अर्फा करिम रन्धवा(English: Arfa Karim Randhawa, Urdu: ارفع کریم رندھاوا)(२फेब्ररी१९९५-१४जनवरी२०१२) पाकिस्तानी विद्यार्थी तथा कम्पुटरकि दक्ष ,बिज्ञ(prodigy) थिइन।उनि सन २००४ मा,मात्र ९ वर्षको उमेरमा विश्वको सबै भन्दा कान्छि माइक्रोसफ्ट सर्टिफाइड प्रोफेसनल बनिन्।उनीलाई बिल गेटस्ले निमन्त्रणा गरी माइक्रोसफ्टको प्रधानकार्यलय अमेरिका मै भेटेका थिए।अर्फा करिम टेक्नोलोजी पार्क लाहोरको आइटि हब हो जुन अर्फा करिमको नामबाट नामांकरण गरिएको हो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अर्फा करिम | |
---|---|
जन्म | Chak No. 4JB Ram Dewali, Faisalabad, पाकिस्तान | २ फेब्रुअरी १९९५
मृत्यु | १४ जनवरी २०१२ लाहोर, पाकिस्तान | (उमेर १६)
निवास | Chak No. 4JB Ram Dewali, Faisalabad |
वासस्थान | Lahore |
राष्ट्रियता | Pakistani |
शिक्षा | A-level (first year) |
मातृ शिक्षाप्रतिष्ठान | Lahore Grammar School |
पेशा | Student |
चिनारीको कारण | World's youngest Microsoft Certified Professional, 2004-2008 |
पुरस्कार | Fatimah Jinnah Gold Medal Salaam Pakistan Youth Award President's Pride of Performance |
पन्जाब राज्यको फइसलाबादको एक गाउँमा अर्फाको जन्म भएको थियो।बिल गेटस् लाई माइक्रोसफ्टको प्रधानकार्यलयमा भेटेर फर्किए पछि अर्फाका अन्तर्वाताहरू धेरै पत्रपत्रिकाहरू तथा टेलिभिजनहरूमा छाए।सफ्टवयर विकास बिभागका उपाद्क्ष्य एस.सोमासेजरले अर्फाको बारेमा आफ्नो बल्गमै लेख लेखेका थिए।अगष्ट २ सन २००५मा करिमलाई विज्ञान तथा प्रविधि क्षेत्रमा उल्लेखेनिय योगदान दिए बापत प्रदान गरिने फतिमा जिन्हा स्वर्ण पदक द्धारा तत्कालिन पाकिस्तानका प्रधानमन्त्री सौखद अजिजले बिभुषित गरेका थिए।पुन सन २००५ मै पाकिस्तानका राष्ट्रपतिबाट सलाम पाकिस्तान युवा अबार्डबाट सम्मानित भइन।अर्फा करिम राष्ट्रपतिद्धारा प्रदान गरिने अवार्ड फर प्राइड अफ प्रफमेन्सको पनि बिजेता हुन।उक्त अवार्ड आफ्नो क्षेत्रमा लामो समय सम्म बिशिष्ट योगदान पुर्याउने नागरिक लाई प्रदान गरिन्छ।उक्त अवार्डबाट बिभुषित हुने उनी सबै भन्दा कान्छि हुन।उनको योगदानलाई कदर गर्दै अर्फालाई पाकिस्तान टेलिकम्युनिकेसन कम्पनीले ३G ब्रोर्ड ब्यान्ड सेवा उर्फ EVOको जनवरि २०१०मा सदभाव राजदुत नियुक्त गरेको थियो।
अर्फा करिमले पाकिस्तानको तर्फबाट धेरै अन्तराष्ट्रिय फोरममा प्रतिनिधित्व गरेकि थिइन।उनलाई पाकिस्तान इन्फर्मेसन टेक्नोलोजि प्रोफेस्नल फोरमले २ हप्ताको निम्ति दुबईमा आमन्त्रण गरेको थियो।जहाँ उनलाई रात्रि भोज दिइएको थियो जसमा पाकिस्तानका राजदुत सहित दुबईका बिशिष्ट ब्यक्तिहरूको पनि उपस्थिति थियो।त्यो भर्मणमा उनलाई बिभन्न अवार्ड तथा ल्यापटप उपहार दिइएको थियो।नोभेम्बर २००६मा उनी बार्सिलोनामा आयोजित टेक-एड डिभालोपर्स कन्फेसेन्स गेट अहेड अफ द गेम नारा सहितको कार्यक्रममा माइक्रोसफ्टको निमन्त्रणामा गएकी थिइन।५००० जना विकाश कर्ताहरूमको माझमा एक मात्र पाकिस्तानि प्रतिनिधि थिइन करिम।
सन २०११,सोह्रो वर्षको उमेरमा अर्फा करिम लाहोर ग्रामर स्कुल परागन क्यापस 'ए'लेभलको दोस्रो वर्षमा पढदै थिइन।इपिलेप्टिक सिजर(epileptic seizure)पछि उनलाई हृदयघात भयो।जस्ले सन २०११ ,डिसेम्बर २२मा उनको मस्तिष्क बिफल भयो र अत्यन्त नाजुक अवस्थामा उनलाई लाहोरको कम्बाइन्ड मिलट्री अस्पतालभर्ना गरियो।
जनवरी ९,२०१२का दिन माइक्रोसफ्टका अध्यक्ष बिल गेटस्ले अर्फाका बुबा आमालाई सम्पर्क गरी उनको डाक्टरलाई'सबै प्रकारका "उपचार गर्न निर्देशन दिए।गेटस्ले विशेष अन्तराष्ट्रिय डाक्टरहरूको बेबश्ता गरी टेलिमेडिसिनका साहयाताले स्थानिय डाक्टरहरू सँग उपचार भरि संपर्कमा राखेका थिए।डाक्टरहरूको त्यो विशेष समुहले रोगको बारेमा जानकारी लिएर रोग निवार्णको निम्ति सहयोग पनि पुर्याएका थिए।स्थानिय डाक्टरहरूले अर्फाको स्थिति अत्यन्त चिन्ताजनक र नाजुक भएकोले अर्को अस्पतालमा सार्ने कुरालाई अस्विकार गरेका थिए।उनका नातेदार र पारिवारिक सदस्यहरूले अर्फाको उपचारमा लागेको खर्चमा सहयोग गरिदिन बिल गेटस् सँग याचना गरेका थिए।
जनवरी १३,२०१२का दिन अर्फाको स्वास्थ्यमा केही सुधारको संकेतहरू देखिएको थियो तथा उनको मस्तिष्कमा पनि सुधारहरू आएको अनुमान गरिएको थियो।अर्फाका बाबु,अम्जाद करिम रन्धवाले माइक्रोसफ्टले उपचारको लागि अमेरिका लैजान सक्ने कुरा गरेको पनि बताएका थिए।
जनवरी १४,२०१२ ,१६ वर्षकै उमेरमा अर्फा करिमको स्थानिय समय अनुसार रातको ९.५० कम्बाइन्ड मिलट्री अस्पताल लाहोरमा भएको थियो।
This article uses material from the Wikipedia नेपाली article अर्फा करिम, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.