रत्नकुमार बान्तवा

रत्नकुमार बान्तवा (विसं २००८-२०३५) नेपालका शहीद हुन्। यिनी नेपालका बामपन्थी राजनीतिज्ञ थिए। बान्तवा पञ्चायती व्यवस्थाको मध्यतिर राजनीतिमा सकृय भएका बेला पञ्चायती प्रहरीको गोली लागि मारिएका थिए। बान्तवाको जन्म २००७ चैत्र २७ गते इलामको चमैता गाविसको चित्रे गाउँमा भएको थियो।

प्राथमिक शिक्षा इलामपाँचथरमा पढेका बान्तवा उच्च शिक्षाका लागि धरानकाठमाडौंमा पढेका थिए। विद्यार्थी कालमा नै झापा आन्दोलनको प्रभाव यिनमा परेको थियो। २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट बी एड् गरेर इलाममा प्राध्यापन पेसा सुरू गरेका बान्तवाले केही समयमा नै सो पेशा छोडेर भूमिगत राजनीतिमा प्रवेश गरेका थिए। यिनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक सदस्य हुन्। भूमिगत रहेका बान्तवा पार्टी सङ्गठनको सिलसिलामा हिँडेका बेला पश्चिमी इलामको इभाङ गाविसको जंगलमामा २०३५ चैत्र २७ गते पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो। उनी सँगै उनका भाइ बम प्रसाद बान्तवा पनि मारिएका थिए।

बान्तवाको जीवनकथामा आधारित रही उपन्यासकार सञ्जय थापाले देउमाईको किनारमा (उपन्यास) लेखेका छन्। यो उपन्यासको कथानकमा देउमाईको किनारमा (चलचित्र)को रूपमा पनि निर्माण भएको छ। बान्तवाकै जीवनकथामा आधारित वृतचित्र बलिदान कहिले मर्दैन जसकुमार राईको निर्देशनमा निर्माण भएको छ।

बान्तवाको नाममा इलामको फिक्कल - पशुपतिनगर सडक खण्डलाई रत्नकुमार बान्तवा राजमार्ग नामाकरण गरिएको छ।

उनको नाममा इलामको साँखेजुङमा रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्यूटको स्थापना भएको छ। उनकै स्मृतिमा रत्न-बम स्मृति प्रतिष्ठानको स्थापना भएको छ।

हत्या भएको ३७ वर्ष पछि उनलाई २०७२ सालमा सरकारले शहीद घोषणा गर्‍यो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चमैतापञ्चायती व्यवस्था

🔥 Trending searches on Wiki नेपाली:

रेडियो नेपालजिमेलअगमसिंह गिरीदर्शनमानव संसाधन व्यवस्थापनसल्यान जिल्लाउपयोगितानेपालमा महिला अधिकारलोकतन्त्रसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसेन राज्यम्यानचेस्टर सिटी फुटबल क्लबपृथ्वीनारायण शाहकारकनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसहिद दिवसउखान-टुक्कानेपालका अञ्चलहरूपहाडरवि लामिछानेजैन धर्मविश्व सम्पदा क्षेत्रझलकमान गन्धर्वन्युटनको गतिका नियमहरूमधेश प्रदेशनेपालको पहिलो संविधान सभासात सालको क्रान्तिचिलिमे जलविद्युतउपनिवेशपूँजी बजारअष्ट चिरञ्जीवीहिन्दु धर्मब्राह्मणजानकी मन्दिरसामन्तवादकबड्डीचन्द्र शमशेर जङ्गबहादुर राणानेपाल क्रिकेट सङ्घजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेवारी भाषामूल्य सिद्धान्तसुदूरपश्चिम प्रदेशसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूकुपोषणपारस खड्काराष्ट्रिय सभा (नेपाल)गण्डकी नदीइन्टरनेटनेपालका वनस्पतिहरूदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनचैतहिन्दु पञ्चाङ्गओखलढुङ्गा जिल्लामानव तस्करीनेपालका विश्वविद्यालयहरूको सूचीरानी राजेन्द्र लक्ष्मीनेपालका राष्ट्रिय विभूतिहरूयोनीतिहारनेपालको अर्थतन्त्रप्रजातन्त्र दिवससिमसार४२ सालको पर्वनेपालको परराष्ट्र सम्बन्धनेपाल विद्यार्थी सङ्घसगरमाथामानव विकास अर्थशास्त्रबैङ्कहरितगृह प्रभावसंविधान सभा निर्वाचन, २०६४थापा वंशएघारौँ राष्ट्रिय जनगणना २०६८नागरिकताइस्वी सम्वत्🡆 More