आदित्य रोय कपूर: भारतीय चलचित्र अभिनेता

आदित्य रोय कपूर (जन्म १६ नोभेम्बर १९८५) एक भारतीय चलचित्र अभिनेता हुन् जो हिन्दी भाषाका चलचित्रहरूमा काम गर्छन्। उनले सन् २००९ को चलचित्र 'लन्डन ड्रिम्स'बाट बलिउडमा पदार्पण गरेका थिए तर उनी सन् २०१३ को चलचित्र 'आशिकी २'बाट प्रख्यात भएका थिए। उनी बलिउड चलचित्र निर्माता सिद्धार्थ रोय कपूर र अभिनेता कुणाल रोय कपूरका कान्छा भाई र अभिनेत्री विद्या बालनका देवर हुन्।

आदित्य रोय कपूर
आदित्य रोय कपूर: भारतीय चलचित्र अभिनेता
सन् २०१९ मा कपूर
जन्म (1985-11-16) १६ नोभेम्बर १९८५ (उमेर ३८)
बम्बई, महाराष्ट्र, भारत
शिक्षासेन्ट जेभियर कलेज, मुम्बई
पेशा
  • अभिनेता
  • भिजे
कार्यकालसन् २००९–वर्तमान
आफन्तहेर्नुहोस् रोय कपूर परिवार

प्रारम्भिक जीवन र पृष्ठभूमि

कपूरको जन्म एक पञ्जाबी हिन्दू पिता, कुमुद रोय कपूर र एक यहुदी आमा सलोम आरोनको लागि १६ नोभेम्बर १९८५ मा मुम्बईमा भएको थियो। उनका हजुरबुबा, रघुपत राय कपूर सन् १९४० को दशकको सुरुमा एक चलचित्र निर्माता थिए। कपूर तीन भाइहरूमध्ये कान्छा हुन्- उनका जेठा दाइ, सिद्धार्थ रोय कपूर, युटिभी मोसन पिक्चर्सका प्रमुख कार्यकारी अधिकृत थिए र उनको विवाह अभिनेत्री विद्या बालनसँग भएको छ। उनका दोस्रो जेठा दाइ कुणाल रोय कपूर पनि एक अभिनेता हुन्।

उनका मातृ हजुरबा हजुरआमा, साम र रुबी आरोन योग्य नृत्य शिक्षकहरू थिए जसले भारतमा समा नृत्य परिचय गराएका थिए। उनले मुम्बईको कफ परेडस्थित जिडी सोमानी मेमोरियल स्कूलबाट स्कूली शिक्षा हासिल गरेका थिए, जहाँ उनका सबै दाजुभाइले अध्ययन गरेका थिए र उनकी आमाले स्कूल नाटकहरू निर्देशित गरेकी थिइन्। कपूर कक्षा ११ मा सेन्ट जेभियरमा भर्ना भएका थिए, तर असफल भएका थिए। एक वर्ष गुमाउनबाट बच्न उनले सेन्ट एन्ड्रयु कलेजमा भर्ना गर्नुपरेको थियो। त्यसपश्चात, उनी मुम्बई विश्वविद्यालयसँग सम्बद्ध सेन्ट जेभियर कलेजबाट स्नातक भएएका थिए। स्कूली वर्षहरूमा उनी क्रिकेटर बन्न चाहन्थे तर उनले छैठौं कक्षा पछि क्रिकेट कोचिङ कक्षा छोडेका थिए।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आशिकी २विद्या बालनहिन्दी भाषा

🔥 Trending searches on Wiki नेपाली:

बुढासुब्बा मन्दिररामानन्द विश्वश्चर महेन्द्र क्याम्पसॐ नमः शिवायबाल अधिकारनेवार जातिअनलाइन पत्रिकाउद्योगविश्वका प्रमुख शासन प्रणालीदसैँमदर टेरेसाहिन्दु पञ्चाङ्गमानसिक रोगविकिमेनियामकवानपुर जिल्लाविवाह संस्कारयार्चागुम्बाअमरसिंह थापानयाँ वर्षडाँफेरौतहट जिल्लाकर्णाली प्रदेशनेपाल टेलिभिजनइन्स्टाग्रामसोलुखुम्बु जिल्लादादुरासमबाहु त्रिभुजप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालका तालहरूको सूचीघरेलु हिंसाआइज्याक न्युटनबिस्केट जात्रासुदूरपश्चिम प्रदेशबजारनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूकुलदेवतास्टकहोमक्रिस्टियानो रोनाल्डोजिल्ला मालपोत कार्यालयराष्ट्रिय स्वतन्त्र पार्टीसामाजिक सञ्जालमाल्दिभ्ससप्तकोशी नदीसीताराष्ट्रिय सुरक्षा परिषद्त्रिभुवन वीरविक्रम शाहसम्पत्तिनेपालको शिक्षा मन्त्रीहरूचाडपर्वबालकृष्ण समनक्सानेपालमा बोलिने भाषाहरूचेक गणतन्त्रभुईँचालोलियोनेल मेसीनेपालमा मौलिक हक र कर्तव्यनेपालका प्रदेशहरूफुटबल खेलखोटाङ जिल्लासन्नी लियोनहुलाकी राजमार्गफिफाकवितासदर चिडियाखाना, नेपालहजछुवाछुतचिठीसंयुक्त राष्ट्र महासभाछाउपडीनेपालको संविधान २०७२नेपालको प्रमाणिक समयलोक सेवा आयोग (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो१ वैशाखमुनामदनकम्प्युटर मनिटर🡆 More