सिन्जा उपत्यका: जुम्लाको ऐतिहासिक उपत्यका

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ। स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ।

सिन्जा उपत्यका: भूगोल, इतिहास, सन्दर्भ सामग्रीहरू
सिंजा उपत्यकाको एक दृश्य

कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको सिंजा नराकोटका प्रमुख मधुशंकर उपाध्याय बताउँछन्।

कर्णालीका राजाहरूको मुख्य योगदान भनेको अहिले बोलीचालीमा रहेको खस भाषाको उद्गमस्थल हो। सिंजा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिंजा उपत्यका खस मल्लहरूको राजधानी थियो। १२औँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ।

सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना-ठुला देवी देउताका मन्दिरहरू वर्तमान अवस्थामा जीर्ण भएका छन्।

त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ। खस राज्य सञ्चालनको समयमा बनाइएको यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठुलाठुला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्कहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेको जुम्लाका इन्जिनियर नरेशदत्त रावलले बताए।

भूगोल

नेपालको हालको कर्णाली प्रदेश पर्छ।

इतिहास

आजभन्दा ३४६१ वर्षअघि अर्थात् इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ ।

जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ। यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ ।

खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास भेटिएको छ ।

यस्तै गरी बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ। जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए। नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थियो। चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो।

सन्दर्भ सामग्रीहरू

https://ekantipur.com/pradesh-6/2018/09/14/15369020338827998.html

https://thahakhabar.com/news/51588

बाह्य कडीहरू

प्रथम सिंजा महोत्सव २०७६ को भिडियो

Tags:

सिन्जा उपत्यका भूगोलसिन्जा उपत्यका इतिहाससिन्जा उपत्यका सन्दर्भ सामग्रीहरूसिन्जा उपत्यका बाह्य कडीहरूसिन्जा उपत्यकाकर्णाली प्रदेशकर्णाली राजमार्गजुम्ला जिल्लानेपालसुर्खेत उपत्यका

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय वाणिज्य बैंकविद्युतसंयुक्त अरब इमिरेट्सबूढानीलकण्ठ मन्दिरयौन तथा प्रजनन स्वास्थ्य अधिकारफियोबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासप्युठान जिल्लादाहालअन्धविश्वासआम निर्वाचन २०४८ का निर्वाचित सांसदहरूभानु नगरपालिकानेपालको सङ्घीय संसदजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकावासोती नगरपालिकाझमक घिमिरेटेलिभिजनबारा जिल्लागणतन्त्रप्राइभेट लिमिटेड कम्पनीपरिवारको प्रकारहरुडेन्युब नदीकृष्णदरबार हत्याकाण्डटोङ्गाआन्तरिक नियन्त्रण प्रणालीकृत्रिम वर्षाछुवाछुतबैङ्कभाषाविज्ञानवर्णॐ नमः शिवायदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनइसाई धर्मसुदूरपश्चिम प्रदेश सभानेपाली साहित्यअंशुवर्मागृह मन्त्रालय (नेपाल)अङ्कप्रदेश सभा निर्वाचन, २०७९नेपालका प्रदेशहरूसगरमाथागुरुङ जातिसन्दीप लामिछानेअरनिकोबौद्धनाथखोटाङ जिल्लाआम सञ्चारत्रिभुवन विश्वविद्यालयदसैँमुटुन्याय परिषद (नेपाल)ढोरबराहि मन्दिरअगमसिंह गिरीबजारशास्त्रनेपालको आमसञ्चारराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)कीर्तिपुर नगरपालिकाअर्घाखाँची जिल्लानेपाल रेडक्रस सोसाइटी१८औँ सार्क शिखर सम्मेलनजङ्गबहादुर राणामुनामदनउपनिवेशसंविधानसहकारीअन्तिम संस्कारश्रीमद्भगवद गीतासंयुक्त राज्य अमेरिकानेपालका नगरपालिकाहरूअस्ट्रेलियाभिटामिनपृथ्वी दिवसअनुराधा कोइरालातिलगङ्गा आँखा अस्पतालप्रजनन स्वास्थ्य🡆 More