरू रचनाका मिति अनुसार नै क्रमाङ्कका रूपमा ल्याइने प्रयास गरियो । धेरै समिक्षकहरूले यस प्रकाशन ठिक अर्थमा सही भएको मानेका छन् ।

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

भाषापहिलो विश्वयुद्धगण्डकी प्रदेशआगोसहरओमसतिया गाउँपालिकानेपाली परम्परागत नापका इकाईसूर्यबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमदन पुरस्कारराष्ट्रिय प्रजातन्त्र पार्टीचतराधामनेपालको पञ्चवर्षीय योजनायार्चागुम्बाजलचक्रबुल्गेरियारोल्पा जिल्लाबडिखेलखाद्य सुरक्षाअक्षांशअर्थशास्त्रकविताकानूननेपाल-भारत सम्बन्धदैलेख जिल्लालेखा नीतिहरु तथा लेखा टिप्पणीहरूगोत्रस्वयम्भूनाथखप्तड राष्ट्रिय निकुञ्जजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसार्वभौमसत्ताभक्तपुर जिल्लाटिम्बुरबोटे काण्डअर्थदशरथ चन्दशिक्षण विधिसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूविधिशास्त्रएक्सभिडियोजहिन्दु पञ्चाङ्गयुरोपेली सङ्घखेलमुलुकी ऐनजाजरकोट जिल्लाअश्लील शब्दहरूस्याङ्जा जिल्लाकर्मचारी सञ्चय कोषराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)कर्णाली प्रदेशह्याम्लेटफिफाअनलाइन खबरमगर भाषानरिवलपहाडी प्रदेश (नेपाल)अफ्रिकानीति शाहशेरबहादुर देउवानारायण प्रसाद पोखरेलपूर्वीय चिन्तन परम्परावैदेशिक रोजगारमानव विकास सूचकाङ्ककुकुरविराटनगर जुट मिलकटारी नगरपालिकानेपाल सशस्त्र प्रहरी बलखनिजकाठमाडौँमोबाइल फोनमुलुकी देवानी संहिताहनुमान चालीसाइजोरिया (उपन्यास)सरकारी बजेटजीव विज्ञानसंविधानमाधवप्रसाद घिमिरे (साहित्यकार)अन्तर्राष्ट्रिय श्रम सङ्गठन🡆 More